मैले धेरै अम्बेडकरवादी / साम्यवादीहरू / नास्तिकहरू / मुसलमानहरू / इसाईहरू र मनुस्मृतिको विरुद्धमा अपमानजनक भाषा प्रयोग गर्ने भ्रमित व्यक्तिहरू भेट्टाएFsf] 5’ । उनीहरूले मनु महर्षिलाई जाति ब्यबस्थाको रूपमा चित्रित गर्दै महिलाको बिरूद्धमा पक्षपात गरेका थिए। मैले यो प्रचार सामाजिक भन्दा राजनीतिक प्रकारको बढी पाएँ। यसैले मैले यो लेख लेख्ने निर्णय गरे कि मनु स्मृति महिलाको पक्षमा छ।
स्वामी दयानन्द ले भन्छन “म मनुस्मृतिको त्यो अंशमा विश्वfस गर्दछु जुन प्रक्षिप्त छैन (पछि जोडिएको) र वेदसंग मिल्दोजुल्दो छ।” आज हामीले पढेका मनुस्मृति मानवजातिका प्रथम प्रमुख स्वयम्भु मनुले लेखेको होइन रहेछ, जस्तो कि अहिले छ, उनले यस्को पाठ मा धेरै विरोधाभास र वेदमा निहित मूल्यहरूको बिरूद्ध पाए, र यसैले यो हानिकारक देखिन्छ भनेका छन। त्यसकारण उनले ती पूर्वाग्राही ग्रन्थहरूलाई अस्वीकार गरे जसले मानिस मानिस बीच भेदभावको वकालत गर्दछ। मनु स्मृतिमा महिलासँग सम्बन्धित पाठ आफै हेरौं।
३/५६ जहाँ स्त्रीहरूलाई सम्मान गरिन्छ, त्यहाँ देवताहरू प्रसन्न हुन्छन् र भ्रमण गर्दछन । तर जहाँ स्त्रीहरूलाई सम्मान छैन्, त्यहाँ कुनै पवित्र संस्कारले चाहेको परिणाम दिँदैन।
९/२६ महिलाहरू जसले हाम्रा सन्तान को पालन पोषना गर्दछन उनीहरूले धेरै आशिष पाउँछन् परिवार र समाजको लागि तिनीहरू पूजाको योग्य छन्, जसलेआफ्नो घर समृद्धिशाली बनाउछन ती नारी र देवी देवता हरु बीच कुनै फरक छैन।
३/११४ नवविवाहित बुहारी ,कन्या , रोगी मानिस , गर्भवती नारी लाई अतिथि लाई भोजन गराउनु भन्दा पहिले नै खुवाई दिनु पर्दछा।
२/१३८ मान्छे चढेको गाडी, नब्बे वर्ष भन्दा माथि उमेर को मानिस
, बिरामी, भारी बोकेको ,आइमाई, विद्वान, राजा र दुलहाका लागि बाटो छोडी दिनु पर्दछ ।
३/६० जुन कुल मा पत्नी संग पति ,र पति संग पत्नी खुशी रहन्छन त्यो कुल को सदा कल्याण हुन्छ ।
३/६२ जहाँ श्रीमती चहकीली, र सुखी छिन्, पूरै घर स्वर्ग जस्तो ,हुन्छ छ; तर यदि उनी दुखी छन्, सबै नरक, हुन्छ ।
३/५९ तसर्थ, पुरुष जसले आफ्नो कल्याण चाहन्छ, उसले सँधै महिला लाई छुट्टि र चाडपर्व मा गहना लुगाफाटा र मीठो खाने कुरा उपहार दी रहनु पर्दछ।
३/५५ सबै को कल्याण चाहिए छ भने आमा, बाबु, दाजु भाई, पति र देवर हरु ले महिलालाई राम्रोसँग सम्मानित गर्नुपर्दछ – उनीहरू सुशोभित भै रहनु पर्दछ ।
९/१३ नारी का लागी ६ वटा काम वर्जित छन। रक्शी -नशा गर्नु, दुश्ट को साथ गर्नु, पति सन्ग अलग्गिएर बस्नु, यता उता जथाभावी घुमी रहनु, कुबेला मा सुत्नु, र अकारण अर्का का घर मा बस्नु।
३/५७ जुन कुल मा छोरी र बुहारी हरु दुख पाई रहन्छन त्यो कुल को चाडै पतन हुन्छ। तर ईनी हरु सुख पाउने कुलको उन्नति हुन्छ।
३/५८ जुन घर मा छोरी बुहारी हरुले श्राप्ने गरी रहन्छन त्यो घर नश्ट भएर जान्छ।
३/५२ पति पिता या अन्य कुनै नाता का मानिस ले लोभवश नारी जाति को स्त्रीधन - गहना, लुगा, या सवारी साधन बेचेर आफ्नो खर्च मा लगाउछन ती पातकी नरक जान्छन।
९/२८ सन्तान, धर्म कार्य, सेवा, उत्तम सहवास, पित्रि र आफ्नो स्वर्ग साधना का काम हरु स्त्री का अधीन हुन्छन।
४/१८० यग्य को कर्ता, पुरोहित, आचार्य, मामा, पहुना, आफ्नो आश्रित मानिस, बालक, ब्रिद्ध, रोगी, वैद्य, उत्तराधिकारी , साला ज्वाई आदि नातेदार, मात्रिकुल का मानिस, आमा, बाबु, दिदि बहिनी, बुहारी, छोरा छोरी, पत्नी र नोकर सन्ग वाद विवाद गर्नु हुदैन।
८/३८९ आमा, बाबु, स्त्री र पुत्र पुत्री अत्याज्य हुन्छन। इन्को त्याग गर्ने लाई राजा ले ६०० पण का दर ले दन्ड गर्नु पर्दछ।
९/१३० आत्मा र पुत्र एक समान भए जस्तै पुत्र र पुत्री पनि एक समान हुन्छन। यस कारण आत्मा, बराबर प्यारी पुत्री को बदला मा धन कसरी लिन मिल्छ ?
