(प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन र व्यवहार आदि कुनै कुराको सत्यताको पुष्टि वा विरोध गर्दैन र कुनै तर्क विचार व्यवहार विवादको संदर्भमा साक्षी प्रमाण बन्ने दावी गर्दैन तथा कुनै धर्म, विचार, चिंतनको प्रचार वा विरोध, द्वैष, दुर्भाव र घृणाको उद्देश्य छैन )।
चार्वाक एक प्राचीन भौतिकवादी नास्तिक दर्शन हो । यो नास्तिक दर्शनका प्रतिपादक देवताहरुका गुरु वृहस्पतिलाई मानिन्छ । जब असुरहरुले देवताहरुलाई हराउनको लागि जब तप गर्न थाले तब देवगुरु वृहस्पतिले तिनीहरुलाई उल्टा बुद्धि दिएर भ्रमित पारेर तपबाट भटकाउनकालागि उनीहरुलाई जुन बाटो सिकाए र तिनीहरुले जोग जपतप छोडेर फेरी आफनो भोगविलासमा लागे तिनै कुराहरुलाई नास्तिक कुरा भनिएको छ । हिन्दुहरुको पद्मपुराणमा यो कुरा आएको छ र विष्णु पुराणमा पनि यस्तो कुरा देखा पर्दछ । वृहस्पतिका तिनै कुराहरु नै चार्वाक दर्शनका श्रोत हुन् ।
वृहस्पति नामका एक होइन कइयों गुरु हुनु पर्दछ भन्ने धारणा छ । तेस्तै चार्वाक पनि एक होइन, यो नामको गुरुका अनुयायीहरुको सम्प्रदाय या पंथलाई नै चार्वाक भनिएको र समय समयमा अभिव्यक्त विचारहरु पनि यो दर्शनमा समावेश भएको छ भन्ने कुरा पनि छ । जे होस वृहस्पतिका चार्वाक नामका एक जना शिष्य थिए , तिनी ईशापूर्वको पांच सात शताव्दी मा थिए या अभैm पहिले, कहिले थिए त्यो कुरा थाह छैन, र तिनै शिष्यले दिएका अभिव्यक्तिहरुको सार नै चार्वाक दर्शनका नाममा प्रसिद्ध छ ।
वृहस्पतिसूत्र नामको एक ग्रन्थकोे रचना ई.पू. ६०० ताका भएको थियो र कुनै बेला यो ग्रन्थ हरायो र चार्वाकको ग्रन्थ पनि हरायो भन्ने कुरा छ । ई ग्रन्थहरु नालंदा विश्वविद्यालयमा थिए र बख्तियार खिलजीले आगो लगाएर नष्ट गर्दा ती ग्रन्थ जले भनेर पनि कतिपयले अनुमान गर्दछन् । चार्वाकको अधिकारिक पुस्तक पाइएको छैन । तर चार्वाकको बारेमा भारतीय महाकाव्यहरु, जैन र बौद्धका साहित्यहरुमा आएका विभिन्न संवादहरुमा चार्वाकले यस्तो भने उस्तो भने भनेर आएका प्रसंगहरुबाट वृहस्पति र चार्वाकका विचार र सूत्रहरुको बारेमा थाह हुन आएको हो ।
वर्तमान समयमा चार्वाक शव्दको चारु अर्थात मीठो र वाक भनेको बोली वचन अर्थात मीठो बोलने भन्ने अर्थ लगाउंछन् । चार्वाकको सिद्धान्तलाई बौद्ध पुस्तकहरुमा लोकायत भनिएको छ । अर्थात दर्शनको त्यो प्रणाली जसले यो लोकमा मात्र विश्वास गर्दछ । चार्वाक एक अनीश्वरवादी, नास्तिक गुरु थिए यो दर्शनमा कुनै दैवी अलौकिक सत्तालाई मान्यता छैन र प्रत्यक्ष प्रमाणलाई मात्र मानिन्छ । यस कारण यो दर्शन पूर्णतया वेदका विरुद्ध छ । चार्वाक पछि, आजको संसारमा फैलिएको नास्तिक दर्शनका मुख्य प्रचारक ईशापूर्व छैठौं शताव्दीका यो दर्शनका ठूला दार्शनिक गुरु अजित केश कम्बली को नाम आउंछ यो दर्शनका मुख्य सिद्धान्त
१ यसमा ईश्वर, आत्मा, स्वर्ग, नर्क, राम्रो काम, खराब काम, नेकी बदी, कर्मफल को सिद्धान्त, आदि केही मानिंदैन ।
दया, प्रेम, अहिंसा,जस्ता कुराहरु समय समयका अवसर र विचार हुन् भनिन्छ ई कुरालाई कुनै सिद्धान्तको रुपमा स्वीकार गरिंदैन ।
