प्राण ः– विज्ञानले आफनो खोजबाट ताप , विद्युत, चुम्बक, आदि रुपमा देखिने तत्वलाई शक्ति नाम दिएको छ तर वेदमा उही बेला यसको उल्लेखगरीसकेकोछ।गुरुत्वाकर्षण,ताप,चाप,विद्युत,घर्षणकोउर्जा,आकर्षण, विकर्षण, इन्द्रियहरुका बाहिरी कर्ममा लागने शक्ति र अंतःकरणमा चिन्तन समेतमा खर्च हुने उर्जा, जहां उर्जा छ,सबैतत्व प्राण शक्ति कै रुप हुन् ।
त्यसो हुनाले प्राण के त भन्दा,यो एक स्पंदन या कंपन हो जो एक जलतरंग जस्तै माथि उठ्ने तल झरने चक्राकार गतिमा समस्त विश्व ब्रह्माण्डमा अनादिकालदेखि नै व्याप्त छ । कोईले शंख त धेरैले डमरुको आवाज जस्तो या ओम् शव्दको ध्वनि जस्तो महसूस हुन्छ भन्छन् । आज विज्ञानले पनि यस्तै यस्तै थरथराहट, ध्वनितरंग जस्तो केही गुंजन भैरहेको भनेर अपुष्ट कुरा गर्दै छ ।
जब श्रृष्टिको लय हुन्छ तेसबेला सबै शक्तिहरुको एक समूह बनेर आदिप्राणमा एकाकार हुन पुग्दछन् र यो आदिप्राण सूक्ष्मतम रुपमा बहुतै मद्धिम गतिमा स्पन्दित, तरंगित,भैरहन्छ र जब चक्रक्रममा पुनःश्रृष्टिको समय आउंछ, यो चक्रीय तरंग बिस्तारै गतिशील हुन्छ तेही चक्राकार तरंगित गतिका साथ श्रृष्टि फेरी विकसित र विस्तारित हुन्छ र यो चक्र अनादिकाल देखि चलीरहेकोछ । यसैअदृश्य तत्वलाई प्राण भनिएको छ र यो श्रृष्टिको कारक हो । कोई कोई ब्रह्मज्ञानीले यही प्राण उर्जालाई नै ब्रह्म भनेका छन् ।
आत्मा र प्राण अलग अलग तत्व हुन् । सबै जीवमा जीवन संचार प्राणद्वारा हुन्छ । प्राणमा कुनै गुण दोष हुंदैन । आत्मा अभौतिक र प्राण भौतिक साधन हो । यो स्वांसको रुपमा एक किसिमको उर्जा र जीवनशक्ति र जीवनको आधार हो जो जीवको जीवनकाल सम्म मात्र शरीरमा रहन्छ र योग आदि माध्यमबाट नियंत्रित गरेर शारीरिक र मानसिक शक्तिमा चमत्कारिक वृद्धि गर्न सकिन्छ । प्राण, जीवको वायु तत्व माथि चढेर यात्रा गर्ने सवार हो । प्राण शरीरको मृत्यु पछि वायुमा विलीन हुन्छ । शास्त्रमा स्वांसका पांच प्रकार छन् । प्राण, अपान, व्यान, उदान, र समान । उप प्राण पनि पांच छन् । नाग, कूर्म, देवदत्त,कृकला, र धनन्जय ।
अंग्रेजीमा समग्रमा प्राणलाई Life भन्छन् र बहुतै प्रष्ट्याउन खोजे भने कि त आत्मा संगै जोडछन् कि त भ्लभचनथ या उर्जाको रुपमा हेर्छन् । अंग्रेजी भाषामा आत्माको जस्तै प्राणको पनि शुद्ध प्रायवाची छैन ।
