अमेरिका मा १२ मार्च देखि कोरोना को लक् डाउन भयो र स्कूल हरु ओन लाइन संचालन मा आए । हामी पति पत्नी दुवै जना औषधि मा निर्भर रहेका ले कोरोना को डर ले डेरा मा थुनिएर बस्नु पर्यो। केहि महिना बिते वाक्क दिक्क लागेर प्लेन मा टेक्सास गइयो त्यता रोग फैलिएको थिएन। फेरी सैन्फ्रान्सिसको फर्केर दुलो मा बसे जस्तै भयो। यसै अगस्त महिना मा छोरा र बुहारी ले कोराना न भए को प्रदेश तिर दुर्गम ठाउँ मा घुम्न जाउँ भने। पहिले त दुर्गम मा के जाने भने तर पछि तयार भयों। आफ्नो सानो कार मा लामो यात्रा न बन्ने रहेछ। एक त थुप्रै सामान, जाडो, गर्मी वर्षात् थरी थरी का लुगा, गुन्द्री कार्पेट , बच्चा को स्ट्रोलर, पानी का पेटी, केही बिस्तरा आदि। यसको साथै नातिनी लाई हाम्रो देश जस्तो काख मा लिएर गाडी मा यात्रा गर्न न हुने रहेछ , उसनाको लागी कार को सीट मा फिट हुने र बच्चा लाई राम्ररी बेल्ट लगाउनु पर्ने, कत्ति पनि असजिलो गर्न न पाइने छुट्टै सीट थप्नु पर्दछ । अरु सबै लाई फराकिलो ठाउ हुनु पर्ने। यस कारण छोरा र बुहारी ले गाडी हाँकने , मैले बीच मा नातिनी को आड मा र पत्नी ले पछाडी पुरा सीट मा आराम साथ् बस्ने सुत्ने गरि ५०$ प्रतिदिन को भाडा मा ठूलो गाडी लियों र खाना पानी, औषधि आदि लिएर अगस्त १८, २०२० मंगलवार राती १० बजे यात्रा शुरु भयो।
रात भर मा क्यालीफोर्निया राज्य बाट बाहिरिएर नेवादा राज्य को रेनो शहर मा प्रवेश गर्दै जलपान गर्दै जंगल पहाड हेर्दै अगाडी बढदै गयों। शुरु मा दुर्गम को नाम ले हाम्रो देश को बाटो घाटो सम्झेर तर्से को थिएँ। तर त्यस्तो बाटो रहेनछ। पहाड काट्ने तरीका र छेउ को रेलिङ्ग आदि सुरक्षा प्रबन्धन अर्कै किसिम को रहेछ। खोला का छेउ मा बाटो कमै हिडालिएको रहेछ। यस कारण यात्रा मा खासै डर लाग्ने देखिएन। पहाड त अधिकांशतया रूख बिरुवा न भएको निर्जन ढुंगा र माटो मात्र। गाउँ बस्ती बहुत कम। हाम्रो मनाङ्ग, मुस्ताङ्ग जस्तै जनसंख्या तर प्रदेश को लम्बाई चौडाई अत्यधिक , फास्ट ड्राइविङ्ग न्यूनतम १०० km स्पीड को आसपास हिड्दा पनि दिन भर लाग्ने।
अमेरिका को बाटो र यातायात को थोरै कुरा लेख्नु पर्ने प्रासंगिक र उपयोगी होला । महानगर, नगर, पहाड जहासुकै होस् , एकसरो बाटो त गली टोल मा पनि हुदैनन्। थोरै चाप र साँगुरो छ भने कम्ती मा दुइ लेन , त्यस पछि चार, छ, लेन छदैछ। बाटो डामर को, जहाँ भए पनि हर समय सफा । बाटो मा खाल्डा खुल्डी र चिप्लिने , घुम्ती मा गाडी पल्टिने जस्तो त अमेरिका मा त्यसै पनि देखा पर्दैन।यस्तो कही रहेछ र सुधार भए छैन र कुनै घटना घट्छ, गाडी खाल्टा खुल्टी मा परेर वा चिप्लिएर कुनै सानो असर पर्न गए पनि सडक विभाग माथि तुरुन्त मुद्दा पर्छ , त्यस्ता मुद्दा गरि दिने वकील छाप्छाप्ति छन्। ठाउँ ठाउँ मा तिनको बोर्ड लागेको छ। फोन गर्नुस उनी आफै पुग्छन र जे जे गर्नु पर्छ गर्छन तपाई कही जान पर्दैन। यस कारण बाटो मा या कुनै सार्वजनिक स्थान, होटेल रेस्टोरेण्ट, पार्क, कही पनि चिप्लिने खाल को रहेछ भने “ चिप्लो छ है” भनेर बोर्ड लेखेर लगाई राखेको हुन्छ। अन्यथा कुनै संकेत छैन भने बाटो मा ठाउँ ठाउँ मा तोकी राखेको स्पीड मा ढुक्क भएर गाडी दौडाउन मिल्छ, पर्छ पनि।
भोली पल्ट नेवादा राज्य को जंगल पहाड को बाटो हिडियो। बस्ती को अत्तो पत्तो छैन तर पहाड को घांच जता पनि बाटो र बिजुली को जाल बिछाइएको रहेछ। ट्राफिक यदा कदा मात्र देखिने। भूल चुक ले कुनै अर्को बाटो लागियो र कतै अनकन्टार पहाड मा पसियो भने ? त्यस्तो ह्वेन रहेछ। बाटो मा कुनै तगारो छैन, अगाडी न जानु भनेर सूचना छैन भने ती ठाउँ हरु सरकार को सुरक्षा पहुच भित्र का हुन्छन र जति भित्र पस्दै गए पनि हुने रहेछ त्यस्ता ठाउँ हरु मा कतै फसियो भने कता कतै खम्बा मा जडान भए का टेलीफोन बाट सरकारी तन्त्र लाई खबर गर्न सकिन्छ र उद्धारको सम्भावना बढछ । आफ्नो र गाडी को खुराक आफु ले थाह पाए भयो।
