यस्तो पनि शुभकामना
मैले विगत र गत वर्षमा क्रिस्मसको उपलक्षमा यस्तो शुभकामना लेखे थें “मेरा क्रिश्चियन मित्रहरुको सुस्वास्थ्य, उन्नति, प्रगति र समृद्धिकोलागि भगवान पशुपतिनाथ संग हार्दिक मंगल कामना गर्दछु ।” मेरा प्रिय दुइ तीन जना हिन्दू साथीले “क्रिश्चियन हरु लाई यसरी शुभकामना दिनु राम्रो होला र ?” भनेर जिज्ञासा राखनु भएको थियो । मैले फोन गरेर वहाँ हरु लाई आफनो भावना बताएँ । मेरो विचारमा पहिलो कुरा त ईश्वर नामको शक्ति विश्व ब्रह्माण्डमा एक मात्र छ, यसको आकार, प्रकार, नाम, जाति, धर्म, बसोबासको स्थान आदि हामी मानिसहरुले आ आफनो सुन्दर कल्पना अनुसार बनाएको हो, रचेको हो । सबै नाम उसै ईश्वरको हो भन्ने जाने बुझेको बुद्धिमान व्यक्ति ले ई कुनै कुरामा विभेद नै गर्दैन ।
दोश्रो कुरा हामीले कुनै चीजवस्तु, काम, रोजगार, धन, समृद्धि, कुनै कुरा किन्नु पर्यो या माँगनु पर्यो भने भरसक नाम सुने जाने बुझेको या पहिचान मा आएको र आफनो विश्वास जमी राखेको ठाउं र व्यक्ति संग जाने गर्छाै, अझ आशीर्वाद लिने र मागने कुरा त विश्वास र श्रद्धा दुवै रहे भएको ठाउँमा हात फैलाउनु बढी आशा र लाभप्रद हुन्छ । भावना, श्रद्धा र विश्वास नै फलने हो । यस कारण कुनै गैर धर्मावलम्बीलाई उसको चाड पर्वमा भलो चिताउन लाई आफनो श्रद्धा विश्वास सुदृढ भैराखेको शक्तिको अगाडी हात फैलाएर आफन्ते जन र इष्ट मित्र को लागी प्रार्थना गर्नु नै वास्तवमा लाभदायक हुन्छ । यस्तो शुभकामना औपचारिकता भंदा बढी शिष्ट र उपयुक्त हुन्छ । कोई गैरइसाई धर्मावलम्बीले “यीशु ले तपाई को कल्याण गरुन् ” भनेर ईसाईलाई शुभकामना दिनु राम्रो त हो तर यो अलि औपचारिक देखिन्छ ।
म लेखको शीर्षकको मूल द्वारमा पुगदै छु नोवेम्बर महिनाको चौथो् वृहस्पतिवारका दिन पर्ने “ त्जबलपक नष्खष्लन मबथ ९ धन्यवाद दिने दिवस ० ” नामको पर्व अमेरिकनहरुले मनाई रहेकाले शुभकामना को आदान प्रदान त हुने नै भयो । तर एउटा अमेरिकनले पठाएको शुभकामना पत्र अर्काे अमेरिकनले “म यो पर्व मान्दैन, तपाई को शुभकामना मलाई स्वीकार्य छैन ” भन्ने मैसेजका साथ न्चभभतष्लन ऋबचम फिर्ता आयो भने, अथवा मोबाइल मा मैसेज आयो भने तपाईलाई कस्तो लाग्ला ?
