नारी जाति को विषय मा वेद माथि तमाम शंका उपशंका व्याप्त छ। वेद का कारण नारी माथी सती प्रथा, बाल विवाह , देवदासी प्रथा, अशिक्षा, समाज मा तल्लो स्थान, विधवा को अभिशाप, नवजात कन्या र भ्रूण हत्या , आदि अत्याचार भएको हो भन्ने दोषारोपण छ। नारी को कान मा वेद को शब्द पर्न गयो भयो कान मा शिशा हली दिनु पर्दछ र जसले वेद मन्त्र बोल्छ त्यसको जुब्रो थुत्नु पर्दछ भन्ने सम्म का अनर्गल कुरा हरु फैलिए का छन्। कसै ले नारी लाई पाउ को जुत्ता त कसै ले ताडना को अधिकारी भने। नारी को दीनहीन र अपमान जनक स्थिति पश्चिम का सम्भ्रान्त राज्य हरु देखि पूर्व का राज्य हरु सम्म संसारै भरि को इतिहास मा देख्न सकिन्छ। तर महत्वपूर्ण कुरा के हो भने वेद ले यस्ता कुनै कुरा को समर्थन गर्दैन। बरु वेद मा नारी लाई त यति उच्च स्थान प्राप्त छ कि विश्व का अन्य कुनै पनि धर्म का पुस्तक मा त्यसको एउटा सानो अंश पनि देख्न पाइदैन। आज यसै मा छलफल गरौ।
(१) प्रश्न :- वेद मा नारी का अधिकार र कर्तव्य के के छन् ?
(१) उत्तर ;- वेद मा नारी को स्थिति अत्यन्त गौरवपूर्ण छ। वेद का नारी देवी, विदुषी, प्रकाशमान, वीराङ्गना वीर जननी, आदर्श,माता, कर्तव्यनिष्ठ धर्मपत्नी, सद गृहणी , साम्राज्ञी , सन्तान की प्रथम शिक्षिका , कन्या हरु को सदाचार र मार्गदर्शिका ,उपदेशिका , मर्यादापालिका, तथा विश्व मा सत्य र प्रेम को प्रकाश फिजाउने किरण हुन्। गुण कर्म अनुसार क्षत्रिय नारी धनुर्विद्या की निष्णात राष्ट्र रक्षिका, वैश्य नारी कृषि पशुपालन र व्यापार , मा योगदान गर्ने र शिल्प की उन्नतिकर्ती हुन्। वेद का नारी पूज्या, स्तुतियोग्य, रमणीय, आवाहन योग्य , सुशील, बहुश्रुत र यशोमई हुन्।
पुरुष र नारी को विषय मा वेद मा अलंकारिक वर्णन छ । पुरुष द्युलोक हो र नारी पृथ्वी , दुवै को सामन्जस्य ले सौर्य जगत बनेको छ । पुरुष साम हो नारी ऋक, दुवै को समागम बाट शृष्टि हुन्छ। पुरुष वीणा पंखुडी र नारी त्तन्त्री हो, पुरुष नदी को एक तट र पुरुष अर्को तट हो दुवै को बीच मा सामाजिक विकास को धारा बग्छ। पुरुष दिन र नारी रात हो, पुरुष प्रभात नारी उषा,पुरुष मेघ र नारी विद्युत , पुरुष अग्नि र नारी ज्वाला , पुरुष आदित्य र नारी प्रभा, पुरुष रूख र नारी लता, पुरुष फूल र नारी पंखुडी , पुरुष धर्म र नारी धीरता , पुरुष सत्य र नारी श्रद्धा , पुरुष कर्म र नारी विद्या , पुरुष सत्व र नारी सेवा , पुरुष स्वाभिमान नारी क्षमा हो। ई दुवै को सामन्जस्य मा नै पूर्णता को प्राप्ति हुन्छ र विवाह यसै सामन्जस्य को प्रतीक हो।
वेद मा नारी को दुइ जन्म बताइएको छ। एक शरीरत: र दोश्रो विद्यात:। विद्यात: भने को नारी को विवाह हुँदा उनको पदार्पण यज्ञ वेदी मा हुना साथ उनको कुल, व्रत, यज्ञ आदि सबै मा परिवर्तन हुन पुग्दछ। उनका नाम काम र नाता सबै मा संशोधन र परिमार्जन हुन पुग्दछ। उनका दुइ कुल हुन पुग्दछन – पितृ कुल र पति कुल। उनी दुवै कुल को बीच की कडी बनछिन । पितृ कुल मा नारी- कन्या, पुत्री , भगिनी, नन्द र फुपू हुन् भने पति कुल मा वधु, गृहणी,पत्नी, जाया, दारा , जननी, अम्बा, माता र स्वश्रु ( सासु ) हुन्छिन। वेद मा नारी का ई प्रत्येक रुप का अधिकार र कर्तव्य को वर्णन छ र प्रत्येक कर्तव्य पालन गर्न प्रेरित गरिएको छ।
