हिन्दू धर्म दर्शन र ग्रन्थभाग ३,उपनिषदरवेदान्तकेहो

                                  

  उपनिषद वेदान्त के हो

   एक किसिमले वेद प्रारम्भिक कालमा मुख्य सिद्धान्तहरुको संग्रह थियो । तेसैले वेदलाई संहिता पनि भनिन्छ । संहिताको अर्थ संकलन या संग्रह हो । यसलाई बुझन बुझाउन ऋषिहरुले जुन दार्शनिक व्याख्या गर्दै गए तिनलाई वेदको भाग र पुछार खण्ड अर्थात वेदान्त भनियो । आजका दिनमा कुनै विषयमा विद्वानहरुले रिसर्च पेपर प्रस्तुत गर्ने गरे जस्तै ती वेदान्त पनि यति धेरै लेखिए कि तिनको संख्या कसैले दुइ सय,कसैले १०८ बताउंछन् । ती सबै आज उपलव्ध  छैनन् ।  शंकराचार्यले १० उपनिषद मात्र महत्वपूर्ण मानेका छन् ।

   ती वेदान्तहरुको संख्या बढदै गए पछि तिनीहरुलाई विभिन्न नामका  उपनिषद भनियो र पछि गएर खास गरेर आदि शंकराचार्य को समय देखि उपनिषदको पुछारलाई, अर्थात तेस पछिको दर्शनलाई वेदान्त भनिएको हो । समग्रमा भन्दा उपनिषद र वेदान्त एकै हुन् ।

  प्रमुख उपनिषदका नाम

 उपनिषदको शाव्दिक अर्थ पहिले समतुल्यता हुने गर्दथ्यो अर्थात गुरु को बराबरीमा पुगने ज्ञान । तर  उप माने द्वारा, र नजीक पनि हुन्छ । निषद माने बस्नु । अर्थात ब्रह्मविद्या पाउनलाई गुरुको नजीक बस्नु भन्ने हो ।

उपनिषद धेरै छन् प्रमुख नाम ई हुन् ।

छांदाग्योपनिषद,वृहदारण्यकोपनिषद,केनोपनिषद,कठोपनिषद,मुण्डकोपनिषद,प्रश्नोपनिषद, मांडुक्योपनिषद, एैतरेयोपनिषद,तैतरियोपनिषद, श्वेताश्वेतरोपनिषद ।

   ई मध्ये वृहदारण्यकर छांदाग्योपनिषद धेरै पुराना र महत्वपूर्ण मानिन्छन् ।

  षटदर्शन के हो

   पूर्व वैदिककालमा वेदको रचना भैसके पछि उत्तर वैदिक कालमा वेद र उपनिषदलाई बुझाउनको लागी ६ जना ऋषिले जुन ग्रन्थ लेखे तेसलाई षटदर्शन भनिन्छ । यसलाई वेदका श्रेणी भन्न सकिन्छ ।

,न्याय शास्त्र ः– यसका प्रवर्तक महर्षि गौतम हुन् । यसमा उचित, अनुचित, सत्य, असत्य, को व्यक्ति कसरी सुखी र आनन्दित हुन सक्दछ ? पदार्थको वास्तविकता केहो र कुन पदार्थ कस्तो छ ? आदि कुरा यसमा छन् ।

,वैशेषिक शास्त्र ः– यसका प्रर्वतक महर्षि कणाद हुन् । यो आजको केमेष्ट्र्ी अर्थात रसायन शास्त्र हो ।  यसमा सातवटा पदार्थको चर्चा छ ।   वैशेषिक र न्याय दुवै ग्रन्थ एक अर्काका पूरक हुन् ।

,सांख्य शास्त्र ः– यसका प्रवर्तक महर्षि कपिल हुन् । यो आजको फिजिक्स अर्थात भौतिक विज्ञान हो । यसमा पदार्थको संख्या, स्थूल र सूक्ष्म कति छन् भन्ने कुराहरु छन् । यो शास्त्रले यो श्रृष्टि ईश्वरले कुनै एक दिनमा बनाएको होइन, यो विकसित भएको अर्थात विकासवादी सिद्धान्त सर्वप्रथम यहां देखा पर्दछ ।