शहर, बजार हाई वे जंगल र मरुभूमि को बाटो मा समेत जहाँ पनि एउटा निश्चित दूरी अथवा सुरक्षित ठाउँ मा पेट्रोल पम्प अवश्य हुन्छ र त्यसै संग कुनै एउटा स्टोर पनि अवश्य हुन्छ ।( स्टोर मा फ्री ट्वायलेट हुन्छ , अमेरिका मा ट्वायलेट लाई रेस्टरुम र युरोप मा ट्वायलेट नै भनिन्छ ) यात्री लाइ थकाई लाग्यो, भोक प्यास, दिशा पिशाब लाग्यो भने गाडी रोके हुन्छ । यदि अगाडी धेरै टाढा सम्म यात्री ले कुनै सुविधा सहयोग पाउने ठाउँ छैन भने यति माइल सम्म अगाडी केही पनि छैन या रेस्ट एरिया मात्र छ पेट्रोल पम्प छैन भनेर वल्लो पेट्रोल पम्प मा र बाटो मा बोर्ड हरु लगाई दिएको छ । यस बाट यात्री लाई निकै सुविधा हुन्छ।
दुइ लेन जाने दुइ लेन आउने बाटा अलग अलग छन् अर्थात एका तिर दुइ लेन मात्र छ भने ठाउँ ठाउँ मा स साना बोर्ड मा “नो पासिङ्ग एरिया” भनेर बोर्ड लगाएको छ र गाडी लाई उछिनेर अगाडी जान मिल्दैन . पछाडी को गाडी पछाडी हिडी रहनु पर्दछ। केही समय पछि ५ माइल अगाडी , ३ माइल, १ माइल , ७५० फिट अगाडी पासिङ्ग ठाउ आउदैछ भनेर सूचना लेखिएको छ र २, ३, माइल सम्म को बाटो अलि चाक्लो गराई दिएर ” सुरक्षित क्रस गर्नुस ” भनेर लेखेर लगाएको एरिया मा उछिनेर अगाडी निस्कन सकिन्छ। हिडी रहेको या उभिएको , बच्चाहरु चढाई उतारी रहेको बस को नजीक अगाडी पछाडी त कुनै गाडी लै जाने हुँदैन। रातो बत्ती क्रस गरेको भन्दा धेरै बढी सजाय छ। त्यस्तै प्रहरी एम्बुलेन्स र फायर ब्रिगेड देखि टाढा र होशियार रहनु पर्दछ। तिनलाई उछिन्नु भने को अपराधै हो। अर्थात गाडी चालक ले हर समय संकेत चिन्ह को पालन गर्दै हिड्नु पर्दछ र अलि कति पनि मन परी गर्ना साथ पेटरोलिंग प्रहरी ले कारवाही गरी हाल्छ या सी सी केमरा को माध्यम बाट रेकर्ड भएर कारवाही भै हाल्छ , बच्ने कुनै चान्स छैन। त्यसै ले गाडी चालक ले कत्ति पनि हतार, लापरवाही ढिठाई गर्न हुदैन गर्यो भने जीवन बिग्र्यो।
जुन सुकै बाटो मा आराम र नास्ता पानी को एउटा ठाउँ त पेट्रोलपम्प हो। दोश्रो , स्थानीय मार्ग र राज्य स्तर का मार्ग मा पनि मन परी गर्न, आफ्नो इच्छा को स्पीड बनाउन र जहाँ चाह्यो त्यहाँ गाडी रोक्न पाइदैन, सुस्त हिड्दा पछाडी को गाडी आफु माथि चढने डर र तेज हिड्दा प्रहरी को खतरा, ठिक्क हिड्नु पर्ने। बाटो को छेउ मा ठाउँ ठाउँ मा विश्राम गर्न लाई , फोटो खिच्ने लायक को कुनै राम्रो दृश्य भएको पहाड, खोला, सूर्योदय सूर्यास्त देखिने राम्रो ठाउँ, आदि मा बाटो संग जोडेर राम्रो पीच बनाइ दिएको छ। त्यहाँ रुके भयो। हाई वे मा पनि यस्तै सबै सुविधा का अलावा ठाउँ ठाउँ मा ५०, १०० ट्रक , गाडी पार्किङ्ग का ठुला यार्ड बनाएको छ जसमा गाडी रोकेर सुत्न , एकदम सुव्यवस्थित जनाना मर्दाना ट्वायलेत, मानिस र पाल्तु कुकुर बिराला का लागि खाने पानी सहित को राम्रो भवन को रेस्ट एरिया बनाए को छ। जसको सूचना यात्री ले बाटो को छेउ को सूचना पाटी बाट पाई रहे को हुन्छ। या इन्टर नेट बाट उपलव्ध भै रहन्छ र आफ्नो योजना बनाएर हिड्न सुविधा हुन्छ ।
हाई वे र अन्य रोड मा पैदल बाटो काटिने ठाउँ देखि अन्यत्र बाटो काट्ने चलन छैन, ट्राफिक प्रहरी पनि हुदैन, अटोमेटिक लाइट ले नै कन्ट्रोल गर्ने हो। यस्तो मा बाटो काट्ने ठाउँ मा र स्टोर, पुस्तकालय, कलेज , पार्क, म्युजियम आदि कुनै ठाउँ मा गाडी को अगाडी मानिस हिड्न लागेको अवस्था मा गाडी रोकेर पैदल लाई जानुस भनेर संकेत दिएर उ गइ सके पछि मात्र हिड्न पाइन्छ। पैदल, त्यस पछि साइकल, मोटर साइकल गाडी र अन्त मा ट्रक को पालो हुन्छ। कुनै हतार गर्ने पाइन्न। बडो आराम र सुविस्ता संग हिड्ने हो। बाथरूम देखि रेल सम्म लाइन मा फरक फरक उभिने हो न लेडीज न जेंट। गाडी छुटे छुटोस तर धक्का धुक्की छैन।
ई कुरा हरु ध्यान मा राख्दै हिड्दै दोश्रो दिन साँझ आइडहो राज्य मा एउटा सानो बजार को मोटेल मा बास बसियो। बास स्थान खाना पीना बाटो हिड्दा पनि फोन द्वारा बुक हुन् सक्दछ। सानो र मझौला शहर बजार मा, दुइ डबल बेड को रूम, व्यवस्थित ट्वायलेट, किचन को केतली,माइक्रोवेव,चिया, दूध चीनी कप गिलास प्लेट आदि भएको, बिहान चिया काफी पेप्सी, कोक, ब्रेड अण्डा, मक्खन, सिरियल ओटमिल आदि पेटभर फ्री नास्ता सहित दिने राम्रो किसिम को होटेल/ मोटेल ५०$ देखि १००$ सम्म पाउछ। हामी ले ८५$ तिर्यो।
