(प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन र व्यवहार आदि कुनै कुराको सत्यताको पुष्टि वा विरोध गर्दैन र कुनै तर्क विचार व्यवहार विवादको संदर्भमा साक्षी प्रमाण बन्ने दावी गर्दैन तथा कुनै धर्म, विचार, चिंतनको प्रचार वा विरोध, द्वैष, दुर्भाव र घृणाको उद्देश्य छैन ) ।
दार्शनिक कनप्mयूशियसको जन्म चीनको शानदोंग प्रदेशको खुंत्सियु मा ईशापूर्व ५५० या ५५१ मा भएको थियो । इनी स्वामी महावीर र गौतम बुद्ध का समकालीन थिए । इनले कुनै पुस्तक लेख आदि लेखेको पाइएको छैन । इनी ठूलो गहिरो दार्शनिक कुरा गर्ने अथवा ईश्वर र कोई देवी देवताहरुको खासै कुनै कुरा गर्ने र धर्मकर्मको विशेष सिद्धान्त प्रतिपादन गर्ने गुरु होइनन् । इनको नैतिक शिक्षा र व्यवहारिक आचरणका कुराहरु एक जीवनशैलीको रुपमा, एउटा सामान्य दर्शनको रुपमा देखा पर्दछ ।
इनको धर्मशिक्षालाई चीनको राज्यव्यवस्थाले अपनायौ र यसैको फलस्वरुप चीनमा पंथनिर्पेक्ष राज्यको दर्शन विकसित भयो .
इनको सिद्धान्त–
१,भलाई मानिसको स्वाभाविक गुण हो यस कारण अरुको भलाईमा संधै दत्तचित्त रहनु पर्दछ ।
२, गलत मान्छे चाहे जति सुकै शक्तिसम्पन्न भएपनि शासन गर्न अयोग्य नै हुन्छ ।
३,शासनका अधिकारी वर्गले आफनो देवी देवताहरुको पूजा भक्ति जे जो गर्नु छ गरुन् तर तेस कर्मलाई राज्यशक्ति र राज्यको काममा नजोडुन् ।
४,अर्का संग त्यो व्यवहार गर्नु, जस्तो व्यवहार तपाईलाई अरुद्वारा गर्न अपेक्षा राखनु हुन्छ ।
५, कुनै देशमा राम्रो शासन र शान्ति तब मात्र स्थापित हुन सक्दछ, जब शासक, मंत्री र जनताको प्रतेक व्यक्तिले आफनो स्थानमा कर्तव्यको उचित पालन गरि रहन्छ ।
६,आफनो योग्यता अनुसारको काममा ईमानदारी र अर्काको भलाईको सोंच मिश्रित काम नै कर्तव्य हो
७, जसले मानवसेवा गर्न सक्दैन उसले देवी देवताको पनि सेवा गर्न सक्दैन ।
समाप्त