नेपालको हिमालय देखी भारत सम्म – सरयू नदी

रामायणमा सरयू नदीको निकै महिमा गान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थ अयोध्या यसै नदीको तटमा अवस्थित छ । भगवान रामको जन्मभूमि र क्रीडास्थल रहेको यो पुण्यतीर्थमा आज पनि लाखौं तीर्थयात्री यस नदीमा नुहाउने गर्दछन ्। भारतको धार्मिक पर्यटन केन्द्रका रुपमा रहेको यो शहरले शिल्पकला र मूर्तिकलाको उद्योग तथा अन्य चीज वस्तुको ठूलो व्यापार व्यवसायले लाखौं मानिसलाई रोजगारी दिएको छ । अयोध्याको यो पुण्यशीला सरयू या सरजू नदी धेरै नदी नालाहरुको संयोगबाट बनेको छ तर यसको उद्गम स्थान नेपालको दाँग जिल्ला हो भन्ने कुरा कमै लाई थाह होला । यस कुराको अनभिज्ञता, लापरवाही र उद्यमशील –व्यवसायिक बुद्धिको अभावमा हामीले लाभ र यश का धेरै अवसरहरु गुमाई रहेका छौं । यो सरयू नदी दाँग जिल्लामा प्रकट भएपछि दांँग कै बबई खोला, सल्यानको शारदा खोला र बर्दियाको भादा खोलामा मिसिदै अंतमा भारतमा प्रवेश गर्ना साथ सर्जू नदी कहलाउँछिन् । यसै संदर्भमा यहाँ छलफल गर्न खोजिएको छ । सरयू नदीको पौराणिक आधार खोज्दै जाने हो भने रतनापुर निवासी मेवालाल कुर्मीले सुखसागर भन्ने धर्म ग्रन्थमा प्राचीन कालमा ऋषिमुनिहरुको तपस्थलीमा पानीको आवश्यकता पूरा गर्नकालागि स्वयं विष्णु भगवानले धर्तीमा बाँण हानेर जलश्रोत प्रकट गरिदिनुभएको प्रसंग छ । तर, त्यो प्रसंग यसै ठाउँको हो भनेर किटानी नरहेपनि बाँणलाई “सर” र उत्पत्तिलाई “जू” भनिएको हुँदा “सरजू” को उत्पत्ति भएको हुनुपर्दछ । त्यो सरजू अथवा सरयू नदी यही हुनु पर्दछ र यसको मूल दाङको ऋषिमुनिहरुको तपस्यास्थलमा उत्पत्ति हो भने त्यहाँका स्थानीयहरुले “बाबाजी” “बाबाजी” भन्दाभन्दै “बाबाई” र अन्तमा अपभ्रंस हुन गई बबई भएको हुनु पर्दछ भनी पौराणिक आधारमा अनुमान गर्नुहुन्छ । तर एैतिहासिक यथार्थ धरातलको खोज गर्दै जाँदा,यो नदीको उद्गम स्थलका मूल निवासी, गुलरिया न.पा.को सुहेलवा गाउँ बस्ने गंगाराम अधिकारी ( वहाँको हालसालै स्वर्गवास भएको छ ) का अनुसार दाँग हरलक काउले गा वि स को हरलक काउले गाउँ नजीक को पहाडबाट यौटा पातलो चीरो, पहाडको वर्षाती पानीको झरन तल आउँछ, यसमा पानी टिक्दैन, रही रहदैन । तल आएपछि यसैमा पहाडबाट निस्केको पानीको अर्काे मसिनो सानो श्रोत देखिन्छ, जसमा गाउंलेहरुले ढुंगे धारो बनाएका छन् र तुर्र आउने पानी हात थापेर पिउने र साना तिना आवश्यकता पूरा गर्ने गर्दछन् । यसलाई स्थानीय मानिसहरुले “सरयूको शिर” भन्दछन् । थोरै तल आएपछि यसमा पानी बृद्धि हुन्छ र यसलाई “बालिम” खोला भनिन्छ । यो खोला दाँगको समतल भूमिमा पुगेपछि घोराहीको पूर्व बाट आएको “कटुवा खोला” र त्यस देखि पूर्वबाट आएको “सिसने खोला,” कोइरेपानी गाउँ नजीक यसमा मिसिए पछि यसलाई “बबई खोला” भनिन्छ भनि बताउनु हुन्थ्यो । अलि अगाडी गएपछि घोराही भन्दा पश्चिम गुरिए खोला र बिजौरीमा आए पछि “पात खोला” यसमा मिसिन्छन । दाँग कोइरेपानीबाट बबई भएर हिंडेको यो खोलामा सल्यानबाट आएको “शारदा खोला” मिसिएपछि बल्ल यसको आकार अलि ठूलो हुन पुग्दछ र त्यस पछि बर्दियामा पुग्दा सम्म केही अरु स–साना खोल्साहरु यसमा मिसिन्छन् । वहाँले “बबई” भन्ने नाम घोराही सदरमुकाम नजीकको भएकोले यो नाम बढी प्रचलनमा आउनु स्वाभाविकै भएको हुँदा पहाडमा यसको उद्गम लाई “सरयूको शिर” भन्ने गरेको कुरा त्यहाँका स्थानीयहरुमा मात्र सीमित हुँदै गएको हो । त्यस पछि बर्दियामा भूमिसुधारको प्रचार र औलो उन्मूलन भए पछि २०२५ साल देखि पहाडका मानिस बर्दिया झर्र्ने क्रममा दाँगको समतल भूभागबाट बर्दिेया आएका मानिसहरु बबई नाम संग परिचित रहेकाले बर्दियामा पनि यसलाई बबई नै भन्न थाले का हुन् जसले गर्दा यसको मूल नाम सरयू ओझलमा पर्न गएको हो भनेर गंगाराम अधिकारी ले इतिहास बताउनु भएको थियो । जे भएपनि दाङमा स्रोत भएको बबई नदीमा स—साना खोला खोलसाहरु मिसिदै बर्दिया आएपछि सरयू कहलिएको र कुम्हराघाट हुँदै बेचईपुर र पण्डितपुरको बिचबाट दक्षिणपूर्व बग्दै हालको कृष्णसार क्षेत्र र खैरी गाउँको पूर्व हुँदै हसनापुर कटी देखि पूर्व बग्दै खाले गुलरिया गाउँलाई उत्तरपूर्व पार्दै गुलरिया बजार र भन्सार र सूरजपुरको पश्चिम दक्षिण बग्दै पयागपुर कालाबञ्जर हुँदै भारतमा प्रवेश गरेपछि गोपिया गाउँको पूर्व बग्दै मिहिपुरवा–नानपारा मूलसडकको पुल र रेलवे पुल भएको नदी नै सरयू हो । ती पुलहरुमा सरयू पुल भनेर लेखिएको छ । नेपालका मान नदी र नकहवा, डिडैना खोलाहरु पनि त्यहीनिर यसमा मिसिन पुग्दछन् । चुरे पहाडको जंगलबाट निस्केको धधवारतिरवाट आएको भादा खोला पनि नेपाल सीमा पार गरेपछि यसै सरयू नदीमा मिल्दथ्यो । साना ठूला खोलाहरुलाई समेट्दै यो