श्रृष्टि ः– जगत्को उत्पत्ति र विकासलाई वेदमा श्रृष्टि भनिएको छ । अंग्रेजीमा यसकोलागि Creation अर्थात रचना शव्द रहेपनि यसले वेदको श्रृष्टिको अर्थ दिन सक्दैन । स्वामी विवेकानन्दले धर्म परिचयको लागि अंग्रेजीमा हाम्रा वेदका जस्ता विशेष भाव दिने निश्चित शव्द नभएकाले, वैदिक दर्शन बुझाउन बहुत समस्या रहेको भन्नु भएको छ । वहांले म यसलाई Projection अर्थात प्रक्षेपण शव्दबाट बुझाउने गरेको भन्नु हुन्थ्यो ।
जब प्रलय हुन्छ, जगत खुम्चिदै, सूक्ष्मातिसूक्ष्म भएर आफनो प्रार्थमिक अवस्थामा पुग्छ र सबै शक्तिहरु अर्थात प्राणतत्व आदितत्व आदिभूत अर्थात आकाशतत्वमा लीन हुन पुग्छ र आकाशलाई सूक्ष्मतम रुपमा स्पंदित गरीरहन्छ । केही काल सम्म तेही शान्त अवस्थामा रहेर पुनः सूक्ष्मतमबाट विकसित हुने क्रम शुरु हुन्छ । प्राणको स्पन्दन बढदै गएपछि आकाशका तरंग बढदै जान्छन् र चन्द्र,सूर्य, ग्रह, नक्षत्रका आकार धारण गर्न थाल्छन् । आकाशको कम्पनले वायु उत्पन्न हुन्छ । यसैलाई श्रृष्टि भनिन्छ ।
यहां स्मरणीय यो छ सूक्ष्मतर तत्वबाट स्थूलतर तत्व को उत्पत्ति हुन्छ र सबभन्दा पछि स्थूल भूतको उत्पत्ति हुन्छ । ऋग्वेद १०।१२९।२मा यदिदं किंच जगत् सर्व प्राण एजति निःसृतम् । ( यस संसारमा जे जति छ, सबथोक प्राणको कम्पनले निःसृत हुन्छ । विवेकानन्दले यहां एज् धातुको अर्थ कम्पन हो र निःसृतम् को अर्थ प्रक्षिप्त र यदिदं किंचको अर्थ यस संसारमा भएभरका चीजवस्तु हुन् भन्नु भएको छ ।
जीवात्मा ः– जीवात्मा भनेको जीवको आत्मा । आत्मा र जीवात्मा भनेको एउटै हो ।
अंतःकरण,मन, चित्त, बुद्धि,विवेक,र प्रज्ञाः–
स्थूल शरीर भित्रका दुइ स्थूल अंग हुन् हृदय अर्थात दिल रगत सफाई सेन्टर, Heart र मस्तिष्क अर्थात शरीरको आदेशकर्ता, गिदी या भेजा Brain.
वैदिक दर्शन अनुसार सूक्ष्म शरीरका चार वृत्तिहरु छन् । मन, बुद्धि, चित्त र अहंकार । हृदय भित्रको अदृश्य तर सक्रिय तत्वलाई अंतकरण भनिन्छ । अंतकरणका दुइ भाग छन् मन र चित्त । मनका तीन अवस्था छन्– चेतन, अचेतन र अवचेतन मन । पहिले मन र चित्तको कुरा गरौं ।
मन ः– मन अति चंचल र सर्वाधिक तेज दौडन्छ । यसमा विचार, कल्पना,धारणा,भावना, उचित अनुचित चाहना, कुनै काम गर्ने अठोट या संकल्प अथवा तेसको विकल्प जस्ता विचारहरु चलायमान भै रहन्छ ।
चित्तः– मनमा तरंगित हुने इच्छा र विचारहरु मनको एक छेउमा जम्मा हुन दौडिरहन्छन् र यस्तो जम्मा हुने मन भित्र कै ठाउंलाई दार्शनिकहरुले चित्त भनेका छन् । चित्त भित्र कुराहरु खेली रहंदा जब केही कुरा जम्मा भएर बस्ने ठाउं बनाउंछन् तब तेस ठाउंलाई चित्तकोष या स्मृतिकोष भनिन्छ । यो कोषमा भावना स्मृति, श्रव्य दृश्य र अनुभव जस्ता कुराहरु याददास्तको रुपमा स्थायी रुपले बस्छन् तर अनुपयोगी याददास्तहरु पछि प्राय तेहींबाट हराउंदै पनि जान्छन् ।
