– बर्दियाको गुलरिया बजार मा मतंगा गाउँखण्ड को ” मातंगी देवी चोक ” को नाम हटाएर ” वी पी चोक ” नामाकरण गर्दै वि पी को मूर्ति निर्माण को सिलान्यास को क्रम मा स्थानीय जनता र नेपाली कांग्रेस का नेतृत्व हरु बीच तनाव सृजना भएको छ । केही ले संसद विघटन को विरोध कार्यक्रम मा जनता सदरमुकाम मा जुटेको मौका छोपेर नेताहरुले “धर्म निरपेक्षता” को नाम मा देबी को नाम हटाएर धर्म विरोधी काम गरेका हुन् भनेर आक्रोस पोखेका छन् भने , केहीले शासक वर्ग का नेता ले जानी जानी स्थानीय हरु को पहिचान मेटाएर आफ्नो पहिचान लाद्न खोजे को भन्ने आरोप पनि लगाएका छन्।
अर्को तिर संचार माध्यम हरु शासकीय मह को आकर्षण ले गर्दा यति गम्भीर विवाद मा चूँ सम्म नबोलेर धर्मभ्रष्ट भएको आरोप मा मुछिएका छन् तर सामाजिक संजाल मा एस को चर्चा चुलिदै गएको छ । यो विवाद मा कसको सफलता र जीत हार को कुरा निरर्थक यस कारण होला कि शक्ति जसको, उसैको भक्ति हुन्छ ,साथै विवाद मतंगा गाउँ का देशीहरुले उठाएको हो जसको आवाज गुलरिया गाउँ र अन्य गाउँ का देशीहरु बाटै दब्छ , मतंगा गाउँ देखि बाहिर जानै सक्दैन।, नगरपालिका को शक्ति र संघिय सांसद को शक्ति संग प्रतिश्प्रधा गर्ने अन्य शक्ति देखिदैन। नेकपा आफ्नै घर जन्जाल मा फसेकोले उसले कुनै हस्तक्षेप नगर्ने निष्कर्ष पनि निकालियो होला साथै नेकपाले कांग्रेस सांसद कै घर को ढोका मा शहीद गेट ठढ्याई सकेकोले उसले बढी खिचातानी किन नै गर्ला। तसर्थ कांग्रेस कै अन्यथा सोंच बनेन भने त वीपी को चोक हुने कुरा मा सन्देह छैन।
तर वीपी को चोक बन्नु र मूर्ति ठढिनु कुनै समस्या को समाधान होइन। बरु नयाँ समस्या को सृजना ( Endless beginning ) र क्यान्सर को घाउ जरूर हुने लक्षण देखिएको छ। कोइ पनि महान नेता का तमाम ठाउँ मा , देश विदेश मा मूर्ति, र फोटो लागे का हुन्छन, कुनै एक ठाउँ मा नलगाउन्दैमा अथवा वर्तमान नेता कै घर को अगाडी नठढ्याउन्दै मा महान हस्ती को न त मानमर्दन हुन्छ न त कद नै घट्छ । कांग्रेस सांसद को घर को बायाँ मेनरोड मा, पूर्व उत्तरमा मातंगी मन्दिर छ, पूर्व दक्षिण मा अगाडी मेनरोड मा मातंगी देबी चोक छ । पश्चीम दक्षिण सामुन्ने नै शहीद गेट छ। बगल मा मतंगा देशी गाउँ छ। तीनै प्वाइण्ट को बीच मा विशाल घर कम्पाउण्ड को सौभाग्य पाउनु वर्तमान सांसद लाई माता मातंगी को अनुग्रह मान्नु पर्दछ। गुलरिया नवोदित नगर हो एक दुइ चोक बाहेक बाकी जहाँ पनि विपी लाई उभ्याउने निर्विवाद ठाउँ जत्ति पनि छ।
अनि मातङ्गी को नाम फ्याकेरै त्यही ठाउमा विपी लाई उभ्याएर , माओवादी को जोर मा हसिया हथौडा सहित उभ्याइएको ” शहीद गेट ” लाई काउन्टर दिन खोजेको हो ? कि विपी लाई घर को कुना मा उभ्याएर वर्तमान सांसद ले आफ्नो कद बढाउन खोजेको हो ? विपी सजावट का वस्तु हुन् र ? त्यही ठाउँ किन ? यसको तर्क र औचित्य के ? गुलरिया बजार मा शुरु भएको यस्तै विवाद अब गाउँ गाउँ मा उठ्यो भने के होला ? विवाद, तनाव, र असुरक्षा को जिम्मा कसले लिन्छ ? V. P. यदि स्वयं जीवित भै दिए देखि थोरै विवाद उठदैमा पनि मेरो मूर्ति न लगाउनुस है भनेर पक्का इन्कार गर्थे तर यहाँ काम कुरा र उद्देश्य अर्कै देखिएको छ।