तेश्रो दिन बिहान, त्यही शहर को माथि को पहाड मा १८ कि मि मा सन् वैली नाम को दर्शनीय ठाउँ छ भने पछि नास्ता उतै खाने गरी हिड्यो। राजमार्ग छोडेर दखिन पूर्व को बाटो सन वैली गयों। पहाड मा त्यति सुन्दर शहर? कति व्यवस्थित ? सब सुविधा सम्पन्न। तर मानिस को संख्या नितान्त कम। पर्यटक हरु को भीड . थुप्रै घर हरु ढोका बन्द ,। कोइ त कमाइ गर्न शहर गएका र कोइ शहर का ठूला बडा ले समय समय मा आराम गर्न लाई बनाएका घर हरु । कोइ मा भित्र मानिस न होलान कोइ मा भएपनि आराम गर्न गएका मानिस किन पो बजार मा बस्लान ? हामी फूल ले ढाकिएका होटल , रेस्टुरेन्ट , अचम्म को विशाल ट्वायलेट भवन , पसल र सुन्दर सभा भवन को बीच मा रहेको झरना सहित को पार्क मा बस्यों । वर्ष मा एक पटक विलेनियर हरु ले यो ठाउँ मा मीटिंग गर्दा रहेछन। गजब को सिस्टम रहेछ। कुनै मीटिंग कुन ठाउँ, कुनै मीटिंग कुन ठाउँ सुगम भन्दा सुगम महानगर देखि अति दुर्गम ठाउँ हरु मीटिंग र आनन्द लिन लाई तोकिए जस्तै रहेछ। यस बाट आन्तरिक पर्यटन भै रहने भयो। शहर को एक ठाउँ मा कुनै कवि लेखक को स्मारक रहेछ, जंगल मा , हेर्न गयों । पहाडी खोला लाई स्मारक नजीक लगेर शहर मा पार्क मा पुर्याएर पहाड मा फर्काएको रहेछ। यस बाट स्मारक सानो भए पनि ठाउँ सुन्दर बनाएकोले मानिस हरु जाँदा रहेछन।
स्मारक मा एक छिन् शीतल मा बसेर शहर को डाउन टाउन मा गयो। एउटा रेस्टुरेण्ट मा खाना खायों। बेयरा ले कुरा गर्दा गर्दै घुम्न निस्के को भए अन्तरराज्य राजमार्ग मा सरासर हिड्नु भन्दा बरु भित्र पसेर गोल गोल यात्रा गर्दा राम्रो होला भन्यो , हामी भित्री बाटो घाटो र यात्री सुविधा कम होला भन्दा अमेरिका मा बाटाहरु सुरक्षित छन् भने पछि मोबाइल मा सर्च गरेर हेर्दा पर्यटन स्थल हरु थुप्रै रहेछन अनि हामी पूर्व को बाटो छोडेर उत्तर तिर को बाटो लाग्यों **********************************************************************
आएडहो राज्य मा करीब तीन घण्टा पहाड मा हिडे पछि बाटो ले तल घाच मा हाम्रो फेवा ताल जस्तो ठाउँ ” Stanley Lake “मा पुर्यायो। पर्किंग मा गाडी लगाएर ताल तिर हेरेको त ढीक मा र तलाउ मा मान्छे को भीड। मान्छे होइन, अप्सरा र गन्धर्व हरु। धेरै महिलाले ले मुश्किल ले तीन अङ्गुल को लगोटी कपडा ले अगाडी का दुवै अंग छोपेका , पछाडी को लंगोटी को पुछर दुवै पुट्ठा को बीच मा पसेर छोपीए का ले यता त छर्लनगै। पीठ मा भगवान ले त्यस्तो केही नबनाई दिएका ले अगाडी को कपडा लाई अड्याउन पछाडी पातलो डोरी भए नि हुने। गन्धर्व हरु बरु कट्टु र हाफ पाइण्ट, कोइ त टिशर्ट मा पनि थिए । कोइ डुंगा मा, कोइ मोटर बोट मा, कोइ जल परी झैँ, त कोइ सेतै कपाल भएका जोडा हरू पनि ६ महिने बालक का कपडा मा पौडी खेल्दै , कोइ पानी मा भिजेर ढीक मा लांग चेयर मा कालो चश्मा लगाएर सुतेर घाम तापेका, कोइ के त कोइ के लेख्न अप्ठ्यारो ।
हुन त यो कुनै पहिलो दृश्य होइन। यति का वर्ष देखि स्वीमिंग पूल र बीच लगायत हलीउड सम्म देखे को मान्छे, आश्चर्य त केही लागेन तर भीड ले गर्दा नग्न को संसकृति हेर्न बढी लाज भने नलागेकोले भीड मा पसेर तलाउ को पानी छोएँ, काठे पुल, शौचालय, लज को क्याबिन भए तिर निर्धक्क भएर डुलें । भारद्वाज ऋषि को यस्तै मा पहुँच भएर द्रोण को उत्पत्ति हुन् पुग्यो होला भनेर सोच्दै , आफू त परिवार संग आएको ले भगवान को स्मरण गर्न सजिलो रहेको भनि मन मनै हाँस्दै आराम संग डुले तर फोटो भने खिच्न मन लागेन। फोटो को एउटा कथा ले उप्जाएको मेरो दर्शन छ , टेस्टी लाग्ला भनेर लेखन मन लाग्यो। एक पटक को अमेरिका कै एउटा समुद्र बीच मा तीन जना जवान नानी यस्तै मसिनो पातलो लगोटी लगाएकी, नुहाएर बाहिर निक्ले, म उनीहरु को सामुन्ने पर्न गएँ । संसकृति वश उनी हरु ले हाय भने मैले नि हाय भनेर हाउ अर यु भन्ने पर्यो। चार वाक्य को औपचारिकता मै तिनै जना को संयुक्त फोटो खिचे। आआफ्नो बाटो लाग्यों। यस्तै अन्यत्र पनि साथै फोटो खिचियो ।
तर एक दिन मैले ई फोटो हेर्दा , न इनको परिचय छ, न सम्पर्क , न इनी संग फेरी कहीं भेट हुने सम्भावना नै छ, यस्ता फोटो मैले राख्दा फाइदा के , अरु लाई देखाएर देखने लाई लाज र फोटो राख्ने को मर्यादा घट्ने , घर मा फोहरी कलेण्डर झुन्ड्याए जस्तो र बेसरोकार को मानिस को फोटो केवल नाङ्गै भएको कारण बाट आफ्नो स्टोर मा राख्नु अव्वल दर्जा को मूर्खता मान्दछु। त्यस्ता अपरिचित का फोटो ( कलेज बाहेक का ) डिलिट गरेँ।
