हिन्दू धर्म दर्शन र धर्मग्रन्थ भाग १,हिन्दू,सनातनीरवेदान्तीशव्द

      हामीले धेरैजसो विषयमा बहुतै कम जाने पनि, अरुको दांजोमा आफुलाई अल्पज्ञानी र अज्ञानी देखिनबाट बचाउन सबै जानेका छौं भन्ने भाव व्यक्त गरीरहेका हुन्छौं र अल्छीपन तथा लापरवाहीले गर्दा न त अध्ययन गर्दछौं र न त सत्संगमा नै जान्छौं यसले गर्दा जरुरी कुराहरु थाह पाउन देखि वन्चित भैरहेका हुन्छौं । हिन्दूहरुको स्थिति आफनो धर्म र धर्मका पुस्तकहरुको बारेमा यस्तै छ भन्ने लागेकोले यो लेखमालाबाट केही जरुरी जानकारी दिन खोजिएको छ ।

हिन्दू

      पहिले हिन्दू सनातन शव्द कै कुरा गरौं यसमा पहिले परम्परागत   प्रचलित मान्यताको चर्चा गरौं केही शताव्दी पहिले, जब  बिजुली, संचारका आधुनिकताका कुनै साधनको विकास भैसकेको थिएन, मानिस नदी खोलाहरुको छेउछाउमा बस्दथ्यो,कृषि ससाना व्यापार, हाते उद्योग मुख्य उद्यम थियो आदिम सभ्यता भने हुन्छ मानिस प्राय डुंंगामा या पैदल यात्रा गर्दथ, यस्ता राष्ट्र्यि राज्यहरु थिएनन्, पहिले कबिलाई राज्य थिए पछि साना ठूला राजा रजौटाहरुका राज्य बनेका थिए आजको अफगानिस्तान, पाकिस्तान, बंगलादेश आदि भारतीय उपमहाद्वीप भन्ने खण्ड मा पश्चिम अरबबाट,     धेरै जसो फारस, जसलाई पर्रिसया पनि भनियो अर्थात आजको ईरानबाट, यदाकदा मेसोपोटामिया जसलाई आज ईराक भनिन्छ, तेता तिरका व्यापारीहरु सिन्धु नदी तरेर यस उपमहाद्वीप मा आउंथे   उनीहरुले सिन्धुको पूर्वी भुगोलमा बस्ने मानिसहरुलाई भौगोलिक उपनाम सिन्धव, या सैन्धव भन्न खोजदा फारसी भाषा मा को उच्चारण हुने गरेकोले सिन्धु लाई हिन्दु यो भूमिलाई हिन्द नाम दिए पछि यही हिन्दुस्थान हिन्दुस्तान भनियो (विवेकानन्द साहित्य पंचम खण्ड पृष्ठ १९ मा यस्को चर्चा )

         तिनै फारसीहरु पश्चिममा आजको युरोप सम्म पनि पुग्दथे यूरोपियनहरुले तिनीहरुबाट हिन्दको बारेमा थाह पाए तर युनानीहरुको जिब्रो, हिन्द उच्चारण गर्दा हि को बदलामा बोलने गरेकोले युरोपमा हिन्दलाई इन्द, इन्डस रीभर भने, धेरै समय पछि तेशी शव्द इण्डिया हुन पुग्यो   जुन बेला यस क्षेत्रका निवासीहरुलाई हिन्दू भनियो तेस बेला यहां वैदिक धर्म कता कतै वण्य प्रदेशमा प्रकृतिपूजा थियो तर प्रकृति पूजा सूर्य, चन्द्र, वायु, नदी,पहाड, वन आदि पुजनु भनेको  पनि वैदिक सिद्धान्त नै हो तेस बेला इस्लाम,बौद्ध,जैन, क्रिश्चियन आदि  धर्महरु अस्तित्वमा आई सकेका थिएनन् यस अर्थमा धर्म, दर्शन, को आधारमा पहिचानको कुरा गर्दा वैदिक या सनातनी अथवा तेस्तै मिल्दोजुल्दो प्रकृतिपूजकलाई मात्र हिन्दु भनिएको थियो

      हजारौं हजार वर्ष पछि, आधुनिक युगमा  भारतमा इस्लामिक राज्य स्थापित भएपछि धार्मिक परिचयको लागि सनातनीहरुलाई हिन्दू भनियो आजको हिन्दू का पुर्खाहरुले आफुलाई हिन्दू भन्न थाले यस कारण सनातनीहरुकोलागि पारम्परिक भाषामा हिन्दू शव्द स्थापित रहेको यूरोप अमेरिका आदि देश सहित विश्व पनि हिन्दू शव्द देखि नै परिचित तर सनातनी आदि कुनै शव्द विश्वव्यापी के यसै क्षेत्रका सबै मानिसलाई थाह छैन   हिन्दू शव्द यद्धपि आजको परिस्थितिमा आपत्तिजनक छैन, तर अब जबकि सिन्धु नदीको पूर्वमा,यो क्षेत्रमा वेद देखि नितान्त अलग, कइयों किसिमका धर्मावलम्बीहरु पनि छन् भने भौगोलिक आधारमा ती सबैलाई समेटिने गरी हिन्दू भन्न शाव्दिक भावनार्थ मा मिल्दैन यसै कारणबाट स्वामी विवेकानन्दले आफुलाई वेदान्ती पश्चिममा वहांद्वारा स्थापित मंदिरहरुलाई वेदान्त आश्रम भनिन्छ

अब फेसबुकमा देखिएका केही नया नया कुराहरुलाई साभार यहां प्रस्तुत  वहांहरुले हिन्दू शव्द वैदिक हो अरबले बोलेर शव्द बनेको होइन भन्नु हुन्छ प्रमाण पेश गर्नु हुन्छ कोहीले मुसलमान शासकहरुले अवहेलना गरेर बोलेको शव्द हो भन्नु हुन्छ

