मानिसले फुरसतका क्षणहरु सरल र सुुखद तरीकाले बिताउनकालागि मनोरंजनका साधनहरु खोजने गर्दछ । मनोरंजनका साधन देश,काल, परिस्थिति,मान्यता र बौद्धिक तथा सामाजिक विकासका आधारमा तय हुने गर्दछन् । प्राचीन र मध्य युगमा नाच, गान,पर्यटन, जनावर र पशुपंक्षी जुधाउने,दास दासीलाई नांगो पारी अंगभंग गरेर दौडाउने, हिसक जनावर संग लडन पठाउने, मल्ल युद्ध, शस्त्रयुद्ध, कुस्ती, दण्डीबियो, कपर्दी चंंगा उडाउने, दौड, जुवा तास, कौडा हान्ने, चौसर, शतरंज,पौडी खेलने, रोमांचकारी प्रदर्शन र शिकार जस्ता मनोरंजनका साधन हुने गर्दथे । तर सामाजिक विकास र सभ्यताको उन्नतिले गर्दा मानिसको जंगली प्रवृत्तिमा कमी र सकारात्मक सोंचमा बृद्धि हुँदै गएपछि मनोरंजनका साधनलाई ज्ञानवर्धक र शक्तिवर्धक हुनु पर्ने भन्ने कुरामा जोड दिन थालियो यसै क्रममा विद्यालय र शिक्षालयहरुको अविर्भाव र विकास हुँदै गए पछि पुस्तकालयहरुको स्थापनामा झन् तीव्रता आयो ।
नेपाल सरकारले गुलरिया गाउंँको छेउछाउ पारेर संवत १९९३ सालमा बर्दियाको सदरमुकाम गुलरिया अड्डा स्थापना गर्दा तत्कालीन माल,अमीनी र वन तीन वटा अड्डा रहेको (हालको बर्दिया जिल्ला अदालतको पछाडीको भवन) कारागार ( हाल जि.प्रशासन कार्यालय ) थाना, अस्पताल र हुलाक जम्मा सात वटा अड्डा र यसका कर्मचारी,मंजूश्री बालवाटिका र यसमा बनेका दुइटा विशाल धर्मभकारी पक्की गोदाम भवन (हालको गुलरिया नगरपालिका कार्यालय र परिसर,) यी अड्डाका कर्मचारी र इनका परिवार बस्ने फूसका झोपडी,ठाटी घर, हालको भंसार रोडमा रहेका भुजा चमेना र मिठाई बेचने ३,४वटा पसल र चुराको कारोबार गर्ने र संभवतः ३ जना सरकारी नोकरीमा रहेका दखिन पट्टीका केही मनिहारका झुपडी हरुको निर्माण र विकास हुने क्रममा कर्मचारहिरुले पाँच वटा महत्वपूर्ण काम गरे । (१) सं.१९९४मा बगलामुखी मंदिर र (२)सोही परिसरमा बगलामुखीस्कूल (हालको राधाकृष्ण बगलामुखी उ.मा.वि.) (३) मंजुश्री बालवाटिकामा दैनिक भलीबल लगायत खेलकूद को आयोजन, (४) २००३ सालमा एउटा सानो काठे दराज को पुस्तकालय (५)२०१३ सालमा धर्मभकारी को पूर्वी भवनमा बर्दिया मिडिल स्कूल (हालको म.क.दे.उ.मा.वि.) को संचालन ।
सर्व प्रथम २००३ सालमा स्थापित जनसेवा पुस्तकालय स्थापित भएको रहेछ भन्ने कुरा म बर्दिया आए पछि थाह पाएको हूँ भनि गुलरिया निवासी जेष्ठ नागरिक श्री किशोर कुमार गौतमले बताउनु हुन्छ । वहाँका अनुसार बजार लाइनको विष्णु कुमार श्रेष्ठको बरण्डामा पुस्तकालयको रुपमा यौटा दराज रहने गर्दथ्यो । यसमा धेरै जसो निम्नलिखित व्यक्तिको संरक्षण,सेवा, सहभागित र सहयोग रहने गर्दथ्यो ः–
गोपाल प्रसाद रिमाल, लप्टेन ( न्यायधीश), केशवलाल श्रेष्ठ वन कार्यालय, कीर्तिनाथ प्याकुर्याल सुब्बा, कृष्ण प्रसाद दहाल ( बिचारी ), काशीनाथ उपाध्याय पौडेल सुबेदार बाजे, भवानी प्रसाद (थर यकीन हुन सकेन ) सुबेदार, हस्त बहादुर थापा क्षेत्री, मुक्तिनाथ प्याकुरेल अदालतका मुंशी, (म्यट्र्कि पास गरेका)वहाँ संभवतः२०१२।०१३ तिर हुनु पर्दछ भन्ने अनुमान छ । बल्लभ शर्मा भंसार मुखिया, ( पछि कृष्णानगरजानु भयो ),त्रिलोक नाथ कायस्थ माल मुखिया, सुरेशराज शर्मा माल तहबीलदार, तारा प्रसाद पाठक माल मुखिया, बजार का दोकानदार बाठे भुजवा, मन्ना गोडिया, वैद्य वृजा साह, बच्चु ब्राह्मण (मथुराहरिद्धार) र असर्फी यादव (खैरापुर) ।