सरयू नदी अगाडि बढ्दै भेरी कर्णाली नदी जसलाई भारतमा घाघरा भनिन्छ, चौकाघाटमा गएर घाघरामा विलय हुन्छ र विशाल आकार प्राप्त गर्दछ । यो घाघरा अगाडि बढ्दै गएपछि नेपालको महाकाली नदी जसलाई भारतमा शारदा भनिन्छ, यो शारदा र घाघरा एकाकार भएर रामायणमा गुणगान गरिएको भगवान रामको जन्मभूमि अयोध्या तीर्थमा पवित्र सरयू नदी कहलाइन्छ र त्यहाँबाट अगाडि यसको यात्रा जारी रहन्छ । दाङको बबई समेतका खोलाहरु मिश्रित नदीलाई बर्दियामा सरयू नदी र भारतमा प्रवेश गर्नासाथ यो नदीलाई सरयू नै भनिएको छ । तर नेपालको तराईमा कोही कोहीले कर्णाली र महाकालीलाई पनि यदाकदा सरयू भनेको सुनिन आउँछ । यी दुइ नदीहरु भारतमा गएर सरयूमा मिसिएपछि सरयू नै बन्न पुगेकाले सरयू नदीको माथिल्लो खण्ड कर्णाली र महाकालीलाई पनि सरयू भनिएको हो भन्ने भनाई छ । तर कर्णाली र महाकालीलाई नेपालमा कुनै कागज र नकशामा सरयू भनेर उल्लेख भएको पाइदैन भने इनलाई भारतमा पनि सरयू भनेर कहीं उल्लेख गरिएको छैन । यस कारण यी दुइ नदीलाई ।रयूमा समसरएको कारण शास्त्रीय भाषा र श्रद्धावश मात्र सरयू भनेको कुरा स्पष्ट हुन्छ । जे भएपनि दाङको बबई समेत मिसिएको नदीलाई बर्दियाको जनमानस, बोली बचन र अड्डाखानामा पुराना नक्शा आदि श्रेस्तामा यो नदीको नाम सरयू—सरजू नै अङ्कित रहेकोले पौराणिक सरयूको मूल यही नदी भएको कुरामा कुनै शंका र विवाद छैन । सरयू नदी गुलरियाको बेचईपुर निर घुमती बनाउने ठाउँ नजीकै गडउटकी खोला र भादा खोला थिए । सं. २००७ सालको बाढीमा यो सरयू नदी बर्दिया गुलरियाको बेचईपुरदेखि उत्तर रहेको गड्उट्की खोलालाई कटान गरी आफुमा मिसाएपछि यसको फाँट अलि चाक्लो हुन पुग्यो र बगही, बेचईपुर र तुलसीपुर गाउँको सिंचाइमा प्रयोग हुने गड्उट्की खोलाको बाँध फुटेपछि सो खोलादेखि पूर्व रहेको भादा खोलामा नदी पस्न नपाओस भन्ने उद्देश्यले बनघुस्री गाउँमा कोठार बनााएर बसेका तत्कालीन बर्दियाका सब भन्दा ठूला र भारतमा लखनऊ गोरखपुर सम्म प्रभावशाली नाम कहलिएका जमिनदार हरिहरप्रसाद उपाध्यायले सरयूमा ठूलो जनबल लगाई बाँध बनाएका थिए । तर सरयू, जसले पण्डितपुरलाई दायाँ पारेर घुम्ति बनाउँदै दक्षिणतर्फ बगेको थियो, बाँधले नियंत्रित भएन र त्यसले घुम्तिको मुख सोझो पार्दै अन्तमा २०१७ सालको बाढीमा गहिरो खोला “भादा” खोलामा खस्न पुगेको हो भन्ने कुरा रतनापुर निवासी १०२ वर्षिय छत्रपाल कुर्मी र हसनापुर कटी निवासी विशेश्वर यादव समेतका वयोवृृद्धहरुले बताउनु हुन्छ । तर खैरापुर क्षेत्रका केही वृद्धहरुले अलि फरक कुरा सुनाउँछन् । उनीहरुका अनुसार निमकोठिया निवासी कमलाप्रसाद कायस्थ राणा विरोधी गोप्य आन्दोलनकर्ता प्रजा परिषद्का सदस्य भएकाले त्यसबेला यो क्षेत्रमा जनघनत्व बढी भएको र आवागमनका लागि भारतको मूर्तिहा र निशानगाडा रेलवे स्टेशन सुगम र नजिक पर्ने हुनाले राणा विरोधी गतिविधि बढ्न लागेको र हरिहर उपाध्याय राणाहरुको घनिष्ट भएकाले राणाविरोधी गतिविधि बारे बनघुस्री गाउँबाट निगरानी राख्न कठिन पर्ने हुनाले खैरापुरको गुजरहना गाउँमा स–मिल लगाएर आफ्नो उपस्थिति बाक्लो बनाउने क्रममा सरयू लाई भादा खोलामा खसाल्ने असफल प्रयास गरेका थिए भन्ने कुरा सुनाउँछन् । तर लेखक यस कुुरामा विश्वस्त नहुने कारण यो छ कि, हरिहरप्रसाद उपाध्यायले गुजरहनाको खाद्य गोदाम र मिलमा आगो लगाउने जस्ता मुद्धाहरु चलाएकाले,ज्ञातव्य इतिहासमा बर्दियाका प्रथम प्रजातान्त्रिक योद्धा कमलाप्रसाद कायस्थलाई राणा शासनबाट वि.सं. १९९३ सालमा दामल सजाय भएको र नख्खु जेलबाट वि.सं १९९७ सालमा नै देश निकाला भै वीरगंजको नाकाबाट भारत पठाईसकेकोले सो कुरा वि.सं.२०१७ सालमा नदीको मुहान खन्ने प्रसंगमा मेल खाने देखिदैन । अरु कोही कसैबाट यो नदीको इतिहास लेख्ने क्रममा भ्रम श्रृजना नहोस भन्नका लागि यहाँ यो स्पष्टिकरण दिइएको हो । जेहोस, सरयू नदी को पानी २००७ देखि भादा खोलामा खस्न शुरु भयो र सरयूका दुई हाँगा भए अंतमा २०१७ साल सम्म लगभग १० वर्षको संघर्ष पछि सरयू नदी बेचईपुर नजिक भादा खोलामा पूर्णतया आफै खसेपछि सरयूको चलीरहेको मुहान थुनियो र यसको बहाव बगही, बालापुर, टँडवा, बाँधूपुर र थपवा हुँदै भारतमा प्रवेश गरेको, “भादा”खोला गोपिया हुँदै नकहवा कुलोलाइ समेट्दै मुरैनिया र रोशनकोला गाउँ हुँदै पुनः सरयूमा मिसिन पुगेको हो । छोटकरीमा भन्नु पर्दा सरयू नदी नेपालमा बेचईपुरको पश्चिमबाट बगदै गुलरियाको पश्चिम हुँदै भारतमा प्रवेश गरेको भाग अब पुरानो नदी “बुढिया नदी” को रुपमा परिवर्तित भएको छ र केही चिन्ह अवशेष बाँकी रहेपनि धेरै जसो भाग आवाद गुलजार भैसकेको छ । भादा खोला अब भादा नदी बन्न पुगेको छ । यसरी सरयूको बिचको भाग भादा खोला भएको छ । यसको उत्पत्ति स्थानमा यसलाई सरयूको शिर भनेको र बर्दियामा प्रवेश गरेपछि सरयू भनिएकोमा वर्तमान समयमा कतै बबई र कतै भादा नदी भनिएको छ । तर भारतमा गएपछि आधिकारिक स्तरमा हाल सम्म समेत सरयू नै भन्ने गरिएकोले यी तीन नाम मध्ये पौराणिक, परम्परागत र अधिकारिक सरयू भन्ने नाम हामीकहाँ लोप हुँदै गएको देखिन्छ । सरयू नदीको तटमा स्थापित बबई बहुमुखी क्याम्पसको नामाकरण हुँदा त “बबई क्याम्पस”, र गुलरियाको सामुदायिक रेडियो एफ.