हिन्दूधर्मदर्शनर ग्रन्थ भाग ७,  सिख धर्म   

       ((प्रमुख प्रचलित धर्महरुकोबारेमा सबैलाई ज्ञान हुनसके अज्ञानताले गर्दा हुने गरेका धार्मिक द्वन्दको न्यूनीकरण हुने र सुख शान्ति स्थापनामा मद्दत हुने भन्ने उद्देश्य लिएरयो लेख र प्रवचनका कुराहरु मेरो अध्ययन, साथसंगतका कुरा सुनाई बुझाई र कतिपय व्यवहारको अवलोकनका आधारमा प्रस्तुत छन् । यो अभिव्यक्तिको कुनै कुराले कुनै धर्म दर्शनका सिद्धान्त, कर्म, नीति, नियम, विचार, मान्यता,चिन्तन र व्यवहार आदि कुनै कुराको सत्यताको पुष्टि वा विरोध गर्दैन र कुनै तर्क विचार व्यवहार विवादको संदर्भमा साक्षी प्रमाण बन्ने दावी गर्दैन । कुनै धर्म विचार चिंतन प्रति कुनै द्वैष, दुर्भाव र घृणा गर्दैन ) ।

  सिख धर्म

   तेसबेलाको अखण्ड भारत, र आजको पाकिस्तानमा रहेको पंजाब को नानकाना साहिब, रावी नदी को किनारमा रहेको रायभोई दी तलवंडी नामको गाउंमा ईश्वी सन् १४६९मा व्यापारी परिवार, हिन्दू ब्राह्मण पंजाबी बेदी खत्री जातिका पिता कल्याण चंद दास बेदी र माता तृप्ताबाट सिख धर्मका    प्रवर्तक गुरु नानकदेव को जन्म भएको थियो । र वहांको मृत्यु अखण्ड भारतको लाहौर अंचलको करतारपुरमा २२ सेप्टेम्बर १५३९ मा भयो ।

      नानक तेसबेलाको मुश्लिम धार्मिक कट्टरपंथिता र सामाजिक उत्पीडन र कुव्यवस्था देखि हिन्दू समाजलाई मुक्ति दिलाउन चाहनु हुन्थ्यो  । यस कारण वहांले  शुरुमा संत कबीरको पंथ अपनाउनु भयो र  जनजागृति आन्दोलन शुरु गर्नु भयो । जसमा एकईश्वरवादी सिद्धान्त ल्याउनु भयो र त्यो परम तत्व सर्वशक्तिमान ईश्वरलाई ओमकार र “वाहेगुरु”भन्नु भयो । हिन्दू धर्मका अन्य देवी देवता, मूर्तिपूजा र अन्य धार्मिक कर्महरुको सट्टा निराकार निर्गुण ओमकारको उपासना, नाम स्मरण र सुमिरन लाई महत्व दिनु भयो । मंदिर को सट्टा गुरुद्वारा स्थापित भयो ।

      यो धर्मको मूल पुस्तकको नाम गुरु ग्रन्थ साहिब हो जसमा विभिन्न मत र पंथका संतहरु जस्तै संत कबीरदास, संत रविदास, संत नामदेव, शेख फरीद, संत धना, संत साधना, संत रामानंद, संत पीपा, संत सैठा, संत वेणी, संत जयदेव, संत त्रिलोचन, संत भीखन र संत सूरदास सहित १५ संतका भनाई का दोहा, चौपाई हरु राखिएका छन् तिनलाई साखी ( साक्षी) भनिन्छ । र ती संतहरुलाई पनि यो धर्ममा धर्मगुरुको रुपमा उच्च सम्मान दीइन्छ ।ई गुरुवाणीहरु जीवनका मार्गदर्शक सिद्धान्त र सचेतना जगाउने साखी हुन् । यो धर्मको प्रमुख गुरुद्वारा भारतको पंजाब को अमृतसरमा छ ।

     यो धर्मको विकासका साथ साथ मुश्लिम  कट्टरपंथी हाकिम र शक्तिशाली धर्मप्रचारकहरुले यसको विरोधमा उग्र भएर अत्याचार गर्न थाले र गुरु अर्जुनदेवलाई बहुत यातना दिएर मृत्युदंड दिए । तेसपछि गुरु हरगोविन्द सामुन्ने आए र वहांलाई मार्न चार पटक आक्रमण भयो । तेस पछिका गैर इस्लामिक मानिससंग घोर घृणा गर्ने बादशाह औरंगजेबले गुरु तेग बहादुरलाई बंदी बनाएर हत्या गर्यो । औरंगजेबका समर्थक र कर्मचारीहरुले इस्लामलाई सिखहरुबाट खतरा भनेर ठूलो नरसंहार गरे । पंजाबमा रगतको खोलो बग्यो  र अंतमा गुरु गोविन्द सिंहले सशस्त्र संघर्षको निर्णय लिए र लडाकू सिख (शिष्य) हरुको खोजी गर्न थाले ।  

