हामीले धेरैजसो विषयमा बहुतै कम जाने पनि, अरुको दांजोमा आफुलाई अल्पज्ञानी र अज्ञानी देखिनबाट बचाउन सबै जानेका छौं भन्ने भाव व्यक्त गरीरहेका हुन्छौं र अल्छीपन तथा लापरवाहीले गर्दा न त अध्ययन गर्दछौं र न त सत्संगमा नै जान्छौं यसले गर्दा जरुरी कुराहरु थाह पाउन देखि वन्चित भैरहेका हुन्छौं । हिन्दूहरुको स्थिति आफनो धर्म र धर्मका पुस्तकहरुको बारेमा यस्तै छ भन्ने लागेकोले यो लेखमालाबाट केही जरुरी जानकारी दिन खोजिएको छ ।
हिन्दू
पहिले त हिन्दू र सनातन शव्द कै कुरा गरौं । यसमा पहिले त परम्परागत प्रचलित मान्यताको चर्चा गरौं । केही शताव्दी पहिले, जब बिजुली,र संचारका आधुनिकताका कुनै साधनको विकास भैसकेको थिएन, मानिस नदी खोलाहरुको छेउछाउमा बस्दथ्यो,कृषि र ससाना व्यापार, हाते उद्योग मुख्य उद्यम थियो । आदिम सभ्यता भने हुन्छ । मानिस प्राय डुंंगामा या पैदल यात्रा गर्दथ,े यस्ता राष्ट्र्यि राज्यहरु थिएनन्, पहिले त कबिलाई राज्य थिए पछि साना ठूला राजा रजौटाहरुका राज्य बनेका थिए । आजको अफगानिस्तान, पाकिस्तान, बंगलादेश आदि भारतीय उपमहाद्वीप भन्ने खण्ड मा पश्चिम अरबबाट, धेरै जसो फारस, जसलाई पर्रिसया पनि भनियो अर्थात आजको ईरानबाट, र यदाकदा मेसोपोटामिया जसलाई आज ईराक भनिन्छ, तेता तिरका व्यापारीहरु सिन्धु नदी तरेर यस उपमहाद्वीप मा आउंथे । उनीहरुले सिन्धुको पूर्वी भुगोलमा बस्ने मानिसहरुलाई भौगोलिक उपनाम सिन्धव, या सैन्धव भन्न खोजदा फारसी भाषा मा “स” को उच्चारण “ह” हुने गरेकोले सिन्धु लाई हिन्दु र यो भूमिलाई हिन्द नाम दिए पछि यही हिन्दुस्थान हिन्दुस्तान भनियो । (विवेकानन्द साहित्य पंचम खण्ड पृष्ठ १९ मा यस्को चर्चा छ )
तिनै फारसीहरु पश्चिममा आजको युरोप सम्म पनि पुग्दथे र यूरोपियनहरुले तिनीहरुबाट हिन्दको बारेमा थाह पाए । तर युनानीहरुको जिब्रो, हिन्द उच्चारण गर्दा “हि” को बदलामा “इ” बोलने गरेकोले युरोपमा हिन्दलाई “इन्द, र इन्डस” रीभर भने, धेरै समय पछि तेशी शव्द “इण्डिया” हुन पुग्यो । जुन बेला यस क्षेत्रका निवासीहरुलाई हिन्दू भनियो तेस बेला यहां वैदिक धर्म र कता कतै वण्य प्रदेशमा प्रकृतिपूजा थियो तर प्रकृति पूजा सूर्य, चन्द्र, वायु, नदी,पहाड, वन आदि पुजनु भनेको पनि वैदिक सिद्धान्त नै हो । तेस बेला इस्लाम,बौद्ध,जैन, क्रिश्चियन आदि धर्महरु अस्तित्वमा आई सकेका थिएनन् । यस अर्थमा धर्म, दर्शन, को आधारमा पहिचानको कुरा गर्दा वैदिक या सनातनी अथवा तेस्तै मिल्दोजुल्दो प्रकृतिपूजकलाई मात्र हिन्दु भनिएको थियो ।
