American Raajneeti maa aparaadh ko sthaan अमेरिकी राजनीति मा अपराध को स्थान

                                                 अमेरिकी राजनीति मा अपराध को स्थान

                                                                                               – अयोध्या प्रसाद  श्रीवास्तव

        मानिस बुद्धि विवेक भयेको भावनाशील प्राणी हो।  सबैका आ आफ्ना विचार, भावना, आकान्छा, र कार्यशैली हुन्छ्न।  यस कारण उसले धेरै कुरा मा आफुलाई  समाज अनुकूल व्यवस्थित राख्न खोजे पनि शान्ति, सुरक़छा र सह अस्तित्व को प्रान्गण मा नै उपद्रव, घ्रिणा, असुरक्चा, र निजी स्वार्थ को भावना ले गर्दा यही मानिस बाट अपराध हुने गर्दछ्।  रामराज्य देखि हाम्रा राज्य र भविश्य मा पनि अपराध को सम्भावना देखि इन्कार गर्न सकिदैन।  मानिस को मन मस्तिश्क ले आफ्नो र आफ्नो भनिने मानिस वा वस्तुलाई शान्त र सुरक्चित रहने चाहना गरेको हुन्छ र समाज अथवा राज्य या राजनीतिक  क्रिया, प्रतिक्रिया, चलन, भावना वा विचार बाट उत्पन्न हुने, दुख, भौतिक छति वा मान्सिक तनाव कुनै हालत मा नजीक आउन दिन चाहदैन । 

           तर समस्या यहि बाट जन्मि्न्छ।  राजनीति राज्य को सन्चालक र जीवन हो। यस कारण राज्य को निर्माण र यस्को सन्चालन मा आई पर्ने बाधा अवरोध लाई हटाउदा जे जस्तो मानवीय  र भौतिक छति हुन्छ्, ती काम कुरा हरु यदि अपराध नै रहेछन भने पनि तिनलाई अपराध मान्नु हुन्न, यो राजनीति कै येक भाग हो भन्ने हरु को येउटा पन्क़्ति छ्।  यसै आधार मा राज्यले लड्ने युद्ध र महायुद्ध हरु  तथा सत्ता का लागि हुने हिन्सा हत्या हरु र सम्पत्ति को छति आदि लाई राजनीति कै य़ेउटा दुखद तर आवश्यक कार्य मान्दछन भने आज का विचारक हरुले राज्य र सरकार दुई लाई अलग अलग मानेर  राज्य को लागि आवश्यक युद्ध लाई त केहि मात्रा मा स्वीकार गर्दछन तर राज्य सन्यन्त्र मा सुरक्छा को अग्र  पन्क्ति मा रहे का व्यक्ति ले पनि यदि शत्रु पक्छ लाई चोट पुर्याउन प्रत्यक्छ क्रियाशीलछैन भने उस लाई  र उस्का आश्रित  तथा उसको सम्पत्ति समेत लाई अनतिक्रम्य मानिन्छ , साथै शत्रु पक्छ को निशस्त्र सैनिक पनि अबध्य मानिन्छ।  आज युद्ध का यस्तै थुप्रै नियम प्रचलन मा छ्न जस्लाई अदालत ले स्वीकार गर्दछ र युद्ध अपराधी लाई दन्डित पनि गर्दछ।   तर सरकार या सत्ता परिवर्तन व वैध अवैध कब्जा गर्न का लागि हुने हिन्सा र छतिलाई अर्कै द्रिश्टि ले हेरिन्छ यो विवादित र लामो विशय भयेकोले यसमा  प्रवेश न गरौ।

      अमेरिका लाई  ” विधि को शासन ” र ” सिस्टम मा चलेको ” देश मानिन्छ। तर अमेरिका मा अपराधिक घटना या राजनीतिक विवाद नै हुदैन भन्ने होइन , त्यहा कानून को मान्यता र नागरिक को अधिकार को सम्मान को प्रश्न मा छलफल मात्र गर्न खोजे को हो  यस कारण अमेरिकन राजनीति मा कुनै हिन्सा हत्या का घट्ना घट्दा के रीति नीति अपनाईन्छ त ? स्वाभाविक जिग्यासा् मा ताजा उदाहरण द्वारा विचार गरौ । 

महिना दिन पहिले को कुरा हो, कुनै अपराध गरेर भाग्न लागेको जार्ज फ्लायड नाम को अमेरिकी लाई प्रहरी टोली को येक प्रहरी ले पक्रेर काबू मा लिन लाई  प्रहरी ले उसलाई भुईमा ढालेर उस्को घान्टी मा घुन्डा ले थिचारेको अवस्था मा उस्को म्रित्यु भयेछ।  सरकार ले प्रहरीहरु लाई थुनेर ज्यान मुद्दा शुरु गरेछ।  म्रितक मानिस काला वर्ण का र प्रहरी गोरा वर्ण का परेछ्न।