एम को “बबई एफ.एम” र साविक नेउलापुर भूरीगाँउ क्षेत्रलाई बबई नगरपालिका नामाकरण हुन पुगेको छ भने, ऐतिहासिक र भौगोलिक ज्ञानको अभावले गर्दा अन्यत्र धेरै स्थानहरुमा असावधानी र अज्ञानता झल्कने कामहरु भएका र भइरहेका देखिन्छन् । एक किसिमले भन्नु पर्दा बर्दियाको धार्मिक र साँस्कृतिक गहना र धरोहर नै तिरोहित हुन पुगेको छ । बर्दियामा सरयूको नामै बिगारेर भन्ने हो भने दाँगबाट आएका खोलाहरुको मिश्रण बबई खोला सल्यानको शारदा खोलाले गर्दा जीवन्त भएकोले बरु शारदा भन्न मिल्थ्यो होला र बेचईपुर देखि भारत सीमा सम्मको टुक्रालाई बरु “भादा”भन्न सकिएला तर बबई भन्ने आधार त दाँग तिरबाट आएका मानिसहरुको स्मृति बाहेक अन्य कुनै आधार देखिदैन । बबई नदी त यो नदीको न शिर हो न पुच्छर हो केवल दाँग क्षेत्रमा सीमित बीचको खण्ड मात्र हो । पौराणिक सरयू नदीको मूल बर्दिया र श्रोत दाँग हो भन्ने कुरा प्रचारमा ल्याउन सकिएमा बर्दिया र दाँग जिल्लाको पौराणिक र धार्मिक महत्व बढन सक्दछ भगवान रामको जन्मभूमि भारतको अयोध्या तीर्थको सरयूमा स्नान गर्न र गंगाको उद्गम उत्तराखण्डमा गोमुख को दर्शन गर्न लाखौं मानिस जाने गरे जस्तै, गुलरिया र दाँगको हरलक काउलेमा हिन्दू तीर्थयात्रीहरुको ओइरो लागन सक्दछ , जसले धार्मिक पर्यटनलाई ठूलो टेवा पुर्याउन सक्दछ । लास सद्गतको कुरा गर्ने हो भने,सर्जु नदी भादा खोलामा पसेपछि नेपाल क्षेत्रभित्रको सरयूको दक्षिणी खण्ड सुक्दै गएको र स्थानीय रुपमा बर्षाको पानी मात्र नदीको स्रोत बन्दै गएपछि सतत प्रवाहित नदीको आवश्यकतावश थारु कोठिया गाउँको उत्तर पूर्व तत्कालीन त्रिलोकराजा ईंटा भट्टा नजिक रहेको खैरी जंगलको भादा तटमा गुलरियाका मानिसले र अन्यत्रका मानिसहरुले आ–आफ्ना सुविधा अनुसार सरयू र भादाको तट तथा वगरमा र यी नदी देखि टाढाका मानिसहरुको आ–आफ्नो पायक पर्ने गाउँठाउँ ंर चिहान स्थलमा मृतकहरुको सतगत हुने गरेको थियो । यसै क्रममा वि.सं. २०४५ सालमा राजा भट्टाको पूर्व हुलाकी सडकको भादा नदीका डुंगा चल्ने घाटमा केही फराकिलो ठाउँ भएकोले लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिको पहलमा भारतजंग शाहको अध्यक्षतामा स्मशान घाट व्यवस्थापन समिति गठन भएको तर नदीको बाढीले घाट कटान हुन गएपछि सो स्थानमा स्मशान घाट कायम रहन सकेन । यसै क्रममा नदीको हालको पक्की पुलदेखि दक्षिणतर्फ नदीको बगर र वर्षामा नदीको सोही तटमा रहेको ऐलानी जग्गामा समेत धेरै पहिलेदेखि यदाकदा लासको दाहसंस्कार हुने गरेको भएपनि त्यसबेला हालको बाटो र पुल बनि नसकेको अवस्थामा त्यसठाउँमा खेतै खेत भएर जानुपर्ने, लास लैजान नितान्त कठिन थियो । यसकारण गुलरिया देखि ठाढै पूर्व राजाभट्टाको छेउबाट गएको हुलाकी बाटोको डुंगाको घाट सोझो बाटो र चलनचल्तीमा भएकोले लास सतगतको लागि राजा भट्टा नजिकको घाट अथवा डुंगा घाट नै बढी उपयोगमा आउँथ्यो । बर्दियाको सदरमुकाम गुलरिया र यस क्षेत्रका हिन्दू समुदायले गुलरियाको पश्चिम भएर बगने सरयू नदीको घाट, विशेषतया गुलरिया गाउँको दक्षिणपट्टीको घाटमा लास गाड्ने र दाह संस्कार गर्ने चलन संवत् २०२०÷२०२५ सालसम्म कायम रहेको थियो । त्यस्तै हालको बबई बहुमुखी क्याम्पस रहेको परिसरका साथै यस नदीको अन्य ठाउँको तटवर्ती क्षेत्र र वगरमा पनि लास गाड्ने र दाह संस्कार हुने गरेकोले यो सरयू नदीबाट खेत सिचाईकासाथै हिन्दूहरुको अंतिम संस्कारको धार्मिक र साँस्कृतिक मान्यता समेत सम्पन्न हुने गरेकोले सतत् सलिला यो नदी मानवमात्रकोलागि वरदान हो । गुलरियाबजार क्षेत्रका हिन्दूहरुको स्मशान÷चिहान घाटको सुनिश्चितता र सुव्यवस्थापनको लागि संस्थागत रुपमा प्रथम प्रयास कहांँबाट भयो ? भन्ने कुरा खोज्दै जाँदा यस्ता धार्मिक साँस्कृतिक काम गर्ने सनातन धर्म सेवा समिति शाखा कार्यालय गुलरिया नामको एक मात्र संस्था रहेको प्रमाण भेटिएको छ । यसको प्रथम निर्णय पुस्तिका उपलब्ध हुन नसकेपनि द्वितीय निर्णय पुस्तिकालाई आधार प्रमाण मान्ने हो भने निर्णयपुस्तिकाको प्रथम पृष्ठमा “२०४६÷०४÷१६ मा आज द्वितीय वार्षिकोत्सव समारोह तथा साधारण सभा बस्यो” भनिएकोले सनातन धर्म सेवा समिति गुलरियाको स्थापना २०४५÷०४÷१६ मा भएको सहजै अनुमान गर्न सकिन्छ । यो संस्थाको निम्नानुसार गठन भएको देखिन्छ ः अध्यक्ष ः सूर्यराज गौतम गुलरिया ,जि वि स रोड । उपाध्यक्ष ः प्रेम कुमार आचार्य क्याम्पस प्रमुख बबई बहुमुखी क्याम्पस सचिव ः सूर्यलक्ष्मी गौतम सदस्य सचिव ः नारायण शर्मा शिक्षक ( गुनपा ११ लक्ष्मणपुर) कोषाध्यक्ष ः दीपबहादुर के.