अब मनका अवस्थाका कुरा गरौं –
१, चेतन मन conscious mind भनेको त्यो अवस्था हो जब हामी जागेको, होश चेतमा रहेको र जुनसुकै काम पनि जानीबुझी गरिरहेको सामान्य अवस्थामा हुन्छौं ।
२, अचेतन मन Unconscious mind भनेको जब हामी निद्रा, बेहोसी या अचेत हुन्छौं । यो मन तेस अवस्थामा सक्रिय र जागेको हुन्छ । यसैमा सपना देख्छौं ।
३, अवचेतन मन Subconscious mind भनेको मनको भंडार या स्टोर हो । हामीले जे देख्छौं, सुन्छौं, ज्ञानगुन सिक्छौं सब थोक यसमा गएर रेकर्ड हुन्छ र ती कुराहरु हमेशा याद रहंदैनन्, हमेशा सबथोक याद रहने हो भने त मान्छे पागल भै हाल्छ । हामी जे सिक्छौं त्यो सबै बाहिरबाट बिर्से जस्तै हुन्छ तर जब जब जुन काम पर्दछ त्यो काम कुरा यो रेकर्डरुमबाट समझनामा र बानी बेहोरामा उत्रिन थाल्छ । यो स्तर जति धेरै शक्तिशाली हुन्छ मानिस तेही आधारमा सफल भैरहेको हुन्छ ।
यसको अतिरिक्त अति चेतन मन Supr conscious mind को कुरा पनि छ तर यो सामान्य सबै मानिसमा हुंदैन । कोई कसैलाई दुर्लभ प्राप्त हुन्छ । त्यो महायोगी लगभग भगवान सरह हुन्छ ।
चेतना – चेतना का तीन स्तर छन् बुद्धि, विवेक र प्रज्ञा ।
बुद्धि – मनमा उठेका विचार भावनाहरु तरंगित भएर चित्त तिर लाग्छन् भने तिनीहरुको छवि मस्तिष्कमा पनि पुग्छ र बुद्धिसंग गएर ठोकिन्छ । बुद्धिले प्राप्त भएको विचारमा प्रश्न समाहित छ भने सरसर्ती विचार गर्छ र हुन्छ अथवा हुंदैन भनेर उत्तर दिइ हाल्छ । कहिले काहीं त पछि हेरौंला भनेर पंछाएर पनि बस्छ ।
विवेक – बुद्धिले सरसर्ती विचार गर्ने भन्दा केही विशेष अवस्था छ भने तर्क वितर्क र गहन विचार गरेर विश्लेषणात्मक अवस्थामा जान्छ र निर्णय दिन्छ भने विवेकबाट निर्णय दिएको भनिन्छ ।
प्रज्ञा – प्रज्ञा भनेको सोंचविचारको गहनतम अवस्था हो । समस्याहरुमा लौकिक पारलौकिक तर्कवितर्क, तथ्य र प्रमाण विश्लेषण, गहन चिंतन,मंथन,निर्णयमा आध्यात्मिक प्रवृत्ति, सत्य असत्यको पहिचान गरेर मानवताको क्षेत्रमा प्रवेश गरेर स्वार्थ तथा अहंकारको निवृत्ति गर्दै आदर्श निष्कर्ष दिने परमज्ञानको उत्पादन क्षेत्रलाई प्रज्ञा भनिन्छ । केही विद्वानले बुद्धि भावनाप्रधान हुन्छ तर प्रज्ञा तथ्यात्मक र कहिलेकाहीं आदर्श प्रधान हुन्छ भनेका छन् ।