शुरुमा यो धर्म गुरु को उत्तराधिकार परम्परा चलेको थियो तर दसौं गुरु गोविन्द सिंहले  पवित्र धर्मग्रन्थमा अंतिम पटक संशोधन परिमार्जन गरी गुरुको उत्तराधिकारी नहुने बनाए र गुरुको काम तथा धर्मरक्षा  खालसा नामको लडाकू दस्ता एक अलग शाखा ले बोकने निर्धारित गरियो । यो लडाकू सैन्य दललाई वहांले अकाल पुरुख –(ईश्वर) को फौज भन्नु भयो । यो धर्मका मानिसले किरपाण र केश त पहिले देखि नै धारण गर्दथे भने अब देखि वहांले कच्छा, कडा र कंघा – (लंगोट जस्तो चुस्त कच्छा,नाडीमा फलामको कडा र केशमा लगाई राखने काइयों ) पनि धारण गरेर पांचवटा चिन्ह अनिवार्य भयो र खालसा ले अफनो नामको पछाडी सिंह लगाउने बनाउनु भयो ।

९ अप्रैल १६९९ मा खालसा फौज खडा गरेर वहांले औरंगजेबलाई लडाईको मैदानमा आउन हांक दिनु भयो । एक किसिमको धार्मिक पेय “पाहुल” पिलाएर अमृत पिएको भनेर यो पंथमा दीक्षित गरिन्छ र अमृतधारी अथवा खालसा भनिन्छ ।

     सिख धर्मका मुख्य सिद्धान्त

 १, इक ओम्कार । अर्थात परम शक्ति एक मात्र छ । त्यो निर्गुण र निराकार, लिंग रहित,र शास्वत छ । ऊ अर्थात वाहेगुरु ले श्रृष्टि रचेको हो । ऊ श्रृष्टि भंदा पहिले थियो र पछि पनि रहने छ । ऊ श्रृष्टिको एक भाग भएकोले सगुण पनि छ । ईश्वरको स्मरण र आराधना गर्नु पर्दछ ।

२, एकमात्र ईश्वर यसमा अन्य देवी देवता र पूजाआजा छैन ।गुरु र शहीदको सम्मानमा चिहानको प्रतीक बनाएर श्रद्धा सम्म प्रकट गरिन्छ ।

३, काम, क्रोध, लोभ, मोह अहंकार देखि बचने । 

४, खालसा अर्थात सिखको केश, कृपाण, कछेरा, कडा कंघा विशेष पहिचान हो भने प्रतेक बैसाखी पूर्णिमामा सिख –(शिष्य) लाई गुरुले केश रक्षाकोलागि दिइने पगडी समेत  ६ चीज धारण गर्नु जरुरी हुन्छ । पगडी धारण नगरेकोलाई पंजाबी या सरदारजी त भन्न सकिन्छ तर सिख –(शिष्य)भन्न मिल्दैन भन्ने भनाई पनि छ  ।

५, यो धर्ममा जीवात्मा मानिन्छ र यो निराकार छ । यस्मा ओमकार, सतिनाम, करता पुरख र स्वैभंग चार गुण मात्र विद्यमान हुन्छन् र जीवन मरणको चक्र चली रहन्छ तर चार गुण अरु पनि प्राप्त गरेर आत्मा निरंकार या वाहेगूरुमा विलीन भै हाल्छ , मुक्त हुन्छ । यस कारण यो धर्ममा धर्मको प्रारंभ नै “आतमचिन्तन ” को सिख्या –(शिक्षा)बाट हुन्छ र यसैको चिंतनमा अत्यधिक जोड दिइन्छ ।

६,अवतार– यस्मा हिन्दूको जस्तो अवतार र पुनर्जन्म मानिदैन । मानिस, पशु, पंक्षी, रुख सबैको जन्म अवतार हो भन्ने छ । कर्मको आधारमा आत्माले पुनर्जन्म लिंदैन ।

७, यस्मा स्वर्ग नर्क अंतै कतै छैन । यो धरती नै स्वर्ग नर्क हो भन्ने मान्यता छ । 

८,नारी पुरुष समान – यसमा नारी पूरुष समान धारणा छ यस कारण तिनीहरुको सुरक्षा पुरुषले दिन पर्दैन उनी आफै लडन सक्छिन्, तेसैले उनीहरुले नाक कान छेडने र जेवर गहना लगाउन निषेध छ । सिख महिलाहरुको नाममा कौर अर्थात राजकुमारी जोडनु भनेको लडाकू नारी को मान हो । आफनो सुरक्षा आफै गर्ने भन्ने नीति रहेकोले हिन्दूको जस्तो दीदी बहिनीको सुरक्षा दाईभाईले गर्ने भन्ने अर्थमा राखी बांधने परम्पराले यो धर्ममा कुनै अर्थ राखदैन । सांस्कृतिक परम्परा र सद्भावले मात्र कोईकोईले राखी बाध्छन् ।

