नेपाली राम ः हिन्दुत्व माथि आक्रमण
भगवान राम को जन्म भूमि ’’ अयोध्या पुरी ’’ होइन, नेपाल को बीरगन्ज को पश्चिम ठोरि क्ष्।ेत्र को अयोध्या गाउँ हो भनि हाम्रा प्रधानमन्त्री के पि ओलीजी ले भानु जयन्ती का दिन दिनु भयेको मन्तव्य मा अहिले चौतर्फी तरंग आए को छ् । सामान्य रूप ले हेर्ने ले यस लाई वहाँ को अर्को नया गफ भने का छन् भने कथित राष्ट्रवादी कित्ताले वहाँ को बचाउ गर्दा गर्दै कोइ कोइ ले त यो कुरा सत्य नै हो भन्ने मा पुगी सकेका छ्न। जस्ले गर्दा नेपाल भारत को बीच मा सद्भाव र मैत्री चाहने हरु को बीच नया चिन्ता श्रृजित भयेको छ । तर यो सामान्य, हवादारी र नेपाल भारत सम्बन्ध बिगार्ने कुरा मा मात्र सीमित छैन ,यसलाई गम्भीर रूप मा बुझ्नु पर्दछ ।
पहिलो कुरा त ओली जी स्वयम् इतिहास, भूगोल, पुरातत्व या पौराणिक आदि कुनै ’’ ज्ञान क्षेत्र “ का ज्ञाता होइनन् र नेपाल मा यस बारेमा विज्ञ स्तर मा आज सम्म कुनै चर्चा , खोज र अनुसन्धान पनि भयेको छैन । ओली जी ले जनकपुर देखि अयोध्या धेरै टाढा भएकोले त्यस युग मा बिहावरी सम्भव थिएन भन्नु हास्यास्पद छ , अंशुवर्मा की छोरी भृकुटी को विवाह हिमालय पारी तिब्बत्ती राजा श्रन्ग्चन्गम्पो संग हुनु, अर्निको चीन जानु, चीन बाट व्हेन्सान्ग र फाहियान भारत पुग्नु,ईशामसीह काश्मीर मा पढन पुग्नु, मगध को १० वर्षीय बालक विष्णुगुप्त हाल को पाकिस्तान को तक्षशिला मा पढेर चाणक्य हुनु, सम्राट अशोक की पुत्री चारुमती को काठमाण्डु मा विवाह हुनु, सम्राट अशोक लुम्बिनी पुग्नु, युनान को सिकन्दर र ईरान तर्फ का मुश्लिम आक्रमणकारी हरु भारत पुग्नु, वास्कोडिगामा ले भारत र कोलम्बस ले अमेरिका खोज्नु, मार्कोपोलो युरोप बाट चीन को दर्बार मा पुग्नु, नेपाली फौज कागडा र बलभद्र कुवर ले पन्जाब केशरी महाराजा रणजीत सिन्ह को सेवा मा पुग्नु, हस्तिनापुर, (आज को दिल्ली) बाट भीम आफना मामा विराट का घर विराट्नगर पुगनु, भगीरथ तप गर्न हजारौ माइल जंगल मा जानु, अल्प आयु मै शंकराचार्य ले भारत को पैदल परिक्रमा गरेर चार कुना मा चार मठ स्थापित गर्नु,कसरि सम्भव भयो, कसले ठाउँ बतायो र बाटो देखायो, ईनी हरुले के खाए र महीनौ वर्षांै हिडे ?वली जी ले मानिस को सामर्थ्य माथि नै प्रश्नचिन्ह लगाई दिएका छन् र मानव जाति को प्रगति को इतिहास लाई नै झुठो भन्न पुगेको देखिन्छ । यदि ई सब कुरा हरु गलत होइनन् भने ईन्द्र लाई समेत सहायता दिन सक्ने र शब्दवेधी वाण चलाउने दशरथ जन्ती लिएर जनकपुर र जनक अयोध्या पुग्न सकेनन् होला त ?
