प्रहरी मेरो साथी
अषाढ २७ गते नेपाल प्रहरीले बाजा गाजाका साथ प्रभात फेरी गरी विभिन्न कार्यक्रमका साथ “प्रहरी मेरो साथी” भन्ने अभियान चलाएको छ । प्रहरी जनता र कानूनको रक्षक र चौबीसै घण्टा शान्ति सुरक्षामा खटिने राज्यको बलियो संयन्त्र हो । यस कारण यो संगठनमा निष्पक्षता, तटस्थता, ईमानदारिता, कर्तव्यपरायणता, दृढता र व्यवसायिक दक्षता जस्ता गुणहरु हुनु पर्दछ भने प्््रहरीलाई कर्तव्यको समुचित पालनकोलागि जनताको सहयोग नितान्त आवश्यक हुने गर्दछ । जनसहयोग बिना प्रहरीको काम प्रभावशाली हुन सक्दैन । जनता र प्रहरी दुवैले एक अर्काको सहयोग गरेको हुनु पर्दछ र मात्र शान्ति सुरक्षा र सुव्यवस्था कायम राखन सरल हुन्छ । यस कारण जनताले प्रहरी संगको दूरी घठाउदै सही माने मा प्रहरी मेरो साथी हो भन्ने ठानोस भन्न का लागि पहल प्रहरी बाटै शुरु हुनु पर्दछ र प्रहरीले आफनो कमी कमजोरी हटाउने भरमगदुर प्रयाश गर्नु पर्दछ । यसो गर्न सकियो भने आजको अभियान फलदायी शिद्ध हुन सक्दछ ।
यो भन्दा पहिले नेपालमा जे जो नामका राजनीतिक व्यवस्थाहरु थिए ती सबै को प्रकृति हुकुमी शासन थियो । तिनलाई यदि फौजी शासन नै भन्न अप्ठेरो लाग्छ भने अल्पतन्त्रीय शासन भन्नु पर्ने हुन्छ, जस्को शक्ति बन्दूक हुने गर्दछ । अहिले त्यता नजाऊँ । त्यस पछिको समयमा माओवादीले पनि बन्दुक कै भरमा शासन को जग हाले कै हो । तर २०६२।०६३ को आन्दोलन पछि मात्र नेपालमा नागरिक शासनको टुकी बलेको र यसको विकास र सुदृढीकरणको आभास हुन थालेको छ । यदि प्रहरी मेरो साथी सार्थकताको बिन्दुमा पुगने अभियान हो भने यो प्रयास नागरिक शासनको यौटा कडी बन्न सक्दछ ।
कसैले यो त जनताले पो प्रहरी संग तपाई मेरो साथी हो भन्न गएको अभियान हो, प्रहरी जनता संग मितौरी लगाउन आएको त होइन भनेर टिप्पणी गरेको सुनियो । यस कुराको यथार्थ उत्तर त नीति निर्माताले नै दिन सक्दछन् तर यसो हेर्दा यस कार्यक्रमले कुनै हानि भने पक्कै गर्दैन ।
हुनत नेपाल प्रहरीको इतिहासमा यस्ता कार्यक्रम पहिले पनि नभएका होइनन् । लेखकको स्मृति ठीक छ भने वर्षाैं पहिले समूह गीत गाउँदै प्रहरीले घरदैलो कार्यक्रम गरेका थिए । एक ताका प्रहरीलाई विद्यालयहरुमा बालमैत्रीकोलागी पठाइन्थ्यो । सामुदायिक प्रहरी सेवा, मेलमिलाप सेवा आदि कार्यक्रम चलाएर शासनले प्रहरीलाई जनताको माझमा पुर्याउने उपक्रमहरु गर्दै आएको छ । केही कार्यक्रम त प्रहरी प्रमुखहरुले पनि आ आफनो तरीकाले संचालन गर्ने गर्दछन् जसबाट जनता र प्रहरीलाई एक अर्काको सहयोगी बनाउन मद्धत गरेको मान्नु पर्दछ ,तर हाकिममुखी प्रशासन र नैतिक स्तरका तालीमहरmको अभावले गर्दा आशा अनुरुप सफलता प्राप्त भएको देखिदैन । यस्ता कार्यक्रमहरु कार्यक्रम स्थलमा मात्र सीमित रहने गरेको भन्ने सम्बन्धमा पुराना केही उदाहरण प्रस्तुत गर्न साँदर्भिक होला ।