         अहिले को वर्श अमेरिकी रास्ट्रपती को निर्वाचन वर्श हो।  अर्को तिर कोरोना महामारी ले विश्व मा नै अप्ठेरो पर्दै गयेको छ।  यो अवस्था मा अमेरिकन सरकार को विपक्छी डेमोक्रेट  पार्टी का नेता हरुले गोरा प्रहरी ले काला

प्रति घिर्णा गरेर मार्यो भनेर नश्लीय कुरा उठाई दिये र कालाहरु भड्के।   विरोध को स्वर मुखरित भयो। विरोध प्रदर्शन मा काला गोरा सबै मिसिये।  काला को नाम मा  डेमोक्रेटिक पार्टी ले विरोधी नेत्रित्व लियेर मैदान मा आयो ।  विरोध प्रदर्शन देशव्यापी   र उग्र भयो। कोरोना ले ग़र्दा लक ्डावुन मा परे का मान्छे बाहिर निकल्ने मौका पाये। यसै मा असमाजिक तत्वहरुले पनि भीड्लाई भड्कायेर तोड्फोड र आगो लगाउन  थाले  भीड हिन्सक हुन थाल्यो।  राश्ट्रपति ट्रम्प ले भीड्ले हिनसा बढायेमा म रेड गार्ड परिचालित गर्छु भने।  प्रतिपक्छले यसलाई आफ्नै नागरिक माथि रेड्गार्ड छोड्नु भनेको अर्थ विदेशी शत्रु सरह को व्यवहार को आरोप को  थप मुद्दा बनायेर जनता लाई झन आन्दोलित बनाय़े।  बन्द रहेका ठुल्ठुला माल र स्टोर पसल हरु लगायत का निजी सम्पत्ति मा तोड्फोड, लूट्पाट, आगजनी, ्गर्दै भीड् दन्गायी को  रुप मा देखा पर्न थाल्यो।  सरकार ले  कर्फु लगाउन शुरु  गर्यो। तर हुल दन्गा बढदै गयो र रन्गभेदी नारा ले गर्दा उत्तेजना साम्य हुन गार्हो भयो सुन र हीरा मोती का पसल हरु लुटिय।  सी सी केमरा ले रेकर्ड गरेका दारू का बोतल देखि अन्य माल वस्तु लुटेर भागिरहेका लुटेराहरु का तस्वीर हरु समाचार पत्र र टि वी मा व्यापक भयो।  यो चाला देखे पछि म्रितक का घर परिवार झस्के र सबै लाई शान्त रहन अपील गरे।  तर हिन्सा न रोकियेकोले नगरिक समाज को सुरक्छामा  काउन्टी सरकार र राज्य सरकार अस्मर्थ देखिये पछि सन्घ सरकार ले सुरक्छा नेत्रित्व आफ्नो हात मा लियो । 

          सन्घीय प्रहरी  सक्रिय  भयो, कानूनी कार्वाही मा वारन्ट र धर पकड गर्दै फेड्रल  ऍटार्नी (सन्घीय सर्कारी वकील)लाई सुम्पिन थाले। ऍटार्नी का स्टाफ प्रेसिक्युटर हरु  फेडरल कोर्ट मा व्यस्त देखिये र दन्गा रोकियो, विरोध हरायो।  हाल सम्म ६०० भन्दा बढी लाई क्रिमिनल चार्ज लागेको छ र सरकार अनुसन्धान गर्दै छ।  वारेन्ट को सूची र फरार का फोटो हरु प्रकाशित छ्न।  अनि पार्टी नेत्रित्व ? सब साम सुम छन केही हुदै नभये जस्तो।सन्घ सरकार को प्रहरी र सरकारी वकील ले कानूनी कार्वाही थाल्ना ले ठूलो अर्थ राख्दो रहेछ।  राज्नीतिक र्याली, या विरोध प्रदर्शन मा तोड फोड र धन जन को छती त भै नै हाल्छ  भन्न न मिल्ने रहेछ।  यस्ता कुरा गर्नु, बयानबाजी या दबाव दिनु,प्रतिक्रियात्मक प्रदर्शन आदि गर्नु अपराध मानिदो रहेछ र मतियार मा तुरुन्तै तानिने रहेछ।  जो समातियेका छन तिनीहरू लुटेरा, उपद्रवकारी, तोड्फोड कर्ता र आगो लगाउने आदि  अपराध का अभियुक्त भयेकाले तिनको  रिहाई को लागि कोर्ट मा बहस पैरवी गर्ने बाहेक प्रहरी को ढोका मा जाने, छल्फल, सोर्स सिफारिस आदि लाई कुनै स्थान नहुने रहेछ तर मानवीय आवश्यक्ता र कानून सम्मत कुरा गर्न कुनै बाधा नहुने रहेछ।

             सरकारी वकील बाटअभियोग को जानकारी विवरण समेत को सूचना प्रकाशित भै सकेको छ्।  तिनी हरु अदालत बाट सफाई पायेमा बाहेक, अब देखि आजन्म बेकम्मा हुने अवस्था आयो। सडक मा पुगने भये।