२, संसारमा दुखैदुख छ भनेर सुखको भोग नगर्नेहरु मूर्ख हुन् ।
जीवनको लक्ष्य भौतिक सुख, समृद्धि र आनन्द हो । खानु ,पिउनु, मोज मज्जा गर्नु र जसरी भएपनि जीवनमा आनन्द लिनु पर्दछ । यस्को मुख्य सूत्र हो ।
–क_ यावज्जीवेत सुखम् जीवेद, ऋणं कृत्वा घृतम् पीवेत ।
भस्मीभूतस्य देहस्य, पुनरागमनम् कुतः ।।
जब सम्म जीवन छ, सुखपूर्वक जिउनु पर्दछ । आफुसंग साधन नभए अरु संग ऋण लिएर भए पनि मौजमस्ती गर्नु पर्दछ । शमशानमा शरीर नष्ट भएपछि शरीर फिर्ताआएको कसले देखेछ र <
–ख_ पीत्वा पीत्वा पुनःपीत्वा, यावत्पतित भूतले ।
उत्थाय च पुनःपीत्वा, पुनर्जन्म नविद्यते ।।
खाऔं, खाऔं, रकसी यसरी खाऔं कि थपीथपी खाऔं । भुंइमा नढलेसम्म खाऔं । होशमा आएर उठेपछि फेरी खाऔं । मरेपछि फेरी पुनर्जन्म त हुन्न नि । तेसैले अहिले नै किन नखाऔं <
३, आफनो पत्नी, संतान र कुटुम्बीहरुको साहचर्यबाट प्राप्त हुने सुख मात्र सच्चा सुख हो ।
४, सनातन धर्ममा भनेको आत्मालाईयस दर्शनमा शरीरको कुनै पृथक तत्व होइन भनेछ । शरीर नै आत्मा हो । जसरी भेली, चामल र अन्य खाद्य पदार्थहरु मिसाएर एक निश्चित प्रक्रियामा लगेपछि सबैको संयोजनले रकशीमा नशा भन्ने चीज उत्पन्न हुनछ ठिक्क तेस्तै माटो, आगो, पानी र हावाको सम्मिश्रणबाट बन्ने योगिकले चेतना उत्पन्न हुन्छ तेसैले सब काम गर्दछ । आत्मा भन्ने केही छैन र पुनर्जन्म पनि छैन ।
५, चेतना को यो विचारलाई भूत चैतन्यवाद भनिन्छ । शरीरको साथमा चेतनाको नाश भएपछि पुनःकुनै रुपमा फर्कने कुरा आउंदैन ।
६, मानव शरीर र चेतना चार तत्वबाट माटो, पानी, आगो हावाबाट बन्दछ र यसैमा विलीन हुन्छ । तर यी चार तत्वको उत्पत्तिका बारेमा केही भनदैन र हिन्दू दर्शनमा मानिएको पांचौ तत्व आकाशलाई मानिदैन ।
७, प्रत्यक्ष नै एक मात्र प्रमाण हो । जुन चीज देखा पर्दैन त्यस्को अस्तितव हुंदैन, त्यो कल्पनाको कुनै अर्थ छैन । यस कारण प्रत्यक्ष देखिने शरीर र यो जगत का अतिरिक्त अरु केही सत्य होइन ।
८, मनले कल्पना गर्दछ तर ऊ इन्द्रियहरुमाथि आश्रित हुन्छ र तिनले जे अनुभव गर्छन् मनले तेही आधारमा सोंच्छ । यस कारण मनले गर्ने अनुमानमा आउने कुनै चीजको कुनै अर्थ हुंदैन । अनुमानले केवल संभावना बताउन सक्दछ । तर निश्चयात्मक ज्ञान प्रत्यक्षबाट मात्र हुन सक्दछ ।
९, सनातन हिन्दू धर्मका न्याय र वैशेषिक दर्शन अर्धवैदिक हुन् , तर चार्वाक दर्शन भने, जैन र बौद्ध दर्शन झैं पूरै अवैदिक छ ।
१०, यो दर्शन सुन्दा बडो सरल, र गरीब, दुखी पीडितहरुलाई निकै आकर्षित गर्ने खालको छ । तेसैले कुनै बेला यो समाजमा यो निकै चार्चामा रहन्थ्यो लिंग पुराणमा भगवान शिवको प्रेरणाले एक दिगम्बर मुनिले असुरहरुलाई यस्ता कुराहरुको उपदेश दिएका थिए भन्ने उल्लेख रहेकोले चार्वाक र अजित केश कम्बलीको दर्शनको प्रभावले जैन र बौद्ध धर्मको उदय र विकासमा ठूलो बल पुर्याएको हुनु पर्दछ भनेर अनुमान गर्नेहरु पनि छन् ।
-लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति र दर्शनशास्त्रका अध्येता हुन्) \ Ayodhya.p.shrivastav@gmail.com _