वहाँले बताउनु भएको उपर्युक्त व्यक्तिहरुको संलग्नता र योगदान सम्बन्धी कुराहरु अन्यत्रबाट खुल्न नसके पनि ललित बहादुर शाहीले हामीले २०२२ सालमा भेटाएको पुस्तक राखिएको दराजमा जनसेवा पुस्तकालय लेखिएको थियो भन्ने कुरा बताउनु हुन्छ ।
जे होस, जंगल झाडी भएको अवस्थाको अविकसित समाजमा मुश्किलले ककहरा अथवा ३,४ किताब पढेका र कोई त निरक्षरहरुको समाज २५, ३० घरको बस्तीमा पुस्तकालयको आवश्यकता बोध हुनु र यस्तो संलग्ना हुनु भनेको बहुतै ठूलो र सकारातमक पक्ष मान्नु पर्दछ, जसलाई आजको समाजको तुलनामा निकै उच्च मूल्यांकनमा राख्न सकिन्छ ।
गुलरियाको बस्ती बढदै गएपछि नवागन्तुकहरुले पनि खाली समयको उपयोगमा पुस्तकालयमा रुचि लिन थाले । २०२१ सालमा पश्चिम पट्टीको धर्मभकारी भवनमा र त्यसैको नजीक फूसको छाना र टाटीको अलि ठूलै घर बनाई भूमि सुधार कार्यालय खडा भयो र गुलरियामा कर्मचारीको संख्या ह्वात्तै बढ्यो चहल पहल पनि बढ्यो । जयनारायण (नाम मा भ्रम छ) पाण्डे – जुंगे मास्टर, सुव्वा राम बहादुर र वहाँका छोरा सहितका व्यक्ति यसमा सक्रिय पाठक थिए भन्ने कुरा बताइन्छ । त्यति बेलाको अति दुर्गम यो जिल्ला सदरमुकामका मानिसहरुको किनमेलको बजार बहराइचबाट कर्मचारीहरुले पुस्तकहरु पनि किनेर ल्याउँथे र आफूले पढी सकेपछि पुस्तकालयमा दिन्थे । यो हिन्दी उपन्यासको युग थियोृ ।
२०२२ सालमा वर्गीय संगठनको अफिस सदरलाइनमा विष्णु कुमार श्रेष्ठको ठाटीघरमा थियो । नवीन चन्द्र शर्मा त्यसका सचिव थिए । त्यस बेलाका जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्र प्रताप राणा उपन्यास पढन साह्रै शौकीन भएकोले वहाँसंग थुपै्र पुस्तक भएको भन्ने कुरा थाह पाई वर्गीय संगठनका सचिव पटवारी नवीन चन्द्र शर्मा र गुलरिया कै नवयुवक, जिल्ला पंचायत बर्दियाका लेखापाल ललित बहादुर शाही ले श्रीराम कलवार समेतको सल्लाहमा इन्सपेक्टर राणा संग पुस्तक मागदा वहाँले दिनु भएको दुई बोरा पुस्तक ललित बहादुरशाहीले साइकलमा बोकेर ल्याउनु भयो र वर्गीय संगठन मा रहेको पुस्तकालयको दराजमा राखियो र ज्योति पुस्तकालय भन्ने नाम दिइयोे । श्री शाहीका अनुसार निम्न अनुसार पुस्तकालय समिति गठन भएको थियो ।
अध्यक्ष– कीर्तिनाथ प्याकुरेल, सचिव –ललित बहादुर शाही, कोषाध्यक्ष –श्रीराम कलवार, सदस्य– तेज बहादुर कुँवर, सदस्य –भोला नाथ प्याकुरेल, सदस्य –नवीन चन्द्र शर्मा, सदस्य –सुरेशराज शर्मा ।
त्यो दशकमा पुस्तकालय प्रति, रुचि, सद्भाव र सहयोगकर्ता निम्न महानुभावहरुको पनि नाम आउँछ ः–
सुब्बा राम बहादुर ( थर स्पष्ट भएन ) भू.सु.का, .वहाँका छोरा नाम खुल्न नसकेको, विष्णु कुमार श्रेष्ठ भंसार कार्यालय, किशोर कुमार गौतम, ज्वाला प्रसाद कायस्थ पदमपुर, बच्चु ब्राह्मण मथुराहरिद्धार, राधेलाल जयसवाल मास्टर र पान पसल ।