१,एउटा विद्यालयमा विद्यार्थी मित्रता विषयक कार्यक्रम गरेर प्रहरी टोली फर्क्यो । त्यही दिन साँझ विद्यालय गेटका अगाडी ११।१२ बर्षका विद्यार्थीहरुले बाटोमा बल खेलदै हल्ला मच्चाउदै रहेको अवस्था बाटो हिडने एक जना प्रहरी र एक जना हवल्दारले हल्ला मच्चाएको भन्दै ४,५ जना केटाहरुलाई एक एक थप्पड हानेछन् । विद्यार्थी शिक्षक र बटुवाले प्रहरीलाई घेरे छन् र ती दुवैले रक्शी खाएको र हवल्दार बेस्सरी मात्तिएकोलाई पिटपाट गर्न खोजे छन् । तत्काल मौकामा पुगेको लेखकले बवाल शान्त पार्न खोजदा विद्यार्थीले प्रहरीले त स्कूलमा मित्रताको कुरा गर्छन र बाटोमा पिटदै हिडछन भन्न थाले पछि विद्यार्थीको मनमा प्रहरीको कार्यक्रम देखि घृणा नहोस र यिनको आत्मबल नघटोस भन्ने उद्द्ेश्यले भोली बिहान जि. प्र. का. मा जाउंला भनेर येनतेन गरी प्रहरीलाई भीडबाट उमकाएर पठाइयो ।
भोलीपल्ट बिहान ४,५ जना विद्यार्थी र एक शिक्षक सहित जि प्र.का. मा गएर एक जना इनसपेक्टर लाई कुरा बताइयो र बालकहरुका मनमा केही द्धैश आएको छ तपाईले प्रहरी यस्तो हुदैन जडिहाले बदमाश काम गरेको भनेर समझाई बुझाई गरी बच्चाहरुको मन सफा पारि दिनु होस भनियो । त्यस्तैमा पिटाई खाने मध्येको एउटा बालकले प्रहरीले स्कूलमा गएर एक थोक कुरा गर्छ र साँझ रक्शी खाएर पिटदै हिंडछ भनि हाल्यो । यति सुन्ना साथ इन्सपेक्टर त आगो भै हाल्यो र एउटा प्रहरीलाई बोलाएर त्यो ११।१२ वर्षको बच्चालाई थुन्न पठाई दियो । कल्पना गरौं बालक मन बाट प्रहरी कार्यक्रमको द्धैश निवारणमा गएकाहरुलाई प्रहरीले आफनो सहयोगी मान्नु पर्नेमा प्रहरीको यो व्यवहारले कस्तो असर पा¥या्े होला र बालमनहरु कस्ता भए होलान् ? उल्टै हामीले भनसुन गरेर बच्चालाई थुनाबाट छुटायों र मुख सुकाएर फिर्ता आयों ।
२, घरदैलोमा समूह गीत गाएर हो वा यस्तै कुनै कार्यक्रमबाट फर्केको हो, धेरै पुरानो कुरा हो, एक जना प्रहरी पोस्ट इन्चार्ज हवलदारले पसलमा रकशी खादै गर्दा ओभर भैसकदा पनि रक्शी माँगेकोमा पसले ले दिन इनकार गर्दा हवल्दारले पसलेलाई समाती पोस्टमा लगी खम्बामा बाँधी राइफलले त्यस माथी दुइ गोलीले फायर गरेको तर गोली नलागेको, गाउलेहरmले मुश्किलले छुटाएका थिए त्यो विवाद शान्त पार्न प्रहरी प्रमुखलाई ठूलो संकटको सामना गर्नु परेको थियो ।
यी कम पढेलेखेका, सही सम्मगर्नजान्ने निम्नस्तरका प्रहरीयुगका कुरा हुन् भन्ने तर्क आउन सक्छ । त्यसो हुनाले ठूला बडाका दुइटा उदाहरण हेरौं ।
३, वर्षाैं पहिले एक जना उच्च अफिसरले टूरमा गएको बेला धेरै रक्शी खाएर मात्तिए पछि गाउँका केटीहरुलाई हाय मेरी रानी भन्दै लखेटदै घर घर मा पस्न र समात्न थाले पछि गाउंलेहरुले डण्डा उठाए र हामीले भागेर येनतेन आफनो र वहाँको पनि ज्यान जोगायों ।
