मुर्तिहा नाकाको हठ र अवरुद्ध विकास
—अयोध्या प्रसाद श्रीवास्तव
जुन बेला गुलरिया बजार भैसकेको थिएन र गेरmवा नदीदेखि पूर्व बर्दिया जिल्लामा अरु कुनै बजार थिएनन्, त्यस बेला राजापुर एकमात्र बजार र पहाडका उत्तरी जिल्लाहरुको समेत किनमेलको एकमात्र ठूलो व्यापारिक केन्द्र थियो र यसलाई राजापुर मण्डी भनिन्थ्यो । यो बजार एकमात्र व्यापारिक केन्द्र भएकोले मूल भंसार कार्यालय, कर कार्यालय र अंतशुल्क कार्यालय समेत राजापुरमा अवस्थित थिए भने भारतले कर्तिर्नयाघाट — राजापुर नाकालाई व्यापारिक नाकाको मान्यतामा राखी कतर्नियाघाटमा कस्टम कार्यालय राखेर बर्दिया जिल्ला संगको सम्बन्ध बनाएको थियो, जो कागजमा आज सम्म पनि कायमै छ ।
समय बदलियो, गुलरिया सदरमुकाम बन्यो, बजार बस्न थाल्यो र अब त ताराताल, भूरीगाउं, बांसगढी,लक्षमना, मैनापोखर, खैरापुर लागायत अन्य कइयों स– साना बजार र हटियाहरु छन् । पूर्व – पश्चिम राजमार्गमा विकसित बजारहरुले राजापुरलाई निस्तेज पारेको छ । उता भारत सरकारको गोण्डा — कतर्निया घाट सम्म रेल लाइन भएकोमा करीब ३५ वर्ष पहिले रेलवे विस्तार हुंदा बिछियाबाट रेल लाइन सोझिएर मैलानी गयो र कतर्नियाघाट रेलवे छेउमा परेर छुट्यो र कालान्तरमा बन्द नै भयो, कतर्नियाघाट बजार उजाड भयो । अर्काेतिर मैलानी, दुदवा देखि कतर्निया, मुर्तिहा मीहिपरवा सम्मको वन भारतको राष्ट्र्यि निकुंज भयो । यस कारण भारतीय कस्टम कार्यालय कतर्निया बाट मीहिपुरवामा सर्यो र त्यहांबाट बर्दिया को व्यापारिक कारोबारलाई हेर्ने गरेको छ । तर अब भारतीय निकुंज र गेरुवा नदी तथा बर्दिया को स्थिति धेरै फरक भैसकेकोले कतर्निया नाकाले समग्र बर्दिया जिल्लाको आवश्यकता पूरा गर्न सक्दैन र सबैको उपयोगमा छैन । जिल्लाको अधिकांश भाग नाका विहीन दुखद अवस्थामा छ ।
त्यसै पनि, बर्दिया जिल्लाको पश्चिमी किनारामा पहाडको आवश्यकतालाई हेरेर बसेको राजापुरकोलागि मात्र कायम भएको अंतरराष्ट्र्यि नाका आज नदी, सुनसान जंगली सडक र राजापुरकै नाजुक स्थिति र जिल्लामा अरु कइयों बजारहरुको अस्तित्व रहेकोले जिल्लाको अन्य भूभागकोलागि यो नाका औचित्यहीन छ । नेपाल भारत को उचित स्वीकृत नाकाको अभावमा बर्दियाका अधिकांश भूभागको व्यापारिक प्रयोजनका मालवस्तु को आयात र सर्वसाधारणको आवागमनमा जुन कठिनाई, अभद्रता र अन्याय छ, यस्को अनुभव सबैलाई छ । यद्धपि संभवतः गुलरियाका मनोज, अनूप र जंगू यादव अथवा अरु क– कस्को व्यक्तिगत प्रयाशमा उत्तर प्रदेशका मुख्यमंत्रीले भारतीय जीप कार सम्म मुर्तिहा — गुलरिया आवागमन गर्न केही खुकुलो गरीदिएकाले लगभग एक वर्ष देखि अलि सहज भएको आभास हुन्छ । तर समस्या त यथावत छदैछ ।
केही वर्ष पहिले देखि गुलरियाका अगुवाहरुले मुर्तिहा नाकाकोलागि नै हठ गरी रहेकाले औचित्य,उपयोगिता र लाभको दृष्टिकोणले तर्क वितर्क गर्नै पर्दछ । जहां सम्म यो लेखकको जानकारीको कुरा छ, भारतीय वन अधिकारीहरुले गोण्डा — मैलानी रेलवे छोटी लाइनलाई बडी लाइनमा परिणत गर्ने क्रममा मीहिपुरवा देखि मैलानी सम्मको रेलमार्ग निकुंज भित्र पर्ने हुनाले मीहिपुरवाबाट मार्ग परिवर्तन गरी जंगलबाहिर दक्षिण पश्चिमबाट लाइन बनाउने भन्ने छलफल भैरहेको हुनाले मुर्तिहाबाट नाका दिने प्रश्न नै छैन । कथमकदाचित नाका दीहालेमा बिहान ६ बजे देखि सांझ ६ बजे सम्म मात्र आवागमन हुन सकने गौरीफण्टा — धनगढीको स्थितिमा बर्दियालाई खासै उपलव्धि नहुने कुरा बताउंछन् ।