(२) प्रश्न :- महर्षि दयानन्द सरस्वतीले सत्यार्थ प्रकाश मा नारी लाई कसरी चित्रण गरे का छन्।
(२) उत्तर :- महर्षि दयानन्द ले नारी गृह स्वामिनी देखी वैदिक युग की महा विदुषी, गार्गी र मैत्रेयी जस्ता हुन् भने का छन्। नारी ताडना होइन सम्मान की पात्र हुन्। सत्यार्थ प्रकाश को उद्घोष हेरौ :-” जन्म देखि पाँचौ वर्ष सम्म का बालक लाई माता ले र छ: देखि आठ वर्ष सम्म को लाई पिता ले शिक्षा दिनु पर्दछ। नवौं वर्ष मा सन्तान लाई उपनयन गरेर जहाँ पूर्ण विद्वान र विदुषी स्त्री ले शिक्षा र विद्या दान गर्छन त्यहाँ पठाई दिनु पर्दछ। “
” केटा हरु लाई केटा हरु को र केटी हरु लाई केटी को शाला मा पठाउनु पर्दछ। दुवै को पाठशाला को दूरी कम से कम दुई कोष को हुनु पर्दछ। “
” शिक्षक, शिक्षिका, नोकर र कामदार पुरुष को मा पुरुष र स्त्री को मा स्त्री हुनु पर्दछ ” स्त्री पाठशाला मा पांच वर्ष भन्दा माथि को केटा र पुरुष को मा त्यस्ती केटि को प्रवेस वर्जित गर्नु पर्दछ। “
” नारी ब्रम्हचारिनी रहुञ्जेल पुरुष को दर्शन , स्पर्शन, एकान्त सेवन, भाषण, विषय कथा , परस्पर क्रीडा , विषय को ध्यान र साथ, ई आठ वटा ‘ मैथुन ‘ देखि अलग रहनु पर्दछ। “
” राजनियम र वर्ण नियम अनुसार सन्तान लाई पाँचौं र आठौँ वर्ष पछि घरमा बसाली रहनु हुन्दैन, पाठशाला मा पठाई दिनु पर्दछ र नपठाउने ले दण्ड पाउनु पर्दछ । “
(३) प्रश्न :- के वेद ले नारी शिक्षा को आज्ञा दिन्छ ?
(३) उत्तर :- स्त्री र शूद्र ले पढनु हुदैन ( स्त्री शूद्रो नाधियाता मिति श्रुते: ) यो जनश्रुति मात्र हो। वैदिक काल मा गार्गी, शुलभा, मैत्रेयी , कात्यायिनी , आदि सुशिक्षित नारी हरु को वर्णन छ। इनिहरु ले त ऋषि मुनि हरु सम्म को शंका को समाधान गर्दथे । वेद मा नारी लाई शिक्षित बनाउनु पर्छ भने को छ –
(क) ऋ. वे. ६-४४-१८ राजा ले यस्तो प्रयत्न गर्नु पर्दछ कि सबै बालबालिका ब्रह्मचर्य मा रहेर विद्या प्राप्त गरेर समृद्धवान बनुन र सत्य, न्याय, र धर्म को सेवा गरुन ।
(ख) यजु. वे. १०-७- राजा ले यत्नपूर्वक आफ्नो राज्य मा सबै स्त्री हरु लाई विदुषी बनाउनु पर्दछ।
(ग) ऋ. वे. ६-४४-१८१ सबै कुमार र कुमारीहरु लाई पंडित बनाउनु नै विद्वान हरु को योग्यता को कसी हो।
( घ) ऋ. वे . २-४१-१६१ कुमारी हरुले विदुषी संग विद्या अध्ययन गरुन। र हामी लाई विद्या र शिक्षा बाट सम्पन्न गर्नु होस् भनेर विदुशीहरु संग प्रार्थना गरुन।
(च) यजु . वे. ११/३६, ६/१४,/ ११/५९ र ऋ . वे. १-१५२-६ मा पनि नारी शिक्षा को अधिकार छ।
(४) प्रश्न :- के वेद ले सती प्रथा को समर्थन गर्दछ ?