कांग्रेसी हरुले आफ्नो बाटो छोडी सकेको भन्ने आरोप मा कसी लगाउने यो अवसर हो। संसद विघटन को विरोध कार्यक्रम मा सदरमुकाममा आएका जनता ले कुन नेता को मन मा के छ र जनता लाई कुन कुन काम मा उपयोग गरिदैछ भन्ने कुरा के थाह ? देशलाई धर्म निरपेक्ष बनाउन जनता लाई ठगे जस्तै, विरोध कार्यक्रम कालागि बोलाइएका भेला रहेका जनतालाई चोकमा लगेर यो कथित विपी चोक स्थापना मा पनि नेता ले जनता लाई धोका दिएको आरोप छ । यसको अर्थ अबका नेता ले जनता लाई धोका दिएरै आफ्नो इच्छा र महत्वाकाञ्छा पुरा गर्दा रहेछन , जनता को शक्ति र सार्वभौमिकता भन्ने कुरा जालझेल मात्र रहेछ। तर यो कुरा नेता ले सपना मा सोच्नु पनि ठूलो भूल हुन्छ।
अर्को कुरा बहुतै गम्भीर छ , यद्दपि देश मा बरसौं देखि चर्को बहस को रुप मा चलेको छ, कतिपय नेता ले यद्दपि साम्प्रदाइकता को आगोमा आफ्नो रोटी पकाउन सजिलो मान्दछन तर अलि बुझ्ने नेता या सर्वसाधारण मानिस यस देखि बहुत डराउञ्छ । डराउनु नै पर्छ। तर यहाँ त कुरा उठी सकेको छ। नेताहरु स्थानीय हरु को पहिचान, नाम निशान मेटाउन लागी परेका छन् भनेर। यसो कसी लगाएमा के फरक पर्ला ?
बर्दिया मा मावोवाद को समय मा मधेशी विशेष को प्रतिनिधित्व गर्ने जम्मा ५ मधेशी नेता थिए। गुलरिया का राजेन्द्र श्रीवास्तव, जमुनी मा भीम श्रीवास्तव र कटी का रामशंकर यादव प्रधान तीन जना मारिए , विश्वनाथ यादव र नसिरुद्दीन शेख धपाइये । भागेका हरु फर्के पछि साधारण किसान भएर बसेका छन्। यस्तै मेची देखि महाकाली सम्म को तराई का स्थानीय निवासी शायद ४२/४५ जना देशी दमदार नेता छानी छानी मारिएका थिए। या भाग्नु परेको थियो र तिनीहरु अब सामान्य व्यक्ति भएर बसेका छन् , नेतागिरी सक्कियो। त्यहाँ देखि मधेशी लगभग “विधवा” भए। गफ नगर्ने हो भने तराई आफ्नो नेता विहीन छ । ठूला बडा जो काठमांडू निवासीभएका छन्, कसैका ज्वाई जेठान छन् तिनको कुरा छैन। आज सम्म मधेशीले आफ्नो सक्षम नेतृत्व बनाउन सकेको छैन। जो नेतृत्व बनेको छ त्यो अरु को पछुवा मात्र हो । उसको आफ्नो हैसियत को पहिचान छैन। उसको स्वतन्त्र नेतृत्व मा बन्ने सामाजिक,राजनीतिक , आर्थिक कुनै पनि संगठन चल्न सक्दैन । यदि उसको उन्नति प्रगति देखियो भने छल, बल, प्रहरी प्रशासन लगाएर कि त उसलाई अल्ग्याइञ्छ , आफ्नो पछुवा बनाइञ्छ , कि त जेलनेल र ध्वस्त पारिन्छ ।