यस्तै एक पटक एक जना भारतीय उच्च अधिकारीले नेपालले कार्यान्वयन हुन सकने प्रस्ताव गरेमा हामीले पहल गर्न सजिलो हुने कुरा गरेका थिए । यस अर्थमा गुलरिया— मुर्तिहा नाकाको सुनिश्चितता देखिएन । अर्काे यौटा महत्वपूर्ण कुरा के पनि छ भने गुलरियाको मात्र कुरा होइन, सम्पूर्ण नेपालकै शहर, बजार र बस्ती लाई हेर्दा हुलाकी सडक देखि दक्षिण तर्फ अलि अलि बस्ती सम्म विस्तार भएपनि विकासको अति मद्धिम गति, र बहुतै कम विकास हुने गरेको देखिन्छ । साथै यदि सीमा पारी भारतमा कुनै बजार छ भने त्यस्को सानिध्यमा रहने नेपालको बजार पनि चल्छ, अन्यथा चल्दैन । यो कुरा अपत्यारिलो लाग्ला र तर्कसंगत नहोला, तर नेपाली व्यापारीले यो कुरालाई सांचो मान्दछ । यस दृष्टिले हेर्दा, गुलरियाको दक्षिण मुर्तिहा जंगल छ , त्यता बजार हुने कुनै संभावना छैन, त्यहां भारतीय गाउं बस्ती अति पातलो र यातायात अति न्यून छ, सांझ परेपछि आवागमन हुने र यात्रीले बास पाउने अवस्था छैन र यस कारण गुलरियाको प्रगतिमा मुर्तिहाको योगदानको आशा छैन ।
यस्तै मथुरा हरिद्वारको चितलहवा नाकाको कुरा गर्ने हो भने गुलरिया बजार देखि टाढा र मात्र मधेशी समुदायको गाउं बस्तीहरुको अवस्थितिले तौलिहवा — खुनवा बार्डरको दृश्य प्रस्तुत हुन सक्दछ तर यथोचित र दु्रत प्रगतिको आशा नगरे हुन्छ । त्यस्तै कालिका — बलैगाउं नाका हुन सक्ने कुरा गर्न त सकिन्छ तर त्यस्ले सदरमुकामको छविलाई उजागर गर्न सक्दैन । त्यस पछि बाकी रहन्छ – गणेशपुर – लौकाही नाका । गणेशपुर एक त हुलाकी बाटोमा अवस्थित छ , त्रिलोकी चोक मै राम्रो प्रहरी चौकी छ , त्यहांबाट १ कि.मी.मा भारतीय सीमाना एस एस बी क्याम्प र लौकाही बजार छ, १८ कि.मी. मीहिपुरवाकोलागि पक्की बाटो , सरयू नदीमा पुल र बांध, तथा बस र ट्याक्सी चलेका छन् । हुलाकी सडक देखि राजमार्ग जोडने नेपाल कै सब भन्दा छोटो दूरीमा लक्षमणा चोक छ ।
अब यदि एस एस बी क्याम्प लौकाही देखि गणेशपुर गाउंको पश्चिम भएर खेतै खेत करीब आधा किमीं. मात्र बाटो गणेशपुरको गुरुखेत सम्म बनाई दिने हो भने सब भन्दा सजिलो समाधान हुन सक्दछ र विकासको लहर आउन सक्दछ । यो नाकाबाट गुलरिया नगरपालिका, नेपालगंज–रुपैडिहा र कृष्णानगर – बढनीको स्थितिमा आउन सक्दछ । भारतबाट नेपाल प्रवेश हुंदा गणेशपुर बार्डर पार गर्नासाथ यात्रीवाहक र माल सामान ढुवानी गर्ने साधनहरु १ किमींमा हुलाकी सडक, ७ किमीं.मा गुलरिया, २८ किमी.मा नेपालगंज र १३ किमी.मा राजमार्गमा पुगने छन् । सरयू नदीको बाढीले गुलरिया देखि गणेशपुर सम्मको आवागमन प्रभावित हुंदा पनि अंतरराष्ट्र्यि नाका सुचारु रहन सकने छ ।
