हिन्दूधर्मदर्शनरग्रन्थ भाग५,  आर्ष र अनार्ष ग्रन्थ ः–

     आर्ष ग्रन्थ – ऋषिहरुद्वारा लिखित र वेद को अनुकूल रहेका ग्रन्थहरुलाई आर्ष ग्रन्थ अर्थात ,जुन धर्मग्रन्थमा ब्रह्म,वेद,र ऋषि,ई तीनको बारेमा कुनै असहमति र निन्दा छैन । चारै वेद, चारै उपवेद, उपनिषद,ब्राह्मण ग्रन्थ, षट दर्शन, स्मृतिहरु, रामायण र महाभारत, पाणिनीको व्याकरण, र इनीहरु माथि गरिएका भाष्यहरु आर्ष ग्रन्थ हुन् ।

अनार्ष ग्रन्थ ः– जुन ग्रन्थ ऋषिहरुले लेखेका होइनन्, त्यो ग्रन्थ जो वेद संग सहमत छैन, जसले वेद,ब्रह्म र ऋषिको आलोचना या निंदा गर्दछ ,ब्रह्मलाई मान्दैन अथवा उल्टो र नमिल्दो व्याख्या गर्दछ । त्यो अनार्ष ग्रन्थ हो ।

  भारतमा मुश्लिम शासनकालमा खास गरेर मोहम्मद गोरी, बख्तियार खिलजी ,बाबर, ओरंगजेब जस्ता कट्टरपंथी र हिन्दू विरोधीहरुले नालंदा विश्वविद्यालय जस्तो लाखौं पुस्तकको भंडारको विशाल पुस्तकालयहरु जलाए, दशौं हजार आचार्य र विद्यार्थीहरु काटिए, अरु राजा र धर्मप्रचारक, तथा सेनापति र सलाहकारहरुले आफनो पक्षमा आउन सकने ब्राह्मणहरुलाई पद प्रतिष्ठा, जागीर र दरबारमा राखेर समाजमा भ्रम श्रृजना हुने गरी कथाहरु गढेर पुस्तकमा मिसावटको काम गर्न लगाए ।  हिन्दू धर्मग्रन्थहरुमा यसरी मिसावट गरे कि यो धर्ममा स्त्री पुरुषका बीच, एक वर्णको अर्को वर्ण  र एक जातिको अर्काे जातिका बीच ऊच नीचको भेदभाव, छुवाछूत, आदि बनाएर र धार्मिक दुष्प्रचारमा ल्याइयो । शासकको हुकुम र ब्राह्मणको संलग्नता भएपछि हिन्दू समाजमा तमाम मूल्य र मान्यताहरुमा व्यापक परिवर्तन भयो । अरुहरुलाई बाटो देखाउने धर्म आफै उत्तानो पर्यो ।

     स्वामी दयानंद सरस्वती र तमाम अन्य सन्त र विद्वानहरुले यस बारेमा बोलेका, लेखेका छन् र श्लोक तथा कथाहरु मिसावटका प्रमाणहरु प्रस्तुत गरेका छन् ।

     रामायणमा शूद्रका कुरा, नारी निंदाका कुरा,सीताको वनवास सहितको पूरा उत्तरकाण्ड, मनुस्मृतिमा वर्णाश्रम धर्ममा शूद्र र नारीको स्थान, यस्तै महाभारत लगायत थुप्रै पुस्तकहरुमा व्यापक मिसावट र कतिपय पुस्तक नक्कली नामबाटआएकाले मनुस्मृति, रामायण र महाभारत लाई वेदको धारणासंग पूरुर्णतया मेल नखाने भएकाले ती पुस्तकका त्यस्ता प्रसंगहरुलाई अनार्ष र बांकी कुराहरुलाई मात्र आर्ष मानिन्छ  यसरी ई तीनवटालाई पूर्णतया आर्ष ग्रन्थ मानिंदैन ।