अस्ति एक दिन को क्लासमा शुभकामना दिने संदर्भमा चर्चा हुनुका साथै त्जबलपक नष्खष्लन मबथ को इतिहास बताइयो र अल्पज्ञानीहरुले सही इतिहास नबुझेर थयग तगदभ मा खष्मभय प्रसारणको होडबाजीमा जथाभावी गलत कुराहरु प्रसारणमा ल्याउने गरेकाले सजगता अपनाउन पनि बताइयो, थयग तगदभ का केही वीडियोहरु देखाइयो ।
यूरोपका गोरा (अँग्रेज) हरु (बेलायती, पुर्तगाली र स्पेन आदि देशका मानिसहरु ) अमेरिका को भूमि कब्जा गरेर बस्ती बसाल्ने प्रयत्नमा थिए । उनीहरुलाई देखे पछि अमेरिकाका मूल आदिवासी हरु, जसलाई कोलम्बस ले भूल ले इंडियन भनेका थिए र यही पहिचान चलनचलतीमा आएको छ, ( नेपाल का दंगहा थारु जस्तो कद काठी र भगवा जस्ता पहिरन र माटा र काठ का भाँडा बरतन प्रयोग गनर्,े कबीला मा बस्ने मानिसहरु ) , तिनले उनीहरु माथि आक्रमण गर्द थे । तिनीहरु संग धनुष बाण र लट्ठी, बंचरा ढुंगा थियो भने अँग्रेज हरु संग बन्दूक थियो । विभिन्न ठाउंमा लडाई हुन्थ्यो र हजारौंं मारिन्थे । यसको बहुतै कहाली लागदो इतिहास छ । यस्तैमा यो पर्वको इतिहास सन् १६२१ देखि शुरु भएको रहेछ ।
अमेरिकन चलनचलतीमा यस्तो इतिहास बताइन्छ । सन् १६२० मा ब्रिटेनको एथिmयगतज का धार्मिक अलगाववादीहरुको एक समूह ब्रिटेनबाट अंत कतै गएर स्वतन्त्रतापूर्वक धार्मिक अभ्यास गर्ने सोंच बनाए र १०२ जना शान्तिकामी हरु ( इनलाई तीर्थयात्री भनिएको छ ) एक जहाजमा अमेरिका को आजको मेसाच्युट राज्यमा पुगे र आफनो गाउँको नाम ले एथिmयगतज नाम को गाउँ बसाल्न थाले । स्थानीयहरु संग झगडा पर्यो । तिनीहरु बस्ती बसाल्दै रहे , तिनीहरु जंगली जनावर र माछा मारेर खान्थे । खेती को तरीका थाह थिएन । र तिनीहरको शरीरले अमेरिका को मौसम सहन सकी रकेको थिएन । केही समय पश्चात रोग फैलियो र तिनीहरु मर्न थाले । ठिक्क आधा मरे ।
यस भूमि मा रहेका स्थानीय कबीलाहरुलाई खेती को ज्ञान थियो र प्रमुख बाली मकै थियो । जडी बूटी र उपचारको परम्परागत तरीका तथा कुन मौसममा कसरी शरीर रक्षा गर्ने भन्ने कुरा पनि जानेका थिए । यस कारण यूरोपियनहरुले स्थानीयसंग सहयोग र सहकार्य गर्दा राम्रो हुने निकर््योल निकाले । यता स्थानीयहरु पनि लडाईबाट हैरान थिए बंदूकले गर्दा इनीहरु जहाँ पनि हार्थे लाखौं आदिबासी मरी सकेका थिए । इनलाई बंंदूक देखि सबै भंदा बढी डर र हर समय असुरक्षा को भय थियो । के गर्दा ठीक होला भन्ने चिंता भै रहन्थ्यो ।
अँग्रेजहरु रोग लागेर भटाभट मर्न थाले पछि स्थानीय आदिबासीहरुमा दया भाव जाग्यो र सहयोग गर्ने मन बनाउन थाले । तर तिनीहरुको बस्ती तिर जान भने बंदूक को डर ले खतरनाक थियो ।