९, पाप पुण्य एक समान – यो धर्म यो विशेष कुरा हो । यो धर्मले मानिसले केवल सोंच्न मात्र सक्दछ तर स्वयं कुनै काम गर्न सक्दैन सबै काम चाहे कसैको जीवन रक्षा होस या कसैलाई मारियोस सब ईश्वरले गराउंछ ।

 पवित्र गुरुग्रंथसाहिबमा शुरुमै भनिएको छ –

 हुकमे अंदर सब है, बाहर हुकम नकोय

 यसै कारणबाट गुरमतमा पाप पुण्य मानिदैन र  कर्मकाण्ड गरिदैन ।  यस कारण मानिसले आत्माको आवाज सुनेर जानेबुझेर काम गर्नु पर्दछ भन्ने छ ।

१०, शुरुमा गुरु नानकदेवले जीवनका तीन सिद्धान्त नाम जप, कीरत गर बंडा चख । भन्नु भएको छ 

११, नानकदेवले भन्नु हुन्छ

 पंडित बांचहि पोथिआ,ना बूझहि बीचार ।  आनको मती दे चलहि, माइआ का बामार 

 कहनी झुठी जग भवै रहणी सबहु सबहु सुसारु

(पंडित पोथी पढछन् तर इनलाई विचारको जानकारी छैन । अर्कालाई उपदेश दिन्छन् र आफनो मायाको व्यापार गर्छन् । तिनको भनाई झुट्ठा हो तिनी संसारमा भटकी रहेका छन् तिनलाई शबदको सारको ज्ञान छैन । इनीहरु विवादमा भुली रहन्छन् । )

१२,के के गर्ने

       १, लगातार परमात्माको स्मरण गर्ने र गुरुवाणी अनुसार हिंडने ।

       २,ईमानदारीको आजीविका गर्ने ।

       ३, कमाईबाट दान गर्ने । 

      ४, प्रेम, सेवा परिश्रम, परोपकार, भाईचारा लंगर(निशुल्क भोजन भंडारा चलाई रहने ),                                    ५, कर्म नै पूजा हो । गूरु नानकले चिन्तामुक्त रहनु छ भने मेहनत गर्नु भन्नु भएको छ ।

       ५,  विश्वबन्धुत्व,मानव समानता, उदारवाद ।

 १३  के नगर्ने

        १, बलि वर्जित ।

        २, योगी, योगिनी, साधु, मठवासी, नन, (

        ३,भिक्षु) ब्रह्मचारी, भिखारी, नबन्ने।

       ४, हलाल गरेको मासु नखाने । झटका खाने ।

       ५, अन्य महिलासंग भोगविलास नगर्ने मुसलमान संग कदापि नगर्ने ।

       ६, भांग, गांजा, रकशी, सुर्ती । आभूषण वर्जित ।

       ७, भ्रूणहत्या, घंूघट, अरु कसैको कुनै धार्मिक चिन्ह प्रयोग वर्जित ।

        ८, गुरुद्वारामा पुजारी हुंदैन । धर्मग्रन्थको सेवा सुरक्षाकोलागि ग्रन्थी हुन्छ ।

        ९, मूर्तिपूजा, अंधविश्वास, तीर्थयात्रा, खतना, पूर्वज पूजा, चिहान पूजा, शुद्धि अनुष्ठान वर्जित छ

       १०, भौतिक सम्पदा प्रति आशक्ति नराखने  ।

       ११,जाति व्यवस्था हटाएर सबैलाई सिख भनियो र नामको पछाडी  सिंह लगाइयो ।तर कताकतै अवशेष भने छ ।

        १२,  सिखले कुनै काम गर्नलाई शुभ दिन खोजदैन । सबै दिन शुभ हुन् ।

        १३, महिलाको महिनावारी प्राकृतिक हो बार्नु पर्दैन । अछूत पनि होइन ।

        १४, ग्रहण प्राकृतिक घटना हो । यसकोलागि नुहाउनु, दान दिनु अन्धविश्वास हो ।

   कुन कुन चीज देखि परहेज छैन

         १, हिन्दू को वेद पुराण, मुसलमानको कुरान आदि कुनै पनि धर्मका ग्रन्थसंग परहेज छैन ।    सबैको सम्मान छ ।

        २, हिन्दू धर्म र नाम राम सीता कृष्ण राधा कसैसंग परहेज र भेदभाव छैन तर पूजा भने गर्दैनन्  

        ३, प्रायः हिन्दूहरुले सिख धर्म हिन्दुत्वको रक्षाकोलागि आएकोले हिन्दूकै एक शाखाको रुपमा मान्दछन् ।

             क्रमशः

(लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति र दर्शनशास्त्रका अध्येता हुन् aydhya.p.shrivastav@gmail.com