सनातन हिन्दू धर्ममा केवल एक ईश्वर को प्रावधान छ । “एकम् सत् विप्र बहुधा वदन्ति” -ऋग्वेद मंडल १, सूक्त १६४,मंत्र ४६) । “ एकम् ब्रह्म द्वितीय नास्ते” वेदान्तको ब्रह्मसूत्र ।) दृश्यमान जगत मा चन्द्र, सूर्य, तारा ग्रह, नक्षत्र, निहारिका, मानव, पशु, पक्षी, जलचर, नदी, पहाड, वन, आगो पानी, शीत, घाम, वर्षा ,आदि इत्यादि सबै तेही ब्रह्म नै हो । हिन्दू दर्शनले ब्रह्मको आवश्यकतावश प्रकट हुने रुप या आकार तथा मानवकालागि उपयोगी हुने जीव निर्जीव सबै लाई देवी, देवता र अवतार भन्ने गरेको छ ।
सम्पूर्ण प्रकृति, ब्रह्माण्ड को उत्पत्ति , विकास, यस्को सर्वाेत्तम हित,र विनाश का कारण, आयाम र प्रक्रियाहरु छन् र ब्रह्म को उद्देश्य र कार्य साधना मा हामीले आफनो हित मा सकारात्मकता, आनन्द र मोक्ष प्राप्तिको साधन सीढीको रुपमा तत् तत् स्वरुप का देवी देवताहरुलाई पूजा आजा गर्ने परम्परा रहेको छ । – यद्धपि सनातन धर्मको आदिकालमा मूर्तिपूजा भने पाइँदैन _
हिन्दू का चाड पर्वहरु साधनात्मक छन् । साधना आराधना पछि ग्रहण गरिने प्रसाद को प्रक्रियालाई कालान्तरमा वर्ग, वर्ण, स्थान, परिस्थिति र उद्देश्य संग जोडेर उत्सवजन्य बनाइएको छ र साधनात्मक स्तर गौण र उपेक्षित हुन पुगेको छ । सनातन धर्ममा प्रतेक कार्यलाई पूजा संग जोडिएकोले प्रातः उठे पछि भुइँमा खुट्टा टेकने देखि स्नान, भोजन, शयन र प्रतेक कार्य मा मंत्रोच्चारण या पूजा आराधना को परिपाटीले आजको ब्यस्त जीवनमा केही अप्ठेरो त गरेकै छ तर हामीले आधुनिकता को नाममा अधिकांश शास्त्रीय कर्म को त्याग या उपेक्षा पनि गरेका छौं अथवा “शर्टकट” या “सुविधाजनक” बनाएका छौं । जसले गर्दा तमाम व्रत र उपवासहरु छुटेका, टुटेका छन् र खाद्य अखाद्यमा पनि दुविधाग्रस्त हुन पुगेका छौं । कुन चाड पर्व कस्को भन्ने कुरामा पनि तर्क वितर्क छ । हामी अन्यत्र आवश्यक ठाउँहरुमा तर्क वितर्क कमै गर्दछौं तर आस्थाको क्षेत्रमा अल्छीपनले गर्दा बढी तार्किक बनेका छौं ।
हुन त कुनै पनि देव आराधना जो सुकैले गरोस, खराब त होइन । तेसको फल त प्राप्त हुन्छ नै । तर कुनै कुनै पूजा कुन वर्ग र कस्को लागी ? भनेर दुविधाग्रस्तता भएको पनि देखिन्छ । भगवान विश्वकर्मा देवलोकका शिल्पकार हुन् । सम्पूर्ण सुख सुविधा सहित को भवन या नगर बनाउने जिम्मा वहांको हो । आजको भाषा मा उनी निर्माण विभागका प्रमुख इंजिनियर र व्यवस्थापक ÷प्रबन्धक पनि हुन् । यस अर्थमा भवन या नगरको लागि भूमि को छनौट, नाप, नक्शा मास्टर प्लान अर्थात इंजिनियरिंग कर्म,निर्माणकारी ठेकेदार, मिस्त्री, लेबर, बढई, बिजली, पानी, र स्वचालित यन्त्र निर्माता, जडानकर्ता, सवारी र ढुवानी साधन का निर्माता र उपभोक्ता आदि विशाल समुदाय यसमा आउंछ । यो पूजनमा सामान्यतया श्री गणेशायनमः, श्री विश्वकर्माय नमः मंत्रोच्चारण हुन्छ ।
कम्प्यूटर,इंटरनेट र बिजली बत्ती का देवता राहु भएकाले यस क्षेत्रका उत्पादक संचालक र उपभोक्ताको इष्ट देवता राहु हन् । अर्थात बिजली बत्तीका उत्पादक ले राहुको पनि पूजा गर्न राम्रो हुन्छ । श्री गणेशायनमः र श्री राहवे नमः सामान्य मन्त्र हो । साधकले राहु को मन्त्र लौकिक या वैदिक के र कसरी जपने भन्ने कुरा योग्य गुरुको परामर्शमा मात्र गर्नु पर्दछ ।
