धर्म दर्शन भाग ११, ताओवाद Taoism या Daoism

    (प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएर यो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथ संगत, सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन र व्यवहार आदि कुनै कुराको सत्यताको पुष्टि वा विरोध गर्दैन र कुनै तर्क विचार व्यवहार विवादको संदर्भमा साक्षी प्रमाण बन्ने दावी गर्दैन तथा कुनै धर्म, विचार, चिंतनको प्रचार वा विरोध, द्वैष, दुर्भाव र घृणाको उद्देश्य छैन _)

     ताओवाद चीनको एक प्रमुख धर्म दर्शन हो । ईपू चौथो शताव्दीका महान दार्शनिक लाओ–त्सीले एक ताओ–ते–चिंग नामको धर्मग्रन्थ लेखे यसमा ८१ अध्याय छन् । ताओको अर्थ पंथ या तरीका भन्ने लगाइन्छ । यो ग्रन्थ आजको विज्ञान र दर्शन भन्दा पनि केही बढी छ र यो पुस्तक बहुत उच्च,महत्वपूर्ण एवं शान्तिदायक छ भन्ने छ । चीनको रसायनशास्त्र, ज्योतिष, पाकविद्या, पारम्परिक चिकित्सा, प्राणायाम, मार्शल आर्ट, आदि यो धर्मसंग जोडिएका छन् ।      तेसै ग्रन्थका नामले यो धर्मको पहिचान स्थापित भयो । इनले आफुलाई  खासै धर्मगुरुको रुपमा स्थापित गर्न चाहेनन् तर समाजमा एक प्रतिष्ठित गुरुका रुपमा मानिन्छन् ।

    तेसबेलाको प्रचलनमा देवी यिन र देवता यांग थिए । हिन्दूले शिवशक्ति भने जस्तै हुनु पर्दछ । आत्मशुद्धि र कल्याणकोलागि इनको पूजा हुन्थ्यो । यो धर्ममा कर्मकाण्ड थियो । पहिले यो धर्मको शिक्षा नैतिक र दार्शनिक  थियो र यो धर्म मान्नेहरु छिटपुट र असंगठित थिए । तर पछि जब बौद्ध धर्म तेहां पुग्यो र मानिसहरुले यसलाई सरल माने तब ताओवादमा संशोधन भयो र बौद्ध दर्शनलाई यसमा समेटियो र द्वैतवाद को दर्शन बन्यो । यो बज्रयान संप्रदाय बन्न पुग्यो ।

    यो मानवतावादी धर्म हो । यसले प्रकृतिमा जे जति छ सब यौटै शक्तिको हिस्सा हो अर्थात एकतावादी सिद्धान्तको प्रचलन आयो ।

      यो  संगठित धर्म होइन तर चीनमा मान्यतापाएका पांच धर्म मध्येको एक हो ।  चीनमा यसका अनुयायीको संख्या ३० प्रतिशत भएको भन्ने अनुमान छ तर यो जनसंख्या कुनै एक क्षेत्र या भूगोलमा होइन, तितरबितर छ तर प्रभाव भने छ ।

  ताओ धर्म हांगकांग, मकाऊ र  ताइवानमा पनि छ । तर यो सिद्धान्तको मान्यता घटदै गएको र यसको उत्थानको कुनै लक्षण नदेखिएकोले यो धर्म विलुप्तउन्मुख छ भन्ने अनुमान गर्नेहरु पनि छन् ।

मूल सिद्धान्त

१, यो धर्ममा शुरुमा अद्वैतवाद र पछि द्वैतवाद पनि देखा पर्दछ ।  प्रतेक व्यक्ति “परिपूर्ण”व्यक्ति बन्नु पर्दछ ।

२, प्रतेक व्यक्ति विनीत, सबैलाई प्रेम गर्ने, र सबै प्रति शुभेच्छुक हुनु पर्दछ ।

३,  यसका तीन मर्यादा भनिन्छ । करुणा, संयम र विनम्रता ।

४, प्रकृति, मानव, ब्रह्माण्ड, स्वास्थ्य, अजरता, अमरता, मुक्ति, र स्वाभाविकता आदि यो धर्मका विषयवस्तु हुन् ।

५,कन्प्mयूशियसमा मानिसको मृत्यु पछिको अवस्थाको बारेमा खासै दृष्टिकोण छैन तर यसमा मृत्यु पछिको अमरताको कुरा छ र स्वर्ग नर्कलाई राम्रो कामको पुरस्कार र खराब कामको दण्डको रुपमा हेरेको छ ।

६, पूर्वज र मृतकआत्मा प्रति सम्मान गरिन्छ ।

७, यो धर्म हत्या, चोरी, भूmठ, यौन दुराचार र संकीर्णतालाई हटाउन चाहन्छ । दया, परोपकार अत्मसुधारलाई बढावा दिन्छ ।

८, यसमा अध्यात्मिक जीवनमा महिलाको बराबर भूमिका र महिला पनि पुरोहित हुने मान्दछ ।

९, नारी देवी रुप हुन् । कोमलता, विनम्रता र अनाक्रमकताले शक्तिशालीमाथि विजय प्राप्त गर्दछ ।

 १०, राजनीतिमा नेताले देश चलाउने आदर्श  तरीका यो हो कि M–

(क) उसले कुनै कारवाही गर्दैन तर मानिसमा आफै परिवर्तन हुंदै जान्छ । अर्थात उसैको आचरण सरल र अनुकरणीय हुनु पर्दछ ।

– ख) नेताले शान्ति मन पराउंछ, यस कारण जनता आफै शान्तिप्रिय हुन्छन् ।

 -ग) नेताले धन उपलब्ध नगराएरै जनता धनी हुन  थाल्छन् ।

घ मैले कुनै अनुशासन थुपार्दैन, जनता आफै अनुशासित हुन्छन् ।

      अर्थात शासकको स्वयंको आचरण एकदम पवित्र हुनु पर्दछ र सरकारले कमसेकम शासन गर्नु पर्दछ । 

  ११, यो धर्ममा एक देवी र एक देवताको पूजा को प्रचलन छ ।

                               समाप्त