(४) उत्तर :- वैदिक काल को इतिहास मा कहीं पनि सती हुने प्रमाण भेटिदैन । यद्दपि महाभारत काल मा माद्री ले पाण्डु को मृत शरीर संग आत्मदाह गरे को उल्लेख छ तर त्यसको सती प्रथा संग कुनै सरोकार छैन। सती प्रथा मध्यकाल को देन हो।
यद्दपि अथ .वे .को १८-३-१ को शायण भन्ने विद्वान को यस्तो व्याख्या रहेको छ – नारी अनादि शिष्टाचार सिद्ध स्मृति पुराण मा प्रसिद्ध , सहमरण धर्म को परिपालन गर्दै , पति जुन लोक मा गए को छ त्यसको वरण गर्न चाहदै तिनी मृतक संग पुग्दै छिन्। तिमि ले अर्को जन्म मा इन लाई पुत्र पुत्रादि , प्रजा र धन प्रदान गर्नु। अर्को मन्त्र मा पनि यही आशय व्यक्त भएको ले नारी लाई अर्को जन्म मा पनि त्यही पति मिलोस भन्ने अर्थ लगाइन्छ तर शायण को यो व्याख्या लाई पनि सही मानिदैन। त्यस श्लोक को वास्तविक अर्थ यो हो कि – हे मरणधर्मा मानिस , पुरातन धर्म लाई पालन गर्दै पति गृह लाई मन पराउने र तिम्रो मृत शरीर का साथ् भुइँ मा बसी रहेकी तिम्री पत्नी लाई सम्पत्ति र सन्तान जिम्मा लगाई देउ। अर्थात यस मन्त्र मा पति को उत्तराधिकारी पत्नी लाई घोषित गरिएको हो। इनी तिमी संग सती हुन्दैछिन भने को होइन।
अथ .वे. को १८-३-२ मा स्वयं शायण ले भने का छन् – ” मृत पति की हे धर्म पत्नी , तिमि मृत पति को साथ् छोडेर उठेर यता जीवलोक मा आऊ , तिमी निष्प्राण पति को शरीर संग अब किन बसी रहे की छौ। तिमी ले पाणि ग्रहण गर्ने पति बाट सन्तान पाई सकेकी छौ , तिनको पालन पोषण गर। “
मध्य काल मा बङ्गाल का पंडित हरु ले ऋ. वे. १०-१८-७ मा उल्लेखित ‘ अग्रे ‘ लाई ‘ अग्ने ‘ वाचन गरेर सती प्रथा लाई वैदिक शिद्ध गर्न चाहे थे। तर यस मन्त्र मा वधु लाई घर मा प्रवेश हुने बेला मा ‘अग्नि ‘ मा होइन’अगाडी ‘ हिड्न भनिए को हो। वेद लाई नाहक मा बदनाम गर्न लाई अपव्याख्या गर्ने गरेको देखिन्छ।
(५) प्रश्न :- नारी लाई वेदाध्ययन को अधिकार छ छैन ?