अब कुरा आउछ नाङ्गोपन को। उनीहरु को कल्चर, मनोरंजन, स्वतन्त्रता हो , हामी लाई अप्ठेरो लाग्छ भने हाम्रो कल्चर र भावना को प्रभाव हो , यो हाम्रो कुरा हो उनको समस्या त होइन। हाम्रो देश मा तिनले त्यस्तो गर्न र हाम्रै नारी समाज ले आफ्नो देश मा त्यस्तो न सिके, नगरे भयो, हामी ले देख्नु नपरे पुग्यो। अर्का का नग्नता , अर्धनग्नता संग, फोटो संग सरोकार के, उपयोग या लाभ के ? भनेर चेत खुली सकेको ले मैले त्यहाँ फोटो खिचिन। आफू संग भएको फलफूल खाएर आफ्नो बाटो लाग्यो। पहाडै पहाड त्यस पछि मैदान शायद ६ घन्टा को ड्राइव पछि अर्को नाम को होटेल मा सुत्यो ।
चौथो दिन दिन भरी मोण्टाना र वयोमिंग राज्य मा पर्ने yellow Stone नेशनल पार्क मा घुम्यो। हाम्रो ठाकुरद्वारा जस्तै ठूलो क्षेत्र । अमेरिकन हरु प्रायः जिज्ञासु, कौतुकप्रिय र घुमन्ते हुन्छन। नेशनल पार्क, फरेस्ट , मरुभूमि , ठूला घास मैदान, साना ठूला पोखरी का नजीक, आदि एकान्त ठाउँ हरु मा (खतरा ठाउँ देखि बाहेक) , अलि फरक फरक पारेर नितान्त स साना टायलेट पानी को व्यवस्था सहित बनाई राखेको छ घुमन्ते हरु ठूला गाडी, धेरै त पिक अप गाडी मा फोल्डिंग कुर्सी, कार्पेट, टेन्ट, चक्कु छुरा, भरसक बन्दूक पनि ,खाना पानी आदि सबै आवश्यक सामान सहित परिवार, इष्ट मित्र या एक्लै पनि हिड्दा रहेछन। एउटा गाडी लाई सामान्यतया ७ दिन को परमिट र ठाउँ बताएको हुन्छ। त्यहाँ गएर टेन्ट लगाएर बस्दा रहेछन , जंगली जीवन र एकान्त टेन्सन मुक्त को आनन्द लिदा रहेछन। हामी कही जानु पर्दा भरसक थोरै सामान, लिएर हिड्न मन पराउछौ तर इनी हरु बच्चा को स्ट्रोलर , खिलौना ,देखि आफ्ना मनोरंजन का सामान, अझ गाडी को छत् मारबर का डुङ्गा , साइकल र पछाडी मोटर साइकल पनि झुन्ड्याएर हिड्दा रहेछन। एक्लो र एकान्त इनी हरु को प्रिय हो . एक जना एक्ली जवान नानी ले करीब १५ दिन देखि दुइ हजार माइल घुम्दै नेशनल पार्क मा भेट भएको अझ १५/२० दिन पछि घर पुग्ने बताउथिन।यस्तै अरु हरु पनि भेटिन्थे। कोरोना बन्दी मा र घुम्ने सीजन पनि भएकोले ठूला शहर का निवासी हरु जंगल मा र ठूला धनाढ्य हरु कृषि फारम ( रेंच भन्दा रहेछन ) मा एक्लै या परिवार संग आराम गरी रहेको देखियो। एक गाडी को ७ दिन को लागी ३५ $ टिकेट। तमाम ठाउँ मा सानो ठूलो उम्लिने पानी निस्कने ठाउँ हरु को वरी परि अलि टाढा पारेर दुइ फुट अग्लो गराएर काठ का पटरी बिछाएर घुम्ने लायक मानिस हिड्ने ट्रेल हरु बनाएको रहेछ। खतरा का बोर्ड हरु लागे को रहेछ। निश्चित ठाउँ हरु मा केही समय अन्तराल पछि ज्वालामुखी झैँ धर्ती का प्वाल हरु बाट उम्लिएको पानी को फव्वारा निस्कने रहेछ। त्यस्ता थुप्रै ठाउँ जंगल भर रहेछन। हजारौ मानिस को भीड रहेछ। तमाम रेस्टुरेन्ट र होटेल हरु मा निकै चहल पहल रहेछ। अमेरिका का अधिकांश राज्य का नम्बरप्लेट का गाडी देखिन्थे .
वयोमिंग बाट डिकिन्सन ३८४ माइल निर्जन क्षेत्र रहेछ। जंगल पहाड पार गरेर त्यहाँ बाट फेरी मुण्टाना राज्य कोक्षेत्र को जंगल पहाड र मरुभूमि र त्यस पछि नार्थ डेकोटा को मरुभूमि मैदान आउने रहेछ। यति लामो निर्जन इलाका ,( बर्दिया को चीसापानी देखि काठमांडू को दूरी) जसमा मानिस र गाडी यदा कदा मात्र देखिउन , हिडन सजिलो कुरा होइन । जंगल र मैदान मा हिड्दै जाँदा नेशनल झण्डा गाडे को ठुलो मैदान मा केही घर हरु देखेर सरकारी ठाउँ भनेर फिल्ड मा पसेर पार्किङ्ग मा गाडी रोकेर झर्यों र बच्चा लाई दूध खुवाएर अगाडी बढ्यों। एक ठाउँ मा दुइ चार वटा घर सहित पेट्रोलपम्प देख्यों. तेल लिन खोज्दा पम्प मा तेल आएन। त्यो बस्ती मा एक जना मानिस देखिएन। त्यहाँ बाट धेरै टाढा शायद ७०, ८० माइल सम्म अर्को पेट्रोलपम्प नरहेको सूचना देखियो र तेल त फुल गरे र हिड्न राम्रो हुने ठानेर मोबाइल मा सर्च गर्दा पछाडी १८ माइल मा पम्प छोडेर आएको देखियो र फ्र्क्यों , तेल भरियो स्टोर मा खाने कुरा किनेर राखेर हिडियो। ९ बजे तिर बेलुका हाम्रो चीसापानी जस्तो ठाउँ को द्वार बाट बाहिरियों र गेट मा केही पसल रहेछन, पिज्जा पसल मा लाइन रहेछ अरु बन्द हुँदै रहेछन। हामी ले एउटा मस्रूम पिज्जा लिएर हिड्यों।