    वर्ण व्यवस्था वेदमा शूद्रको स्थिति

वर्णको सामान्य अर्थ रंग अथवा प्रकार हो । समाजका मानव समुदायलाई कामको आधारमा कुल कति वर्गमा विभाजित गर्न सकिन्छ भन्ने हो । वैदिक दर्शनमा वर्ण चार वटा छन् –  (१) ब्राह्मण, ज्ञान बुद्धि र नीति निर्माण क्षेत्र । (२) क्षेत्री, सुरक्षा तन्त्र । (३) वैश्य, उत्पादक वर्ग र (४) शूद्र  अर्थात कार्यकारी सेवक वर्ग । आज पनि या जहिले पनि कामको आधारमा वर्ग विभाजन गर्दा यस्तै चारवटा वर्गमा कार्य विभाजन हुन सक्छ ।

     स्वामी विवेकानन्द ले भगवान कृष्ण वेदका महान विचारक र प्रचारक हुन् भन्नु भएको छ । कृष्णले गीतामा भन्नु भएको छ –

                              चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।

                              तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम् ।। ४।१३।।

     सबै वर्ण मैले  बनाएको हो  जसको जस्तो गुण र कर्म हुन्छ म तेसलाई तेस्तै वर्णमा लैजान्छु । भन्नु भएको छ । यसरी सबै  वर्ण भगवानले बनाएकोले पनि कुनै वर्ण सानो वा ठूलो छैन ।

                                           जन्मना  जायते शूद्रः संसकाराद् द्विज उच्यते

                                           वेद पाठाद् भवेद् विप्रः, ब्रह्म जानाति ब्राह्मण ।।

                                                                         स्कण्द पुराण ।। आत्रेयस्मृति ।।

         स्मरणीय कुरा यो छ कि जन्मको आधारमा वर्ण बन्दैन, मानिसको गुण र काम जस्तो हुन्छ ऊ तेस्तै वर्णको कहलाउंछ । वर्ण कामको स्वरुप दर्शाउने एक पहिचानको शव्द हो ।  जस्तै सांसद, शिक्षक, सुरक्षाकर्मी, व्यापारी, किसान, नर्स,पुराहित, कर्मचारी सफाईकर्मी, आदि ।  आज  सेवक कर्ममा लागेको शुद्र वर्ण मा आउने मानिस भोली शिक्षक या एकै चोटी सांसद भयो भने ऊ ब्राह्मण वर्णमा प्रवेश गर्दछ । तेस्तै  कृषि र व्यापार गर्ने वैश्यले यो कर्म छोडेर सेना, पुलिश, र अन्य सुरक्षा कार्यमा गयो भने ऊ क्षेत्री वर्णमा जान्छ । यसरी मानिस कुनै समयमा कुनै वर्ण त कुनै समयमा अर्को वर्णको हुन सक्दछ । यो अपरिवर्तनीय व्यवस्था थिएन  र तेसबेला जाति थिएन । र वेद हिन्दूको मुख्य ग्रन्थमा छुवाछूतको त कल्पना पनि गर्न सकिन्न ।

        वेद र मनुस्मृतिको वर्ण व्यवस्था अनुसार समाज र शासनको कार्यकारी वर्ग जसलाई शूद्र भनिएको थियो, भारतमा विभिन्न कारण र अवस्थामा वर्ग लाई जन्मको आधारमा जातीय स्वरुपमा स्थायित्व दिएर ऊंच नीच को भेदभाव शुरु भै सकेको थियो । मुशलमानहरुको भारतमा आगमन र सत्तामा कव्जा गरेपछि उनीहरुले शासन गर्न सामाजिक भेदभावको भावना सुविधाजनक हुने देखेर तेस्तो अवस्थालाई स्थायित्व दिन हिन्दूका धर्मशास्त्रहरु नै संशोधन गरिए ।

        शासकहरुको सेवामा संभवतःबाध्यतावश लागनु परेकोले होला, ब्राह्मणहरुले एउटा चलाकी के गरे भने धर्मशास्त्रहरुमा नया नया कुरा थपथाप गरेर नारी र शुद्रलाई तल्लो स्थानमा राख्न त राखे तर भविष्यको आवश्कता सोंचेर तिनै पुस्तकहरुमा रहेका नारी र शूद्रको महत्वका केही श्लोकहरु पुस्तक मै बांकी राखि दिए, हटाएनन् । जस्तै, मनुस्मृतिमा तेस्ता भेदभावका कुराहरु यद्धपि देखिन्छन् तर  अर्कै  प्रसंग चली रहंदा  बीचमा टुप्लुक्क तिनको उल्लेख भएको देखिनाले पछि थप हुन आएको भन्ने प्रष्ट देखिन्छ ।

