शिक्षक हो,अब तपाईं तात्तिनु पर्ने बेला आयो कि ?

          शिक्षक हो,अब तपाईं तात्तिनु पर्ने बेला आयो कि <

                                                          –अयोध्या प्रसाद श्रीवास्तव

          अहिले सम्पूर्ण देशभरि नै फैलाइएको विकृति र नेपालीपन मासेर नेपाललाई विदेशीको थलो बनाउने षडयन्त्र मध्ये नेपाली भाषालाई व्याकरण र मापदण्ड विहीन बनाएर तल झार्नु पनि एक रणनीति हो भन्ने देखिन थालेको छ । भारतमा ब्रिटिश शासनलाई बलियो बनाउनकोलागि ब्रिटेनको संसदमा फ्रेबुअरी ०२, सन् १८३५ मा लार्ड मैकालेले लामो भाषण दिएका थिए, र जसको सार यो थियो कि निष्कंटक ब्रिटिश साम्राज्य बनाउनकोलागि संस्कृत र ईरानी–अरेबिक भाषा र संस्कृति माथि अंग्रेजीको श्रेष्ठता स्थापित गर्न आवश्यक छ । तेसपछि यस्ता कार्यक्रम ल्याइए जसले गर्दा भारतीयहरुले आफनो भाषा, साहित्य र संस्कृतिलाई अंग्रेजी भन्दा सानो,तुच्छ र निर्जीव हेर्न थाले, गुरुकुलीय शिक्षा पद्धति लोप भयो र सबै ठाउंमा अंग्रेजी भाषा र संस्कृतिको वर्चस्व स्थापित भयो । जसको परिणाम भारत जस्तो विशाल र शक्तिशाली देशको उपनिवेशीकरण र गुलामी भयो, तेसको असर आजको स्वतन्त्र भारतमा अहिले पनि बांकी छ र सर्वाेच्च अदालतमा आज पनि बहस र फैसला अंग्रेजी मै हुन्छ, र अंग्रेजी संस्कृतिले बनाएको समाज सबैको सामुन्ने छ ।   

      नेपालमा गणतन्त्रकालमा विक्रम संवत हटाएर ईशवी सन् चलाउने,झण्डा र नेपालको नाम नै बदलने, पशुपतिनाथमा पुजारी पार्टीको झोले अर्थात कोई पादरी राखने,नेपाली शव्दकोषबाट ॐ हटाउने आदि गम्भीर कुराहरु उठिसकेका छन् । देवनागरी लिपिको नेपाली भाषालाई राष्ट्र्भाषाबाट हटाउने र यसलाई नेपाली भाषा नभनेर खस जुम्ली भाषा भन्ने, देशमा प्रचलित सबै भाषालाई राष्ट्र्भाषा मान्ने भन्ने सम्मका ज्ञापनपत्र हालै मात्र विदेशी दलालहरुले सरकारमा बुझाएका छन् ।

        हाम्रा बुद्धिजीवीहरुबाट भारतीय सानिध्यता र वातावरणले गर्दा अज्ञानता र भावनावश नै मान्नु पर्दछ, मैकाले नीतिको जुन छुटपुट अभ्यास शिक्षा क्षेत्रमा वर्षाैंदेखि हुंदैआएको थियो, तेसमा अब एक थप आयाम, “भाषामा अभिव्यक्ति बुझे भयो, के कसरी लेखने भन्नेसंग कुनै मतलब हुंदैन” भन्ने विकृत चिंतनले व्यापकता लिंदै गएको छ । अब नेपाली भाषा र साहित्य, कथ्य र लेख्यमा श व क्ष ज्ञ  ी -दीर्घ ईकार_ ू -दीर्घ ऊकार _ लगभग विस्थापित भएका छन् , श्री को सट्टा कताकतै श्रि लेखिन्छ भने छापामा त सृ भैसकेको  छ । विद्या को बिध्या भयो, विद्युत को बिधुत,उद्योग लाई उधोग , उद्यमी लाई उधमी – उटपटयांग, खराब काम गर्ने_ शिक्षकले नै बोल्दा समिक्षा को समिछ्या , शिक्षाको सिछ्या , र प्रतक्ष्य आदि  “छ्या छ्या “ बोल्नु हुन्छ र छ्या नैपढाउनु हुन्छ भने लेखदा पनि अभ्यासवश , तेही लेखनु स्वाभाविक छ । अंग्रेजीमा Sadikshya, Samikshya, Parmikshya , आदि बोलेअनुसार छ्या छ्या लेखिन्छ । अंग्रेजीमा Bageshory र Rameshor , Bishwokarma, Bhagwoti, Bhagboti  -शोरी,शोर,बिश्वो, भगओती,भगबोती_ र अब त  Vagboti -वगबोती_ चलनमा आउंदै छ ।