(५) उत्तर :- केही अज्ञानी र पाखण्डी हरु ले स्त्री र शूद्र लाई वेद पढने अधिकार छैन भने का छन् तर यस कुरा को कुनै प्रमाण कसै ले पेश गर्न सके को छैन। वेद मा नारी शिक्षा को थुप्रै प्रमाण हरु छन्।
ऋ .वे . १०-११९-३ मा इश्वर को संदेश छ – हे नर र नारी हरु , तिम्रा लागी ई मन्त्र हरु एक समान रुप ले दीए का छन् , कि तिमी हरु को विचार मा पनि समानता रहोस। म तिमी हरु लाई समान रूप मा ग्रन्थ हरु को उपदेश दिदै छु।
अथ वे ११-६-१८ मा निर्देशन छ – कन्या ले ब्रह्मचर्य को पालन गर्दै वर को वरण गरोस। ब्रह्म को अर्थ वेद मा चर अर्थात गमन, ज्ञान प्राप्ति हो ।
अथ .वे . १४-१-६४ मा नव वधू लाई , हे वधु , तिम्रो अगाडी र पछाडी , मध्य र अन्त मा सर्वत्र वेद विषयक ज्ञान रही रहोस र वेद ज्ञान प्राप्ति गरेर तदनुसार आफ्नो पूरा जीवन लाई निर्मित गर। भनेर निर्देशन दिइएको छ।
यस्तै यजु .वे .१४-२ मा स्त्री लाई उपदेषित गरिएको छ -” इमा ब्रह्मा पीपिही “। सौभाग्य प्राप्ति को लागि बारम्बार वेद मन्त्र रूपी अमृत पान गरी रहनु।
ऋ. वे. १-१-५ जुन कन्या ले २४ वर्ष पर्यन्त ब्रह्मचर्य पूर्वक अंग – उपांग सहित वेद अध्ययन गर्दछिन , तिनले मानिस जाति लाई सुशोभित गरे का हुन्छन।
स्वामी दयानन्द को यजु. वे. १४-१४ को भाष्य मा यदि मानिस ले ब्रह्मचर्य द्वारा कुमार या कुमारी लाई द्विज बनाउछन भने उनीहरु शीघ्र नै विद्वान हुन्छन भनिए को छ।
यस्तै ऋ. वे. १-७१-२१ को भाष्य मा ” जसरी वैश्य ले धर्मपूर्वक धन धारण गर्दछ , त्यस्तै कन्या ले विवाह भन्दा पहिले शुभ ब्रह्मचर्य व्रत धारण गरेर विदुषी शिक्षिका बाट वेद विद्या प्राप्त गरेर विवाह गर्नु पर्दछ भनिएको छ।
ऋ. वे . १-११९-५ को भाष्य मा ” ब्रह्मचर्य धारण गर्दै यौनावास्था प्राप्त गर्ने विदुषी कन्या ले आफ्नो पति को निरन्तर सेवा गरोस “
ऋ. वे . ५-३२-११ मा पनि यस्तै उल्लेख रहे को छ ।
महाभारत आदि पर्व १३१-१० मा “जसको धन समान छ, वेद शास्त्र विषयक ज्ञान समान छ तिनको परस्पर मित्रता र विवाह हुनु पर्दछ। बलवान र निर्बल व्यक्ति का बीच गर्नु हुँदैन।
वेद मा नारी लाई विदुषी बनने र आफ्नो गुण, कर्म र स्वभाव अनुकूल को पति वरण गर्ने अधिकार छ। यसरी वेद मा नारी लाई वेद पढने अधिकार छ।
वेद मा अनेक सूक्त छन् जस्तै- ऋ. वे. १०-१३४, १०-४०, ८-९१, १०-९५, १०-१०७, १०-१०९, १०-१५४, १०-१५९ , ५-२८ आदि । जसका ऋषिका गोधा, घोषा , विश्वारा , अपाला, उपनिशत, निशत , रोमषा आदि हुन्। ई ऋषिका हरु वेद का पाठिका मात्र होइनन, तिनको रहस्य की व्याख्याता र प्रचारिका पनि हुन् । ई ऋषिका हरु को सूची वृहद देवता २४-८४-८६ अध्याय मा पाइन्छ । इनी हरु लाई ब्रह्मवादिनी भनिन्थ्यो। इनी हरु को विधिवत उपनयन, वेदाध्ययन, वेदाध्यापन ,र गायत्री मन्त्र को उपदेश प्राप्त हुन्थ्यो ।
(६) प्रश्न :- नारी लाई यज्ञ मा भाग लिने अधिकार छ छैन ?