सी. (जिविस रोड) सदस्य ः रामप्रसाद काफ्ले सदस्य ः मनमोहन झा (तत्कालीन प्र.जि.अ.) सदस्य ः मेघनाथ अधिकारी, गुलरिया न पा ८ सदस्य ः चेतन शर्मा , गुलरिया न पा ८ सदस्य ः मोतीलाल यादव, गुलरिया न पा ९ सदस्य ः भीमराज आचार्य्, गुलरिया न पा ११ सदस्य ः रामकृष्ण उपाध्याय गुलरिया न पा ८ सदस्य ः दिनेश प्रसाद श्रेष्ठ गुलरिया न पा ६ ,सदस्य ः सनासर यादव, गुलरिया न पा ९ सदस्य ः कविन्द्रराज श्रेष्ठ,जि वि स रोड सदस्य ः सीताराम शर्मा मडवारी, गुलरिया न पा ८ केही समयपछि हालको गुलरिया नपा ११ लक्षमणपुरका केशब प्रसाद पन्त र लालबहादुर थापालाई सदस्य थप गरिएको देखिन्छ । यो समितिले यज्ञ यज्ञादि र मृतक दाहसंस्कारको लागि टिसिएन (टिम्बर कर्पोरेशन अफ नेपाल ) का डिपोहरुले आम जनतालाई सुपथ मूल्यमा दाउरा उपलब्ध गराइदिन अनुरोध गर्ने भनी मिति २०४८÷०३÷०१ मा निर्णय गरेको पाइएकोले यहीं देखि शवदाहको व्यवस्थापनमा संस्थागत चासो र शुरुवात भएको भन्नु पर्दछ । तर जनसंख्या बृद्धि तथा राजनीतिक अस्थिरताले गर्दा बनजंगलको विनास र जंगल, नदी तट, गौचर र बगरमा तथाकथित सुकुम्बासीहरुको चापबाट लास गाड्न र जलाउन निश्चित भूमिमा अतिक्रमण र टिसिएनको महँगो दाउराको समस्याले पिरोल्न थालेको र भारतको मूर्तिहा जंगलबाट आउने गरेको भात पकाउने दाउराको भारीले लास जलाउन र सो नपाएमा प्रत्येक मलामीले आ–आफ्ना घरबाट दुइचार टुक्रा दाउरा लैजानु पर्ने दुखद अवस्थाबाट छुटकारा पाउन लास व्यवस्थापनको लागि समुचित र संस्थागत व्यवस्थापनको आवश्यकता महशूस भयो । यसै समयावधिमा २०५०÷०४÷१६ मा सनातन धर्म सेवा समिति गुलरिया शाखाको निम्नानुसार निर्विरोध समिति पुर्नगठित भयो ः सभाति ः गंगाराम अधिकारी, गुलरिया न पा ६ जि वि स रोड उपसभापति ः यज्ञप्रसाद सुवेदी,कालिका ५,पछि गुलरिया न पा ६ उपसभापति ः यज्ञप्रसाद पराजुली गुलरिया न पा वन कार्यालय नजीक ,सचिव ः ओम प्रकाश अधिकारी, गुलरिया न पा ८ कोषध्यक्ष ः लालबहादुर थापा, गुलरिया न पा ११ स. सचिव ः भीमराज आचायर्, गुलरिया न पा ११ सदस्य ः नारायाण शर्मा, गुलरिया न पा ११ सदस्य ः रंगीदास यादव गुलरिया न पा सदस्य ः मेघनाथ अधिकारी गुलरिया न पा ८ ,सदस्य ः उमानन्द पौडेल,कालिका ५ सदस्य ः प्रविणराज गौतम, जि वि स रोड सदस्य ः लक्ष्मणप्रसाद घिमिरे मनोनित सदस्य ः सुलोचना पन्थी गुलरिया न पा ६ मनोनित सदस्य ः शारदा पौडेल गुलरिया न पा ६ जि वि स रोड मनोनित सदस्य ः दिनेश खरेल गुलरिया न पा ११ लक्षमणपुर मनोनित सदस्य ः यदुनन्दन शर्मा,मानपुरमैनापोखर मनोनित सदस्य ः कृष्णप्रसाद ज्ञवाली मनोनित सदस्य ः झलक शर्मा (जमुनी) केन्द्रिय सभा सदस्य ः सूर्यराज गौतम केन्द्रिय सभा सदस्य ः हिकमत मल्ल ,ठाकुरद्धारा मढैला । गंगाराम अधिकारीका अनुसार पहाडमा मृत्यु हुने अवस्थाका मानिसलाई नदीको घाटमा राखने र मरणोपरान्त त्यही सद्गति गर्ने चलन भएकोमा म बसाई सरि गुलरियामा आएको अवस्थामा २०४० सालमा आमाको मृत्युको समयमा नदीमा कतै व्यवस्थित घाट नभएकोले आमाको मृत्यु घरैमा हुन पुगेको हुनाले हिन्दूहरुको संस्कारै बिग्रन लागेको भन्ने पीर परेको हँुदा घाटमा पाटी पौवा र मलामी घर बनाउने प्रयाश शुरु गरियो तर सफल हुन सकिएको थिएन भनि बताउनु भयो । तसर्थ यस समितिको २०५०÷०४÷२२ को बैठकले बबई नदीमा उचित स्थान हेरी विश्राम घाट र स्मशान घाट तथा ओत लाग्नको लागि एउटा पाटी पौवा निर्माण गर्ने र लास जलाउनका लागि जि.वि.स बर्दिया, गा.वि.स.को कार्यालय गुलरिया, खैरापुर, मथुराहरिद्धार, मोहम्मदपुर, कालिका, मानपुर मैनापोखर र सोरहवासँग सहयोग माग्ने भनी निर्णय गरेको पाइन्छ । त्यस्तै यसै समितिले बबई नदीको किनारामा रहेको जिल्ला सडक कार्यालयको भवन (भादा पुल बनाउँदा बनाएको टिनको छाना भएको पक्की घर), स्मशानघाटको विश्राम स्थलको रुपमा प्रयोग गर्न पाउने माग गर्ने भनी २०५०÷०८÷१० मा निर्णय गरिएको देखिन्छ । तर सो घर उपलव्ध हुन सकेन । यतातिर राजा भट्टानिरको घाटमा नदी कटान जारी रहेकोले सो कटान रोक्नु पर्ने र अर्कोतिर भूमि अतिक्रमणकारीद्वारा स्थानीय खयर घारी नष्ट हुँदै स्मशान घाट नै लोप हुने सम्भावना बढेपछि शमी व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ अधिकारीले थपवा गाउँको मोहन थारुसँग गाविस अध्यक्ष कमलराज शर्मा र कोठियाका मनोहरलाल थारुको रोहवरमा सम्झौता गरी घाटमा शमीका