     तर पत्रकारले नेपाली Tv Chanel 115 लाई नै Bidhyalay  Shikshya – बिध्यालय शिक्ष्या नाम राखेका छन्  -बिध्यालय भनेको घोचेर मार्ने ठाउं, र शिक्ष्याको अर्थ तिनै विज्ञले जाने होलान् _ । स्वयं संस्कृतको विद्वान र शिक्षकले नै आफनो छोरोको नाम शुभम को इंगलिश Suvam सुवम  लेख्छन् । श्रेष्ठतर बुद्धिमान, स्वयं प्राज्ञ ले नै प्राग्य र शहर -व्यवसायिक बस्ती _ लाई सहर – बिहानी पख _ लेख्छन् , अंग्रेजी मीडियमका विद्यालयहरुले नै आफनै नाम शुभकामनाको इंगलिश Suvakamna शुवकामना र  Bageshowry बागेशोरी लेख्छ ।

      जब आआफनो समझ र बोली कै आधारमा नेपाली भाषा लेखने बोलने गरियो र नेपालीको मानकमा नै एक मत नरहने भयो भने नेपाली भाषा र यो देशले हाम्रो नेपाली र अंग्रेजीका विज्ञहरूलाई भविष्यमा कसरी हेर्ला < यो विदेशी षडयन्त्रले संस्कृतको विस्थापनले ल््याएको समस्या हो । त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठान ले किन हेर्दैन ?  यो प्रश्न किन उठीरहेको छैन । यस सम्बन्धी थप लेख नेपाली बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा www.ayodhyashrivastav.com मा पढन सकिन्छ ।

       हामी कहां मैकाले नीतिलाई अहिले त झन् निडरतापूर्वक  सोझै लागु गरिएको छ । विद्यार्थीलाई परिवर्तनको संवाहक भनेर भावुक बनाएर राजनीतिक दलको सेना, र शिक्षकहरुलाई बिना मूल्यका सेवक बनाइएको छ । प्राध्यापक र व्याकरणाचार्य श्री मुकुन्द शरण उपाध्याय लगायतका विद्वान र प्राज्ञहरुले पहिले देखि लेख्दै पढदै आएको र भानुभक्त आदिले प्रयोग गरेको संस्कृत आधारित मानक र व्याकरणलाई छोडनु हुन्न ुसंस्कृत मा नेपाली प्रत्यय लागेको  पश्चिमेली लाई पस्चिमेली, पश्चिमे लाई पस्चिमे, क्रिश्चियनलाई क्रिस्चियन, पूर्वेली लाई पुर्बेली, मूख्र्याईं लाई मुख्र्याईं , शब्द्यौली लाई सब्द्यौली र कुशे औंसी लाई कुसे औंसी  गराउनु हुन्न,सबै भाले शव्दको इकार ह्रस्व र सबै पोथी शव्द दीर्घ हुंदैनन्, हाम्रा प्रचलित शव्दकोषहरुमा धेरै गल्ती छ, भन्नु हुन्छ । 