(६) उत्तर :- वैदिक काल मा नारी लाई यज्ञ मा भाग लिने पूर्ण अधिकार थियो। तर मध्यकाल मा अन्त भयो। शतपथ ब्राह्मण २७-४ र अन्य केही ग्रन्थ हरु मा नारी को स्थान यज्ञ वेदी भन्दा बाहिर बताए र कन्या र युवती लाई अग्निहोत्र की ” होता ” बन्न नसक्ने भने। तर ई कुरा हरु वेद संग मेल खांदैनन।
ऋ. वे. ८-३१ र ५-८ – समान मन भएका जुन पति पत्नी ले यज्ञ गर्दछन तिन लाई अन्न, पुष्प र हिरण्य,आदि को अभाव हुँदैन ।
ऋ. वे .१०-८५-४७ – विवाह यज्ञ मा वर् वधू उच्चारण का साथ एक अर्का को हृदय स्पर्श गर्दछन ।
ऋ. वे. १-७२-५ – विद्वान मानिस सपत्निक यज्ञ मा बस्नु पर्दछ। र नमन गर्ने योग्य लाई नमन गर्नु पर्दछ ।
य .वे. ३-४४, ३-४५, ३-४७, ३-६०, ११-५, १५-५० , अथ. वे. ३-२८-६, ३-६०-६, १४-२-१८ , १४-२-२३, १४-२-२४, मा पनि यज्ञ मा नारी ले भाग लिने कुरा को प्रमाण छ।
(७) प्रश्न :- यज्ञ मा नारी लाई ब्रह्मा बन्ने अधिकार छ छैन ?
(7 ) उत्तर – यज्ञ मा ब्रह्मा को पद सर्वोच्च हुन्छ। ऐतरेय ब्राह्मण ५-३३ मा ज्ञान कर्म र उपासना तीनै विद्या को प्रतिपादक वेद ज्ञानी मानिस ब्रह्मा बन्न सक्छ, शतपथ ब्राह्मण ११-५-७ र १-३ मा वेद को ज्ञाता लाई ब्रह्मा हुन पाउने भनेको छ। ऋ. वे .८-३३ मा ” स्त्री हि ब्रह्म बभुविथ ” उचित सभ्यता का नियम पालन गर्ने स्त्री लाई ब्रह्म को पद पाउने निश्चित अधिकार छ।
(८) प्रश्न :- के वेद मा दाइजो प्रथा छ ?
(८) उत्तर :- अथर्व वेद मा १४-१-१८ मा पिता ले कन्या लाई ” स्तुति वृत्ति सम्पन्न ” ले कसै लाई यो के भन्यो होला भनेर अल्मल्याउन सक्ला तर यसको अर्थ यो हो कि पिता ले कन्या लाइ सँधै अर्का को गुण को प्रशंसा गर्ने , कसै को अवगुण मा वास्ता न गर्ने, अर्थात परनिन्दा नगर्ने खाल की बनाउनु पर्दछ। यसको सज्जनता ले सजिए की भन्ने अर्थ हो। दाइजो ले सजाउने भने को होइन।
( ९) प्रश्न :- के वेद मा केवल पुत्र को कामना गरिए को छ ?
(९) उत्तर :- आज नारी लाई शोषण र अत्याचार बाट जोगाउन गाह्रो परी रहेको स्थिति बन्दै गएको छ , भ्रूण हत्या ले प्रोत्साहन पाएको छ। जन्म नै न पाउने अत्यन्त घृणित अवस्था ले गर्दा नारी को स्थान दिन प्रतिदिन घटी रहेको छ र पुत्र लाई ” लाभकारी भाँडो ” मानिने दोष दुर्गुण बढदै गए को छ। यो लोभ लालच को प्रवृत्ति ले गर्दा मानिस ले अकारण मा वेद को व्यवस्था भन्दै आफ्नो दुष्ट विचार लाई पोशने बदनीयत मात्र गरे को हो। वास्तव मा वेद मा पुत्र पुत्री का बीच मा कुनै भेद भाव छैन।