राम कसरी जनकपुर पुगे होलान् भन्ने आशय पनि छ । धनुष यज्ञ मा राजकुमार हरु निमन्त्रित थिए र राजकुमार हरु अरु अरु राज्य बाट, यहाँ सम्म कि लंका बाट पनि पुगेका थिए । तसर्थ नजीक र टाढा र जानकारी को तरीका बारे त प्रश्न नै उठेन । राम र अयोध्या कुनै सामान्य मानिस र नगर मात्र होइन यसको सम्बन्ध रघु वंश,दिलीप, हरिश्चन्द्र र भागीरथ आदि संग छ, वाल्मीकि, व्यास, शंकराचार्य ,तुलसी र भानुभक्त आदि द्वारा स्वीकृत, अंगीकृत,परिस्कृत र स्थापित मूल्य मान्यता संग छ । यस लाई शंका गर्ना साथ थुप्रै सम्बन्ध र हिन्दु मूल्य र मान्यता हरु माथि असर पर्छ । तेसो त पौराणिक गाथा हरु हिन्दु का मात्र होइनन्, अन्य धर्मकालाई पनि , कल्पना र हावादारी भन्नु या यस्तै अरु विवाद उठाउन मुख ले बोले पुग्यो । तर्क वितर्क ्मा जीवन नै जान सक्छ तसर्थ मैले राम र अयोध्या थिए थिएनन्, या कहाँ थिए ? इनको सत्य र झूठ को विश्लेषण गरी रहेको छैन, तर ई गाथाहरु मानिस को मन मस्तिष्क मा आस्था र विश्वास को रूप मा बसे का छन् ई पात्रहरु बाट मानिस ले आफ्नो चरित्र, सोच र व्यवहार लाई व्यवस्थित गरेको छ , जीवन शैली मा उतारेको छ् भने यस लाई विचलित पार्नु र खल्बल्याउनु को उद्देस्य र आन्तरिक रहस्य के होला ? भन्ने पट्टि मात्र म लक्षित छ ु।
अयोध्या को राम जन्म भूमि मा सन् १५५६ मा बाबर का सेनापति मीरबाँँकीलेमस्जिदकोढाँचा खडा गरेका थिए र विवाद चल्दै जादा ३०० वर्ष पछि सन् १८५९ मा अँग्रेज ले बीच मा बार लगायेर दुवै को पूजा स्थल अलग अलग बनाए । करीब १५० वर्ष पछि , कोर्ट मा विवाद रहेकै अवस्था मा ठुलो धार्मिक विद्रोह भयो र ६ दिसम्बर १९९२ मा लाखौं कार सेवक ले विवादित ढाँचा भत्काए । काट मार हिंसा देश विदेश भारत पाकिस्तान र बंगलादेश मा अल्पसंख्यक हिन्दुहरु जहाँ थिए मारिए, लुटिए, मन्दिर हरु भत्काइए, स्वास्नी मानिस हरु को बलात्कार भयो । तश्लीमा नशरीन को ’’ लज्जा“प्रकाशित भयो मश्लिम हरुले ज्यान मार्ने फतवा –धार्मिक आदेश दिए उनी भागेर आज सम्म विदेश मा शरण लिनु परेको छ । अदालत ले अहिले जन्मभूमि को पक्ष मा निर्णय दी सकेको छ तर वातावरण मा आक्रोश छँदैछ ।
अब सवाल यो उठ्छ ओली जी या कोई लोकमणि पौडेल लाई यो कुरा थाह थियो भने राम जन्मभूमि नेपाल मा छ भन्न कोल्ले रोकेथ्यो ? यति मार काट र विध्वंश किन हुन दिनु भयो ? विश्व का हिन्दुहरु को आस्था को सत्य लाई किन लुकाई राख्नु भयो ? वहाँ ले यस्को आधार मा अयोध्या र रिडी आदि ठाउहरुलाई पर्यटन विकास मा किन लिन सक्नु भएन देश लाई आर्थिक घाटा र धार्मिक सम्मान देखि किन वन्चित गराउनु भयो ?