पुरा पहाड क्रस गर्दा १० बज्यो । बच्ची रुन थाली , न रोकी चुप कसरी गराउने, रोक्दा घण्टा भर त लाग्ने नै भयो, बुक गरेको ठाउँ मा एक घण्टा भन्दा कमै मा पुग्ने हुना ले छिटो हिड्ने हतार भयो, तर ठाउँ ठाउँ मा बाटो साइड मा दुइचार घर र मैदान, फेरी घर फेरी मैदान ले गर्दा कहीं ३५, माइल, र कहीं एकै चोटी ६५, ७०, ८०, को गति को नोटिस ले गर्दा एक ठाउँ मा गाडी ले ३५ को सट्टा ५० मा गाडी रहेको बेला पछाडी बाट रातो बत्ती ले रोक्ने संकेत आएपछि रोकियों प्रहरी आयो सोध्यो स्थिति बुझ्यो laaइसेन्स को वैधता चेक गर्र्यो र अहिले सम्म कहिले पनि जरीवाना मा नपरेको ले जरीवाना गरेन होटेल मा मेसेज गरेर बच्चा लाइ चुप गराएर आराम संग हिड्नुस भन्यो। आखिर ११ बजे तिर होटेल मा पुगेर सुत्यों।
पाँचौदिन मोंटाना को एरिया बाट बिहानै ५ बजे हिडेर कृषि फारम र पर्ती बाँझो बन्जर ढुंगे भूमि रुख बिरुवा न भएको हेर्दै जंगल सकिएर लम्बा चौडा मैदान। कता कतै दुइ चार घर को बस्ती। ती पनि बाटो, बिजुली, पानी कृषि आदि कर्मचारी रहेछन मा पसेर नार्थ डेकोटा राज्य मा प्रवेश भयो। यो राज्य पनि मानिस विहीन जस्तै। साना साना ढिस्का पहाड, कतै गहुँ, मकै र सूर्यमुखी को खेती। जम्मै फर्मिंग। अमेरिका मा व्यक्ति बिशेष को टुक्रे जग्गा न हुने रहेछ।अधिकान्श्तया कम्पनी का नाउ मा या कोई मानिस को ठूल्ठूला कैयो कोस मा फैलिए का फारम हरु । मसिना खुट्टा मा मसिनो तार लगाएर बार लगाएको । नेशनल पार्क र सरकारी फरेस्ट बाहेक का अरु सबै बन्जर परती, पहाड, ढिस्का, जंगल कसै ले घेरी राखेको । मेरो यो ३४२२ माइल को यात्रा मद्ध्ये थुप्रै जग्गा आँखा ले वार पार न देखिने त्यति ठूलो क्षेत्र कसरी घेरे ? देख्दा चकित हुने . यस्तै, खासै काम न लगाइएको भूमि केवल घेरेर मात्र राखेको देखियो। यो भन्दा पहिले डुले का अरु राज्य हरु मा पनि यस्तै जग्गा हरु देखेको छु। केही तस्वीर ले यो कुरा प्रस्ट्याउँन सजिलो हुने छ।
. नार्थ डेकोटा को प्रशिद्ध शहर डिकिन्सन को बाटो मा आगाडी जाँदा ससाना ढिस्का र कता कतै ससाना रुख हरु खोला या पानी को पहुच मा उम्रे का रहेछन। त्यस लाई नेसनल फरेस्ट र नेशनल पार्क भनेको रहेछ। रुख न भएको ठाउँ मा नेशनल पार्क ? “जहाँ रूख न बेरूख तहाँ रेडै महा पुरुख ” भन्ने अवधी उखान नेपाल गंज का मित्र जंग सिंह ठाकुर ले जहिले पनि भन्ने गरेको, र “जुन गोरू को सीन्ग छैन उसको नाम तीखे ” नेपाली उखान सम्झें र हाँसें । तर फेरी सोचे , अमेरिका का साना घर देखि हाई राइज बिल्डिंग सम्म सबै लकडी का छन् साथै फ्र्नीचर बेड समेत को सबै काठ तयारी सामान चीन र कोरिया आदि ठाउँ बाट हुलाक द्वारा आउने रहेछ अमेरिकन ले आफ्नो जंगल को एक धुढि सम्म खर्च न गर्ने रहेछ। हामी कहाँ त वि स २०१३ देखि आज सम्म जंगल काटिदैछ महेन्द्र , वीरेन्द्र र ई कथित कम्युनिष्ट जंगल का शत्रु हरु ले अमेरिका को यो उजाड ” फ्रेंक्लिन रॊज्वेल्ट नेशनल पार्क” देखे को भए के भन्थे होलान ? यसमा कता कतै छिटपुट स साना रूख मात्र भएकाले बिना काम को जंगल काटे बरु राम्रो हुने, बिजुली पानी नेट सबै भएकोले सुकुम्बासी बसाल्न त गज्जब सजिलो हुने थियो । रुजवेल्ट नेशनल पार्क को जंगल भने को ठाउँ पनि पार भयो।
डिकिन्सन भन्दा करीब १०० माइल पहिले गहुँ, मकै र सूर्यमुखी का फारम हरु देखिए । खेत जोत्ने, बाली काट्ने र गहुँ को डाण्ठ र घास का बन्डल कुन मशीन ले बनाउछन ? हेर्न पाइए छैन कैयो पटक रात मा र दिन मा धेरै लामो लामो यात्रा गर्दै लगभग आधा अमेरिका डुलेको तर मैले खेत मा काम गरेको देखन पाएको छैन। हो , सिचाई आफै हुने गरेको कृषि र तरकारी का फारम हरु जति पनि देखन पाइन्छ तर मानिस भने हुदैनन्। बाटा का किनारा मा, गार्डेन मा भुइँ भित्र बाट पाइप फुत्त बाहिर निस्कने , आफै पानी को फुहारा चल्ने र चौतर्फी नाचेर सिचने रहेछ बन्द पनि आफै हुने रहेछ। ठूला फारम हरु मा, पाङ्ग्रा लागेका मोबाइलिङ्ग उचा स्ट्रक्चर्स पिल्लर हरु माथि पाइप टाढा सम्म लगिएको र पाइप मा ससाना पातला पाइप दुवै तिर निकालेर पाइप का मुख मा फुहारा लगाएको। तल बोरिङ्ग रहेछ। सब आफै हुने सिस्टम। तर त्यति विशाल स्ट्रक्चर कसरी सार्दा रहेछन । र यस्तो निर्जन ठाउ का ट्वायलेट हरु मा र अन्यत्र पानी कसरी पुर्याएका छन् , अमेरिका भर, पहाड, मरुभूमि जहा पनि नार्मल र तातो पानी कसरी उपलव्ध हुन्छ ? बुझ्न बाकी छ।