कल कारखाना, फलामको काम र व्यवसाय, इंजन, मिल, मेशीनिरी, बिजली र काला चीजवस्तु का उपयोगकर्ताको इष्ट देवता शनि हन् । श्री गणेशायनमः र ओम् सम शनिश्चरायनमः सामान्य मन्त्र हो । तर विधिवत् जाप गर्नलाई आफनो ग्रह दशा र मन्त्र बारेमा राम्रो जान्ने गुरु को परामर्शमा मात्र काम गर्न उचित हुन्छ । जानकारले नभने सम्म, मात्र टीवी युट्युब मा देखाए बताए अनुसार ओम् सम शनिश्चरायनमः भनेर कदापि जप्न थाल्नु हुँदैन ।
चिकित्सा क्षेत्रमा एलोपैथी तिर ब्रिटिश चलन अनुसार डाक्टरहरुलाई दीक्षान्त समारोहमा यूनानी देवता हिप्पोके्रटस को नाममा शपथ लिन लगाइने गरेकोमा आज भारत नेपालमा के छ थाह छैन । हाम्रो धर्म संस्कृति अनुसार चिकित्सकले धन तेरसका दिन भगवान धनवन्तरी को पूजा गर्ने चलन आयुर्वेद क्षेत्रमा आज पनि जीवित राखिएकोछ, यो गर्वको कुरा हो, भने ईशा पूर्व को सम्भावित छैठौं शताब्दी का आचार्य सुश्रुत विश्व कै पहिला सफल शल्य चिकित्सक -सर्जन_ र सुश्रुत संहिताका लेखक पनि हुन् । तिहारको धनतेरस का दिन धनवन्तरीका साथै आचार्य सुश्रुत को पनि पूजन गर्न र यो पूजन सबै पैथीका चिकित्सक र यस संग सम्बन्धित उत्पादक वितरक आदिले गर्न राम्रो हुन्छ ।
त्यस्तै सन् १८५४ मा क्रीमिया को युद्ध का घाइतेको उपचार गरेर नर्सिंग की जन्मदात्री प्रथम नर्स ब्रिटेन की फ्लोरेन्स नाइटेंगल लाई नर्सहरुले आफनो आदर्श मान्न राम्रो हुन्छ । सेवाको दिशा र प्रेरणा प्राप्त हुन्छ । वहाँ को जन्म इटलीको फ्लोरेन्स नगर मा मे महिनाको १२ तारीखमा भएको ले मे १२ मा प्रेरणा या शपथ ग्रहण दिवस मनाउन उचित हुन सक्दछ ।
त्यस्तै न्याय का प्रधान अधिपति, प्रधान न्यायाधीश, या देवता, ब्रह्मापुत्र भगवान चित्रगुप्त हुन् । इनका समकक्षी कार्यकारी विभाग प्रमुख यमराज हुन् । चित्रगुप्तको न्याय र निर्णय अनुसार यम का दूतहरुले स्वर्ग नर्क आदि दण्ड र पुरुस्कार को कार्यान्वयन गर्दछन् । प्राचीनकाल देखि मृत्यु लोकमा न्याय र प्रशासनको काम कायस्थहरुलाई सुम्पिएकोले लगभग आर्याव्रत भरी का मसिजीवी मात्र होइन, अन्य व्यवसायमा लागीरहेका कायस्थहरुले समेत, सबैले आज सम्म पनि चित्रगुप्तको जन्मदिनमा तिहारको यमद्वितिया अर्थात भाईटीका का दिन भगवान चित्रगुप्त र कलम मसीदानीको पूजा गरेर यस परम्पराको निर्वाह गर्ने गरेका छन् । स्मरणीय के पनि छ भने यसै दिनमा दीदी बहिनीहरुले यमराजको पूजा गर्ने चलन अद्यापि छँदैछ ।
आधुनिक युगमा जबकि न्याय प्रशासनमा जातीय पदहरु छैनन्, सबै वर्ण र जाति का मानिस न्याय सम्पादन र सहयोगीमा संलग्न छन्, भने तिनले धार्मिक विश्वास अनुसार भगवान चित्रगुप्त र कलम मसिदानी को पूजा गर्न उचित हुन्छ । यसबाट लाभ के त ? भन्ने प्रश्न उठ्न खोज्छ भने यस्को प्रयोग पछि को परिणामले स्वयं बताउन सक्छ । कायस्थहरुले चित्रगुप्तपूजा गरे पछि श्री गणेशायनमः, श्री सरस्वतायनमः श्री चित्रगुप्तायनमः लेखने गरेका छन् तेस पछि धनतेरस देखि रोकिएको कलम खुलने गरेकोछ ।
तर न्यायाधीश र वकीलको यो काम यहाँ यत्तिकैमा सिद्धिदैन । किनकि यस युगमा न्यायाधीश र वकील ले कालो कोट लगाउने परम्परा रहेकोले कालो कोटले थप दायित्वको निर्माण गर्दछ । अर्थात शनि को पनि ख्याल राखनु पर्दछ र शनिवार का दिन शनि चालीसा पाठ, या, पीपल मा जल अर्पण, पीपल मुनि दीप प्रज्जवलन,तोरी तेल दान, तोरी तेल आफनो शरीर या शिरमा लगाउने आदि सामान्य कर्म जो आफनो सुविधामा छ, गर्नु पर्दछ तर यदि शनिको दशा छ भने जानिस्कार पंडित को पनि परामर्श लिन वेश हुन्छ ।
-लेखक पूर्व प्रशासनिक अधिकृत, प्राध्यापक, अधिवक्ता र राजनीतिशास्त्रका अध्येता हुन्_