विरुवा रोपी संरक्षण गर्न जिम्मा दिइएको र सो ठाउँलाई स्मशानघाटको रुपमा सुव्यवस्थित गर्नका लागि जिविस र जिल्ला वन कार्यालय बर्दियाको स्वीकृति प्राप्त गर्नुभएको २०५१÷०९÷०८ को पत्रसमेतबाट देखिन्छ । तर ठूलो मनोबल र उच्च उद्देश्यबाट प्रेरित भएर व्यक्तिगत चिन्ता र चासोमा गरिएको सो काम अन्यत्रबाट सहयोगको अभाव र नदी कटान, तथा भूमि अतिक्रमणको तीव्रताले गर्दा सफल हुन दिएन र यो स्मशानघाट कायम रहन सकेन । संस्थागत प्रयासकै क्रममा सनातन धर्म सेवा समिति गुलरियाको २०५३÷०९÷१० को निर्णयले नदी तटमा ४ कठ्ठा ऐलानी जग्गा माँग गरी घाट व्यवस्थापन गरी महादेव मन्दिर समेत निर्माण गर्ने भनी निर्णय गरिएको र २०५३÷११÷२५ को सो समितिका सभापति गंगाराम अधिकारीको अध्यक्षतामा बसेको र्बैठकले निम्नानुसार “स्नान तथा स्मशान घाट व्यवस्थापन तथा निर्माण उपसमिति” गठन गरेको पाइन्छ ः अध्यक्ष ः लक्ष्मीकान्त घिमिरे, ड्र्ेसरबाबु गुंजा मेडिकल गुनपा ८ उपाध्यक्ष ः शिव प्रसाद उपाध्याय, भान्जाबाजे, गुलरिया न पा ८ सचिव ः वासुदेव शर्मा गुलरिया न पा ८ सदस्य ः पदमबहादुर सापकोटा, गुलरियानपा८,पूर्व राष्ट्र्यि पंचायत सदस्य, सदस्य ः श्यामनारायण यादव,खैरापुर गाविस,सँगहापुर,यादव इम्पोरियम सदस्य ः मनोहर थारु, गुलरिया न पा १० थारु कोठिया, सदस्य ः दीनानाथ बख्रेल गुलरिया न पा ८,खानेपानी टोल यो उपसमितिले हालको भादा पुल नजिक रहेको ३ कठ्ठा ऐलानी जग्गा समितिले प्राप्त गर्ने निर्णय गरेको देखिन्छ । त्यो जग्गा अहिलेको घाटको जग्गामा समाविष्ट रहको छ । गुलरियाकोलागि भादा नदीको घाटको सन्दर्भमा हेर्दा राजा भट्टानिरको माथिल्लो भाग, त्यसमुनी हुलाकी बाटोको डुंगाघाट र तेस्रो चरणमा हालको भादा पुलको उत्तरमा रहेको वर्तमान घाट र चौथो भादा पुलदेखि दक्षिण थपवा जाने बाटोको साँधमा रहेको खुल्ला फराकिलो ऐलाानी जग्गाको घाट । अहिले सम्म यी चार ओटा ठाउँहरु प्रयोगमा आएको देखिएका छन् । यो सरयू नदी (भादा) को तटमा सुव्यवस्थित स्मशानघाट बनाउन संस्थागत रुपमा सनातन धर्म सेवा समिति, कमलराज शर्माको अध्यक्षताको गाविसको कार्यालय गुलरिया र नगरविकास समिति, लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति र समी व्यवस्थापन समितिले आ–आफ्नो स्तरबाट सह्रानीय प्रयास र योगदान गरेपनि नदी कटानको समस्या, बलियो आर्थिक लगानी र शक्तिशाली पृष्ठपोषणबिना ती प्रयासहरु यद्धपि बालुवामा पानी हाले सरह नै भए तर, ती प्रयासहरुलाई वर्तमानको आधार स्तम्भका रुपमा मान्नै पर्दछ । तसर्थ जहाँसम्म शवदाह स्थल व्यवस्थापनको सरकारी तन्त्रद्धारा संस्थागत विकास निर्माण कार्यको शुरुवातको कुरा गर्ने हो भने वासुदेव शर्माको अध्यक्षताको गृुलरिया नगरविकास समितिले नै यसको निर्माण कार्य प्रारम्भ गराउनकालागि रकम उपलव्ध गराएको देखिन आउँछ । यो नगरविकास समितिको निम्नानुसारको प्रारुप रहेको अभिलेख देखिन्छ ः अध्यक्ष ः बासुदेव शर्मा, गुलरिया नपा ८ सदस्य ः गीता वस्नेत, गुलरिया नपा ९ सदस्य ः गम्भीर मल्ल गुलरिया नपा,९ सदस्य ः रामप्रसाद पौडेल गुलरिया नपा, सदस्य ः कमलराज शर्मा गुलरिया नपा, ८ सदस्य ः संजय गौतम गुलरिया नपा, ६ सदस्य ः शिवप्रसाद उपाध्याय गुलरिया नपा ८ सदस्य ः धनेशकुमार यादव गुलरिया नपा ९ सदस्य ः गोविन्दप्रसाद पाण्डे गुलरिया नपा २ सदस्य ः कृष्णप्रसाद नेपाल (प्रशासकिय अधिकृत जिल्ला प्रशासन कार्यालय, बर्दिया सदस्य ः शेखरकुमार यादव (डि.एफ.ओ.) सदस्य ः जनकमान जोशी (इन्जिनियर ः खानेपानी) सचिव ः कोमानन्द अधिकारी (डि.ई. सार्वजनिक निर्माण शाखा) यो समितिले साहसिक पाइला उठायो र भादा (सरयू ) नदीको तटमा शव दाह स्थल र धर्मशाला आदिको व्यवस्थाको लागि मिति २०५५÷१०÷२७ को निर्णयले रु. २ लाख विनियोजन गर्दै निम्नानुसार उपभोक्ता समिति गठन ग¥यो । यस सन्दर्भमा यो निर्णय नै कोषेढुङ्गा सावित भयो । अध्यक्ष ः शिव प्रसाद उपाध्याय पोखरेल (भान्जा बाजे) सदस्य ः कृष्णप्रसाद थारु (कोठिया) सदस्य ः कमलराज शर्मा (गुलरिया गाविस अध्यक्ष) सदस्य ः लालबहादुर थापा गुलरिया नपा ११(लक्ष्मणपुर) सदस्य ः लक्ष्मीकान्त घिमिरे (ड्र्ेसरबाबु) गुलरिया नपा ८ गुन्जा मेडिकल सदस्य ः मेघनाथ अधिकारी (गुलरिया गाविस पूर्व सचिव) गुलरिया नपा ८ सदस्य ः दीननाथ बख्रेल (मुरारी दाइ) गुलरिया नपा –८ यो उपभोक्ता समितिले नगर समितिको पैसाबाट भादा नदीको तटमा गुलरिया ५ क को कि.