४, एक जना उच्च अफिसरले यो लेखकको “अध्यात्मिक समाजवाद , वैज्ञानिक अध्यात्मवाद” को सत्संगमा प्रभावित भएर तत्सबन्धी पुस्तक मागे । लेखकले चार पाँच वटा पुस्तक लिएुर दिन जाँदा उनि पहिले त बहुत उत्सुकताका साथ स्वागत गरे तर पुस्तक हेर्ना साथ यो त हिन्दी मा रहेछ भनेर अचानक जंगिए र क्ष् जबतभ जबतभ जबतभ ज्ष्लमष् भन्दै कराए । म त अक्क न वक्क भएँ । कस्तो अफीसर होला मनमा आयो । कसैको कुनै देश संग, व्यक्तिसंग संगठन संग अनबन र घृणा, द्धैश हुन सक्छ तर कुनै भाषा वा समुदाय संग घृणा त गर्न मिल्दैन अझ हिन्दी भाषा त नेपाली भाषा को जननी भाषा मध्येको एक र नेपालमा केही नागरिकहरुको मातृभाषा नै हिन्दी हो साथै नेपालका ठूलाबडा पदाधिकारीहरु र नेपाली लेखक, प्राध्यापक, सृजकहरु अधिकांशतया बनारस, अयोध्या, वृन्दावन, पिथौरागढ, देहरादून,बंगलौर र दिल्ली जस्ता शिक्षाका केन्द्रहरुबाटै ज्ञानगुन ल्याएर यहाँ वितरण गर्दै छन्् यस कारण नेपालीले त झन् हिन्दी भाषाको विरोधमा बोल्नु नै मिल्दैन तपाईले त साम्प्रदायिक कुरा गर्नु भयो भन्न मन लाग्यो तर चाणक्यको मूर्ख संग शास्त्रार्थ नगर्नु भन्ने अर्ती सम्झेर चुप लागेर किताबहरु समेटें र वहाँको रिश र आक्रोश वहाँको पदको दम्भ हो भन्ने ठहराउदै फर्कें ।
यी त उदाहरण मात्र हुन् । यस्ता घटना घटी रहन्छन् । यदि कसैले एक दुइ घटना त जहाँ पनि घट्छन् भन्ने तर्क र सफाई दिन्छ भने नेपाल प्रहरी यौटा प्रतिष्ठित संगठन हो, एक माछा कुहियो भने पुरा तलाउ गन्हाउँछ , यस कारण कुहिएको माछा लाई झिकेर बाहिर फालिन्छ तर यहाँ यस कुरा लाई कमै मनन गरिदो रहेछ । किन भने अपराधी प्रहरी माथी शारीरिक बाहेक एैन अनुसार बहुतै कम कारवाही हुन्छ । यस्तो अवस्थामा स्वयं प्रहरीले जनताले प्रहरीलाई आफनो साथीको रुपमा विश्वास गर्ने सफा वातावरण बनाउनु पर्ने आवश्यक देखिन्छ ।
लेखक सरकारी वकील र प्रशासनिक अधिकारी जस्ता पदमा बसीसकेकोले अनुभव गरेका निम्न कुराहरु मननीय हुन सक्दछन् ।
१,घटना घटाउने अधिकांश प्रहरीले रक्शी को नशामा घटना घटाउने गरेको देखिन्छ । तसर्थ सुधारमा यसैलाई पहिलो मुद्धा बनाउनु पर्दछ ।
२, नेपाली समाजमा ड्रइभर र प्रहरी केटी पट्टी बढी आकषर््िात भै रहने र सिधासाधा केटीहरु पनि इनलाई देखे पछि हुरुक्क हुने प्रवृत्ति छ जसले गर्दा बिचरा सीधासाधा केटीहरु छल र ढाँटढुटको शिकार हुन्छन् र दोहरो तेहरो सौतामा पर्न पुग्छन । थुप्रै केटीहरुको जीवन नर्क बन्न पुग्छ । एक ताका एउटा सदरमुकामबाट सशस्त्र क्याम्प उठेर अंत जाँदा लगभग ४० वटा केटीहरु हिडेका थिए । यस कारण कमाण्डर र प्रमुखहरुले यो विषयमा सोच्नु पर्दछ ।
३, अनुशासनात्मक कारवाहीमा प्रायः प्रहरीहरु परि रहन्छन् तर तिनमा सुधार कमै हुन्छ घटना दोहरि रहन्छन् । किन ?सजाय सानो भएर हो कि ? हाकिम र कानून संग नडराउने कारण को खोजी हुनु पर्दछ ।
४,यद्धपि प्रहरी एैन अंतरगत सजायको पर्याप्त व्यवस्था छ । तर एैन अंतरगत कारवाही कमै हुुन्छ ? तसर्थ सस्पेण्डमा राखेर कारवाही गर्न बढी प्रभावकारी हुन्छ कि ?