श्री शाहीका अनुसार प्रारम्भकालदेखि नै पुस्तकालयमा एकदमै चाख राखने र सहयोग गर्ने प्रमुख व्यक्ति श्रीराम कलवारले अहिलेको निर्माणाधीन पुस्तकालयको एैलानी जग्गा संग जोडिएको आफनो नम्बरी जग्गा १० धुर र अति महत्वपूर्ण आयुर्वेद चिकित्साको पुस्तक सहित अन्य केही पुस्तकहरु पुस्तकालयलाई दिनु भएकोमा त्यसमा निर्मित पक्की घरको एक कोठामा नेपाल रेडक्रस सोसायटी जिल्ला शाखा र ज्योति पुस्तकालय रहेको थियो । अहिले निर्माणाधीन पुस्तकालय श्रीराम कलवार को जग्गा मा बनीरहेको कुरा वहाँले बताउनु हुन्छ । किशोर कुमार गौतमले पनि सो कुरामा समर्थन जनाउदै उक्त पुस्तकालयमा राणाकालीन इतिहास, मुन्शी पे्रम चन्द्र र रविन्द्रनाथ टैगोर जस्ताका यति महत्वपूर्ण पुस्तकहरु थिए कि गुलरियाको पुस्तकालय विराटनगरको पुस्तकालय भन्दा पनि स्तरीय थियो भन्नु हुन्छ ।
सो पुस्कालयमा सक्रिय रहेका ललित बहादुरशाही लगायतका केही युवाहरुले सांस्कृतिक कलामण्डल संचालन गर्न आर्थिक सहयोग मागदै हिडने गरेको थाह पाई संवत २०२४ सालमा अंचलाधीश लक्षमण जंग बहादुरसिंह को गुलरिया भ्रमणका समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालयले सरकारी नियंत्रण स्थापित गर्ने उद्देश्यले सो पुस्तकालय जिल्ला पंचायत कार्यालय बर्दियालाई सुम्पेको कुरा श्री शाहीजी ले बताउनु हुन्छ । सो निर्णय पुस्तिका जिल्ला प्रशासनमा हुनु पर्दछ भन्ने वहाँको भनाई छ । सो पुस्तिका पाउन नसकिएकोले निर्णय का कुरा हेर्न पाइएन । पछि रेडक्रस पुस्तकालय घर बाट सरेको थियो ।
२०२८ सालमा सभापति दमन ध्वज चंद र निमित्त ए।म्।इ. ललित बहादुर शाहीका समयमा जिल्ला सभाबाट पुस्तकालय दरबंदीमा खरिदार राखने निर्णय भयो र ध्रुब विक्रम शाह को नियुक्ति भयो वहाँले विधिवत पुस्तकालय संचालन गर्नु भयो । पुस्तकालय संचालनमा नियमितता र राम्रै विकास पनि भयो । २०३३ सालमा ब्।ए।म्।इ ( तत्कालीन निमित्त ए।म्।इ।) रविन्द्रनाथ शर्माको समयमा ठूलो लगानीमा पुस्तकालयकालागि पुस्तकहरु खरीद भए । केही समय पश्चात जिल्ला पंचायतले थप एकजना सूर्य चौधरीलाई पनि नियुक्त गर्यौ, पियन होमनाथ कुमाल सहयोगी बनाइए, यदाकदा बदामी बाल्मीकि सरसफाईमा देखा पर्दथे । पछि पे्रम बहादुर डाँगी र मित्र प्रकाश गिरी आदि कर्मचारीहरुले पुस्तकालयमा काम गरेका थिए । २०४० को दशकमा आजाद बहादुर राना, केदार नाथ पौडेल, बाबूराम पंथी आदि त्यस ताकाका उपन्यासप्रेमीहरु थिए । यो लेखक पनि त्यस पुस्तकालयबाट निकै लाभान्वित हुने गरेको थियो
जि.वि.स.सभापति दीप बहादुर राना को कार्यकालमा २०५४ या ०५५मा हुनुपर्दछ, पुस्तकालय भवन मरमत गर्ने भनेर पुस्तकालय का पुस्तक सरकारी गेस्ट हाउसमा सारेर पुस्तकालय संचालन भयो तर के कारणले हो भवन मर्मत जस्तो कुनै कुरा भएको देखिएन । ज्योति पुस्तकालय गेस्टहाउस को मोटर ग्यारेज र एक कोठामा ३,४ वर्ष चल्यो । चोक मा रहेको कारणबाट राम्रै चहल पहल रहने गर्दथ्यो । त्यस पछि संभवतः२०५९।०६०तिर कसको कार्यकालमा के कारणले हो ? पुस्तकालयका पुस्तकहरु जिल्ला विकास समिति को कार्यालयमा लगेर थन्क्याइएछन् र जनताको सार्वजनिक ज्योति पुस्तकालय जिल्ला विकास समितिको कार्यालयमा मरेछ ।