      वहांले शहर, शहीद, होश, जोश, शेयर, दशैं, दशौं, खुश, खुशी, पेशा, एशिया, शायद, शिरान, जश, अपजश, जशिलो,  तमाशा, तमाशे र शर्बत जस्ता  शब्द , नून, जून सून  स्कूल, करीब, गरीब, ठीक, बीच, ठूलो, धूलो, लूलो, चूलो, सूठो, जूठो, झूटो, मूठो, फूल, रूख  जस्ता हजारौं शब्द  , ठीक छन्  नेपालीले संस्कृत भाषा छोडनै मिल्दैन र वर्णमालामा अक्षर घटाउनु हुन्न भन्नु हुन्छ । तर सरकारी पक्ष र पदीय, दलीय,वर्गीय, जातीय, क्षेत्रीय आदि आधारमा तेसका अनुयायी बनेकाहरुले कुरा बुझे भयो नि । व्याकरणको चक्कर किन < भन्ने गर्दछन् र वर्णमालाका अक्षर घटाएर, व्याकरण र संस्कृत हटाएर सजिलो बनाउने कुरा गर्दछन् । शिक्षकहरुले यस पद्धतिलाई, परिवर्तन, विकास, आधुनिकता, र सजिलोको नाममा खुबै मन पराएकाले देश भरमा यो पद्धति सजिलै फैलिसकेको छ तर यसबाट आफुहरु षडयन्त्रको शिकार भएको र नेपाली भाषा नै भत्किने पक्षमा सहर, सृ, कानुन,दुध,कछ्या, सिछ्या, बिध्या, बिधुत गरिएको भन्ने कुराको हेक्का छैन ।

     नेता, छापा, समाचारपत्र, टेलीवीजन र सेडियोको समाचारवाचक र प्रस्तोताहरु,पेण्टर र टाइपिष्टहरु सबले केही वर्ष अघि सम्म मात्र आफनो स्कूल कलेजमा के पढेका थिए र आज के बोल्न, लेख्न र पढन पढाउन थालेका छन् < यो परिवर्तन किन < यसको आधार के हो < यो कुरा बुझने पट्टी नलागनु, लहै लहैमा लागेर अर्काको बोली सुनेर आफनो पढाईको र शैक्षिक मर्यादा बिर्सनु बुद्धिजीवी र शिक्षकको धर्म त होइन । तर राजनीतिक शक्तिले गर्दा इनको नै प्रधानता स्थापित हुंदै गएको छ । नेपाली भाषाको मानक र व्याकरण नितान्त क्षतिग्रस्त भैसकेकोले नेपाली भाषा केही समयमा नै अन्यौलग्रस्त, विवादित, र अव्यवहारिक हुंदै बोलीको रुपमा बांकी रहने, यसको साहित्यिक स्वरुप लोप हुने र  कालान्तरमा अर्थहीन, प्रयोगविहीन, एक इतिहास बन्ने सम्भावना देखि इनकार गर्न सकिन्न ।

     गल्ती कसको र सुधार्ने कसरी भन्ने जहां सम्म कुरा छ < -!_ नेतृत्वकै बदनीयत स्पष्ट छ र चोखो कोई छ भने उसले यस विषयमा आवाज उठाउनु पर्दछ र आफुले आफनो विद्या बुद्धिलाई छोडनु हुन्न । -२_ जो देश, भेष, भाषा र संस्कृतिको रक्षाको पक्षमा छ, उसले नेपाली भाषाको जननी संस्कृत र खडी बोली -हिन्दी_ हो, यसमा उर्दू, अरबी र फारसी भाषाका शव्दको पनि निकै मिसावट छ, ई भाषाको पूर्ण अध्ययन सम्भव नभएपनि शव्दावलीज्ञान हुनु आवश्यक छ -अंग्रेजीमा पनि त ग्रीक,इटालियन, फ्रेन्च आदि कइयों भाषाको मिश्रण छ यसकारण सही अंग्रेजी बोल्न लेख्नलाई wordroot dictionary  हरु नपढी उपाय नै हुंदैन, अरेबिक, हिन्दी, बंगला आदि भाषा साहित्यहरुमा पनि यही अवस्था छ  _ भन्ने कुरा बुझेर आफना जननी र प्रभावक्षेत्रका भाषाका पुस्तक र समाचारपत्र पढनु पर्दछ, शव्दावलीलाई हृदयंगम गर्नु पर्दछ ,र ती भाषाका टीवी र रेडियो प्रशारणको उच्चारणमा ध्यान दिनु पर्दछ ।