यस प्रकार मनका र चेतनाका सबै अवस्थाहरु आपसमा घुलमिल भएर काम गरि रहेका हुन्छन् । कहिले मन तत्वले त कहिले बुद्धि तत्वले विजय पाईरहेको हुन्छ । बुद्धि तत्वको प्रधानतामा मानव कल्याण नीहित हुन्छ भने मन तत्वको प्रधानताले तत्कालिक भौतिक सुख खोजने हुनाले यसमाथि नियंत्रणको आवश्यकता ठानिन्छ । मनमाथि नियंत्रण गर्नलाई महर्षि पतंजलिले अष्टांग योगको सिद्धान्त– यम,नियम,आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिका सूत्र प्रतिपादन गरेका थिए ।
यम नियम – यहां यमको किंचित पनि सम्बन्ध यमराजसंग छैन भन्ने कुरा याद राखौं । महर्षि पतंजलिको योगसूत्रमा यम भनेको समाजमा सुरक्षा, सुव्यवस्था र शान्ति कायम राखने नियमहरु हुन् । इनको संख्या पांच छ – अहिंसा,-कसैकोतन,मन,धनमा क्षति नपुर्याउनु_ सत्य, अस्तेय -चोरी नगर्नु _, ब्रह्मचर्य र अपरिग्रह – संग्रह गर्ने वृत्ति) को त्याग गर्नु ।
नियम पनि पांचवटा छन्– शौच -आन्तरिक र बाह्य शुद्धीकरण_,संतोष, तप, स्वाध्याय र ईश्वरको भक्ति अर्थात भगवानको शरणागत र समर्पित हुनु ।
वेदान्त विशेष
१२ नोवेम्बर १८९७ मा स्वामी विवेकानन्दले लाहौरमा मन चित्त सम्बन्धी विषयमा दिनु भएको वक्तव्यका केही अंश र भाव जुन मैले बुझें, आफनो शैलीमा साभार यहां उधृत गर्नु जिज्ञासुहरुकोलागि राम्रो होला । वहांका अनुसार सम्पूर्ण ब्रह्माण्डमा केवल दुई तत्व देखा पर्दछन् । सम्पूर्ण भूतहरुमा विद्यमान शक्ति तत्वको एकै समूह या एकत्वलाई प्राण, अर्थात चेतन र समस्त जड तत्वको एकत्वलाई आकाश अर्थात पदार्थ भनिएको छ ।
आधुनिक विज्ञानले ई दुवै तत्वको प्रकृति नै पृथक भएकोले दुवैलाई एउटैमा मिसाउन सकिदैन त्यसैले एकै तत्वबाट दुवैको उत्पत्ति हुने कुरै भएन भनीसकेकोले विज्ञान तेसदेखि अगाडी बढन सकेन र आफनो हात टकटक्याई सकेको छ अर्थात उसले संसारमा पदार्थ र चेतना दुई तत्व मात्र छन् पुरै संसारको समस्त विषय वस्तु चाहे ती देखिने खालका होउन् या नदेखिने सूक्ष्म, या शक्ति या विचार आदि सबलाई दुई वर्गमा समेट्न सकिन्छ भन्ने कुरा गरेको छ । दर्शनको भाषामा यसलाई द्वैतवाद भनिन्छ ।
तर वैदिक दर्शनमा अद्वैतवादले चेतना र पदार्थ एउटै तत्वका छवि हुन् भन्छ । अर्थात चेतना पदार्थमा र पदार्थ चेतनामा परिणत हुन सक्दछ भनेर अद्भुत कुरा गर्दछ । एक तत्वबाट मात्र, प्राण (अर्थात चेतन) र आकाश -अर्थात पदार्थ_ दुवै तत्व को श्रृष्टि भएको छ, त्यो ब्रह्मा अथवा चतुरानन हो र मनस्तत्व का अनुसार तेसलाई महत पनि भनिन्छ । ती दुवै तत्व यसै ब्रह्मामा एकत्व प्राप्त गर्दछन् । दर्शनमा यो अद्वैतवादी सिद्धान्त भनिन्छ । यो अद्भुत कुरा विश्वमा यति स्पष्ट व्याख्या कहीं भएको पाइदैन ।