 ,फारसी भाषाभाषीले लाई नै बोल्छन्, भन्दैनन् फारसी, सुलतान, संसकृत आदि सफासंग भन्छन् वास्तवमा उताका मुसलमानहरुले भारतमा राज्य स्थापित गरे पछि युद्धमा हारेको जाति धर्मावलम्बीहरुलाई घृणा अनादर गरेर हिन्दू भनेका हुन् फारसीमा हिन्दूको अर्थ हुन्छ काला, चोर, लुटेरा, बदमाश  

, बृहस्पति आगममा लेखिएको हिन्दुको परिभाषा

ॐकारमूलमंत्राढ्यःपुनर्जन्मदृढाशयः )गोभक्तोभारतगुरूःहिन्दुर्हिंसनदूषकः।

हिंसयादूयतेचित्तंतेनहिन्दुरितीरितः।

 अर्थॐकार जस्को मूल मंत्र हो पुनर्जन्ममा जस्को दृढ आस्था ,भारतवर्षले जस्को प्रवर्तन गरेको , तथा हिंसालाई जसले निन्दा गर्छ,त्यही नै हिन्दु हो

 , ऋग्वेद  मा एक ऋषिको नाम सैन्धवथियो जो पछिहैन्दाव÷हिन्दव नामले प्रचलित भयो पछि अपभ्रंश भएरहिन्दू भयो

   , ऋग्वेदको बृहस्पति आगममा हिन्दू शब्द यस प्रकार आएको

हिमालयंसमारभ्ययावतइन्दुसरोवरं   तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते ।।

 अर्थात….हिमालय देखि इंदु सरोवर सम्म देव निर्मित देश हिन्दुस्थान हो

,वेद मात्र होइन मेरु तंत्र (शैवग्रन्थ) मा हिन्दू शब्द को उल्लेख यस प्रकार रहेको

    हीनं ्च ते प्रिये

  अर्थात जसले अज्ञानता हीनता को त्याग गर्दछ त्यसलाई हिन्दू भनिन्छ

, पारिजात हरण मा हिन्दू को बारेमा भनिएको

हिनस्ति तपसा पापां दैहिकांशत्रुवर्गं

 , माधव दिग्विजयमा एक श्लोकमा हिन्दू शब्द आएको जसको भावार्थ यसतो

   जसले  ओमकार लाई  ईश्वरीय ध्वनि मान्दछ, कर्ममा विश्वास गर्दछ , पालनकर्ता होस,तथा खराब आचरण नगरोस,

 , ऋग्वेदमा विवहिंदु नामका बहुत पराक्रमी

दानी राजा को उल्लेख तिनैको नामबाट हिन्दु भएको हो भन्ने

,हाम्रा धार्मिक ग्रंथ का अलावा इस्लाम का चतुर्थ खलीफÞ अली बिन अबी तालिबले लेखनु भएको

त्योभूमि जहां  सर्वप्रथम पुस्तकहरु ल्ोखिए,जहांबाट विवेक तथा ज्ञानको नदी प्रवाहित भयो त्यो भूमि हिन्दुस्तान हो श्रोत हिन्दू मुस्लिम कल्चरल अवार्डसैयद मोहमुद १९४९).

यस्ता थुप्रै पोस्टहरु भेटिन्छन् तर तिनको प्रमाणिकता बारे यकीन छैन

सनातनी वेदान्ती शव्द

   हिन्दूका वेदलाई सनातन मानिन्छ यसलाई पूर्णतया मान्नेलाई सनातनी भनिन्छ यस कारण कतिपयले आफुलाई सनातनी कतिपयले वेदान्ती पनि भन्ने गर्दछन् सनातनको अर्थ जो आदिकालदेखि आज सम्म निरंतर पछि अनादिकाल सम्म रही रहने वैदिक या वेदान्ती भनेको जसले वेदलाई मात्र प्रमाण मान्दछ शिरोधार्य गरेको यसरी अब वेदका अनुयायीहरुकालागि हिन्दू, सनातनी वेदान्ती शव्द प्रचलनमा छन् यो क्षेत्रको एक वृहत्तर भागको प्राचीन नाम अजनाभव्रत थियो तर वेदलाई किनकि तेस युगमा नीति मानवीय मूल्य मर्यादा स्थापित गरेर तेस अनुरुप आचरण गर्ने भन्ने अर्थमा लिइन्थ्यो यस कारण यहांका मानिसलाई श्रेष्ठ मानिस भन्ने बुझाउंथ्यो यसै कारणले यो क्षेत्र नै आर्याव्रत थियो   यसका निवासीहरुलाई आर्य भनिन्थ्यो आर्यको अर्थ हुन्छ श्रेष्ठ  

ऋषि, मुनिप्रायः वण्य प्रदेशमा एकान्तवास मा रहेर ब्रह्मज्ञान विभिन्न विषयका अनुसन्धानकर्ता महाज्ञानी विज्ञलाई महर्षि, गीताका अनुसार जस्को मनमा दुखबाट घबराहट छैन, जसले सुखको इच्छा राख्दैन, जो राग, भय क्रोध देखि टाढा , यसतो निश्चल बुद्धिवालालाई  ऋषि भनिन्थ्यो   त्यस्तै राग द्वैष रहित साधु संतलाई  मुनि भनिन्छ मुनिलाई यति,तपस्वी,भिक्षुरश्रमणपनिभनिन्छ                                                            क्रमशः

(लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति दर्शनशास्त्रका अध्येता हुन् _