हिन्दूधर्मदर्शनरग्रन्थ,भाग६,वैदिकधर्मदर्शनकामूलसिद्धान्त

  (यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथसंगतका कुरा सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन र व्यवहार आदि कुनै कुराको सत्यताको पुष्टि वा विरोध गर्दैन र कुनै तर्क विचार व्यवहार विवादको संदर्भमा साक्षी प्रमाण बन्ने दावी गर्दैन । कुनै धर्म विचार चिंतन प्रति कुनै द्वैष, दुर्भाव र घृणा गर्दैन)

   आजको भारतीय उपमहाद्वीपीय क्षेत्रमा हिन्दू, जैन, बौद्ध र सिख चारवटा धर्म विक सित भएका छन् भने वेदलाई छोडेर कुल ९ दर्शन विकसित भएका छन् । पूर्वीय धारणा अनुसार दर्शन भनेको तत्वज्ञानको गहन क्षेत्र हो । दर्शन जस मध्ये जैन, बौद्ध र चार्वाक तीन दर्शन अनीश्वरवादी अर्थात वेदलाई प्रमाण नमान्ने हुनाले इनलाई नास्तिक दर्शन भनिन्छ ।

ई तीन मध्ये जैनले परमात्मा त मान्दैन तर आत्मा मान्दछ, र यो संदर्भमा उसले हिन्दू सहित अन्य ६ दर्शनको पंक्तिमा पनि उपस्थिति जनाउंछ । तर बुद्ध र चार्वाकले परमात्मा र आत्मा मान्दैनन् । वेद बाहेक अर्थात वेद पछि विकसित भएका आत्मा परमात्मा मान्ने ६ वटा दर्शन हुन् जसलाई षटदर्शन या षटशास्त्र भनिन्छ । यसका अतिरिक्त सिख धर्म छ तर यसलाई धेरैले छुट्टै स्वतन्त्र दर्शन मानेका छैनन् ।  ई दर्शनहरुको क्षेत्र व्यापक र जटिल छ र सबैलाई रुचिकर लागदैन । इनको कुरा छोडेर अब यहां शुद्ध धर्म सम्बन्धी कुरा गरौं ।

                      हिन्दू धर्म वैदिक धर्म दर्शनका मूल सिद्धान्त

    ,विश्वको प्राचीनतम धर्म पारसीहरुले जुरथ्रुक्सको भजनमा आएका कुराहरुको आधारमा विश्वको पहिलो धर्म पारसी भनेता पनि वेद महाभारत जस्ता लिखित ग्रन्थहरुको प्रमाणका आधारमा वैदिक धर्म नै विश्वको प्राचीनतम धर्म हो भन्ने कुरा कट्टरपंथी बाहेक अरुले तथ्य र तर्कको आधारमा स्वीकार गरिसकेका छन् । अन्य सबै प्रचलित धर्महरुको संस्थापक कोई नकोई मानव छ,र एक निश्चित काल अवधिमा तेस्को प्रादुर्भाव भएको छ तर वैदिक धर्मको संस्थापक कोई एक मानिस या गुरु छैन । मानिस सभ्यताको विकासका साथ साथ समयको प्रवाहमा अनुभवमा आएका राम्रा उपयोगी काम र आचरण व्यवहार गर्नलाई स्थापित हुन आएका कर्तव्य कर्म,सत्य र सिद्धान्तहरुलाई धर्म भनिएको छ ।

,वैदिक धर्मको मूल लक्ष्य यहूदी, ईसाई,इस्लाम आदि धर्महरुमा ईश्वर र ईश्वरका दूतहरुकोे कुरा मान्नु र ईश्वरको आराधना गर्नु मुुख्य ध्येय हो तर वैदिक धर्मले आत्मालाई निष्कलंक राखने उपायहरु गरेर आत्मालाई ब्रह्ममा लीन गराउने ध्येय राख्दछ ।  यो यात्रामा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास चार आश्रममा बसेर, संस्कारहरुको आश्रय लिएर  धर्म, अर्थ, र काम, को साधना गरेर मोक्ष प्राप्त गर्ने हो । यस अर्थमा धर्म एक जीवन पद्धति हो ।

   धर्मपूर्वक सम्पत्तिको आर्जन गर्नु पर्दछ । काम भनेको सन्तान प्राप्तिको लागि मात्र कामको महत्व छ , यसमा पति पत्नीको पारस्परिक सम्बन्धमा वासना र विलासितालाई स्थान छैन । र परलोक गमन भंदा पहिले मोक्षको लागि साधना गर्ने हो ।       