५,घुमुवा प्रहरी यस संगठनको बहुतै महत्वपूर्ण व्यक्ति हुन्छ । तसर्थ नितान्त योग्य र विवेकीलाई यो जिम्मेवारी दिनु पर्दछ ।
६, जो जति बढी जिम्मेवारी बोकेको हुन्छ त्यसलाई त्यति बढी अंकुशी लगाइ राखनु पर्दछ भन्ने नीति सम्झी राख्दा राम्रो हुन्छ ।
७, प्रहरीको नियुक्ति, बढुवा र जिम्मेवारी तथा हातहतियार जिम्मा दिंदा उसको आचरण, आहार विहार र समाजमा उसले गर्ने गरेको व्यवहारलाई आधार बनाउदा राम्रो हुन्छ ।
८, यदाकदा शुर्याई काम गर्न सकने प्रहरीले अन्य समयमा बदमासी गरि रहदा पनि हाकिमले कारवाही नगरि “मोरा” भनेर गाली गरेर छोडी दिने प्रथाको अंत नगरिए सम्म यस्ता कार्यक्रमहरुको उपयोगिता संदिग्ध नै हुन्छ ।
९, अन्य कार्यालयहरुमा जनता सोझै अधिकृत र हाकिम कहाँ भेटने गरे जस्तै प्रहरी कार्यालयहरुमा हाकिम र अधिकारीहरmको कार्यकक्ष सम्म सर्वसाधारण को निर्वाध पहुँच हुन पाउनु पर्दछ । हाकिमले सात ढोका भित्र किल्ला बनाएर बस्नु र आफूलाई आर्मी अफिसर झै बनाउनु आजको् प्रजातान्त्रिक व्यवस्थाको सर्वथा प्रतिकूल हो ।
१०, यस भन्दा पहिले जनताको मनबाट प्रहरीको भय निकाल्नलाई नेपाल प्रहरीको खाकी वर्दी हटाएर अहिलेको नीलो वर्दीको व्यवस्था भयो । पुलिशको सट्टा प्रहरी लेखियो र कुममा लगाउने पित्तलको स्टार हटाएर धागोले स्टार बुन्ने चलन चलाइयो । यो परिवर्तनको करीब चालीस वर्ष पछि पनि यदि आज जनता र प्रहरी मेलमिलापकोलागि पुनरताजगी कार्यक्रम चलाउनु परिरहेको छ भने पहिलेका प्रयासहरुको कमी कमजोरी खोजनु पर्ने अवस्था देखि इनकार गर्न सकिदैन ।
११, कुनै कुनै प्रहरीको व्यक्तिगत आचरण र अवगुणले गर्दा यद्धपि यदाकदा बदनामी आउने गरे पनि समग्रमा नेपाल प्रहरीको छवि राम्रो र विश्वसनीय छ । व्यवसायिक गुणवत्ता र कर्तव्य प्रति सजगता छ, राष्ट्र्यि भावना प्रबल छ तर अहिले नेपाल प्रहरीले पनि यू पी र बिहारी प्रहरीको शैली र आचरण ग्रहणमा उत्सुकता देखाईरहेकोले प्रहरीको छवि धमलिन सकिने आशंकाले नागरिक चिन्ता बढेको छ ।
१२, प्रहरी संगठन राज्यको अति संवेदनशील संगठन हो । यस माथि देशको ठूलो जिम्मेदारी छ । यसै अंगको सक्रियताले राज्यका नागरिकले ढुक्क भएर मस्त निद्रा सुत्न पाएका छन् । यस कारण यो संगठन राजनीति देखि जति अलग रहन सक्यो त्यति नै राम्रो हुन्छ । तर आज भोली यसमा पनि राजनीतिक दबाव र प्रभाव हावी हुँदै गएकोले चिन्ताको विषय बन्दै गएको छ ।