ओली जी ले आफ्नो पहिचान कोई व्यक्ति विशेष , या पार्टी कार्यकर्ता या साधारण मानिस जस्तो हलुंगो भएर किन प्रस्तुत गर्नु हुन्छ ? वहाँ गरिमामय देश को प्रधान मन्त्री हो । वहाँ देश र जनता सबै को हक अधिकार धर्म र संस्कृतिको संरक्षक पनि हो । वहाँ ले ईसाई को अमृत पान गर्न, राम र अयोध्या का बेप्रमाणित कुरा हठात किटानी का साथ बोल्न र उखान टुक्का बाट भ्रम छर्न मिल्दैन र नेपाल को भारत लगायत कुनै पनि मित्रराष्ट्र संग सम्बन्ध बिगार्न हँुदैन । वहाँ ले एकातिर भूमि कब्जा को विवाद परि रहेको र वहाँ कै पार्टी का बहुसंख्यक उच्च नेता हरु संग अन्तरकलह भैरहेको अवस्था मा यो बेमौसमी बाजा बजाउन शोभा दिंदैन। वहाँ का फिल्मी भजन मन्डली ले बुद्ध को जन्म बारे मोदी ले किन झूठा कुरा गरे ? ओली ले पनि बोलिदिए के भयो त भन्दैछन् । एउटा पन्डित ले येक बंगाली लाई ’’ तैले मेरो थाल मा माछा खायेर बिगारिस म तेरो थाल मा गुह खाई दिन्छु “ भनेर गाली गरेको रे । त्यस्तै कुरा भएन र ? मोदी ले जे गर्छन् ओली ले त्यही गर्नु पर्छ < कस्तो तर्क <
भारत सरकार ले गोण्डा गोरखपुर रेलवे को शोहरत गढ र नौगढ जस्ता लुम्बिनी का सीमावर्ती स्टेशन को प्लेट्फार्म मा ’’ गौतम बुद्ध को जन्मस्थल “नेपाल को लुम्बिनी यहाँ बाट उत्तर …. किलोमीटर मा छ “ भनेर प्रष्ट संग , हिन्दी मा ठुलो बोर्ड लगायेको मैले ३ वर्ष पहिले देखेको हँु । यस्तै अरु चौरहा हरु मा पनि लुम्बिनी को संकेत दिएको थियो । र मोदी ले नेपाल भ्रमणमा सीता र बुद्ध को जन्मभूमि भनेर कति धेरै भावनात्मक श्रद्धा प्रकट गरे का थिए तर बुद्ध को जन्म भारत भन्नु नितान्त गलत हो । एउटा कुरा के दुखद छ भने अहिले नेपाल मा कुनै तत्व ले नेपाल भारत को मात्र होइन आफ्नै देश मा पनि देशी पहाडी र धोती, बिहारी ,र भारतीय दलाल को कुरा खूब उठाई रहेको ।आफ्नै देशवासी लाई विदेशी र नेपाली सम्प्रभुता को अविछिन्न भाग तराई लाई “बिहार“ कुन मुख ले भन्न सके होलान < देश मा विखन्डन ल्याउने कुरा राम्रो त होइन । यसतो शब्दावली को प्रयोग बढ्दै जाँदा यस बारे मा ओली जी मौन किन < यस बाट रास्ट्र लाई कुनै हानि छैन <
नेपाल भारत को रोटी बेटी को सम्बन्ध को कुरा उठाईन्छ । तराईवासीहरुको लागी यो नितान्त आवश्यक छ । नेपाल भारत को सीमा निर्धारण हुँदा कोई को घर यता, जग्गा र परिवार उता, कोइ को जग्गा र परिवार एता , घर उता परे कै छ । नागरिकता र जग्गा का विवाद मा देशी हरु पिसिए का छन् भने कतिपय नितान्त अल्पसन्ख्यक जाति नेपाल मा छन । कुचबँधिया, चिडीमार, मँगता, धल्कार, कलवार, लोनिया, पश्चिमा तेली र धोबी जस्ता जाति का मानिस ले भारत मा न जाने हो भने उनले आफ्नो जाति मा विवाह गर्न सक्दैनन् । अरु जाति हरु लाई पनि फराकिलो समुदाय को आवश्यकता पर्दछ । जो जुन समुदाय मा छ र सीमान्त गाउँ हरु मा बस्दछ या नितान्त भित्र अन्य समुदाय का बीच मा कतै एक्लो घर छ, उसको समस्या उसै लाई थाह हु्न्छ, दाईजो र अन्तर्जातीयता आदि आदर्श का कुरा छाट्नु अलग कुरा हो ।