  , प्रमुख सिद्धान्त  धर्मको पालन,एक ईश्वरको  सर्वशक्तिमान सत्ता, सम्पूर्ण श्रृष्टिको श्रोत ईश्वर,एकम् सद्विप्र बहुधा वदन्ति, श्रृष्टिका प्रत्येक चीजवस्तु ईश्वरकै रुप हो, यथा पिण्डे तथा ब्रह्माण्डे । आत्माको अस्तित्व छ र आत्मा ब्रह्मकै रुप हो, कर्मफलको सुनिश्चित सिद्धान्त, स्वर्ग नर्क र पुर्नजन्मको सांसारिक चक्र हो । मानिसको सर्वोपरि लक्ष्य जन्म मृत्युको चक्रबाट पूरुर्णतया मुक्ति पाउने कर्म गर्ने र मोक्ष प्राप्ति गर्ने हो । विचार स्वतन्त्रता र आशावादिता र वेदको सर्वाेच्च मान्यता मूल सिद्धान्त हुन् ।

, बहुदेववाद एकेश्वरवादमा यो बहुईश्वरको मान्यता को सिद्धान्त हो । जसलाई आदिशंकराचार्यले एकंसद्विप्रा बहुधा वदन्ति भन्नु भएको छ । ईश्वर एकमात्र छ तर अवस्थानुसार ऊ विभिन्न रुप धारण गर्न सक्दछ ज्ञानीहरुले ति रुपहरुलाई पनि ईश्वर भन्दछन् । ती विभिन्न रुपहरु अन्य देवी देवताको रुपमा पूजित छन् ।

,,सामाजिक सिद्धान्त आचार्य विष्णु शर्मा द्वारा प्रतिपादित “वसुधैव कुटुम्बकम्” । समस्त जगत एक परिवार हो यस कारण यसमा रहेका समस्त प्राणी परस्पर दाजुभाई दीदी बहिनी हुन् ।

हिन्दूले गर्ने प्रार्थना शुभकामना – ॐसर्वेभवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा       कश्चित दुःख भाग्भवेत् ।

                   –वृहदारण्यक उपनिषद

सबै सुखी रहुन्, सबै निरोगी रहुन्, सबैले सर्वत्र  राम्रो देख्न पाउन्, कोई कसैलाई कुनै किसिमको दुख पीडा नहोस, दुखको भागी बन्नु नपरोस  ।

    नारी पुरुष समान धारणा, एक रथका दुइ पांग्रा । माता, पिता, गुरुको स्थान सर्वाेच्च र पूजनीय, ठूला बडाको आदर र सम्मान, पति पत्नीको जन्म जन्मान्तरको सम्बन्ध हुन्छ, दुवै एक अर्का प्रति समर्पित र सम्मान दिनु पर्ने, सम्बन्ध विच्छेदको कल्पना छैन ।

, प्रकृति पूजा मानिसको शरीरको पांच तत्व अग्नि, हवा,आकाश,पानी,माटो को पूजाको साथै सूर्य, चन्द्र सहितका नौ ग्रह, समुद्र, नदी,तलाउ जलश्रोत आदि । पीपल र बरगद (वट)वृक्ष,तुलसी, नीम लगायतका वन जंगल र वनस्पति, पहाड, गाई,गोरु,वानर, हात्ती लगायतका अन्य जीवजन्तु यहां सम्म कि माछा, कछुवा,सर्प,कुकुर, काग आदिको पूजा ।

सहयोगी उपकरणको पूजा – उत्पादन दिने र काम गर्ने औजार उपकरणहरु हलो, कलम, मसिदानी, हथौडा, तलवार, बन्दूक, धनुष वाण , इंजिन र मेशीनहरु ।

, खाने अन्नको पूजा वर्षे र रवि बाली पाकने बेलामा नवान्ह पूजा या नवा पूजा । यसमा वर्षे ओइया घासको दाना र मकै, रवि मा गहूको बालाको पूजा गरेर भगवानलाई भोग लगाएर पवित्रतापूर्वक खान्छन् ।

   ई सबै पूजा कर्महरुको मुख्य उद्देश्य तत् तत् जीवन,जीव र चीजवस्तु प्रति कृतज्ञता,आभार प्रकट गर्ने र श्रद्धा सम्मान दिने भावना हो ।