      तेही मनुस्मृतिमा  मनुले कुनै जातिलाई शूद्र भनेका छैनन् । जसले गुरुकहां गएर विद्या प्राप्त गर्दछ, उसको दोश्रो जन्म हुन्छ, अर्थात ऊ द्विज हुन्छ र ब्राह्मण, क्षेत्री, वैश्य बन्दछ । तर जसले विद्या प्राप्त गर्दैन, उसको आफनो बुद्धि विवेकमा काम गर्न सकने क्षमता र सामथ्र्य पनि छैन र अर्काको आज्ञा मानेर काम गर्नु पर्ने अवस्थामा रहन्छ भने उसको दोश्रो जन्म हुंदैन, ऊ एकजातीय हुन्छ , र किनकि जन्म हुंदा त जो पनि अज्ञानी अर्थात शूद्र नै हुन्छ, तेसो हुनाले ऊ शूद्र सेवक वर्गमा जान्छ ।

                               ब्राह्मणः क्षत्रियो वैश्यस्त्रयो वर्णा द्विजातयः,

                               चतुर्थ एकजातिस्तु शूद्रो नास्तितु पंचमः ।। मनुस्मृति १०।४

                  अर्थात ब्राह्मण, क्षेत्री, र वैश्य द्विज हुन् चौथो वर्ण शूद्र हो । पांचौ वर्ण नै छैन ।

          जब यो श्लोकले पांचौं वर्ण नै छैन भन्छ भने अछूत कुन वर्णको मान्छे हुने भयो < शूद्र किन अछूत भयो अरु किन अछूत भएनन् <

 वेदमा नारीको स्थित

वेदका मंत्रदृष्टा समेत केही ऋषिकाहरु अपाला, मैत्रेयी, गार्गी, घोषा आदि छन् इनलाई ब्रह्मवादिनी भनिएको छ । मानिसको बुद्धि र ज्ञान की देवी सरस्वती र गायत्री, धनकी अधिष्ठात्री लक्ष्मी र सुरक्षा तथा युद्ध आदि गर्ने काम दुर्गा काली को जिम्मामा छ । यसबाट तीनवटै शक्ति विद्या बुद्धि, धन र सुरक्षा नारी कै जिम्मा मा छ ।

    गंगा जमुना, सरस्वती, बागमती, रापती, महाकाली, जस्ता पवित्र नदी स्त्री नामका छन् । गौरी प्रथम पूजनीय छिन् । राधाकृष्ण, सीताराम, गौरीशंकर, आदि नाममा पहिले नारीशक्तिको नाम आउंछ । तपस्विनीहरु अनुसुइया र शबरी प्रशिद्ध छन् । ऋगवेदको २।४१।१६१मा कुमारीहरुले विदुषीहरुसंग विद्याध्ययन गर्नु पर्दछ । ६।४४।१८ मा राजाले बालबालिकालाई विद्या प्राप्त गरेर समृद्धवान बनाउनु पर्दछ, जसबाट उनीहरुले सत्य, र न्यायको सेवा गर्न सकुन् भनेर लेखेको छ ।

   ऋग्वेदको ६।४४।१८१ मा सबै कुमार र कुमारीहरुलाई पंडित बनाउनु पर्दछ भनि लेखेको छ । यजुर्वेदको १०।७ मा राजाले सबै स्त्रीहरुलाई विदुषी बनाउने काम गर्नु पर्दछ भन्ने कुरा छ । ऋगवेद को १।१५२।६ र यजु.वेदको ६।१४, ११।३६,११।५९ मा र अन्यत्र थुप्रै ठाउंमा नारीको शिक्षा, गृहस्थीमा उच्च स्थान तथा यज्ञ यज्ञादि कर्ममा पनि नारीलाई धेरैजसो उच्च स्थानमा राखेको छ भने पुरुषको समान अधिकारको कुरा उल्लेख गरेको छ र हिन्दूहरुकालागि वेद भंदा उच्च कुनै ग्रन्थ छैन र वेदसंग असंगत कुरा यदि कुनै ऋषिको कुनै धर्मग्रन्थमा लेखिएको छ या कसैले तेस्तो कुरा गर्छ भने त्यो कुरा मान्य हुंदैन । ऋगवेदकै १०।११९।३ मा – हे नर नारी हो तिमीहरुले समान रुपमा मंत्रहरुको अध्ययन गर्नु भनेर ईश्वरको आदेश पनि छ । अथर्व वेदमा पनि यस विषयमा धेरै कुराहरु छन् ।

