अमेरिकामा जार्ज फ्लायड सम्बन्धि बिबादमा केही स्वघोषित दलित विचारक हरुले केटाकेटीको जस्तो बयानबाजी गरि रहेका छन् । उनिहरुले जसरी अमेरिकाको ब्रिस्टोलमा प्रदर्शनकारीहरुले गुलामको ब्यापार गर्ने एडवर्ड कोर्लस्टोनको मुर्तिलाई ध्वस्त गरेका छन् , त्यस्तै जयपुरको हाई कोर्ट मा स्थापित महर्षि मनुको प्रतिमालाई पनि हटाउनु पर्ने भनिरहेका छन् ।
यस्ता बयानबाजीको उदेश्य उद्देश्य समाज बिशेषको एउटा वर्गलाई भड्काएर तिनलाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु हो । अहिले सम्मको दलित राजनीतिलाई हेर्ने हो भने प्रत्येक दलित नेता आज ठूलठुला भवनमा बसेका र महगो गाडीमा हिडेका देखिन्छन । जबकी मनु वाद र ब्राह्मण वाद को व्यवस्था को नाममा उचालिएका भड्काईएका मतदाताहरु आजपनि जहाँका त्यहि छन् । प्रसिद्ध वैदिक विद्वान पुर्व उपकुलपति कांगडी बिश्व बिद्यालयका डा. सुरेन्द्र कुमारले स्वामी दयानन्दको मान्यता अनुसार मनुस्मृतिमा मिलावटी श्लोकहरुलाई सप्रमाण पहिचान गरेर मनु स्मृति सम्बन्धी भ्रान्तिहरुको समाधान गर्नु भएको छ । त्यसलाई स्वीकार नगरेर सधैभरी मनु वाद र ब्राह्मण वाद भन्दै हल्ला मच्चाउनु बितण्डा मात्र हो । यस लेखमा मनुस्मृतिमा शूद्र को स्थितिलाई पाठक समक्ष यर्थाथ जानकारीको लागि प्रस्तुत गरिन्छ ।
मनु स्मृतिका सम्बन्धमा प्राप्त प्रमाणहरुका आधारमा हेर्दा हामीलाई केही अत्यन्त महत्वपुर्ण र आधारभूत तथ्य उपलब्ध हुन्छन् । जसबाट शूद्र का बिषयमा मनुका भावनाहरुलाई स्पष्ट बुझ्न सकिन्छ । निम्न अनुसार हेरौँ
१) मनुले दलित र पिछडा वर्गलाई शूद्र भने का छैनन् । आज भोली दलित, पिछडा वर्ग र जनजाति भनिने जातिहरुलाई मनु स्मृतिमा शूद्र भनिएको छैन । मनु को व्यवस्था वर्ण छ । सबै मानिसको वर्णको निश्चय गुण कर्म र योग्यताको आधारमा गरिएको छ, जातिको आधारमा छैन । यस कारण शूद्र वर्गमा कुनै जातिको गणना गरिएको छैन र फलानो जाति को शूद्र भनिएको छ्रैन । पछिका मानव समाजका अगुवाहरुले बिभिन्न समयमा कुनै वर्ग लाई शुद्र वर्णमा सम्मिलित गरि दिएका छन् । र केही मानिसले भ्रममा परेर मनुलाई यसको दोशी ठहराएका छन् तर यो बिकृत ब्यबस्थाका दोषि हुन् परवर्ती व्यवस्थाकार ’ र यसको दण्ड मनुलाई मिली रहेको छ । न्यायको माग गर्ने दलित प्रतिनिधिहरुको यो कस्तो न्याय हो ।
२)मनुकृत शुद्रका परिभाषा वर्तमान कथित शुद्र माथि लागु हुदैन । मनु द्वारा ,गरिएको परिभाषा वर्तमान कथित आजका दलित र पिछडा वर्ग माथि लागु हुदैन । मनुकृत शूद्र परिभाषा यस्तो छ — जसको ब्रह्म जन्म विद्याजन्मको रुपमा दोश्रो पटक जन्म हुन्छ । तिनी हरु द्विजाती’ ब्राह्मण, क्षेत्रीय र वैश्य हुन् । जसको ब्राह्मण जन्म हुदैन त्यो एकजातीय अर्थात शूद्र हो । अर्थात जुन बालक निर्धारित समयमा गुरु सग गएर सस्कारपुर्वक वेदाध्ययन विद्याध्ययन र आफ्नो वर्णको शिक्षा दिक्षा प्राप्त गर्दछ त्यो त्यस्को बिद्याजन्म’ नामको अर्को जन्म हो । यसलाई शास्त्रमा ब्रह्मजन्म भनिएको छ । जसले मन्दबुद्धिले गर्दा अथवा अयोग्य भएकोले जाने बुझेर विद्याध्ययन र तीन वर्णलाई तो तोकिएको शिक्षा मध्द्धेको कुनै पनि शिक्षादीक्षा प्राप्त गर्दैन त्यो अशिक्षित व्यक्ती एक जाति’ ः एकजन्मा अर्थात शूद्र हुन्छ । यसका अतिरिक्त उच्च वर्णहरुमा दीक्षित भएर पनि जसले निर्धारित कर्म गर्दैन, त्यो पनि शूद्र भैहाल्छ । (मनु . २.१२६, १६९, १७०,१७२, १०.४ आदी थप निम्न प्रमाण पनि हेरौँ ः