हजारौं हजार वर्ष पछि, आधुनिक युगमा भारतमा इस्लामिक राज्य स्थापित भएपछि धार्मिक परिचयको लागि सनातनीहरुलाई हिन्दू भनियो र आजको हिन्दू का पुर्खाहरुले आफुलाई हिन्दू भन्न थाले । यस कारण सनातनीहरुकोलागि पारम्परिक भाषामा हिन्दू शव्द स्थापित रहेको छ र यूरोप अमेरिका आदि देश सहित विश्व पनि हिन्दू शव्द देखि नै परिचित छ तर सनातनी आदि कुनै शव्द विश्वव्यापी त के यसै क्षेत्रका सबै मानिसलाई थाह छैन । हिन्दू शव्द यद्धपि आजको परिस्थितिमा आपत्तिजनक त छैन, तर अब जबकि सिन्धु नदीको पूर्वमा,यो क्षेत्रमा वेद देखि नितान्त अलग, कइयों किसिमका धर्मावलम्बीहरु पनि छन् भने भौगोलिक आधारमा ती सबैलाई समेटिने गरी हिन्दू भन्न शाव्दिक र भावनार्थ मा मिल्दैन । यसै कारणबाट स्वामी विवेकानन्दले आफुलाई वेदान्ती र पश्चिममा वहांद्वारा स्थापित मंदिरहरुलाई वेदान्त आश्रम भनिन्छ ।
अब फेसबुकमा देखिएका केही नया नया कुराहरुलाई साभार यहां प्रस्तुत छ । वहांहरुले हिन्दू शव्द वैदिक हो अरबले बोलेर शव्द बनेको होइन भन्नु हुन्छ र प्रमाण पेश गर्नु हुन्छ । कोहीले मुसलमान शासकहरुले अवहेलना गरेर बोलेको शव्द हो भन्नु हुन्छ ।
१,फारसी भाषाभाषीले स लाई स नै बोल्छन्, ह भन्दैनन् । फारसी, सुलतान, संसकृत आदि सफासंग भन्छन् । वास्तवमा उताका मुसलमानहरुले भारतमा राज्य स्थापित गरे पछि युद्धमा हारेको जाति र धर्मावलम्बीहरुलाई घृणा र अनादर गरेर हिन्दू भनेका हुन् । फारसीमा हिन्दूको अर्थ हुन्छ काला, चोर, लुटेरा, बदमाश ।
२, “बृहस्पति आगममा लेखिएको हिन्दुको परिभाषा –
ॐकारमूलमंत्राढ्यःपुनर्जन्मदृढाशयः ् )गोभक्तोभारतगुरूःहिन्दुर्हिंसनदूषकः।
हिंसयादूयतेचित्तंतेनहिन्दुरितीरितः।
अर्थ – ॐकार जस्को मूल मंत्र हो र पुनर्जन्ममा जस्को दृढ आस्था छ,भारतवर्षले जस्को प्रवर्तन गरेको छ, तथा हिंसालाई जसले निन्दा गर्छ,त्यही नै हिन्दु हो ।
३, ऋग्वेद मा एक ऋषिको नाम “सैन्धव“थियो जो पछि“हैन्दाव÷हिन्दव“ नामले प्रचलित भयो पछि अपभ्रंश भएर“हिन्दू“ भयो ।
४, ऋग्वेदको बृहस्पति आगममा हिन्दू शब्द यस प्रकार आएको छ –
हिमालयंसमारभ्ययावतइन्दुसरोवरं । तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।।
अर्थात….हिमालय देखि इंदु सरोवर सम्म देव निर्मित देश हिन्दुस्थान हो ।