नं. ९२ को १० कठ्ठा ८ धुर जग्गा खरिद गर्ने तथा चिता स्थल र बाथिङ प्लेट, धर्मशाला र मन्दिर बनाउन २०५५÷११÷११ मा निर्णय ग¥यो । पक्की पुलनिरको वर्तमान भादा घाट यही घाट हो । यसको नक्शा डिजाइन र प्राविधिक कार्यमा इन्जिनियर कोषराज निरौलाको टूलो सहयोग रहेको थियो । नगरविकास समितिले जग्गाको मूल्य र पास खर्चको रकम उपलब्ध गरायो भने पुलदेखि ठिक उत्तर नदीको छेउमा दुइवटा बाथिंग प्लेट निर्माण गराउन रकम दियो । यसरी यो समितिले २०५६÷०८÷२१ मा निर्णय गरी मलामीघर, धर्मशाला, मन्दिर र दाउरा राख्ने गोदाम घर बनाउन निर्णय ग¥यो । दुइओटा बाथिङ प्लेट निर्माण गरिए तर महादेव मन्दिर र मलामी बस्ने घर तथा काठ गोदामको निर्माण कार्य शुरु हुन सकेन । प्लेट बनिसकेपछि नदीमा आएको बाढीले प्लेट पुरेको छ र अव खन्न सकिने सम्भावना पनि देखिदैन । खरिद गरिएको जग्गा मध्येबाट हुलाकी सडकदेखि तल झर्ने बाटो बनाइएको ले सो जग्गा बाटो वारीपारी दुइ खण्डमा विभाजित भएको छ । नगर विकास समितिले यो घाट व्यवस्थापन गर्न २०५८÷०२÷२५ को निर्णयले गुलरिया –७ बस्ने नारायणप्रसाद श्रेष्ठको संयोजकत्वमा निम्नानुसारको समिति गठन गरेको देखिन्छ ः संयोजक ः नारायणप्रसाद श्रेष्ठ गुलरिया नपा ७ सचिव ः कुलानन्द कर्ण गुलरिया नपा ९ सदस्य ः दीनानाथ बख्रेल गुलरिया नपा ८ सदस्य ः कमल प्रसाद श्रेष्ठ गुलरिया नपा ६ सदस्य ः मंगलादेवी श्रेष्ठ गुलरिया नपा ८ सदस्य ः नारायण शर्मा गुलरिया नपा ११ सदस्य ः छविलाल पौडेल गुलरिया नपा ६ (यो समितिलाई माइनुट तथा विविध पत्रहरुमा शवदाह स्थल निर्माण समिति, कतै उपभोक्ता समिति र कतै निर्माण उपसमिति भनी उल्लेख गरेको पाइन्छ । ) यो निर्माण समितिका साथ साथ नगरपालिका कार्यालयले २०६० सालमा मुक्ति नारायण भादा घाट व्यवस्थापन समिति पनि गठन गरायो, जसको संरचना निम्न अनुसार थियो । अध्यक्ष नारायण प्रसाद श्रेष्ठ गुलरिया ७ क्याम्पस रोड उपाध्यक्ष खेमराज गौतम, गुलरिया ८ सचिव कुलानन्द कर्ण, गुलरिया ९ कोषाध्यक्ष दीनानाथ बख्रेल, गुलरिया ८ सह सचिव पद्मराज सिगदेल गुलरिया ७ क्याम्पस रोड सदस्य मेवालाल कुर्मी, रतनापुर सदस्य गंगाराम अधिकारी गुलरिया ६ सदस्य अनामिका पंथी गुलरिया ८ सदस्य पवन क्ष्ोत्री गुलरिया ८ सल्लाहकार गोविन्द पाण्डे,मेघनाथ अधिकारी,लाल बहादुर थापा,वासुदेव पौडेल । २०६५।०६६ मा साधारण सभाले यो समितिको दोश्रो कार्यकालकोलागी निम्न अनुसार गठन गर्यौ । २०७३ बैसाखसम्म यही समिति कार्यरत थियो । अध्यक्ष नारायण प्रसाद श्रेष्ठ उपाध्यक्ष खेमराज गौतम सचिव कुलानन्द कर्ण कोषाध्यक्ष दीनानाथ बख्रेल सहसचिव कोषराज निरौला, विद्युत टोल सदस्य मेवालाल कुर्मी सदस्य बुद्धिनाथ ज्ञवाली, सुहेलवा । (वहाँको मृत्यु भएपछि ललित बहादुर शाही ) सदस्य गंगाराम अधिकारी सदस्य अनामिका पंथी सदस्य गर्भू थारु, कोठिया गाँउ । सदस्य विष्णु प्रसाद अधिकारी अस्पताल रोड । सलाहकार मेघनाथ अधिकारी,वासुदेव पौडेल,खेटराज पोखरेल । नगर विकास समिति र नगर अधिकृत यमलाल अधिकारी को समयमा नगरपालिको दह्रो सहयोगमा व्यवस्थापन समिति र निर्माण समिति सक्रिय भएकाले, हाल सनातन धर्म सेवा समिति निष्क्रिय रहेको छ, तर त्यस्का सक्रिय सदस्यहरु यो व्यवस्थापन समितिमा रहेका छन् र यो समितिले निर्माण उपसमितिलाई सघाउने गरेको छ । यो घाटको लागि खास गरेर भान्जाबाजे शिव प्रसाद पोखरेल र गंगाराम अधिकारीको चासो, लगनशीलता र सक्रियता सराहनीय रहेको बुझिन्छ । सनातन धर्म सेवा समितिको रु २२०००। रा वा बैंक गुलरियामा उपेक्षित रहेको भन्ने जानकारीमा आएको छ । यो निर्माण समितिले नदीमा शवदाह प्लेट निर्माण ग¥यो तर त्यो पनि २०६६ सालको बाढीमा पुरिएको छ । यो समितिले २०५९÷०४÷२८ गते वयोबृद्धा समाजसेवी श्रीमती लीलादेवी शर्माको हातबाट शिलान्यास गराएर मलामी विश्राम घर र दाउरा राख्ने गोदाम घरको निर्माण र सञ्चालन व्यवस्थित गरेको छ भने हुलाकी सडक देखि तल झरने बाटोदेखि पूर्व शिव मन्दिर र पश्चिम धर्मशाला निर्माणको लागि २०५९ सालमा स्थानीय विकास मन्त्रालय र गुलरिया नगरपालिकाको लगानीमा भव्य धर्मशालाको निर्माण सम्पन्न भएको छ । नगर विकास समिति ले खरीद गरीदिएको १० कट्ठा ८ धुर जग्गामा रहेका संरचनाहरु सहित यो धर्मशालाको जग्गासँग जोडिएको पश्चिमका संधियार रामजी थारुले आफ्नो आमा अन्तुरिनी थरुनीको नामको १ कठ्ठा १० धुर र सन्तराम थारुले १० धुर जग्गा दान दिएका छन् । यसमा वि.