१०, मरणोपरान्तको श्राद्ध आदि कर्म गरुण पुराण तथा मार्कण्डेय पुराणले यसको व्यवस्था र गीता को अध्याय ९,ले पनि समर्थन गर्दछ । यस कारण यो पौराणिक व्यवस्था हो । पितृकर्म र श्राद्ध तर्पण गरेर मरीसकेका मानिसको आत्मा को सुख शान्ति को उद्देश्यका साथ पुर्खाहरु प्रति आभार, कृतज्ञता प्रकट गर्ने वहांहरुले स्थापित गरेका र मानीआएका आदर्श र काम समझने र आफुलाई सत्मार्गमा चलाउन प्रेरणा लिने ।

११, पूजित प्रमुख देवी देवता धर्मकाअंग

     गौरी, दुर्गा या काली, लक्ष्मी, सरस्वती, गायत्री, र तिनका विभिन्न रुप र नामहरु,। ब्रह्मा, विष्णु, शिव, गणेश, राम, सीता, हनुमान, कृष्ण,राधा,सूर्य,चन्द्रमा,चित्रगुप्त, शनि, भैरव, विश्वकर्मा आदिको पूजा हुन्छ  । प्रमुख अंग या मत या सम्प्रदाय – वैष्णव, शैव, शाक्त, गायत्री, कृष्ण प्रणामी, ओम् शान्ति, रामानंदी, कबीरपंथी, नागा, शिवसेना, बजरंग दल, सन्यासी, विरक्त, । प्रमुख लडाकू दस्ता शिव सेना, बजरंग दल, । ई कुनै पनि देवी देवताका उपासक र अनुयायीले समस्त देवी देवताहरुको सानिध्यमा जान्छन् कसैमा कुनै असहमति र भेद छैन । हिन्दूले महावीर स्वामी र भगवान बुद्धको पनि पूजा गर्दछन् र धार्मिक सहिष्णुताको सिद्धान्त भएकोले इस्लाम अथवा ईसाई कुनै धर्मसंग पनि दुराग्रही परम्परा छैन ।

  १२, शस्त्र र शास्त्र दुवैलाई महत्वः हिन्दू धर्मले यद्धपि श्लोकको शुरुमा  “अहिंसा परमो धर्म” अर्थात हिंसा नगर्नु ठूलो धर्म हो, भन्छ । तर “धर्म हिंसा तथैवच” भनेर मात्र श्लोक पूरा हुन्छ । अर्थात कसंैले शत्रुतापूर्ण व्यवहार गर्छ भने हिंसा गर्नु पनि धर्म हो , हतियार उठाई हाल्नु पर्छ, विपक्षमा जोसुकै आओस फरक पर्दैन, लडनु र मार्नु पर्दछ । गीताले यही कुरा को सीधा संदेश दिन्छ र हिन्दूका देवी देवताहरुको एक हातमा शास्त्र र एक हातमा शस्त्र देखाईरहेकै छ । परशुरामको चरित्र र चाणक्य नीतिमा आक्रमणको प्रतिक्षा गर्नु र आक्रमण भएपछि प्रतिरक्षामा मात्र हतियार उठाउनु कायरहरुको काम हो, कोई शत्रु रहेछ भन्ने थाह हुनआएमा लखेटेर घरमा घुसेर हान्नु पर्दछ भन्छ ।

                           जैन धर्म

      जैन धर्मावलम्बीहरुले जैन धर्म आदिकाल देखि यस धरतीमा विद्यमान थियो र समय समयमा धरतीका मानिसहरुलाई मार्गदर्शन दिन यसमा २३ जना तीर्थंकर  पहिले भैसकेपछि २४औं र  अन्तिम तीर्थंकर स्वामी महावीर आउनु भएको थियो । भन्ने मान्यता राख्दछन् ।

      ईशापूर्वका केही शताव्दीहरुमा एकमात्र हिन्दू धर्म थियो र पंडित पुरोहितहरुले बलि प्रथा, धर्मकार्य गर्नकोलागि पैसा तोकेर मागने, विभिन्न आडम्बर, ढोंग गर्ने, फलानो ठाउंमा यो नामको मानिसले यो काम गर्यो र देवी देवताबाट यस्तो लाभ पायो, या फलानोले यो रुपमा भगवानको दर्शन पायो यसतो लाभ भयो, फलानोले यो काम गरेन, पत्याएन र यति नोकशान भयो  आदि चमत्कारका कुरा सुनाएर लोभ र भय देखाएर ठगी गर्ने, निर्धनसंग पैसा थिएन र उसको धर्म कार्य नगरी दिने, धर्म काम र दान नगर्नेलाई पातकी, चाण्डाल भनेर समाजमा होच्याउने र अपमानित गर्नेआदि बहुतै नराम्रो स्थिति थियो । पूरा आर्याव्रत नै ई ठग, धूर्तहरुको चंगुलमा फंसेको थियो ।