,योग शास्त्र यसका प्रवर्तक महर्षि  पतंजलि हुन् । यसमा योग को वैज्ञानिक प्रतिपादन र स्वास्थ्य विज्ञान छ ।

,मीमांसा शास्त्र ः–यसलाई पूर्व मीमांसा पनि भनिन्छ । यसका प्रवर्तक महर्षि जैमिनी हुन् । संस्कृत ग्रन्थमा आएका शव्द र वाक्यहरुको अर्थको अनर्थ नहोस, सही अर्थको जानकारी गराउनकोलागि यो शास्त्र   हो । यसबाट जुन सुकै भाषाको शव्द र वाक्यको अर्थ निकाल्न सहायता मिल्न सक्दछ ।

,उत्तर मीमांसा ः– यही ग्रन्थ प्रशिद्ध ब्रह्मसूत्र को नामले चिनिन्छ  । यसका प्रवर्तक महर्षि वादरायण हुन् । उनी नै व्यास हुनु पर्दछ भन्ने अनुमान गरिन्छ ।  यो अत्यन्त सारगर्भित महत्वपूर्ण ग्रन्थ हो । यसमा ईश्वरको स्वरुप आत्मा र परमात्माको चर्चा छ । ईश्वर लाई कसरी बुझने, र ईश्वरका निकट कसरी पुगन सकिन्छ आदि गंभीर चिन्तनको वेदान्त हो ।

स्मृति ः–

   वैदिक कालमा मानिस, समाज, राज्य, शासन व्यवस्था,आदि संचालनकोलागि स साना कुरा देखि ठूला कुरा सबैलाई समेटेर रितिथिति या नियम बनाउने आवश्यकतावश छुट्टै  विधि विधानको आवश्यकता परेर भगवान स्वायम्भू मनुले मनु स्मृति लेखे । स्मृतिहरुमा यो सब भन्दा जेठो छ । यो पनि कहिलेको हो भन्न गाह्रो छ र वेद जत्तिकै प्राचीन मानिन्छ ।

  मानव सभ्यताको विकासक्रममा मानवको आहार विहार र जीवनशैलीमा परिवर्तन हुनलागेपछि ती परिवर्तनलाई राज्य र समाजको कानूनी मान्यता दिदै जाने क्रममा आज पनि नया नया नियम कानून बन्ने र पुरानामा परिवर्तन हुने गरे जस्तै तत्कालीन परिस्थिति अनुसार विभिन्न ऋषिहरुले निमावली का पुस्तक लेखदै गए जसमा याज्ञवल्क्य स्मृति, नारद स्मृति,पराशर, अत्रि, वशिष्ठ,  स्मृति, र वृहस्पति, स्मृति हुन् ।  इंटरनेटमा आपस्तंब, विष्णु, हरीत, औषनासी, अंगिरा, उशनस,यम, कात्यायन, उमव्रत, व्यास, दक्ष, गौतम, संवर्त, शंख, गार्गेय,देवल, सरतातय, र शातातप स्मृतिहरुको पनि उल्लेख रहेको छ ।

पुराण

     हिन्दू धर्म दर्शनमा मानवको विकासक्रम र तेस अनुरुप संशोधन परिमार्जनलाई स्वाभाविक मानेर सहजै स्वीकार गरेकोले, जीवन दर्शनको मूल सिद्धान्त भएको वेद बाहेक बाकी जीवनको आवश्यकता अनुसार परिवर्तनलाई आवश्यक मानिन्छ । वेद अनुसार समय अवस्था संग तारतम्य जोडदै वेदका विधि र व्यवहारलाई सरल भाषामा कथा कुथुन्ग्रीको माध्यमबाट बुझाउंदै जुन ग्रन्थ हरुको रचना हुंदै गयो तिनलाई पुराण भनियो ।

पुराण को नाम

    विष्णु पुराण, नारद पुराण, श्रीमद्भागवत पुराण, गरुण,पद्म, वाराह, ब्रह्म, ब्रह्माण्ड, ब्रह्म वैवर्त, मारकण्डेय, भविष्य, वामन, मत्स्य, कूर्म, लिंग, शिव, स्कन्द, अग्नि । पहिले १८ वटा पुराण थिए । अंतमा वर्तमान युगका ऋषि पंडित श्रीराम शर्मा आचार्यरचित प्रज्ञा पुराण । यसरी अब पुराणको संख्या १९ भएको छ ।