अहिले सम्म भारतीयहरुलाई कैलाश मानसरोवर को लागी सुगम र सरल बाटो छैन । दार्चुलाको बाटो करीब २० दिन हिडनु पर्दछ , दार्जिलिंगको बाटो पूरा तिब्बत पार गर्नु पर्दछ, नेपालगंज – हुम्ला प्लेनकोलागि वर्षामा रांझा एयरपोर्टको प्रान्गणमा हजारौं तीर्थयात्री अलपत्र रहेका हुन्छन् र बस व्यवसायीहरुले पनि कुनै राम्रो पाइला चालेको थाह पाइएको छैन । तर अहिले गोण्डा दे्खि मीहीपुरवा सम्मको छोटी लाइनको ठाउंमा बडी लाइन बन्न गैरहेकोले केही समयपछि भारतको दिल्ली, मुम्बई, मद्रास, कलकत्ता सबै ठाउं मीहिपुरवा संग जोडिने छन्, मीहिपुरवा यो क्षेत्रको यातायात सुविधाको राम्रो शहर बन्ने आधार तयार भैरहेको छ र कालान्तरमा नानपारा रुपैडिहा जस्तै मीहिपुरवा– लौकाही शाखा रेल सेवा बनेमा सुनमा सुगन्ध हुनेछ र नबनुन्जेल पनि मीहिपुरवा सम्म रेलमा आएका यात्रीले १८ किमी. बस र ट्याक्सीबाट लौकाही– गणेशपुर भएर भारतीय पर्यटकहरmको ओइरो लाग्न सक्दछ र गणेशपुर बार्डरमा उभिएको बस र ट्याक्सीका हेल्पर, गाइड र पंडितले कैलाश मानसरोवर,ठाकुरद्वारा राष्ट्र्यि निकुज, खैरापुरको कृष्णसार, बढैयाताल पर्यटन र शुद्ध पानीको सरयूमा स्नान गर्न आउनु होस भन्दै हांक पार्ने स्थिति ल्याउन सकिन्छ । यदि गणेशपुर लौकाहीको बाटो उचित नलागेमा हुलाकी सडकको कटीको बाटो देखि लौकाही नाका बनाउन सकिन्छ तर यो बाटो लामो र धेरै खेत काटनु पर्नेछ । तर गणेशपुर नाकालाई निरर्थक भन्ने ठाउं छैन र नेपालले यसको प्रस्ताव गरेमा भारतमा पूर्वाधार विकसित भैसकेकोले भारतले यसलाई स्वीकार गर्न सजिलो हुने आशा गर्न सकिन्छ ।
यो गुलरियाको नाका र विकासको यथार्थ स्थिति हो, हावादारी गफ होइन । बुद्धि र लगनशीलताको खेल हो । समय, स्थान र स्थितिको पहिचान गर्न सकनु पर्दछ । विकासमा हठधर्मिता राम्रो होइन । विकासका तीनवटा साथी – विवेक, साहस र संकल्प हुन् । गुलरिया र शीतला बजारका होटल, लज, रिक्शा, तांगा, टेम्पो, जीप, कार सबले काम पाउने छन् । केही वर्ष पहिले शीतला बजार र महम्मदपुरका कल बहदुर हमाल समेतका व्यक्तिहरुले यस विषयमा गा.वि.स. को कार्यालय महम्मदपुरमा श्री अर्जुन सुवेदीको कार्यकालमा दिएको निवेदनमा गाउं सभामा यो लेखकको पनि मन्तव्य प्रस्तुत भएको थियो र गाउ.सभाले गणेशपुर नाका खोलने भन्ने निर्णय गरेर जिल्लामा पठाउंदा जिल्लाबाट पास नभएको भन्ने कुरा सुनिएको थियो तर वास्तविकता बोधकोलागि गा.वि.स.को रेकर्ड अधिकारिक होला । गुलरियाका तत्कालीन अगुवाहरुले मुर्तिहा नाकाकोलागि लखनऊ धाउन थालेको यति लामो अवधि व्यतीत भैसकेकोछ तर सकारात्मक परिणाम हाल सम्म देखिएको छैन । लखनऊ उत्तर प्रदेशको राजधानी हो । अंतरराष्ट्र्यि नाका र राष्ट्र्यि निकुंज जस्ता विषय केन्द्रीय सरकार दिल्लीको कार्यक्षेत्रलाई बिर्सन मिल्दैन ।
विकास र परिवर्तन प्रकृतिको नियम हो तसर्थ विकास यौटा स्वाभाविक प्रक्रिया हो । कसैले नगरेपनि संसारमा विकास त हुंदै जान्छ तर फरक के मात्र हुन्छ भने दिगो,सुव्यवस्थित र दूरगामी सकारात्मक परिणाम लक्षित विकासकोलागि विवेकयुक्त र योजनाबद्ध विकासको आवश्यकता पर्दछ, जस्मा विशेषज्ञता पनि हुनु पर्दछ । यो विकासले देश र जनतालाई बढी लाभ, अवसर र संतुष्टि दिन्छ । अब महम्मदपुर छुट्टै गा.वि.स. रहेन, गुलरिया नै हो र गुलरियाले आफनो फराकिलो दायरा मै सोचनु पर्दछ साथै अब कर्मचारीको नेतृत्व भंदा जनप्रतिनिधिको नेतृत्व र विश्वसनीय आधिकारिक विशेषज्ञ सेवाको उपलव्धता समेत रहेकोले अहिले स्थिति अर्कै छ । अहिले जननिर्वाचित प्रतिनिधिको नेतृत्व छ, विकास गर्ने हौसला र उमंग पनि देखिएको छ । यस अवस्थामा जनताले वहांहरुसंग देश र जनताको हितमा काम हुने आशा राखनु स्वाभाविक हो ।