वेद मा पत्नी लाई उषा जस्ती प्रकाशवती – ऋ. वे. ४-१४-३, ७-७८-३ , १-१२४-३, १-४८-८। वीराङ्गना – अथ .वे. १४-१-४७ , यजु .वे. ५-१० ,१०-२६ , १३-२६ , १३-१८। वीर प्रसवा – ऋ. वे. १०-४७ , २-५, ४-२-५ , ७-५६-२४, ९-१८-१ । विद्या अलन्क्रिता – यजु. वे. २०-८४, २०-८५, ऋ. वे. १-१६४-४९ , ६-४९-७ । स्नेहमयी माता – ऋ. वे. १०-१७-१० , ६-६१-७ , यजु .वे .६-१७ , ६-३१ , अथ .वे. ३-१३-७१। पतिवरा : पति को वरण गर्ने – ऋ. वे. ५-३२-११, यजु. वे .३७-१०, ३७-१९, ८-७ , अथ .वे. २-३६-५। अन्नपूर्णा – अथ. वे. ७-६०-५ ३-२४-४, ३-१२-२, यजु. वे .८-४२, ऋ. वे. १-९२-८ । सदगृहणी र सामराज्ञी – अथ .वे .१४-१-१७, १४-१-४२, य्जु yaj ve वे ११-६३, , ११-६४ , १५-६३ आदि शव्द हरु बाट सम्बोधित गरिए को ले नारी ;लाई बढी गरिमामय स्थान प्राप्त भएको कुरा पुष्टि गर्दछ।
वेद मा नारी का यश गाथा निम्न मन्त्र मा पनि हेर्न सकिन्छ :-
(१) ऋ .वे . १०-१५९-३ मा मेरा पुत्र शत्रुहन्ता र पुत्री तेजस्विनी होउन ।
(२) ऋ. वे. ८-३१-८ मा यज्ञ गर्नेले पति – पत्नी र कुमारी को प्राप्ति गर्दछन ।
(३) ऋ. वे .९-६७-१० मा प्रति क्षण हाम्रो रक्षा गर्ने पूषा परमेश्वर ले हामी लाई कन्या प्रदान गरुन।
(४) यजु. वे . २२-२२ मा हाम्रो राष्ट्र मा विजयशील सभ्य वीर बालक र बुद्धिमती नारी ले जन्म लेउन ।
(५) अथ .वे . १०-३-२० कन्या लाई जुन यश प्राप्त हुन्छ त्यस्तै यश मलाई पनि प्राप्त होस् ।
( १०) प्रश्न :- के वेद ले बहु विवाह को अनुमति दिन्छ ?
( १०) उत्तर :- वेद ले स्पष्ट रुप मा एक पत्नी को प्रावधान गरे को छ , बहुविवाह को समर्थन गर्दैन ।
(१) ऋ .वे. १०-८५ – विवाह सूक्त – मन्त्र ४२ – तिमी दुवै जना यो संसार मा गृहस्थ आश्रम मा सुख पूर्वक निवास गर । तिमी हरु को कहिले पनि परस्पर वियोग न होस। सदैव आफ्नो घर मा प्रशन्नता पूर्वक बस। यहाँ प्रत्येक मन्त्र मा ” तिमी दुइ ” भनिए को छ। बहुपत्नी को कुरा भए देखि “तिमी सबै “भन्ने शब्द प्रयोग हुनु पर्ने थियो।
(२) ऋ .वे .१०-८५-४७ मा हामी दुवै जना वर् वधू विद्वान हरु का सामुन्ने यो घोषणा गर्दछौं कि हामी दुइ जना को हृदय पानी जस्तो शान्त र परस्पर मिली रहने छ।
(३) अथ वे ७-३५-४ मा पति पत्नी ले एक अर्का लाई भन्छन – ” मलाई आफ्नो हृदय मा बसाल्नु जस बाट हाम्रो मन एक मा मिलोस।”
(४) अथ वे ७-३८-४ पत्नी ले भन्छिन – तिमी केवल मेरो भएर बस्नु , अन्य कुनै स्त्री को गु0f गान र व्यर्थ प्रशंसा आदि नगर्नु।
( ५ ) ऋ वे १०-१०१-११ मा बहु विवाह को निन्दा गरिए को छ। जसरी रथ को घोडा दुइ धुरी को बीच मा च्यापिएर हिडेको हुन्छ त्यस्तै एक समय मा दुइटी पत्नी भएको मानिस पनि च्यापीए को हुन्छ। अर्थात परतन्त्र हुन्छ। यस कारण एक समय मा दुइटी पत्नी हुनु हुँदैन।
अनुवादक ;- अयोध्या प्रसाद श्रीवास्तव