सं. २०६२ साल बैशाखमा लक्ष्मीनारायण मन्दिर बनेको छ । यो समितिले ठूलो प्रयास गरेर थपवा जाने बाटो नजीक ७ कठ्ठा १० धुर खेतीयोग्य थप जग्गा आन्तरिक स्रोतबाट खरिद गरेको छ । यसरी अब यो संस्था संग कुल १९ कट्ठा ९ धुर जग्गा रहेकोछ । यस विकास क्रममा २०६८ सालमा गुलरिया नगरपालिकाका नगर अधिकृत कृष्णप्रसाद गौतमले बृद्धाश्रम निर्माण गर्न नारायणप्रसाद श्रेष्ठकै अध्यक्षतामा नगरपालिकास्तरीय जेष्ठ नागरिक सेवा समिति गठन गरी उक्त धर्मशाला माथी दोश्रो तला थप्न लगाई बृद्धाश्रम भवन निर्माण गरिएको छ भने सार्वजनिक शौचालय, भान्साघर समेतका निर्माण कार्यहरु सम्पन्न गरिएका छन् । बृद्धाश्रममा विद्युत, खानेपानीको नल—धारा तथा सौर्य उर्जाद्धारा समेत विद्युतको व्यवस्था गरिएको छ । भजन कीर्तन गर्नका लागि पर्याप्त वाद्ययन्त्रहरु रहेका छन् र बृद्धबृद्धा १० जनाका लागि खाट, बिस्तरा, भाँडा र अन्य आवश्यक सामग्रीहरु उपलब्ध रहेको छ । बृद्धाश्रमकोलागि अशक्त असहाय बृद्धबृद्धाहरुको खोजी गर्दा हालसम्म सम्पर्कमा आउनुभएका गुलरिया ११ निवासी केदार प्रसाद पौडेल नामका एकजना जेष्ठ नागरिकलाई २०७०÷११÷२८ मा बृद्धाश्रममा राखेर सेवा दिइएतापनि २०७१ को हिउँदमा उहाँ पनि वृन्दावन जानुभएपछि हालसम्म बृद्धाश्रममा बसेर सेवा लिन अन्य कोही जेष्ठ नागरिकलाई खोज्न सकिएको छैन । उक्त धर्मशाला र बृद्धाश्रमको परिसरमा जिल्ला विकास समितिले माटो पटानमा सहयोग गरेको छ । त्यस्तै बृद्धाश्रम नजिकै हुलाकी सडकमा गुलरियाको मुख्य द्धारमा गुलरिया नगरपालिकाका तत्कालीन मेयर गोविन्द प्रसाद पाण्डे र उपमेयर हरिप्रसाद ज्ञवालीको सक्रियता र नारायणप्रसाद श्रेष्ठकै अध्यक्षतामा गठित उपभोक्ता समितिले पक्की प्रतिक्षालयको निर्माण गरको छ । यसरी अहिले भादाघाटमा पुल नजिक एउटा सुन्दर देवस्थल – धर्मस्थल– पुण्यस्थलको निर्माण भएको छ । यसमा गुलरिया नगरविकास समितिका अध्यक्ष बासुदेव शर्मा र शिवप्रसाद उपाध्याय तथा नगरविकास अधिकृतहरु र स्थानीय जनताको सहयोग र सक्रियताले मूर्त रुप लिएको छ । तर, मानिसको अन्त्येष्टीका लागि दाउराको समस्यासँग यो उपभोक्ता समितिले संघर्ष गरिरहेको छ । यसका तत्कालिक समस्या र समाधानका उपायहरु निम्नलिखित प्रस्तुत गरिन्छ ः १. जिल्लाका विभिन्न स्थान तथा सदरमुकाम गुलरिया र बाँके जिल्लाबाट समेत अन्त्येष्टीका लागि शव ल्याइने गरिएको र दाउराको आपूर्तिकालागि सरकारी स्तरबाट ठोस विधिविधान नभएकोले यो समतिले दाउराको उपलब्धताकोलागि गाउँ गाउँ चाहार्दै निरन्तर डुली रहनु परेको अवस्था छ । यद्धपि वन कार्यालयले उदारतापूर्वक हेर्ने गरेपनि दाउराको नितान्त अभाव छ । यो यति ठूलो समस्या बनेको छ कि जसलाई व्यक्त गर्न गाह्रो छ । समितिको निरन्तर तनावको कारण यही हो । यसकालागि सामुदायिक वनहरुबाट सहूलियत मूल्यमा अनिवार्य रुपमा काठ दाउरा उपलब्ध गराउने नियम तथा विधानमा व्यवस्था हुनुपर्दछ । २. लक्ष्मीनारायण मन्दिरमा पुजारी शुकदेव खनालको निवास धर्मशालामा रहेको छ र चौकिदार नन्दलालको आफनै घर छ । तर पुजारी र चौकीदारकोलागि आवास स्थल निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ३. नदीमा बाढी आउने कुरा स्वभाविक हो तर यो अवस्थामा अन्तेष्टि कार्य कठिन हुन्छ । यसको लागि अन्तेष्टि स्थल सुरक्षित बनाउनु पर्दछ । हुलाकी सडकको प्रतिक्षालयदेखि दक्षिणपट्टी नदीको ढिकमा उच्च स्थान रहेको हिन्दूहरुको पहिलेको चिहानघाटलाई त्यहाँ नजिकैका तीन चार जना मुश्लिम समुदायका मानिसहरुले हाल घरबारी बनाइ कब्जा गरेका छन् र सो भन्दा मुनि नदीको बगरमा समेत लास जलाउन अवरोध गरेका छन् जसले गर्दा पुलको दक्षिणतर्फ लास जलाएर उत्तरतर्फ नुहाउने र शुद्ध हुने प्रक्रिया नै अवरुद्ध हुन गएको छ र अहिले पुलको उत्तरपट्टी जहाँ लास जलाएर चिता धुने काम गरिन्छ, त्यही पानीमा नुहाउनुपर्ने बाध्यता छ । यसबाट कुनै समयमा अचानक साम्प्रदायिक सद्भाव खल्बलिन सक्ने हुनाले समाजका अगुवा र नेतृत्व वर्गले समयमा नै गम्भीरता पूर्वक यो समस्याको समाधान खोज्नुपर्ने देखिन्छ । ४. बृद्धाश्रमसँगै उत्तरपट्टी २ कठ्ठा १६ धुर व्यक्ति विशेषको नम्बरी जग्गा रहेको छ । उक्त जग्गा आश्रमले खरिद गर्नुपर्ने अवस्था छ र दुई वर्षदेखि प्रयत्नशील रहेको यो समतिले आश्वासनको ठूलो भारी बोक्न पाएको भए पनि यथार्थमा काम हुन सकेको छैन । यो जग्गा अरुले किनेमा भविष्यमा बृद्धाश्रमलाई ठूलो समस्या हुने देखिएकोले दातृ निकाय र चन्दादाताहरुले नाम कमाउने अवसरबाट लाभ लिन सक्नु पर्दछ । ५. निर्माण कार्यको निम्नानुसारको अनुगमन समिति रहेको थियो । यसको अझ बढी सक्रियता अपेक्षित छ । अध्यक्ष ः अयोध्याप्रसाद श्रीवास्तव महम्मदपुर,गणेशपुर । हाल गुलरिया सदस्य ः पृथ्वीराज श्रेष्ठ,गुलरिया ६ . सदस्य ः संतराम थारु, गुलरिया १० सदस्य ः हरिहर आचार्य,गुलरिया ७ सदस्य ः श्रीमती किरण श्रेष्ठ,गुलरिया १० ६. यो नदीको घाटका साथै कोठियाघाटलाई समेत तीर्थको रुपमा विकसित गर्ने रणनीति बनाई स्वच्छ, सफा र सुव्यवस्थित गरी विभिन्न चाडपर्व र स्नानपर्वहरुमा क्रमशः धार्मिक आयोजना गर्दै लैजाने हो भने यी तीर्थहरु पर्यटनको समेत आकर्षणका केन्द्र विन्दु बन्न सक्दछन् । योगी नरहरिनाथले कोठियाघाटमा संस्कृत विद्यापीठसहितको विश्वविद्यालयकोलागि