(अ) ब्राह्मण क्षत्रियो वैश्य त्रयो वर्णाः द्विजातयः चतुर्थ एकजातिस्तु शुद्र ः नास्तितु पंचमः—(मनु.१०.४)
ब्राह्मण, क्षत्रिय वैश्यलाई द्विजाति भनिन्छ किनकी यिनीहरुको विद्या जन्म अर्थात दोश्रो जन्म पनि हुने गर्दछ तर चौथो वर्ण एकजाति केवल मातापिताबाट मात्र जन्म हुन्छ । बिद्याजन्म प्राप्त नगर्ने हुनाले शुद्र हुन्छ । यी चार वटा वर्ण बाहेक अन्य कुनै वर्ण हुदैन ।
(आ) शुद्रण हि समस्तावद् यावत वेदेन जायत(२.१७२)
अर्थात जब सम्म ब्यक्तिको ब्रह्मजन्म ः वेदाध्ययन रुपजन्म हुँदैन, तब सम्म त्यो शुद्र जस्तै हो ।
(इ) नवेलि अभिवादस्य…….. यथ शुद्रस्तथैव सः । २. १२६
अर्थात जसले अभिवादन विधिको ज्ञान राख्दैन त्यो शूद्र हो ।
(ई) प्रत्यवायेन शुद्र नाम’ —( ४.२४५)
अर्थात ब्राह्मण हीन मानिसहरुका साथमा लागेर उस्तै आचरण गर्न थालेपछि शूद्र भैहाल्छ । धेरै पछि सम्म शूद्र यो परिभाषा कायम थियो ।
(उ) जन्मना जायते शूद्र ः संस्काराद् द्विज उच्यते ÷— स्कन्द पुराण
अर्थात — प्रत्येक ब्यक्ति जन्मले शुद्र हुन्छ । र उपनयन संस्कारमा दीक्षित भएर द्विज बन्दछ । मनुको यो ब्यबस्था आज पनि बालिद्वीपमा प्रचलित छ । त्यर्हाँ द्विजाति’ र्र एकजाति’ शब्दको नै प्रयोग हुन्छ । शूद्र लार्इृ अछुत पनि मानिदैन ।
३ शूद्र अछुत हुँदैन —
अनेक श्लोक छन् । जसबाट मनुको शूद्र प्रति पनि समभाव रहेको शिद्ध हुन्छ उनले शूद्र लाई अछुत निन्दिन अथवा घृणित मन्दैनथे । मनुले शूद्र को लागि उत्तम, उत्कृष्ट र शुचि जस्ता बिशेषणको प्रयोग गरेका छन् । यस्ता बिशेष ब्यक्ति कहिले पनि अछुत या घृणित हुन सक्दैन ।
(९—३३५)। शूद्रलाई द्विजातिको घरमा पाचन र सेवा आदि श्रम कार्य गर्ने निर्देश दिन्छन् । (१—९१, ९—३३४—३३५) कुनै द्विजको घरमा यदि कुनै शूद्र अतिथि रुपमा आँउछ भने उसलाई भोजन गराउने आदेश दिन्छ । (३.११२) द्विजलाई आफ्नो नोकरहरुलाई जो की शूद्र हुन्थे , पहिले भोजन गाएर आफूहरु पछि मात्र खाने भनिएको छ ।
(३.११६) के आजको वर्ण रहित सभ्य समाजमा नोकरहरुलाई पहिले भोजन गराईन्छ तिनको त्यति हेरबिचार गरिन्छ ? कति मानवीय कृपापुर्ण र सम्मानित दृष्टिकोण मनुको थियो ।
बैदिक बर्ण ब्यबस्थामा ब्रह्माको मुख, बाहु, जंघा र खुट्टाबाट क्रमशः बाह्मण, क्षत्रिय, बैश्य र शूद्र को अलंकारिक उत्पत्ति बताईएको छ । (१.३१) यसबाट तीन वटा निष्कर्ष निस्कन्छन् । (१) चारै वटा वर्णका मानिस परमात्माका एक समान सन्तान हुन । (२) एक आपसका सन्तानमा कोई अछुत या घृणित हुनै सक्दैन । (३) एउटै शरीर को एक भाग हो खुट्टा , अनि खुट्टा अपवित्र कसरी हुन सक्छ ? यस्तो श्लोकहरु छँदा छँदै मनुले शुद्र संग विभेद गरेका हुन भनेर कसले भन्न सक्दछ ?