यसै बीचमा एबधतगहभत कबीला को एक अगुवा क्त्रगबलतय , जसलाई केही समय पहिले ब्रिटिश हरुले बन्दी बनाएर लगेर अंतै बेचेका थिए र पछि मुक्त भएर घर फर्कन सफल भएको थियो ऊ संग ती तीर्थयात्रीहरुको भेट भयो उसले मकै खेती र रोगबाट बचने केही उपाय र पीपलको पातको रसको महत्व, माछा मार्ने र जनावरको शिकारको तरीका र खतरनाक जडीबूटी र खान नहुने जंगली तरकारी र कंदमूल आदि कुराको पहिचान गरायो, सिकायो । एउटा अर्काे कबीलाको सरदार या राजा ध्बmउबलयबन ले पनि ती यूरोपियनहरु लाई निकै सहयोग गर्यो र अँग्रेजहरुले पहिलो मकै खेती लगाए ।
नोवेम्बर १६२१ मा पहिलो मकै बाली तयार भयो । र अँग्रेज गवर्नर ध्ष्ििष्बm द्यचबमायचम ले यौटा प्रीतिभोज को आयोजन गर्यो जसमा स्थानीय इंडियनहरु, तिनको राजा वैम्पानोग आदि सम्मिलित भए । यस्मा स्थानीयहरुले जंगलबाट हरिण मारेर ल्याए र रक्सी आदि खर्च गरे । तीन दिन सम्म खाने पीने कार्यक्रम चल्यो । अँग्रेजहरmले हामी तपाईंहरुको सहयोगले बाँच्यों र यहाँ बस्ने लायक बन्यों तपाईहरुलाई धन्यवाद छ भने । यो नै थैंक्स गिविंग को शुरुवात थियो ।
यस भेटघाट पछि आगन्तुकहरु निडर भएर बस्न थाले । सन् २०२३ मा गवर्नरले दाश्रो पटक भोज खुवाए । तेस पछि फसल तयार भएपछि बाली भित्र्याएको खुशीमा भोज दिने र स्थानीयहरुलाई धन्यवाद भन्ने चलन पनि चल्यो । केही इतिहासकारहरुले यसको शुरmवात आजको फ्रलोरिडा राज्य बाट भएको भन्छन् र केहीले अन्य कतिपय घटनाहरुको उल्लेख गर्दछन् । तर जे होस , ब्रिटिशहरुले अमेरिकाका आदिबासी कबीलाहरुमा आफनो पकड बनाएर बस्ने क्रममा आदिबासीहरु लाई कृतज्ञता प्रकट गरेर मेलमिलापलाई स्थायित्व दिने प्रयासमा यो पर्व चलेको हो भन्ने देखिन्छ । सन् १८६३ मा राष्ट्र्पति अब्राहिम लिंकन ले यस पर्वमा विदा दिने चलन चलाए पछि यसको महत्व झनै बढेको छ ।
तर स्थानीय मूल निवासी र स्वतन्त्र विचारकहरुले माथि उल्लेखित कथामा वास्तविक पक्ष उजागर नभएको भन्छन् । स्थानीय आदिबासीहरु शरद ऋतु को बाली तयार भएको उपलक्षमा धरती र प्रकृतिलाई धन्यवाद दिनलाई पूजा गरेर आफनो परम्परागत चाड मनाईरहेको अवस्थामा उपनिवेशवादीहरुले उनीहरुको नरसंहार गरेको र उनीहरुको बाली, जग्गा, सम्पत्ति, संस्कृति र चिहान खनेर लाशले लगाएका गहना समेत लुटेको हो । यो “ शोक दिवस ” हो र यसलाई पछि “ राष्ट्र्यि दिवस” घोषित गरी मेलमिलाप मा ल्याउन खोजेको हो । भनेर नेटिव अमेरिकनहरु अधिकांशले कि त यस दिन शोक मनाउछन् र शोक नमनाउनेहरु चुप लागेर बस्छन् ।
यो पर्व क्रिश्चियनहरुको धार्मिक पर्व होइन । यस्को शुरुवात यूरोपियनहरुले विशेष कारणले गरेकाले अन्यत्र देशका सबै क्रिश्चियन धर्मावलम्बीहरुको यो पर्व संग धार्मिक लगाव नहुन पनि सक्छ । यस कारण क्यनाडा लगायत अरु कतिपय देश र स्थानहरु जुन ब्रिटिशहरुको प्रभावमा थिये, तेहांँ यो पर्वको नाम त थैंक्स गिविंग नै भने पनि किसान ले फसल भित्र्याएको खुशियाली भनेर मनाउने गरेका ले महिना नै फरक पर्ने गरेको छ ।