 आगम ३ वटा छन् ः–

   हिन्दूका देवी देवताको संख्या धेरै छ र कोई कोईले ३३ कोटि अर्थात ३३ करोड छ भन्छन् तर कोईले कोटिको अर्थ करोड होइन प्रकार हाुे भन्छन् । जे होस जति सुकै होउन् यो कुरा पछि गरौंला, आदि शंकराचार्यले एक वाक्य बोलेर सम्पूर्ण भ्रम निवारण गर्नुका साथै समस्त हिन्दू दर्शनलाई चिन्तनको शक्तिशाली आधार  दिनु भएको छ । वहांले अद्वैतवादी सिद्धान्तको प्रतिपादन गर्दै भन्नु भएको छ “एकं सद्विप्रा बहुधा वदन्ति ” अर्थात सत्य या ईश्वर एक मात्र छ, ज्ञानीहरुले तेही एक ईश्वरको अनेकौं रुपमा वर्णन गर्दछन् ।

     ज्ञानी हरुले ईश्वरलाई विशेषतया तीन रुपमा अनुभव गर्दछन् । पालनपोषण र सुख सुविधामा सहायक हुने शक्तिलाई भगवान विष्णुको रुपमा, छिटो प्रशन्न हुने उदार सहायक भनेको भगवान शिव र विद्या, बुद्धि, समृद्धि, र सुरक्षा दिने नारी शक्तिलाई देवीको रुपमा हेर्दछन् । यसरी सामान्य अर्थमा  आआफनो मनभावना अनुसार भगवान मान्ने सुविधाकोलागि  भगवानलाई तीनवटा   वर्गमा विभाजन गरेका छन् । यसलाई आगम भनिएको छ ।

     हाम्रा ग्रन्थमा तीन देव मध्ये जस्को उपासना गरिन्छ ऊ नै सर्वश्रेष्ठ र सबै भन्दा माथिल्लो शक्ति हो भन्ने दृष्टि रहन्छ तर सनातन दर्शनको मान्यतामा जुनसुकै शक्तिलाई प्रधान मानेर उपासना गर्दा  पनि  अर्काे शक्तिपनि तेसैको रुप हो यस कारण कसैको अवमूल्यन गर्नै पाइंदैन र सबै उपासक सबै देवी देवताको पूजाआजामा बराबर सहभागी हुन्छन् ।

  , वैष्णव आगम ः– यो धारमा भगवान विष्णुलाई प्रमुख देवता मानेर उपासना हुन्छ ।

  , शैव आगम –यो धारमा भगवान शिव लाई प्रमुख देवता मानेर उपासना हुन्छ ।

  , शाक्त आगम – यो धारमा देवी मातालाई प्रमुख मानेर उपासना हुन्छ ।

     वेदी, आचार्य,उपाध्याय,मिश्र, पंडित पुरोहित शव्द – 

     वैदिक काल मा, चारै वटा वेदको ज्ञान भएको मानिसलाई चतुर्वेदी, तीन वेदको ज्ञाता त्रिवेदी, दुइ वेदको ज्ञातालाई द्विवेदी, सही उच्चारण संकेत, भावना, आरोह अवरोह र लय मिलाएर वेद पढन जान्नेलाई सुवेदी भनिएको हो ।

   वेदको भाष्य गरीसकेको ऋषि, अर्थात आजको पीएचडी धारीलाई आचार्य भनिन्थ्यो ।

   उपाध्याय संस्कृतको “उप+अधि+इण घं” बाट बनेको हो यसको व्युत्पत्ति “उपेत्य अधीयते अस्मात”बाट भएको हो । शिष्यलाई सबै शास्त्र र सबै शस्त्र चलाउन सिकाउने, गुरुकुलको प्रधान संचालकलाई उपाध्याय ।

   वेद, स्मृति, पुराण लगायत समस्त दर्शनको मिश्रित जानकारी राखनेलाई मिश्र भनिन्थ्यो । तिनै ऋषि महर्षिका वंशज आज जातीय अल्यको रुपमा देखा पर्दछन्।                    