अन्त मा डिकिन्सन शहर पुगे पछि त्यसको सरसफाई र फराकिलो गरी बसेको खुल्ला दुइ तीन तले सम्म का घर शहरी र ग्रामीण मिश्रित वातावरण देखेर मन प्रशन्न भयो। एउटा राम्रो होटेल मा बास भयो।
**************************************************************************
अमेरिका ( युरोप, चीन, कोरिया र जहाँ पनि ) मा शाकाहारी लाई सब भन्दा अप्ठेरो खाना खोज्नु हो। यद्दपि होटेल हरु मा प्रतेक रूम मा किचन को व्यवस्था हुन्छ र खात्रक्खुत्रुक पकाएर खान सकिन्छ तर बाहिर जाँदा पनि त्यही झन्झट मा किन लाग्ने ? म खान मा अति सजिलो, चोखो भए पुग्यो, मिठो नमिठो को प्रश्न हुदैन, टिमाटर को सास र ब्रेड, स्याउ, सुन्तला केरा जूस मकै को रोटी, सबवे को सादा सैण्ड्विच जे भए पनि ठिक। तर अमेरिकन, जापनीज, चाइनीज, इटालियन ,फ्रेन्च कोरियन आदि रेस्टोरेण्ट मा मासु बाहेक गर्दा पनि अरु थोक खानु को मतलब अण्डा बाट बचन सकिन्न। कोइ कोइ कम्पनी ले ( शाकाहारी बनाउने लाई छोडेर) अधिकांश ब्रेड , पिज्जा, बर्गर, तरकारी, र ती देश का परिकार सब मा अण्डा हुन्छ । केक त अमेरिका मा बिना अण्डा को न हुने रहेछ। इन्डियन, नेपाली र पाकिस्तानी रेस्टुरेन्ट सबै ठाउँ र शहर मा हुदैनन् । थाई रेस्टुरेन्ट मा खाना मा भात समेत मा गुलियो भए पनि , मिक्स तरकारी, पाउछ ,यो अरु भन्दा धेरै राम्रो लाग्छ । तर गुलियो नखाने पत्नी लाई त बन्दैन यस कारण मेक्सिकन रेस्टोरेण्ट को चयन ठीक हुन्छ। त्यहाँ मल कै किनुवा रोटी तताएर दिए पनि तरकारी संग चल्छ। सलाद लिए पुग्यो । मन ले चोखो मानेर खाने त हो। बाँकी त होटेल नै हो नि।
यो दिन थियो शनिवार, विदा को दिन युनिवरसिटी बन्द थियो। । कोरना यो प्रदेश मा न भएकोले लक् डाउन छैन । विजिटर पार्किङ्ग मा गाडी पार्क गरेर भित्र गयों। जुन जुन भवन खुल्ला थिए भित्र गएर हेर्यों। अति दुर्गम प्रदेश को अतीव सुन्दर र सुविधासम्पन्न शहर को सुप्रशिद्ध डिकिन्सन स्टेट युनिवरसिटी । विद्यालय भवन हरु को परिसर , छात्र छात्रावास को भवन , पुस्तकालय, कार पार्किङ्ग, दुइटा विशाल स्टेडियम , फ्लेग यार्ड, कैफ़ेटेरिया आदि .यसमा गान्धी र मदर तेरेसा सहित चार जना को तेल चित्र लागेको देखियो। कैफ़ेटेरिया मा सांझ को खाना खाइ रहेका मनेज्मेंट संग भेट र परिचय भयो भोली पल्ट बिहान को लागि सबै जना खाना मा निमन्त्रित भयों। भुइतला मा फोटो खिच्दा मोबाइल र टोपी छुटेछ। पछि पैदल घुम्न सम्भव न देखेर गाडी भएको ठाउँ मा जाँदा फोन र टोपी सिक्योरिटी अफिस मा सुरक्षित छ भन्ने लेखिएको कागज गाडी को विण्ड स्क्रीन मा रहेछ , पाइयो ।
नार्थ डेकोटा राज्य को राजधानी विस्मार्क हो तर प्रशिद्ध शहर डिकिन्सन हो। यहाँ देखि क्यानाडा बोर्डेर लगभग १२०० माइल उत्तर मा छ। मैले मरुभूमि र दुर्गम भने पनि पोखरा भन्दा कमसल भन्न ठीक न होला। यता खोलो पैरो र समुद्री आँधी को भय पनि छैन। जीवन का सबै सुविधा र आनन्द उपलव्ध भए पछि त अत्यधिक ठुला, तर भीड भाड र भागदौड को जीवन को शहर भन्दा त यों पो राम्रो । मैले निवयार्क, ह्वॆस्टन, बम्बे , दिल्ली, मै बस्नु राम्रो भनी कुनै औचित्य देखिन। ठूला हाई राइज भवन यद्दपी दुइ चार वटा र जनसंख्या थोरै भए पनि स्वच्छता राम्रो रहेछ। दाल भात रोटी न पाउनु भने को हाम्रो समस्या हो। त्यहाँ का बासिन्दा को समस्या होइन। डिजेल र कपडा लत्ता खाना होटेल आदि राम्रा र सस्ता छन् दुर्गम मा महगो होला भन्ने कही रहेनछ। अझ पेट्रोल डिजेल त सुगम शहर भन्दा दुर्गम राज्य हरु मा निकै सस्तो रहेछ। कारण – राज्य को आम्दानी कम , टेक्स कम, बजार भाउ सस्तो। गाडी बाट स्कूल एरिया को चक्कर लगाएर हेर्दा अध्यारो भयो र मेक्सिकन रेस्टोरेण्ट मा खाना खाएर होटल मा गएर सुत्यों।