विज्ञानले मन र मस्तिष्कले अभिन्न संलग्नतामा काम गर्ने गरेकोले ई दुवैमा भेद र विश्लेषण गर्न सकिन्न भनेर यहां पनि अस्मर्थता देखाई सकेको छ । तर वेदान्तले मनिसको मन, महत को एक बहुतै सानो अंश हो । मन मानिसको सूक्ष्म शरीर हो र यो मन जड पदार्थ हो तर सूक्ष्मतर जड । तर यो आत्मा भने होइन भन्छ ।
हाम्रा नाक, कान, आंखा,जिब्रो, छाला, आदि इन्द्रियहरुले मात्र हामीलाई कुनै चीजवस्तुको बारेमा कुनै पनि जानकारी तब सम्म दिन सक्दैनन् जबसम्म अतीन्द्रिय अर्थात मस्तिष्कको केन्द्रसमूहले ती इन्द्रियहरुको देखाई बुझाईलाई आफनो तरीकाले हेर्दैन । जब मस्तिष्कले कुनै चीजलाई ई इन्द्रियहरुको माध्यमबाट यो चीजवस्तु हो, र यस्तो छ भनेर बताउंछ तब मात्र इन्द्रियहरुको काम सार्थक हुन्छ । यसरी इन्द्रिय मस्तिष्कका सहयोगी सम्म हुन् ।
यसकारण इन्द्रियसमूहलाई नै मन, बुद्धि, चित्त, अहंकारसंग जोडेर अंग्रेजीमा Mind माइण्ड भनेका हुन् र आधुनिक शरीरविज्ञानीले मस्तिष्क नै ई विभिन्न सूक्ष्म अवयवहरुबाट गठित छ भनेर तेसैलाई माइण्ड भन्छन् भने तिनीहरु, हाम्रा दर्शनशास्त्रीहरुका नजीकै त छन् र यो कुरा हाम्रो धर्मका मुख्य सिद्धान्तहरु मध्येको एक सिद्धान्त नै त हो । यसमा हामीले कुनै आपत्ति किन मान्ने ?
मन, बुद्धि, चित्त र अहंकारको अर्थ केहो भन्नु हुन्छ भने, चित्त अंतकरणको मूल परिचय हो र यो महत को अंश हो । विभिन्न अवस्थाहरुको साथमै बस्ने मनको साधारण नाम नै चित्त हो । चित्त जब इन्द्रियहरुको सहायताले बाहिरी वस्तुको सम्पर्कमा आउंछ, मानौं आंखाले एक गुलाबको पूmल देख्छ तब भित्र एक कम्पन हुन्छ, अर्थात इन्द्रियले देखेको कुराको जानकारी भित्र पठायो र भित्र एक कम्पन उठ्यो र देखाई पूरा भयो । यो कम्पनलाई मन भनिन्छ । अर्थात इन्द्रियहरुले प्राप्त गर्ने अनुभव या जानकारी जब चित्तमा ठोकिन्छ तब त्यो ठोकाई लाई मन भनिन्छ ।
इन्द्रियहरुले पठाउने गरेको अधिकांश सूचनालाई मनले वास्ता गर्दैन उसले ती सूचनाहरुका बारेमा कुनै इच्छा व्यक्त गर्न वा नगर्न सक्दछ । मानौं यो मन या कम्पनले यो पूmल त राम्रो रहेछ , घरलैजानु पर्यो भन्यो भने त्यो राम्रो मान्ने र लैजान चाहने मन चाहीं बुद्धिमा परिवर्तित हुन पुग्दछ किनकि तेसले एक निर्णय या निश्चय गर्यो र निर्णय गर्ने काम बुद्धिको हो । र बगैचाको मालिकसंग मागेर या किनेर, धमकी दिएर, खोसेर, चोरेर कसरी लैजाने हो ? भन्ने कुराको निर्णय विवेक ले गर्दछ यसमा अहंकार को पनि उपस्थिति हुन सक्दछ । सामथ्र्य,बुद्धि,आदिको अहम् भावको नाउं अहंकार हो ।