       -३_ नेपाली पुराना लेखकका पुस्तक र अभिलेखहरु अध्ययन मनन गरेर सही गलत छुट्याउने प्रयाश गर्नु पर्दछ । -४_ भाषा विज्ञान र शव्दको व्युत्पत्ति विज्ञान पढनु पर्दछ । -५_ बोली र भाषा साहित्य बीचको अंतर बुझनु पर्दछ । -६_ नेपालमा बोलिने अंग्रेजीको केही प्रतिशत उच्चारण अंग्रेजीभाषी प्रमुख  देशहरुसंग मिल्दैन, तेहां V  लाई व भनिन्छ तर नेपालीले बिहारसंग मिल्ने गरि भ बोल्छ, अंग्रेजी वर्णमालाको Bha बिर्सेको छ, जसले गर्दा बाहिर जाने विद्यार्थी र पर्यटकले निकै कठिनाई व्यहोर्नु परेको छ, -मेरो पुस्तक यो हो अमेरिका )मा यसको वर्णन छ . जिज्ञासुले हामीले पढेको नेपाली ठूलो वर्णमाला पुस्तकको एक पटक पुनः पाना पल्टाएर क ख ग घ, ABCD र ककहरा हेरौं त ।

       -७_ चाणक्यले लेखेका छन् “शिक्षक कहिले पनि साधारण हुंदैन, प्रलय र निर्माण संधै उसको काखमा खेलि रहन्छन् ।” शिक्षक कुशासनमा पौडि खेलने माछा होइन, परिस्थितिको दास र अल्छी जीव होइन, ऊ विध्वंसक र श्रृजक हो भन्ने कुरा चाणक्यले शिद्ध गरिसकेका छन् ।    

      शिक्षक कुशासनमा अंकुशी र सुशासनको लौरो हो । एक शिक्षकले भाषा, साहित्य, संस्कृति र समाजको चेतनालाई व्यापक रुपमा प्रभावित गरि रहेको हुन्छ भन्ने कुरा बुझनु पर्दछ , र आफैलाई चिन्नु पर्दछ । सुकरात, अरस्तू, प्लेटो, चाणक्य, ओशो अर्थात आचार्य रजनीश, ई सब शिक्षक नै हुन् । तर हामीकहां त उखान नै छ– कतै फिट हुन नसकेको मान्छे कि त शिक्षा,-नया मुलुकको इतिहासमा यसको उल्लेख गरेको छु _ कि त पत्रकारिता क्षेत्रमा प्रवेश गराइन्छ  । तर जसरी नियुक्त भएपनि शिक्षकको आत्माको खुराक अध्ययनशीलता हो । शिक्षकले निरंतर अध्ययन गर्दैन भने उसले आफनो आत्मालाई भोकै मारीरहेको हुन्छ र कालान्तरमा उसको आत्मा उसको कामको प्रकृतिदेखि नै अलग्गिन पुग्छ ।

       -८_ शिक्षकले जे बोल्छ त्यो लेख्छ भन्ने होइन, शिक्षकले भाषाशास्त्रले जे लेख्न भन्छ, तेस्तो बोलनै पर्दछ, उसको बोली र लेखाई शुद्ध हुनै पर्दछ ।  यो सर्वाधिक महत्वपूर्ण कुरा हो । यसको अभ्यास गरिंदैन भने शिक्षक र अन्यका बीच धेरै अन्तर रहंदैन । यस कारण अहिलेको बिगे्रको वातावरण र शैक्षिक अराजकताको अंत गर्नलाई कमसेकम मात्र शिक्षकले भएपनि आ आफनो स्थानमा आफनो ज्ञान बृद्धिकालागि अध्ययनशील र उर्जावान बन्न, आफनो शक्ति, सामथ्र्य, र दायित्वको संधै स्मरण राख्न, आफुलाई स्वतन्त्र, शुद्ध र बुद्ध स्थापित गर्न जरुरी देखिन्छ । के शिक्षकहरुको चाणक्यको जस्तै राजनीतिक संगठन भन्दा स्वतन्त्र, शैक्षिक–बौद्धिक संगठन बन्न सक्दैन < 

 -लेखक पूर्व प्रशासनिक अधिकारी,प्राध्यापक,अधिवक्ता, राजनीति र दर्शनशास्त्रका अध्येता हुन् ­_