उपेन्द्र यादव , मात्रिका यादव, जय प्रकाश आनन्द, रेशम चौधरी ,लहानु थारु, आदि अलग अलग खेमा का भए पनि सब मा एउटा समानता के छ भने सब मधेश का नेता हुन्। कांग्रेसले अर्का लाई आफ्नोअधीन मा पार्ने उपक्रम हरु बढ्दै छ भन्ने आरोप लाई नितान्त मिथ्या भन्ने साहस म मा छैन। बगनहामा ” सायपुर ” लाई ‘शाहीपुर’; मगरागाडी को “रमवापुर” लाई ‘ रम्भापुर या रम्बापुर ‘ गराइएको छ । गुलरिया को कोठिया गाउँ लाई अर्कै टोल नामाकरण गरिएको छ । जुन गाउँहरु छन् तिनको अस्तित्व, स्थानीयता , इतिहास कायम राख्दै तिनकै नाम ले टोल हरुको नामाकरण न गरिनु को कारण के त ? जहाँ पनि राष्ट्रिय नेता कै नाम हाल्दै जाने हो भने स्थानीय नेता या समाजसेवी हरुलाई कहाँ ठाउँ मिल्छ ? गुलरिया को स्थापना गर्ने माल हाकिम पिताम्बर खरेल , गुलरिया अड्डा संग मुख्य लाइन बसाल्ने ज्वाला र बाला प्रसाद श्रीवास्तव, श्रीराम अहिर , ,बर्दिया कै प्रथम क्रान्तिकारी – देश निष्कासित कमला प्रसाद श्रीवास्तव , समाजसेवी दान्दाता मकदूम धोबी, राधेलाल यादव , भारत जंग र त्रिलोक जंग शाह, राजनीतिक व्यक्तित्व सुरेशराज शर्मा हरु को नाम समझना मा कुनै ठाउँ राखने कि न राखने ? कसले राखी दिने , कसले गरि दिने ? वहाँहरुलाई आज का पुस्ता ले प्रतिष्ठा दिन नसके यो पुस्ता ले भोलि का पुस्ता संग मान पाउने आशा नराखे हुन्छ।
नेपाल लाई स्वॆटजर्लैण्ड र अमेरिका बनाउञ्छौ भन्ने नेता हरुले ती देश हरु देखेका छन् , घुमे का छन् , कुरा पनि बुझे होलान। यो भन्दा पहिले मेरो यात्रा संस्मरण पेपर मा आएथ्यो। अमेरिका मा अति दुर्गम ठाउँ, मरुभूमि आदि मा पनि स्थानीयता को प्रार्थमिकता रहेछ। स्थानीय स साना कवि, लेखक, सिपाही , समाजसेवी, शिक्षक हरु को नाम मा पुस्तकालय, सडक, स्मारक, पार्क , आदि छन्। संरक्षण पनि छ। देश का सर्वोच्च चार, छ जना नेता लाई देश भरका प्रतेक गलीमा न डुलाउदैमा वाशिग्टन, जान आदम, जेफर्सन, मेडिसन , मुनरो, लिंकन जस्ता लाई जनता ले बिर्से का त छैनन् र इनको नाम ले कुनै नेता ले भोट पनि कमाउन्दैन , चुनाव मा उम्मेदवार ले ई नेताहरु को तस्वीर बोकेर हिड्दैन र इनको चिहान को माटो निधार मा दल्दैन। आफ्नै बुद्धि बरकत र पार्टी को बल ले काम हुन्छ।
जनता को बल र विद्रोह को शक्ति, ग्यानीहरुलाई बताई रहनु पर्दैन। अयोध्या मा मस्जिद को ढांचा टुट्दा त पाकिस्तान र बंगलादेश मा हिन्दु हरु ले कति धन, जन को क्षति बेहोर्नु पर्यो ? अफगानिस्तान मा बुद्धको मूर्ति टुट्यो, कहाँ कहाँ का मुसलमान हरुले दुख पाए ? यूनान को एयर पोर्ट मा आचार्य रजनीश लाई बाहिर हेर्न जान नदिएको प्रतिक्रिया रजनीश ले के दिए र पुरै युनान मा कस्तो विवाद उठ्यो ? शान्त हुन् दशकौ लागेको छ तर घाउ भर्ने वाला छैन।
विपी कांग्रेस लाई गिरिजा ले माओ कांग्रेस बनाई दिए , गिरिजा कोइराला बेधर्मी थिए भन्दैमा कांग्रेस मा सबै बेधर्मी छन् र पार्टी मा धर्मनिरपेक्ष ले गर्दा सबै जना देवी देउता को नाम हटाउन र गाली गर्न लागी परेछन भन्ने अर्थ गर्न त मिलेन ( वली र प्रज्ञा प्रतिष्ठान का उपकुलपति जगमान गुरुङ्गले माता कौशिल्या र रामहरु लाई भने जस्तै र हालै रघुजी पन्त, माधव नेपाल र झलनाथ हरुले पशुपतिनाथ को बारेमा बोले जस्तै ) बर्दिया का नेता ले पनि देखा सिकी गर्न, नून को स्वाद बिर्सनु जरूरी त छैन , थिएन । यो सामाजिक सद्भाव जसले कायम राख्न सक्छ ठूलो त त्यो हो , अन्यथा समय र पालो त एक पटक जसको पनि आउञ्छ तर त्यस बेला संयम कसले राख्न सक्यो र पानी को भेल मा को बगेर अस्तित्वहीन हुन् पुग्यो यत्ति को मात्र विवेचना हुने गर्दछ।