१३, जुनसुकै ¥यालीहरुमा स –साना बालबालिका भन्दा उमेरपुगेका विद्यार्थीलाई सहभागी गराउन राम्रो हुन्छ र ¥यालीको मार्ग र दूरी बच्चाहरुको क्षमतालाई ध्यानमा राखेर तय गर्नु पर्दछ ।
१४, प्रहरी जति चरित्रवान हुन्छ देश त्यति नै बलवान हुन्छ । तसर्थ योग र नैतिक शिक्षा प्रसार अभियानको गायत्री शक्तिपीठ जस्ता संस्थाहरु बाट संचालित जागरण कार्यक्रमहरुमा प्रहरी सहभागिता गराउंदा राम्रो हुन्छ । काठमाण्डूमा स्टाफ कलेज जस्ता प्रतिष्ठानहरुले देवसंस्कृति विश्व विद्यालय हरिद्वारका प्रोफेशर डा.राजु अधिकारी र केही अन्यको सेवा लिने गरेको सुनिन्छ । त्यस्तै सेवाप्रदायी मोफसल तिर पनि उपलव्ध हुन सक्दछन् ।
यो कार्यक्रमका संदर्भमा बुद्धिजीवीहरुले पंचायतकाल देखि माले एमाले आदि कम्युनिष्ट र द्धन्दकाल देखि माओवादीले प्रहरी संग बिगारेको व्यवहारलाई सुधारेर आगामी निर्वाचनको संदर्भमा आफना कार्यकर्तालाई प्रहरीसंग नजीक पार्नलाई आफू सत्तामा भएको बेला यो कार्यक्रम ल्याएर प्रहरीलाई फकाउन खोजेको हो त्यसैले प्रहरी जनताको साथी होइन जनताले प्रहरी मेरो साथी भनेर फकाउने भाषाको प्रयोग गरेको हो भन्ने तर्क गर्दछन् र यो कार्यक्रममा एमालेका कार्यकर्ताहरु अग्रपंक्तिमा देखिनाले यो कुरा लाई बल पनि मिल्दछ । कोईले त प्रहरी जनताको साथी हुनै मिल्दैन यसबाट उसको कर्तव्यनिष्ठता प्रभावित हुन्छ भन्छन् । तर्क वितर्क सकारात्मक नकारात्मक जस्तो पनि हुन सक्दछन् । तर जे भएपनि यदि प्रहरीले अनुकूलन गर्न सक्यो भने यस्तो कार्यक्रमले जनतालाई प्रहरीको नजीक लैजाने वातावरण बनाउन सक्दछ र अंततः शान्ति सुरक्षामा राम्रो प्रभाव पर्ने आशा लिन सकिन्छ ।
लेखक गृह मंत्रालय अंतरगतका पूर्व प्रशासकीय अधिकृत, बबई बहुमुखी कयाम्पसका संस्थापक तथा राजनीति शास्त्र का उपप्राध्यापक र उमा वेन्चर कम्पनीका कानुनी सल्लाहकार तथा चर्चित लेखक , विचारक र विश्लेषक हुन् । वहाँले शीलवती र भगवान कहाँ छन् र कस्ता छन् नामक पुस्तक हरु लेखनु भएको छ, कर्मकाण्ड भास्कर, गहनाकर्मणोगति, मेरो अख्तियारी र उत्तराधिकार, का अनुवादक हुनुहुन्छ । लेखक लाई धधध।बथयमजथबकजचष्खबकतबख।अयm मा सम्पर्क गर्न सकिन्छ ।