४ शूद्र लाई सम्मान ब्यबस्था ः
मनुले सम्मानको बिषयमा शूद्र लाई बिशेष छुट दिएका छन् । मनुले प्रथम तीन वर्णमा धेरै गुणको आधारमा धेरै सम्मान दिनु पर्दछ भनेका छन् । जसमा बिद्यावान सर्वाधिक सम्मान्य हुन्छ । (२.१११,११२,१३०) तर शूद्र प्रति बढी सद्भाव प्रदर्शित गर्दै द्विज वर्णको ब्यक्तिले बृद्ध शूद्र लाई पहिले सम्मान गरुन’ भनेका छन् । जबकी मनुको शूद्र अशिक्षित हुन्छ । यस्तो सम्मान अन्य तीन वर्णामा कसैलाई दिएको छैन । र्
मानार्हः शूद्रो s पि दशमी गतः’ (२.१३७)
अर्थात बृद्ध शूद्र लाई ई सबै द्विजले पहिलो सम्मान देउन । त्यस पछि तीन वर्णमा धेरै गुणवान सम्मानको पहिलो पात्र हो ।
५) शूद्र लाई धर्मपालनको स्वतन्त्रता
ः नधर्मति प्रतिषेधनम’ (१०.१२६)
अर्थात शूद्र लाई धार्मिक कार्य गर्न निषेध छैन । भनेर मनुले शूद्र लाई धर्मपालनको स्वातन्त्रता दिएका दिएका छन् । यस तथ्यको ज्ञान त्यस श्लोकबाट पनि हुन्छ, जसमा मनुले शूद्र सग पनि उत्तम धर्मलाई ग्रहण गर्नु पर्दछ, भनेका छन् । (२.२१३) वेदमा शूद्र लाई स्पष्टतः यज्ञ आदि गर्न र वेद शास्त्र पढ्ने अधिकार दिएको छ ।
यथेमा वाचं कल्याणी मावदानि जनेभ्यः
ब्रह्मराजन्याम्यां शुद्रय चाययिच स्वयम चारणाय ।।(यजु.वे २६.२)
अर्थात मैले यो कल्याणकारी वेदवाणीको उपदेश सम्पुर्ण मानिसहरु ब्राह्मण, क्षत्रिय , शूद्र , वैश्य, स्वाश्रि, स्त्री, भृत्य र अतिशुद्र आदिको लागि गरेको छु ।
मनुले आफ्नो मनुस्मृतिलाई वेद अनुकुल रहेको भनेर दृढ प्रतिज्ञ छन् । तसर्थ वेदमा आधारित भनिएकोले मनुका मान्यता पनि वेद सम्मत नै छन् । यही नै मुख्य करण हो की उपनयन (यज्ञोपवीत ) प्रंसगमा कही पनि शूद्र को उपनयनलाई निषेध गरेका छैनन् ।
६)दण्ड ब्यवस्थामा शूद्र लाई सबैभन्दा कम दण्ड — अब मनुको दण्ड ब्यबस्थालाई हेरौँ । मनुले शूद्र लाई कठोर दण्ड विधान गरेर र ब्राह्मणलाई बिशेषधिकार दिएको भन्नु नितान्त गलत हो । मनुको दण्ड ब्यबस्थाको मापदण्ड हो गुण — दोष र आधारभूत तत्व — बौद्धिक स्तर, सामाजिक स्तर, पद र अपराधको प्रभाबलाई मानेका छन् । मनुको दण्ड व्यवस्था यथायोग्य दण्ड व्यवस्था हो , जो मनोबैज्ञानिक छ । यदि मनुले गुण कर्म र योग्यताको आधारमा उच्च वर्णहरुलाई धेरै सम्मान र सामाजिक स्तर प्रदान गर्दछन् । यसरी मनुको दण्ड ब्यबस्थामा शूद्र लाई सबभन्दा थोरै दण्ड छ । ब्राह्मणलाई सबै भन्दा धेरै छ तथा राजालाई त्यसभन्दा पनि बढी छ । मनुको यो सर्वमान्य दण्ड व्यवस्था सबै ठाँउमा लागु हुनु पर्दछ भनेका छन् ।
अषदाद्यंतु शुद्रस्य स्तेये भवती किल्विषम ।
षोडशैवतु बैश्यस्य द्वात्रिंशम् क्षत्रियस्त च ।।