सन् १६२१ को प्रथम पार्टीमा खाना मा मकै र फर्सी को बढी उपयोग भयो होला भन्ने अनुमान गरेर आज पनि यस्का परिकारहरु उसिनेको मकै, दाना बस्न लागेको मकैको बाली को तरकारी र सूप, र फरसीको हलुवा र अन्य परिकारहरु खाने चलन छ भने ब्रिटिश महारानीले स्पेनको कुनै लडाकू जहाज डुबेकोमा खुशी भएर दरबारमा टर्कीको मासु पकाउन आदेश दिएको भन्ने किंवदंति भएको र अंग्रेजहरुको परम्परावादी स्वभावले गर्दा पछि कुनै बेला टर्कीको मासु यस खुशियाली को अवसरमा समावेश गरेका हुन् भन्ने भनाई छ, तर केहीले आदिबासीहरु कै चलनमा टर्की खान्थे भन्छन् । जे होस यो पर्वमा लगभग सबै परिवारमा एक दुइ सिंगो टर्की पोलने पकाउने गर्दछन् र स्टोरहरुले करोडौं टर्की बेच्छन् ।
अब कुरा शुभकामना को । अमेरिका त दुनियाका मानिसहरुको बसोबास स्थल बनेको छ । पुरानो इतिहास र राष्ट्र्यि दिवस सबैको लागी रुचिकर र मनाउनै पर्ने विषय नहुन पनि सक्छ । विभिन्न किसिमका वाद र मानव अधिकार बारेमा किसिम किसिम का सोंचहरु छन् । यूरोपियन, र खासमा ब्रिटिश मूलका अमेरिकीहरुले खुशियालीको समझना गर्नु अथवा पुरानो कुरा बिलकुलै बिर्सेर यो त कृषि उपज भित्र्याएको खुशियाली पर्व हो भन्नु छुट्टै कुरा हो । अन्यथा लहै लहै मा लागेर या साह्रै उदारवादी सोंच राखनेहरु र देखासिकी गरी हालनेहरु बाहेक अरु सबैले यो पर्व नमान्न पनि सक्छन् र तिनलाई कसैले यो बेला को शुभकामना दियो भने स्वीकार नगर्न सक्छन् । यस कारण जुनसुकै धर्म समप्रदाय र जस्को भए पनि जुनसुकै चाड पर्वको इतिहास र तिनको मान्यता बुझेर, थाह पाएर मात्र शुभकामना दिनु पर्दछ र तेसमा प्रयोग गरिने शव्दहरु पनि तेही अनुरुप को हुनु पर्दछ ।
पहिले धर्म संसकार बुझेर पछि मात्र शुभकामना दिएपनि त होला नि । भन्ने सोंच आउन सक्ला । तर यो कठिन कुरा हो । किनकि अमेरिकामा कसै संग पनि ३ वटा कुरा सोधन राम्रो मानिदैन । १, कसैको तलब र आमदानी, २, धर्म ३, उमेर ( नितान्त सरकारी काम मा बाहेक) ।
यस कारण कोई कोई ले यस्तो शुभकामना पठाउन सलाह दिन्छन् । “ यदि तपाईं ले यो चाड मान्नु हुन्छ भने, यस अवसरमा तपाईंको सुस्वास्थ्य…………………को कामना गर्दछु ।” हालोविन, ब्लैक फ्राई डे, सटरडे, वैलेन्टाइन डे, आदि पर्वहरुमा पनि मानिस दुविधामा पर्न सक्छ । जुनसुकै देशमा नवदीक्षित धर्मावलम्बीहरुको लागि झनै दुविधापूर्ण अवस्थाहरु आउन सक्दछन् ।
अन्य ठाउँमा र अन्य धर्म र पंथमा पनि यसबारेमा समस्याहरु पर्न सक्दछन् र कतिपयले त भूल या अनजानमा गलत शब्द लेख्न पुग्दछन् । कतिपय धर्मावलम्बीहरुको शहीद दिवस या श्रद्धान्जली सभा पनि उत्सव झल्किने खालका हुन्छन् र हामी सद्भावना देखाउन उस्तै लुगा लगाउन र तामझाम देखाउन पुग्छौं र अनजानमा शुभकामना समेत भन्न पुग्छौं । यस कारण शुभकामना र समवेदना जस्ता संदेशहरु जानेबुझेर मात्र दिंदा राम्रो हुन्छ । मर्म नबुझेर अर्काको देखासिकी गरेर कुनैचाड पर्व मनाउनु र कुरा नबुझेर शुभकामना दिनु कहिलेकाहीं गलत हुन सक्दछ ।
( लेखक राजनीति शास्त्र का अध्येता हुन् )