५,वेद मात्र होइन मेरु तंत्र (शैवग्रन्थ) मा हिन्दू शब्द को उल्लेख यस प्रकार रहेको छ –
“हीनं च ्च ते प्रिये ”
अर्थात जसले अज्ञानता र हीनता को त्याग गर्दछ त्यसलाई हिन्दू भनिन्छ ।
६, पारिजात हरण मा “हिन्दू“ को बारेमा भनिएको छ –
हिनस्ति तपसा पापां दैहिकांशत्रुवर्गं च स ।
७, माधव दिग्विजयमा एक श्लोकमा हिन्दू शब्द आएको छ जसको भावार्थ यसतो छ ।
जसले ओमकार लाई ईश्वरीय ध्वनि मान्दछ, कर्ममा विश्वास गर्दछ ,ऊ पालनकर्ता होस,तथा खराब आचरण नगरोस, ।
८, ऋग्वेदमा विवहिंदु नामका बहुत पराक्रमी
दानी राजा को उल्लेख छ । तिनैको नामबाट हिन्दु भएको हो भन्ने छ ।
९,हाम्रा धार्मिक ग्रंथ का अलावा इस्लाम का चतुर्थ खलीफÞा अली बिन अबी तालिबले लेखनु भएको छ –
त्योभूमि जहां सर्वप्रथम पुस्तकहरु ल्ोखिए,जहांबाट विवेक तथा ज्ञानको नदी प्रवाहित भयो त्यो भूमि हिन्दुस्तान हो । श्रोत ः’हिन्दू मुस्लिम कल्चरल अवार्ड’ –सैयद मोहमुद १९४९).”
यस्ता थुप्रै पोस्टहरु भेटिन्छन् । तर तिनको प्रमाणिकता बारे यकीन छैन ।
सनातनी र वेदान्ती शव्द
हिन्दूका वेदलाई सनातन मानिन्छ र यसलाई पूर्णतया मान्नेलाई सनातनी भनिन्छ यस कारण कतिपयले आफुलाई सनातनी र कतिपयले वेदान्ती पनि भन्ने गर्दछन् । सनातनको अर्थ जो आदिकालदेखि आज सम्म निरंतर छ र पछि अनादिकाल सम्म रही रहने छ । वैदिक या वेदान्ती भनेको जसले वेदलाई मात्र प्रमाण मान्दछ र शिरोधार्य गरेको छ । यसरी अब वेदका अनुयायीहरुकालागि हिन्दू, सनातनी र वेदान्ती शव्द प्रचलनमा छन् । यो क्षेत्रको एक वृहत्तर भागको प्राचीन नाम अजनाभव्रत थियो तर वेदलाई किनकि तेस युगमा नीति र मानवीय मूल्य मर्यादा स्थापित गरेर तेस अनुरुप आचरण गर्ने भन्ने अर्थमा लिइन्थ्यो यस कारण यहांका मानिसलाई श्रेष्ठ मानिस भन्ने बुझाउंथ्यो यसै कारणले यो क्षेत्र नै आर्याव्रत थियो र यसका निवासीहरुलाई आर्य भनिन्थ्यो । आर्यको अर्थ हुन्छ श्रेष्ठ ।
ऋषि, मुनि – प्रायः वण्य प्रदेशमा एकान्तवास मा रहेर ब्रह्मज्ञान र विभिन्न विषयका अनुसन्धानकर्ता महाज्ञानी विज्ञलाई महर्षि, गीताका अनुसार जस्को मनमा दुखबाट घबराहट छैन, जसले सुखको इच्छा राख्दैन, जो राग, भय र क्रोध देखि टाढा छ, यसतो निश्चल बुद्धिवालालाई ऋषि भनिन्थ्यो । त्यस्तै राग द्वैष रहित साधु संतलाई मुनि भनिन्छ । मुनिलाई यति,तपस्वी,भिक्षुरश्रमणपनिभनिन्छ । क्रमशः
(लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति र दर्शनशास्त्रका अध्येता हुन् _