गौतम बुद्ध को समय को लुम्बिनी त तिलौरा कोट को राजा शुद्धोधन को राज्य हो नि । नेपाल एकीकरण भन्दा पहिले “ नेपाल “ त काठमाण्डु उपत्यका हो ,बाकी सबै बाईसे चौबीसे राजा त थिए । भारत मा पनि करीब ६०० राज्य थिए आज को भारत त त्यो पनि थिएन ।
ब्रिटिश इन्डिया को समय र भारत जन्मे पछि पनि तथा नेपाल एकीकरण पछि पनि तमाम भूभाग यता को उता र उता को यता मिसिदै आदान प्रदान हुदै आयेको र देशी हरु रोए कराएको इतिहास छ । लुम्बिनी कुनै बेला भारत मा गयो गएन ? सम्राट अशोक को स्तम्भ कसरी आयो ? उक्त भूमि नेपाल को कहिले देखि भयो ? आदि अनावश्यक प्रश्न उठाएर विवाद र झगडा गर्नु राम्रो होइन । आज लुम्बिनी निर्विवाद नेपाली सम्प्रभुता भित्र को भूभाग कायम रहेको छ, अशोकस्तम्भ र विश्व साक्षी छ । यस्मा विवाद गर्न पाईदैन । पागल को पछि पागलै भयेर दगुर्नु र विवादै गर्न लाई विवाद रचने हो भने त भन्नु केहीछैन ।
हिमालय श्रृंखला पाकिस्तान बाट भारत नेपाल भएर बर्मा सम्म गएको छ् । भारत ले आफ्नो उत्तरी सीमा हिमालय भन्छ अरु ले पनि हाम्रो हिमालय भन्छन् । झगडा गर्न मिल्यो < हो सगरमाथा नेपाल को हो । र यो हिम शिखर हिमालय को भाग पनि हो । तर यस्को आरोहण को उत्तर मोहडा तिब्बत मा छ् र उस्ले यदा कदा हाम्रो भन्छ ।
जुम्ला हुम्ला तिर का मानिस ले भारत जाँँदा तराई झर्दा नै देश गएको भन्छन् र त्यता का मनिस लाई देशी भन्छन् । देश भने को के ? आफ्नै प्राचीन देश लाई त भन्यो होलान् । चिठी मा ७८४ लेखने चलन छुटेको भन्दैमा ईतिहास र भावना त मेटिदैन । दौरा शुरुवाल आदि पहिरन राजस्थानी र गुजराती पहिरन का परिष्कृत रुप होइनन < नेपाली मा ई दुवै भाषा किन मिसिएकाछन ? संसकृत र खडी बोली – हिन्दी _ कै मिश्रण बाट बनेको र अर्बी फार्सी शब्द ले सजिएको नेपाली भाषा भाषी ले आज सन्सकृत का ग्रन्थ पोल्नु, वेद का पाना मा गुह पुछेर फाल्नु, हिन्दी लाई हतियार बनाएर तराईवासी हरु लाई बल्जफ्ती रास्ट्रीय मूलधार बाट अलग गर्नु, कत्तिको विवेकी काम होला < सुन्दर शान्त देश र सहिष्णु, सद्भावपुर्ण एकताबद्ध जनता भएको समाज आज किन विखन्डित भयो <
नेपाल र भारत दुई छिमेकी हुन् यस कारण सम्बन्ध मधुर राख्नु पर्छ भनेर प्रयाश गरेर मधुर बनाइएको होइन । दुई देश का जनता का बीच प्राचीन र परम्परागत सम्बन्ध र भौगोलिक, सान्सकृतिक, धार्मिक,र वैचारिक एकता ले ई दुई लाई यÞति घनिष्ट बनायेको हो । नेपाल को यस्तो प्राकृतिक सम्बन्ध अन्य कुनै देश संग बन्नै सक्दैन । राजनीतिक चाल्बाजी द्वारा दुई देश को सम्बन्ध बिगार्नु नागरिक र देश को अपमान र अत्याचार मानिने छ ।