छैठौ दिन बिहान आफु बसे को होटेल को नास्ता गरेर शहर घुम्यों र १० बजे तिर स्कूल को कैफेटेरिया मा गयों। त्यहाँ संधै को सामान्य खाना मा – ब्रेड, हरियो मकै को दाना उमालेको , ब्वाइल अण्डा ,चीज, सलाद, चिकन मासु, तारेको पकौडॆ मासु , ब्वाइल आलु , फलफूल, दही, कोक फेन्टा पेप्सी , कफी, र कफी कै अरु गरम चिसो पेय, गाइ को दूध आदि हुने रहेछ। ( अमेरिका मा पहिले भैसी हुन्थे अब कही पनि हुँदैनन् देखा नै पर्दैनन् दूध भने पछि गाई र मासु भने पछि पहिलो चिकन, दोश्रोमा गाई र तेश्रो बंगुर हो। चौथो मा ठूला समुद्री झिंगा माछा र अन्त मा माछा। खसी या हड्डी भएको मासु कहिँ कुनै शहर बजार मा पाउनु सन्योग हो ) । दाल भन्ने चीज त अमेरिका मा शायद कोइ कोइ ले सुने का हुन्छन तर इन्डियन पाकिस्तानी स्टोर बाहेक अरु ठाउँ मा पाउदैन । चामल भन्ने चीज खाने हरु केही छन् तर पनि गाह्रो कुरा हो र यो कैफेटेरिया मा पाक्दो रहेनछ। पीठो को रोटी कुनै अमेरिकन ले घर मा आफुले पकाउदैन होला। इरान अफगानिस्तान आदि देश हरु बाट पकाएर प्लास्टिक मा प्याक गरेर पठाएको प्रायः मैदा को, र मकै , गहुँ, बाजड , जुनेलो, जौ, का रोटी स्टोर मा पाइन्छ। किनेर ल्यायो, माएक्रोवेव मा ३० सेकेन्ड मा ततायो खायो। जे होस् हामी ले ससम्मान मकै को दाना, आलु आदि मीठो मानेर खायों धन्यवाद दिएर हिड्यों।
स्कूल मा पढन आएका विद्यार्थी को देश को सम्झना मा “झण्डा यार्ड “ मा त्यस देश को राष्ट्रिय झण्डा लगाउने चलन रहेछ। ४०/५० झण्डा लागे को देखे। नेपाली झण्डा को आकार अलि सानो र पुरानो भएकोले कपडा को रंग फिका हुन् लागे को रहेछ। फोटो खिचेर फेसबुक मा स्टेटस लेखे। अमेरिका मा नेपाली पहिचान का काम देखिने गरी हुने गरेको पाइएन। यस बारे मा छुट्टै लेख्न मन लागेको ले यहाँ यति मात्र। फ्लेग यार्ड मा भारतीय झण्डा पनि रहेछ .
स्कूल मा खाना खाएर विदा भएर हामी वापसी को बाटो हिड्यों। यस पटक दखिन को बाटो सामातियो , गोल रोटी झैँ घुम्ने गरी । फेरी उस्तई मैदान, खेत , कही कही दुइ चार घर का बस्ती। निर्जन इलाका मा जहा सम्म दृष्टि जान सक्छ , सैकडो माइल का सिधै बाटो, र धेरै जसो बाँझो केटल फारम मा गाई चरी रहेका , केही मा गहुँ, या मकै या सूर्यमुखी को खेती। तर बस्ती र मानिस शून्य। कहाँ बाट कसले कसरी काम र हेरचाह गर्थे अचम्म को कुरा। तर कृषि फर्म र रेंच हरु मा मल बिउ छर्न बहुतै ससाना हेलीकप्टर र हवाई जहाज प्रयोग गर्दा रहेछन। फर्म मै एयर पोर्ट हुने रहेछ बाटो मा दुइ चार वटा गाडीहरू भेटिए ।
४ बजे तिर पुगियो माउन्ट रशमोर नेशनल मेमोरियल । यो ऐतिहासिक स्थान। पहाड को भीर को एक चुचुरा प्रकृति ले च्यातिए, बिग्रेको, अलि कस्तो कस्तो बनाएको रहेछ। अंग्रेज को बुद्धि ले प्लान बनायो। प्रथम राष्ट्रपति जार्ज वाशिंगटन, जेफर्सन, लिंकन र रूज्वेल्ट , चार महापुरुष हरु को मूर्ति कुँदे . पार्क र तीन तले गाडी पार्किङ्ग बनाए १७ वर्ष लागेछ। टिकेट यहाँ पनि फ्री। कार पार्क को मात्र तिरियो। हाई वे बनाउदा यो चुचुरो देखिने गरी अर्ध चन्द्राकार बनाइएको ले यो ठाउ मा आउन नभ्याउने तर बाटो हिड्ने हरू ले जता बाट पनि गाडी रोकेर चुचुरो नजीकै देखिने गरी फोटो खिच्न मिल्ने बनाए का छन् र यसै ले गर्दा तल लामो शहर बसे को छ। क्या गजब को पर्यटन केन्द्र, राष्ट्रपति जस्ता हस्ती का मानिस यति टाढा यस ठाउँ मा पुग्छन उभिएर भाषण या घोषणा गर्दा रहेछन टीवी मा आई रहन्छ पर्यटक भरी भराउ रहन्छन। व्यापारी ले चार महीना कमाएर ८ महिना हिउ पर्दा बसेर खाञ्छन ।
दुनिया को ठूलो नक्शा खोलेर दुइ जना महिला कर्मचारी मुख्य मार्ग मा बसे का रहेछन। हामी लाई कुन देश को भनेर सोधे. नेपाल भने पछि ओ एशिया , भनेर खुशी देखाउदै सानो स्लिप नाम लेखेर आफ्नो देश मा टाँसी दिनुस भने , मैले र छोरा ले त्यसै गर्र्यों। त्यहा ५० राज्य का ५० , एक राष्ट्रिय र चार वटा अन्य देश का झण्डा – ५५ वटा झण्डा लगाइए का रहेछन। अब नेपाली झण्डा पनि लगाइने भएछ। यो भन्दा पहिले यस्तो व्यवस्था थिएन होला अन्यथा नेपाल समेत अन्य थुप्रै झण्डा लागी सकेको हुनु पर्ने हामी ले अनुमान गर्यों। व्यवसाय को यो तरीका राम्रो लाग्यो रात पर्न लागेको ले त्यसै शहर मा होटेल खोज्यों बास बसेर खाना खोज्न सर्च गर्दा एक शेर्पा होटेल देखेर मन खुशी भयो तर खाना र रेट हेर्दा तेब्बर सम्म महगो रहेछ। आफ्नै तरीका को खाना खाइयो र सुतियो।