     अध्यापक शव्दमा अधि उपशर्ग लागेकोले यसले ज्ञान बुद्धि कर्म र जिम्मदारीमा अधिकता भन्ने भाव दिन्छ र यसले विद्यार्थीमा जिज्ञासा जगाउंछ । यो शव्द शिक्षकको लागि पछि आएको हुनु पर्दछ । यस्तै पंडित को अर्थ ज्ञाता,या विषयवस्तुको जानिसकार हो ।

  पुरोहितको अर्थ “वयं राष्ट्र्े जागृयाम पुरोहिताः” अर्थात हामी, राष्ट्र् भनेको देश, समाजलाई संधै जीवंत र जागृत गराई रहन्छौं, भनेको, कर्तव्य प्रति जागरुक बनाउंछौं भन्ने हो ।

   हिन्दू दर्शनका केही विशेष शव्द

    , ब्रह्म – वैदिक दर्शनमा ईश्वर, भगवान, देवी देवता आदि शव्दहरु भंदा व्यापक अर्थ दिने ब्रह्म शव्द छ । यसको अर्थ विश्व ब्रह्माण्डमा रहेको एकमात्र परम तत्व या सर्वाच्च सत्ता हो । विद्वानहरुले यही एक सत्ताको अलग अलग थुप्रै नाम रुप रंगहरु बताउने गरेका छन् । आदि शंकराचार्यले यसबारे गहिरो दार्शनिक विचार दिनु भएको छ । अन्य धर्म र भाषामा यो शव्द कै अर्थ र भाव दिने कुनै पर्यायवाची शव्द देखिंदैन ।

 ,मन, बुद्धि, चित्त , आत्मा , प्राण, जीवात्मा

   हिन्दू दर्शनमा पांचवटा ज्ञानेन्द्रिय, पांचवटा कर्मेन्द्रिय र एक मन कुल ११ वटाले मानिसलाई डोर्याएका हुन्छन् । मन दौडी रहन्छ र बुद्धिले यसलाई नियंत्रित गर्न खोजी रहन्छ । बुद्धि माथि चित्त, र चित्त भंदा माथि आत्माले अनुशासन बनाउन खोजी रहन्छ ।

आत्माः आत्मा,परमात्मा अर्थात पारब्रह्म को अंश हो भन्ने छ । यो अजर अमर अविनाशी र नित्य छ र यसको कहिले पनि अंत हुंदैन र आत्मा विभिन्न योनिमा शरीर धारण गर्दछ र शरीर अंत पछि कर्मानुसार अर्काे शरीरमा जाने चक्र चली रहन्छ । यस्का  साथै स्थूल, सूक्ष्म र कारण शरीर पनि छ । आात्मा सूक्ष्म शरीरको रुपमा स्थूल शरीरमा रहेको हुन्छ ।

   यसरी ई सबै अलग अलग छन् । अन्य धर्म दर्शनमा यति गहिरो र सूक्ष्म अनुभव छैन यस कारण यसको न शव्द छ र न त विवेचना नै । अंग्रेजीमा एक शव्द Life मात्र प्रयोग हुन्थ्यो । तर यसबाट हिन्दू दर्शन बुझन नसकिएपछि Soul आयो र यसबाट पनि नसकिएपछि जर्मन दार्शनिकले Self शव्द ल्याएको डेढ सय वर्ष भै सक्यो तर पश्चिमी जगतले आत्मा भन्ने तत्वलाई बुझन सकेन र यो सेल्फशव्द सर्व स्वीकार्य हुन सकेको छैन र हिन्दू धारणा र संस्कारबाट बन्ने भावनालाई यस शव्दले पनि पूर्णतया परिभाषित गर्न सकेको छैन ।

 इस्लाम मा एक शव्द छ रुह । तर हिन्दूमा आत्मा शव्द पुनरजन्म संग जोडिएको र पुनर्जन्म कर्मसिद्धान्तसंग जोडिएकोले अजर अमर र ब्रह्मको यो अंश आत्माको गुण र भाव दिन सकने शव्द अन्यत्र भेटिदैन ।

                                                          क्रमशः

                 -लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति र दर्शनशास्त्रका अध्येता हुन् _