ब्राह्मणस्य चतुः पष्टि ः पर्ण वार्डाप शत भवेत ।
द्विगुणा वा चतुःषष्टि, त द्दोष गुणविद्धिसः ।। (८—३३७,३३८)
अर्थात चोरी आदी अपराधमा शूद्र लाई आठ गुना दण्ड दिनु पर्दछ । वैश्यलाई सोलह गुण, क्षत्रियलाई बत्तिस गुना, ब्राह्मणलाई चौसठ्ठी गुना अथवा सय गुना अथवा एक सय अठ्ठाईस गुना दण्ड दिनु पर्दछ । किनकि उत्तरोत्तर वर्णका ब्यक्ति अपराधका गुण दोष र त्यसको परिमाण र प्रभाव आदीका बारेमा राम्ररी थाह पाएका हुन्छन् ।
यसका साथै मनुले राजालाई आदेश दिएका छन् कि उक्त दण्डमा कसैलाई कुनै छुट दिनु हुदैन चाहे त्यो आचार्य , पुरोहित या राजाका आमा बाबु नै किन न होउन । राजाले बिना दण्ड मित्र लाई पनि छोड्नु हुदैन र कुनै समृद्ध ब्यक्ति शारीरिक दण्डको सट्टा विशाल धन दिएर उम्कन चाहेमा छोड्नु हुदैन । (८.३३५, ३४७)
अब हेरौ त मनुको दण्ड ब्यबस्था कति मनोबैज्ञानिक, न्यायपुर्ण, ब्यबहारिक र श्रेष्ठ प्रभावी छ । आजको दण्ड ब्यबस्था संग यसको तुलना गर्ने हो भने स्पष्ट अन्तर देखा पर्दछ । मनुको दण्ड ब्यबस्था अपराधको प्रकृतिमा आधारित छ । उनले गम्भीर अपराधमा कठोर दण्डको विधान गरेका छन् भने सामान्य अपराधमा गर्ने चारै वर्णलाई सामान्य दण्डको विधान गरेका छन् । शुद्र को लागि मनुस्मिृतिमा जुन कठोर दण्ड बिधान पाईन्छ । ती श्लोकपछि मिलाईएका ईएका हुन् । ती मनु का रचना होईनन् , शूद्र दास होईनन, दास बनाउने अथवा तीनलाई जीविका नदिने भन्ने भनाई मनुका निर्देशन बिपरित छन् । मनुले सेवकहरुको पारिश्रमिक स्थान र पद अनुसार तोक्नु र तीनको पारिश्रमिक अनावश्यक कटौती नगर्नु भनि राजालाई निर्देशन दिएका छन् ।
८) शूद्र सर्वण हुन ः वर्तमान मनुस्मिृतिलाई हेर्दा परवर्ती समाजले यसका थुप्रै व्यवस्था हरुलाई आफ्नो सुबिधाअनुकुल बदलेको स्पष्ट देखिन्छ । । मनुले शूद्र सहित चारै वर्णलाई सवर्ण मानेका छन् र चारै भन्दा भिन्नलाई असवर्ण (१०.४.४५) तर प्ररवर्ती समाजले शूद्र लाई असवर्ण भन्न थाल्यो । मनुले शिल्प र कारीगरी आदि गर्नेलाई वैश्य भनेका छन् । ( ३.६४, ९.३२९, १०.१९, १०.१२०) तर परवर्ती समाजले तिनलाई पनि शूद्र बनाएका हुन् । यस्तै मनुले कृषि र पशुपालन पनि वैश्यको काम भनेका छन् । (१.९०)तर शताब्दियो देखि ब्राह्मण र क्षत्रिय पनि कृषि पशुपालनमा लागेपनि तिनलाई वैश्य भनेन् । तब यसलाई मनुको ब्यबस्था कसरी भन्न सकिन्छ ? मनुको ब्यबस्था न्यायपुर्ण छ तिनले कुनै वर्ण संग अन्याय र पक्षपात गरेका छैनन् ।
साभार — मनुका बिरोध क्यो ? पुस्तकबाट लेखक डा. सुरेन्द्र कुमार
लेख अनुवादक अयोध्या प्रसाद श्रीवास्तव