यो जिल्लामा स्कुल कलेज र कुनै संस्थाले आ आफनो लक्ष्य, आवश्यकता र रुचिमा पुस्कालयको स्थापना गरे होलान् तर सदर मुकाम जस्तो ठाउंँमा करीब १५ वर्ष देखि सार्वजनिक पुस्तकालय हराएको छ । पुस्तकालयको आश्यकता र महत्व बारेमा आजको प्रजातान्त्रिक, शिक्षित र जागरुक समाजलाई यो लेख बाट बोध गराउनु आवश्यक छैन तर सार्वजनिक पुस्तकालय बिनाको शहरबस्ती कुनै जंगल भंदा कम भने हुँदैन । शहर बजारका फुरसतिला मानिस र पठन पाठन तथा ज्ञान विज्ञान र विकासमा रुचि राख्नेहरmको चिया पसलकोे गफ, जुवा तास र क्यारम बोर्डमा समय बिताउनु पर्ने बाध्यता भंदा पुस्तकालयमा समय बिताउन पाउनु अधिकार जरुर हो अझ विद्यार्थीकालागि प्रकाश स्तम्भको रुपमा रहने पुस्तकालय सदर मुकाममा लोप गराउनुको अपयश बोकने कसले ?
यो लेखक सहितका केही व्यक्ति र छात्र छात्राहरुले पुस्तक र पठनीय सामग्री को पठन पाठनमा अभिरुचि जगाउने र शिक्षित क्षेत्र र विज्ञहरुलाई अध्ययन अनुसन्धान तर्फ प्रेरित गर्ने र पुस्तकालय स्थापना,व्यवस्थापन र प्रवद्र्धनमा योगदान गर्ने जस्ता उद्देश्य लिएर २०७२।३।५ गते देखि कृष्णसार पाठक मंचको स्थापना गरि मिरर होटल ले निशुल्क उपलव्ध गराउँदै आएको हलमा पाक्षिक २ घंटे कार्यक्रम संचालन हुँदै आएको छ । यस सिलसिलामा जिल्ला विकास समिति संग पुस्कालय बारेमा जिज्ञासा राख्दा जिल्ला विकास समितिले पुस्तकालय चलाएको भन्ने कुरा इतिहासको पानामा हराई सकेको भन्ने कुरा थाह भयो र अबको पुस्तकालय गुलरिया नगरपालिका कार्यालयले संचालन गर्ने गरि साविक कै ज्योति पुस्तकालय को जग्गामा पुस्तकालय भवन निर्माण भैरहेको भन्ने जानकारीमा आएकोले यो कामलाई नगरपालिकाको राम्रो र उत्साहजनक काम मान्नु पर्दछ र जनताको पुस्तकालयलाई जनता कै यौटा संस्थाले जनप्रतिनिधिहरु भएको बेलामा मारी दिए पनि जनता कै अर्को संस्थाले जननिर्वाचित प्रतिनिधि नभएको अवस्थामा पनि पुस्तकालयलाई पुनर्जीवन दिने भएकोले प्रशंसा गर्नु पर्दछ । अब भविष्यमा पुस्तकालयको राम्रो व्यवस्थापन सुनिश्चित गरेर पुस्तकालय संचालनको विधि र प्रक्रियाको ज्ञान र तालीम प्राप्त जनशक्ति बाट नगरपालिकाले ज्ञानको प्रकाश फैलाउनमा सक्रियता देखाओस भन्ने गुलरिया सदरमुकामले अपेक्षा राखेको छ ।
लेखक अयोध्या प्रसाद श्रीवास्तव गृह मंत्रालय अंतरगतका पूर्व प्रशासकीय अधिकृत, बबई बहुमुखी कयाम्पसका संस्थापक तथा राजनीति शास्त्र का प्राध्यापक र उमा वेन्चर कम्पनीका कानुनी सल्लाहकार तथा चर्चित लेखक , विचारक र विश्लेषक हुन् । वहाँले शीलवती र भगवान कहाँ छन् र कस्ता छन् नामक पुस्तक हरु लेखनु भएको छ, कर्मकाण्ड भास्कर, गहनाकर्मणोगति, मेरो अख्तियारी र उत्तराधिकार, का अनुवादक हुनुहुन्छ । लेखक लाई धधध।बथयमजथबकजचष्खबकतबख।अयm मा सम्पर्क गर्न सकिन्छ ।