आजीवन संघर्ष गरे, विद्यालय खोले ,कोटि होम लगाए, वहाँको शेष पछि वहाँका साथी नेपालका गोरक्ष पीठाधीश काठमाण्डू बल्खुका स्वामी समबुद्धदेवले लक्ष्मीनारायण मन्दिर गुलरियाका संत महन्तहरुको सहयोगमा यज्ञ गरे, कैलाश मानसरोवर यात्राको प्रारम्भ बिन्दु बनाउने भनेर गेरुवा नदी वारी पारीका स्थानीयहरुको प्रयाश पनि भयो, कैलाशद्धार नाम दिइयो, नदी वारी पारी धार्मिक संरचनाहरु बने तर पर्यटन उद्योगी र सरकारी स्तरबाट ठाउँको महत्व बुझेको भए, भनाई र गराईमा अंतर नभइदिएको भए र चासो लीइएको भए हाल सम्म यो ठाउँ ठूलो तीर्थको रुपमा पर्यटकीय स्थलको रुपमा विकसित भै सकने थियो । त्यो अवस्था यो सरयू धामको हकमा पनि विचारणीय छ । ७. यद्धपि कसको मरण कहाँ हुन्छ निश्चित त छैन तर समान्यतया यो घाट यस क्षेत्रमा रहेका हिन्दूहरुको जीवनको अन्तिम गन्तव्य स्थल हो । अन्यत्र घरजम भएकाहरु मध्ये कसैको शरीर यो घाटको माटोमा मिसिन पुग्ने पो हो कि ? के थाहा ? प्रारब्ध न हो ! यसकारण अन्तेष्टिको स्वरुप जस्तो सुकै होस् हिन्दू मात्रले यो घाटको व्यवस्थापन र विकासमा सक्दो सक्रिय सहयोग गर्नुपर्ने कर्तव्य हुन आउँछ । ८. वर्षौंदेखि आफ्नो घरबारको चिन्ता नगरेर यो घाटकै व्यवस्थापनमा सम्पूर्ण समय दिनुहुने समाजसेवी स्वस्फूर्त स्वयंसेवक त्रिर्र्मूिर्त – नारायणप्रसाद श्रेष्ठ, दीनानाथ बख्रेल र कुलानन्द कर्णप्रति यो समाजले साधुवाद दिने मात्र हैन कृतज्ञ नै हुनु पर्दछ । उहाँहरुले उमेर र रोगव्याधिका कारणले कर्तव्यको यो भारी विसाउन आकुल व्याकुल रहेतापनि योग्य र कर्मठ समाजसेवी अघि नसरेसम्म उहाँहरु जबरजस्ती जोतिनु परिरहकोले समाजनिष्ठ युवापुस्ता अघि सर्नुपर्ने आवश्यकता देखिएको छ । ९. यो स्थानलाई कागजमा मसानघाट भनेर जग्गाधनी प्रमाणपत्रमा लेखिएतापनि “मुक्तिनारायण भादाघाट” नामले यो संस्था चलेको कुरा सबैले स्मरण राख्नु पर्दछ साथै भविष्यमा पर्यटन तीर्थको रुपमा विकासक्रममा पौराणिक आधारमा यसको नाम “मुक्तिनारायण सरयू धाम” भनेर सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । ( यो लेख प्रकाशित भै सके पछि यो संस्थाले “सरजू नदी मुक्ति नारायण घाट गुलरिया” भनि नामाकरण गरि सकेको छ ) १०. यस घाटमा नारायणप्रसाद श्रेष्ठले आफ्नै लगानीमा बर पिपलका तीनओटा चौतारी र बबई बहुमुखी क्याम्पसका प्राध्यापक एवम् अधिवक्ता सूर्यमोहन सापकोटाले धारा गाड्नुका साथै एउटा ठूलो चौतारी निर्माण गर्नुभएको छ । साथै तेजेन्द्र प्रसाद सिग्देलले आफ्नो छोराको स्मृतिमा एउटा धारा गाड्नुभएको, कृष्णप्रसाद बरालले नवग्रह मण्डप निर्माण गरी घाटलाई सुव्यवस्थित गर्ने कार्यमा स्वस्पूmर्त सहयोग पु¥याएर उदाहरण बन्नु भएकोले छ । वहांहरुलाई जनताले धन्यवाद दिनै पर्दछ । यहाँ दानदाताशरुको नामावली टाँसिएको छ । ११ पौराणिक सरयू नदीको मूल बर्दिया र श्रोत दाँग हो भन्ने कुरा यातायात,संचार र चेतनाको कमी भएको समयमा जनमानसमा पुग्न नसकेपनि अहिलेको समयमा यो कुरालाई सशक्त रुपमा प्रचारमा ल्याउन सकिएमा बर्दिया र दाँग जिल्लाको मात्र होइन, यो त यौटा राष्ट्र्यि गौरव र देश कै पहिचान बन्न सक्दछ र अहिले सम्म बर्दियामा सौभाग्यवश कलकारखानाको फोहर र शहर बजारको ढल नमिसिएको शुद्ध र पवित्र जलमा स्नान गर्न, भगवान रामको जन्मभूमि भारतको अयोध्या तीर्थ जस्तै, गुलरिया , ताराताल र कुम्हराघाटमा हिन्दू तीर्थयात्रीहरुको ओइरो लागन सक्दछ र “हरलक काउले”े विश्वको नक्शामा आउन सक्दछ जसले बर्दियालाई र दाँगलाई धार्मिक पर्यटनको रुप दिंदै अंतमा कृष्णसार क्षेत्र र राष्ट्र्यि निकुंजलाई ठूलो टेवा पुर्याउन सक्दछ । यस कारण “सरजू नदी सफाई र पुनरुद्धार कार्यक्रम÷परियोजना” जस्ता कुनै नामले सरकारी या गैरसरकारी स्तरबाट कुनै योद्धाले काम अगाडी बढाएमा श्रोत साधनहरुको कमी नहुने र नेपालको गौरव बढने कुरा प्रष्ट छ । जुन सुकै निर्माण र विकासको काममा संलग्न हुने सबै महानुभावहरुको नाम उल्लेख गर्ने र योगदानको सराहना गर्ने काम नितान्त दुरुह र कठिन नै हुन्छ तसर्थ यो विकास कार्यमा ज–जसको सानोठूलो सहभागिता भयो ती सबै नाम समेट्न मेरो अनभिज्ञताको कारणले म असमर्थ भएको रहेछु भने सम्बन्धित महानुभावहरुसँग क्षमा प्रार्थी छु । यस बारेमा आउने टीका टिप्पणीहरुप्रति समुचित आदर र उचित व्यवहार हुने कुरामा विश्वास दिलाउछु । ( यो लेख गंगाराम अधिकारीको जीवनकालमा तयार भएको तर मुक्तिनारायाण भादा घाट स्मारिका ०७२ कारणवश ढिलो प्रकाशनमा आएको र प्राविधिक त्रुटिबाट मुख्य कुराहरु छाप्नै छुटेकाले यो परिमार्जित लेख जनसमक्ष ल्याइएको छ । ) ( मेरा पिता श्री अयोध्या प्रसाद श्रीवास्तवको सहयोगमा यो लेख तयार भएको हो ) फोन –००९७७ ०८४ ४२० ४९४