           कनून ले बेकम्मा भन्ने भयो  ? होइन।  अमेरिका काम गरेर खानेहरुको देश हो।  सबैले आ आफ्नो भविश्य निर्माण आफै ले गर्ने हो। अपराध सिद्ध भयेर सजाय पायेको मानिस लाई सामान्यतया कसैले काम दिदैन। 

हाम्रो जस्तो खेत खलियान मा काम छैन।  कम्पनी र उद्द्योग, माल, स्टोर, आदि ” बिजनेस ” मै  काम हो। सामान्य होस या विशेश सबै मानिस को बायोडा्टा  नेट मा अप्डेट भै रहन्छ।  तसर्थ ढाटेर काम पाउन आशा गर्नु मूर्खता हुन्छ।  उ डेरा डन्डा लियेर हिड्ने होम्लेस प्राय ” सडक को मान्छे ” बन्न पुग्ने रहेछ्। 

        यसरी कानूनी राज्य मा राजनीतिक  गतिविधि मा सरकार  को काम कुरा को विरोध गर्दा ,  वाक र प्रकाशन स्वतन्त्रता, मागपत्र प्रस्तुतिकरण, नारा, जुलूस, र्याली, धर्ना, कार्टून, , स्ट्न्ट, भाशण, टेबुल्टक, र कानूनी कार्वाही, सभ्य धोखेबाजी,आदि पर्छन। विरोध र प्रदर्शन को उद्देस्य  सरकार को काम प्रति असन्तुश्टि जाहेर गर्नु  त हो।लूट, छति, गाली गलौज,तोड्फोड, बाटो बन्द, हातपात , धन जन को छति मानसिक त्रास, अर्का को घर, जग्गा, कम्पाउन्ड, बगैचा, निजी वन, कल कारखाना र कार्य स्थल, मा बिना अनुमति प्रवेश  अमेरिका मा वर्जित छ् र अन्यत्र देश मा पनि प्राय हुन्छ नै। तर त्यस्को पालन हुन्छ कि हुदैन भन्ने कुरा हो र त्यसै आधार मा कानूनी राज्य या भ्रस्ट राज्य को पहिचान हुने गर्दछ।   , अमेरिका मा त आफ्नो घर, दोकान, या उद्योग को अगाडी कोई कोई ले केही जग्गा छोडेको र फूट्पाथ को रूप मा प्रयोग भै रहेको हुन्छ तर  त्यसमा जग्गाधनी ले यदि यो जग्गा व्यक्तिगत सम्पत्ति को भाग हो भनेर लेखेर राखेकोछ भने त्यस्मा  पनि जग्गाधनी ले नचाहेमा कसैले पनि खुट्टा टेक्न पाउदैन।  बाटो हिड्दा कसै को घर व पर्खाल को बार मा लागेका बोट बिरुवा र लहरा आदि छुईदैन।  घर या कोठा को बाहिर मलाई डिस्ट्र्ब न गर्नु भनेर लेखेको रहेछ भने त्यस्को ढोका सम्म ढक्ढकाईदैन। यदि प्रहरी नै पस्नु पर्ने भयो भने  उस्को वकील सन्ग सम्पर्क गर्नु पर्ने या तोकियेको छुट्टै प्रक्रिया मा जानु पर्ने,रहेछ अरु  ले कुरा गर्दा कान थापेर सुन्नु, कोईले केही लेखदा या मोबऐल हेर्दा त्यस्मा चासो दियेर हेर्नु, अर्का को काम कुरा मा चासो राख्नु, आदि अपराध मानिन्छ तसर्थ ..नागरिक को व्यक्तिगत स्वतन्त्रता र अधिकार हरु प्रति हमेशा सतर्क रहनु पर्दछ .  घर जग्गा सम्पत्ति धनी ले सुरक्छात्मक उपाय मा बेधडक गोली हान्दा रहेछन। यस कारण कानून मा अपराध र दन्ड सजाय तोकियेको रहेछ भने ती काम कुराहरु राजनीति मा नपर्ने रहेछन।  अपराध र राजनीति को बीच मा् यही बार रहेछ , जस्को पालन  गरिने रहेछ र अमेरिका सभ्य देश या कानूनी राज्य मानिने रहेछ।  

     ” राजनीति जनता को माझ मा गर्ने हो  कसै को जीवन धन मा गर्ने होइन ”  य़ेक जना वकील ले प्रतिक्रिया दिऍ।  यसमा स्मरणीय के पनि छ भने फेड्रल ऍटोर्नी ले तब  मात्र मुद्दा अदालत लै जान्छ जब पर्याप्त प्रमाण हुन्छ र ऍटोर्नी ले  चलायेका सरकारी मुद्दा हरु लगभग ९९ % मा सरकार जित्ने  रहेछ ।  अभियोग लगाउदा उसले  ” इनी अभियुक्त मात्र हुन हामी ले अपराधी मानी हालेका छैनौ ” भनेर पुछ्रे नोट लेख्ने चलन रहेछ।

                                                                        इति