   यज्ञमा नारीको भूमिका ऋ.वे ५।८,८।३१, १०।८५।४७, १।७२।५२ र यजु.वे. का कइयौं श्लोकहरुमा स्त्री पुरुष साथमा यज्ञमा बस्नु पर्छ भनेको छ र ऋगवेदकै ८।३३ मा स्त्रीहि ब्रह्म बभुविथु भनेको र सतपथ ब्राह्मण र एैतरेय ब्राह्मण मा वेदज्ञानी स्त्रीले यज्ञ यज्ञादि गराउने भनेको छ । वेदमा पत्नीलाई उषा जस्ती प्रकाशवती भनेको छ । वीरांगना, वीरप्रसवा, विद्याअलन्क्रिता,पतिवरा, सद्गृहणी, अन्नपूर्णा र माता जस्ता शव्द ले सम्बोधन गरिएको छ र नारीलाई बढी गरिमामयी स्थानमा राखिएको छ ।

     वैदिककाल देखि नै यद्धपि नारीलाई पुरुष भंदा बढी सम्मान दिइन्थ्योे तर धेरै पछि भारतमा अरब तिरबाट आएका मुसलमान आक्रमणकारीहरुबाट स्त्रीहरुलाई बचाउनकोलागि हिन्दूहरुले तिनीहरुलाई घर भित्र रहनु पर्ने, पर्दा गर्ने, दिनमा गर्ने गरेका विवाह लुकेर राती गर्ने जस्ता उपाय निकालेका थिए ।

      यसबाट तिनीहरुको शिक्षा,स्वतन्त्रता र आत्मर्भिरताको लागि गरिने कामहरु रोकिएर तिनीहरु पुरुषको भरमा बांचनु पर्ने भयो र तिनीहरुको स्थिति तल्लो र दयनीय हुन पुग्यो ।  मध्ययुगीन कपटबाट मनुस्मृति, पुराण, महाभारत र रामायण आदि ग्रन्थहरुमा निकै चलखेल भएको कुरा अहिलेका शोधकर्ता  विद्वानहरुले बताएका छन् ।

 आधुनिक युगमा अध्यात्मिक, सामाजिक र राजनीतिक क्षेत्रबाट स्त्री पुरुष समान धारणामा धेरै काम भएका छन् । स्वामी दयानन्द सरस्वतीले आफनो प्रशिद्ध पुस्तक सत्यार्थ प्रकाशमा नारीको निकै प्रशंसा गर्नु भएको छ र नारीलाई शिक्षित र सामथ्र्यवान बनाउन भन्नु हुन्छ । युगऋषि पं.श्रीराम शर्मा आचार्यले केवल दुइ जाति स्त्री र पुरुष छन् दुवै जाति एक रथका दुई पांग्रा हुनु दुवैलाई समान अधिकार हुन्छ र स्थान भने नारीको उच्च हुन्छ भन्नु भएको र एक्कइसौं शताव्दीलाई नारी शताव्दी घोषित गरेर शान्तिकुंज हरिद्वार र मथुरा गायत्री शक्तिपीठको अगुवाईमा वर्षौं देखि साहित्य प्रकाशन र विश्वस्तरमै अश्वमेध महायज्ञ र अन्य यज्ञहरु का साथै नारी समानता र सशक्तीकरण तथा छूत अछूत को भेदभाव हटाउन का थुप्रै कार्यक्रमहरु संचालित भैरहेका छन् ।  क्रमशः

-लेखकपूर्वप्रशासनिकअधिकारी,प्राध्यापक,अधिवक्ता,राजनीतिरदर्शनशास्त्रकाअध्येताहुन्)                 ayodhya.p.shrivastav@gmail.com