गुलरिया मा विपी शालिक को शिलान्यास कार्यक्रम भै राख्दा का अवस्था मा एक जना संग मेरो सम्पर्क हुन् गयो तिनले कांग्रेस ले मधेशीहरुको पहिचान मेटाउन लागेको छ भने। म राष्ट्रिय एकता को सोच, दृढ संस्कार,र प्रशिक्षित मन भए पनि केही वर्ष देखि को नागरिक हरुको सोच, व्यवहार , थुप्रै घटना र कुरा हरुको भोगाई, देखाई र सुनाइ, कार्यकर्ता र जनता ले यस्ता फूट दुर्भावना धोती टोपी देशी पहाडी का कुरा उठाउँदा, धर्म अधरम को खिचोला हुँदा नेतृत्व र पार्टीहरुले किन रोकदैन , हप्काउने प्रयाश किन गरिदैन ? भनेर जब दिमागी अन्धड , चक्रवात आउञ्छ तब नचाहेर पनि कहिले काही मन ज्यादै खिन्न र उद्दिग्न भै हाल्छ । त्यस्तै भयो , तिनको कुरा सही लाग्यो र मैले स साना टिप्पणी गरें पनि। तर पनि मन शान्त भएन, र अचानक मन मा कुरा खेल्यो – कांग्रेस, रास्ट्रीय पार्टी , रास्ट्र को एकता र पहिचान को एउटा दरो खम्बा।यसका कार्यकर्ता को पछाडी नलाग्ने र झण्डा नबोकेर स्वतन्त्र बसेका नागरिक हरुले पनि देश माथि केही परि आएमा कांग्रेस ले सम्हाल्छ भन्ने आशा र भरोसा राख्दै आएको, स्थाई धारा । तर जब उसले आफ्नै पहिचान मेटाई सकेको छ , समुद्र मा मिसिए पछि को गंगाजल भै सकेछ भने मधेशी , दलित , महिला, जनजाति आदि आदि का, स्वतन्त्रता, समानता , संरक्षण ,सम्वर्धन र पहिचान को के कुरा ? आफै त महादेव उत्तानो , कोले दिन्छ वर। एक अप्रत्याशित व्यंग मुस्कान ले मन लाई सान्त्वना दियो।
उदारवाद ले स्वतन्त्रता लाई अगाल्छ, र समाजवाद ले समानता माथि पकड बनाउञ्छ। विपी ले दुइटै लाई दरो संग समातेर ताने अझ लोक कल्याण पनि जोडे। कति ठूलो आँट गरे। राजनीतिमा अवस्थावस पोइल सम्म त जान हुन्छ तर सती जानु लाई भने राम्रो मानिदैन । गिरिजा र देउवा आदि ले वि पी को जस्तो साहस देखाउन सकेनन।अरु को कुकृत्यका संरक्षक र भागीदार बने।त्यस्ता नेता को पनि मूर्ति स्थापना का दिन न आउला भन्न सकिन्न। कुन कुन देवी देउता या स्थानीय को नाम मेटाउने होला ? तर कुनै कालखण्डमा व्यभिचार का समर्थक हरुको मूर्ति हरु लेनिन को झैँ क्रेन लगाएर ढालिने दिन नआउला भनेर कसले ग्यारन्टी गर्न सक्छ ? यद्दपि हाम्रो भविष्य को प्रतेक कालखण्ड को उज्ज्वलता को प्रत्याभूति त कसैले दिन नसक्ला तरबिरुवा को दीर्घजीवन र उज्ज्वलता को आश्वासन देखिने र रहने गरी आफुले बिरुवा रोप्नु पर्दछ । म सफा छु , सुकिलो छु भनेर मुख ले फलाक्ने ले अगाडी हात पसारे सुकिला हात देखाउन पनि सक्नु पर्दछ अन्यथा मुखमा राम राम बगली मा छुरा को उखान चरितार्थ हुन्छ। यस्ता कुरा खेल्ने यही मन त हो। यस माथि नियन्त्रण कसको ? उत्तर भने छैन।
इति