९/१३१ बाबु आदि माईती बाट कन्या लाई उस्को विवाह मा प्राप्त गहना र धन उस्को सेश पछि उस्का छोरी हरु ले पाउनु पर्दछ। र पुत्रहीन मावली बाजे को सम्पूर्ण धन छोरी को छोरा ले पाउनु पर्दछ।
९/१९२ माता को म्रित्यु पछि सबै सहोदर दाजुभाई र अविवाहित दीदी बहिनी हरु ले आमा को धन बाडी लिनु पर्छ।
९/१७६ यदि अछतयोनि विधवा ( पति सन्ग सहवास नभएको ) अथवा यस्तो अवस्था मा पति द्वारा त्यागिए की नारी ले यदि पुनः पति सन्ग आई पुग्छे भने दुवै स्थिति मा पुनः विवाह सन्सकार हुन सक्दछ। यस्ती नारी लाई पुनर्भू भनिन्छ।
९/८९ ऋतुमती भै सके पछि पनि कन्या लाई सुयोग्य वर न मिलेमा बरु पिता कै घर मा अविवाहिता बस्नु राम्रो हुन्छ तर मूर्ख र गुणहीन सन्ग विवाह गर्नु हुदैन।
९/९० सती कन्या ऋतुमती भएको तीन वर्श सम्म राम्रो पति पाउन लाई विवाह को प्रतिछा गरोस। यो अवधि मा योग्य वर न पाएमा आफ्नो वर्ण र गुण अनुसार आफै विवाह गर्न हुन्छ।
८/२८ सन्तान जन्माउन नसक्ने , या पुत्रहीन तथा कुल मा कोई नभएकी एक्ली स्त्री , पतिव्रता, विधवा र रोगिणी स्त्री को धन को रछा ( राजा ले ) गर्नु पर्दछ।
८/२९ त्यस्ता जीवित स्त्री हरु को धन उसका अन्य बान्धव हरु कसै ले हरण गरेमा राजा ले त्यसलाई चोर जस्तै सजाय दिनु पर्दछ।
८/३२३ कुलीन स्त्री र पुरुश लाई चोर्ने तथा बहुमूल्य रत्न चोर लाई म्रित्यु दन्ड दिनु पर्छ।
८/३५२ परस्त्री सन्ग सम्भोग गर्ने पुरुश लाई राजा ले यात्ना दिएर नाक कान काटेर देश निकाला गर्नु पर्दछ।
८/३६७ कुनै मानिस ले घमन्ड मा कुनै कन्या को योनि मा जबर्जस्ती औला छिराऍर भ्रस्ट गरेमा राजा ले तुरन्त उसको दुईटा औला काटि दिनु पर्दछ।
९/९६ ब्रह्मा ले जन्म दिन लाई नारी र गर्भाधान गर्न लाई पुरुश बनाये का हुन तसर्थ वेद मा नारी का साथ साधारण धर्मपालन गरी रह्नु पर्दछ।
।९/ २३२ छल ले शासन गर्ने, प्रजा लाई बिगार्ने,स्त्री बालक र ब्राह्मण को हत्यारा लाई राजा ले म्रित्यु दन्ड दिनु पर्दछ .
यसरी मनु ले नारी जाति को लागि बुद्धिमता्पूर्ण र महान विचार दिन्छन । नारि जाति का विरुद्ध देखा पर्ने वाक्य हरु पछि मिसाइए का हुन भन्ने कुरा स्वतः देखिन्छ। मनु यसका लागि जिम्मेवार होइनन। मनुस्मृति मा मनु ले लेखेको र मिसावट नभएको मनुस्मृति का माथि उधृत अंश हरुले हिन्दु नारी को गरिमामय र पूजनीय स्थान को परिचय दी रहेको छ ।
Translated of the article “How were females ‘defamed’by followers of Anti-vedic Gyan propagated by Manu The fake Rishi” .
अनुवादक - अयोध्या प्रसाद श्रीवास्तव
।