    तेसै युगमा ईशा पूर्व ५९९ मा आजको भारत बिहारको वैशालीको कुंडलपुरमा इक्ष्वाकुवंशी क्षत्रिय राजा सिद्धार्थ  र महारानी त्रिशलाबाट राजकुमार वर्धमान को जन्म भयो । प्रचण्ड वीरताप्रदर्शनका कारण राजकुमार वर्धमानलाई महावीर भनियो । इनमा दैवी अलौकिक शक्ति र क्षमता थियो तमाम चमत्कारिक काम कुराहरु जसको प्रदर्शन इनी युवराज छंदा नै भै सकेको भन्ने कुरा उल्लेखित छन् ।  

राजकुमार वर्धमानले पत्नी पुत्री र राजदरबार लाई छोडेर सत्यको खोजीमा वनमा गएर १२ वर्ष तपस्या गरे र ज्ञान प्राप्त गरे । इनले पांच महाव्रत, अनेकान्तवाद,स्यादवाद र त्रिरत्न नामका दर्शनको प्रतिपादन गरे । इनले आफनो  धर्ममा पंचशीलको सिद्धान्त अहिंसा, सत्य, अपरिग्रह, अस्तेय, र ब्रह्मचर्य ल्याए । यो धर्ममा सम्यक दर्शन, सम्यक ज्ञान, सम्यकचरित्र, तप, ध्यान र अनीश्वरवाद छ ।

विशेषता

१, तत्कालीन वैदिक धर्मको विकृति देखेर तेसका विरुद्ध प्रतिक्रियास्वरुप जैन मुनि भगवान महावीर स्वामी, वर्धमानले यो धर्मको स्थापना गरेका थिए । तेसैले यो धर्ममा ईश्वर, देवी देवता लाई कुनै स्थान छैन अर्थात यो अनीश्वरवादी नास्तिक धर्म भएकोले वेदलाई मान्दैन र वेद विरुद्ध भएकोले सनातन हिन्दू देखि भिन्न छ, इस्लाम, सिख, र्ईसाइत सबैसंग अलग छ ।

२, यो धर्मले आत्मालाई मानेको छ । आत्मा सद्गुणी, ज्ञानवान र सुखको सागर छ तर संसारबन्धनका कारण ई गुणहरु छोपिएका हुन्छन् । तेसैले सम्यक दर्शन, सम्यक ज्ञान, र उत्तम चरित्र द्वारा आत्मालाई शुद्ध बनाउनु पर्दछ ।

३, आत्माले कर्म अुसार फल भोगनलाई अर्काे जुनिमा जन्म लीइ रहन्छ र पूर्णतया शुद्ध नभएसम्म मुक्त हुंदैन । तब सम्म  जीवन मरणको चक्र चलि रहन्छ । शुद्धता प्राप्तिका मार्गहरु सम्यक ज्ञान, सम्यक दर्शन र उत्तम चरित्र हो । तिनको पालन गर्नु पर्दछ ।

४, यसमा देवी देवताको मान्यता र पूजा छैन तर तीर्थंकरको मूर्ति स्थापित हुन्छ र पूजा गरिन्छ ।

५, आत्मा न त निर्मित हुन्छ र न त नष्ट हुन्छ । यो प्राकृतिक अदृश्य तत्व हो ।

६, यसमा अहिंसा माथि सब भन्दा बढी जोड दिइन्छ ।

७, जैन धर्म का दुई शाखा छन् दिगम्बर र श्वेताम्बर । दिगम्बरमा संतहरु नांगै रहने र श्वेताम्बरमा सेतो वस्त्रमा रहने गर्दछन् ।

                                            क्रमशः[ लेखकपूर्वप्रशासनिकअधिकारी,प्राध्यापक,अधिवक्ता,राजनीतिरदर्शनशास्त्रकाअध्येताहुन् _-ayodhya.p.shrivastav@gmail.com