भोली पल्ट सातौ दिन बिहानै हिडियो। उही अघि को जस्तै मैदान , रूख बिरुवा न भएको, सीधा बाटो, न घर न कुनै ट्राफिक, मैदान मा कता कतै तेल का कुवा र मशीन हरु ले काम भै रहेको, मानिस त कहिले काही मात्र देखिन्थे , यो बाटो मा त रेस्ट एरिया र पेट्रोल पम्प पनि न देखिने, पेशाब गर्न गाह्रो। धेरै बेर पछि एउटा मानव बस्ती को संकेत आयो र हामी एक्जिट लियो । तल झरे पछि एक जना सिनियर लेडी को स्टोर रहेछ , बाटो या बिजुली पानी का कर्मचारी को आवास र केही मेशीन हरु रहेछन। मरुभूमि को गर्मी, हामी स्टोर मा फ्रेश भयों आफ्नो खाने कुरा खायों रेस्ट गरेर हिड्यों। दिन भर को यात्रा पछि साँझ वायमिंग राज्य मा पर्ने सानो बजार “राक स्प्रिंग ” को होटेल मा बास भयो ।
ई सबै राज्य हरु मा जंगल र रूख बिरुवा कम तर पहाड र मैदान, धेरै, साना साना बस्ती बजार एकदम साना साना घटना का ऐतिहासिक स्थल । उल्ल्लेख्नीय कुरा के भने लगभग सबै बजार, बस्ती र स्थल हरु को इतिहास- योठाउँ मा पहिले फलानो गोठाला गोठ बनाएर बस्थ्यो, उसका सबै गाई फलाना ले किनेर यो नदी मा सानो जहाज मगाएर बोकेर लग्यो, त्यहाँ पछि मानिस को आवागमन शुरु भयो र फलानो को नाम ले यो बस्ती बसाल्न थाल्यो , यो ठाउ मा फलानो पर्यटक ले आएर बस्ने योग्य ठाउँ भनेर बतायो र उसको नाउ बाट बस्ती बस्यो , यो ठाउँ मा स्वतन्त्रता सेनानी फलाना ले विश्राम गरेको र संगठन बनाएको, फलानो ले तातो पानी, फलानो ले पुल को डिजाइन, फलानो ले यो काम गरेको हो। भनेर अति दुर्गम स्थान समेत का मानिस, कवी, लेखक, प्रशासक , सैनिक, नेता आदि को गाथा, प्रशंसा र नाम रहने गरी इतिहास नै स्थानीय ले लेख्ने गरेको, ढुंगे स्तम्भ, ताम्रपत्र लागेको , बिना परिचय का कुनै ठाउँ जंगल मा पनि देखिदैन। लगभग सबै ठाउँ मा सानो म्युजियम, पुस्तकालय अवश्य हुँदो रहेछ। पुस्तकालय त टोटल फ्री नै हुन्छन, शहरी म्युजियम मा टिकेट लागे को देखे पनि साना ठाउँ हरु मा फ्री हुँदो रहेछ। कुन स्थान कस्तो भन्ने कुरा कसै संग सोधी रहनु पर्दैन। गली सडक आदि स्थानीय का नाम मा बढी देखिञ्छन। ट्वायलेट त शहर बजार, बाटो,पसल, मल, स्टोर, पार्क स्कूल जहाँ पनि सफा सुग्घर र फ्री उपलब्ध छन् ।
आठौँ दिन यूटा राज्य मा प्रवेश भयो। मैदान धेरै रहेछ , तातो हावा , तेज घाम,रूख विहीन। पेट्रोलपम्प मा झर्दा गरम लाग्ने। कही एक दुइ स साना रूख देखिएमा झन् टीठ लाग्ने, ई बिचरा कहाँ बाट यो सुखा नीरस ठाउँ मा आइ पुगे भन्ने विचार आउने। तिनले पनि शायद हामी प्रति त्यस्तै सोच्दा हुन्। आयो साल्ट लेक सिटी । एक छिन् विश्राम पछि हिडियो। र शुरु भयो नून को मैदान।पुरै सेतो नून ले पटेको। ठाउँ ठाउँ मा रिफाइन फैक्ट्री । बाटो को दुवै पट्टि ठुलो सम्म परेको मैदान लम्बाई चौडाई को अत्तो पत्तो छैन . कालो चश्मा लगाएर हेर्न सके सम्म हेर्यो, मैदान नै देखिने । यसमा त होचो अग्लो पनि छैन। नून को बाढी आउने रहेछ कि के हो। दिउसो एउटा रेस्ट एरिया आयो र विश्राम गर्यों। बोके को खाने कुरा खायों। नून मा गएर फोटो खिचियो । त्यहाँ नून मैदान मा कार र मोटर साइकल रेस गर्दा रहेछन नून को मैदान मा खाल्टा खुल्टी नहुने र गाडी जता गए पनि हुने भएकोले २०० माइल को गति मा, न पत्याउने रफ्तार मा गाडी हाङ्किएको रेकर्ड देखियो।
अमेरिका मा मानिस कार मा हिड्ने हुन्। साइकल व्यायाम को लागी र मोटरसाइकल बहुतै हैवी , मात्र एड्वंचर को लागी हुन्छ।, यात्रा को प्रयोजन कदापि हुँदैन . इनीहरु को रफ्तार हमेशा असाधारण र अत्यधिक आवाज दिदै हिड्ने, २०० माइल को गति मा त हाई वे मा त्यसै देखिञ्छन र स्पोर्ट्स कार दुनिया का सब भन्दा महगा , ५ लाख डलर का छन् । यस्तै गाडी बाट रेस हुने गर्यो होला।
दिन भर को यात्रा पछि बास बस्न नेवाडा को रेनो पुग्ने दूरी करीब १५0 माइल बाँकी रहन गयो र भरपूर गति मा हिड्दा पनि बास बस्न होटेल पाउन अनुकूल समय नरहने देखेर बेलुका अलि सानो शहर – सर्लेक सिटी मा एउटा होटेल मा बास बसियो । अमेरिका मा डिनर प्रायः साँझ पर्दा शुरु हुन्छ तर ९ बजी सकेको थियो त्यसै ले इच्छित डिनर खोज्ने अवस्था रहेन। खाने योग्य जे भेटियो खाइयो र सुतियो।
भोली पल्ट नवौं दिन , २६ अगस्त, बिहानै तयार भएर ७ बजे हिड्यों। नेवादा २ घण्टा र सैन्फ्रंसिसको ५ घण्टा गरेर न्यूनतम ७ घण्टा को ड्राइव बाँकी थियो। रेनो मा नास्ता पानी मा एक घण्टा खर्च भयो। पहिले पनि नेवादा घुमेको हुनाले फेरी घुमिएन। हिडियो र ३ बजे सेन फ्रान्सिस्को पुगियो। भगवान को असीम अनुग्रह ले यो यात्रा सुखद र ज्ञानवर्द्धक रह्यो।
इति