धर्मः– धर्म संस्कृतको धृ धातुबाट आएको हो जसको अर्थ हो धारण गर्नु । अर्थात माव जीवनमा सर्वाधिक भलाई र परमानन्दकोलागि जुन जुन काम मानिसले सर्वसम्मत गर्न हुन्छ त्यो धर्म हो । प्रेम,दान, परोपकार, सेवा, त्याग, तप, लोक परलोकको साधना, को काम,मंत्र, यज्ञ कर्मकाण्ड का साथै ,राष्ट्र्, समाज र मानव कल्याणमा आत्मा, मन, मस्तिष्क, ज्ञान,शरीर,र धनको रक्षा, पोषण, र विकासका काम पनि अर्थात, धर्म, अर्थ, काम र मोक्ष सबै यसमा पर्न जान्छन् । यस कारण इसलाम को मजहब र ईसाईको रिलीजन भन्ने शव्द भंदा धर्म शव्दको क्षेत्र धेरै फराकिलो छ । विश्वमा प्रचलित मत अथवा पंथहरु मध्येको धर्म एक विशेष संज्ञा हो । यस कारण धृ धातुबाट नबनेका र कर्तव्याकर्तव्यको भाव अभिव्यक्त नहुने अरु सबै मतलाई बोलचालमा धर्म भने पनि वास्तवमा धर्म भन्न मिल्दैन । पंथ भन्नु वेश हुन्छ ।
बैकुण्ठ अर्थात स्वर्ग, र नरक,तथा मोक्ष –
हिन्दू दर्शनमा स्वर्ग र नर्क मानिसका कर्मका फल हुन्, एक अवस्था हुन् भन्ने छ । मानिस मरे पछि यसमा जान्छ र यसको भोगको समय सकिएपछि मानिस पुनः पृथ्वीमा कुनै योनिमा जन्मनु पर्दछ र मरे पछि पुनः स्वर्ग नर्क मा जानु पर्दछ । अर्थात यो जीवन चक्रबाट कहिले पनि फुरसत हुंदैन । यस कारण बैकुण्ठ भन्ने महत्वहीन उपलव्धि हो । हिन्दू दर्शन अनुसारमानिस बाहेक अन्य जुनसुकै योनि भोग योनि हो तेसमा जीवले मुक्तिकोलागि चाहे अनुसार को काम गर्न सक्दैन तर मानिसको योनि कर्मयोनि हो यसमा उसले जे जस्तो चाहन्छ गर्न सक्छ । दान, परोपकार, दया, सेवा, प्रेम,करmणा,भक्ति अथवा ज्ञान आदि राम्रो मार्ग र काम गरेर ऊ यस गोल चक्करबाट फुत्कन सक्दछ र मरे पछि कर्मबन्धनबाट मुक्त भएर अंतमा ब्रह्ममा लीन हुन सक्दछ । तेसपछि पुनरजन्म हुंदैन । यो मोक्ष प्राप्ति नै जीवनको चरम अन्तिम लक्ष्य हो र स्वर्ग नर्क भंदा धेरै माथिल्लो धारणा हो । यसलाई मुक्ति, कैवल्य, निर्वाण, अपवर्ग,पनि भनिन्छ । यसै कारण बडो भाग्यले मानव शरीर मिलेको हुन्छ भन्ने गरिन्छ । यो मोक्षको धारणा यस दर्शनको एक विशेषता हो । क्रमशः
-लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति र दर्शनशास्त्रका अध्येता हुन् -Ayodhya.p.shrivastav@gmail.com)
acheter levitra professional sans ordonnance en ligne