यस्तो किन भै रहेछ भन्ने कुरा को मूल मा जानु पर्छ । वास्तव मा हिन्दुत्व को बलियो आधार भारत हो । भारतीय काँग्रेस ले मोदी को वर्चस्व ले नेपाल मा पुनः हिन्दु राष्ट्र हुन सक्ने र त्यस बाट राजतन्त्र को पुनरस्थापना तथा मोदी र भाजपा लाई हिन्दु रास्ट्र ले जहिले पनि सघाउने सम्भावित खतरा देखे को छ र नेपाल बाट हिन्दुत्व लाई खतम पार्न लाई भारत संग को डोरी नचुडाले सम्म उपाय लागदैन । नेपाल मा ईसाइत चाहनेहरुको लाइन पनि त्यही हो । यस्मा वली जी ले दुईटा लक्ष्य लिएको अनुमान गर्न सकिन्छ , १, भारत मा काँग्रेस लाई बल र हिन्दुत्व को मोदी सरकार लाई कमजोर बनाउने , २ नेपाल मा हिन्दुत्व लाई खतम पारेर ईसाईत बोक्ने । किनकि ओली जी ले उठाउने मुद्दा मा रास्ट्रियता लाई जग मा राखियेको छ । एस बाट एकातिर जनसमर्थन चाडै र भरपुर प्राप्त हुन्छ र विपक्ष मा साँचै बोलने लाई पनि जनता ले नै देशद्रोही भनेर लखेटी हाल्छन् । अब अयोध्या नेपाल मा छैन भनेर कुनै राष्ट्रवादी ले ठाढै भन्न त सक्दैन र बहुतै इन्कार गर्न चाह्यो भने पनि “ ल छानबीन गरौं न त “ यति त भन्नै पर्ने हुन्छ र यो कुरा लाई जति चाह्यो शताव्दियो लामो तानिन्छ मात्र । यस बाट पनि हिन्दु हरु लाई धार्मिक विचलन र हिन्दुत्व प्रति उदासीन बनाउन सजिलो हुन्छ । ओली जीको यो मंतव्य बाट नेपाली हिन्दु हरुमध्ये समर्थन गर्नेहरु आफ्ना भै हाले, विपक्ष मा जाने भारतीय दलाल बन्ने भए यसरी दुई टुक्रा भयेर हिन्दुलाई कमजोर बनाउन सकिने , उता यसैबाट नेपाली मुसलमान लाई खुशी बनाएर इसाइयत प्रति को सशक्त बिरोधी खेमालाई कमजोर गराउन मिल्ने । साथै भारतीय मुसलमान लाई वर्तमान अयोध्या को र हिन्दु हरु को विपक्षमा जान प्रोत्साहन मिल्ने र मोदी कमजोर बनने र नेपालमा धर्मनिरपेक्ष र गणतन्त्र ल्याउने कांग्रेसलाई सहयोग गरी उसले गरेको उपकार को पैंचो तिर्ने । यो बाहेक अरु अभीष्ट के नै हुन सक्छ र ? ओली जी ले जनकपुर र अयोध्या को बस उद्घाटन र सन्चालन गर्छन् र आफैले यस्ता कुरा गर्छन् भने गर्ने के ? यो विवाद अहिले जे होला होला, तर यो यस्तो कुरा वहाँ ले उठाईदिनु भयेको छ कि भविष्य मा जो कसै लाई पनि यो मुद्दा को बिउ काम लाग्ने गरि रही रहने छ । किनकि जे भए पनि एक– यो प्रधानमन्त्री ले उठाएको र अर्काे – यो त भावनात्मक मुद्दा हो । राजशास्त्र मा एउटा सिद्धान्त छ “ जनता मा फूट हालेर आफ्नो स्वार्थ सिद्ध गर्ने शासक ले जनता को माया पाउन सक्दैन र जनता को माया न पाउने शासक अभागी हुन्छ ’।
इति -लेखक अधिवक्ता, पुर्व प्रशासनिक अधिकृत, प्राध्यापक र राजनीति शास्त्र का अध्येता हुन _